Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

भारत भ्रमण र सम्झौताबारे प्रधानमन्त्री प्रचण्डसँग ६ प्रश्न : यसो भन्छन् प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण सकेर आइतबार दिउसो अन्तराष्ट्रिय विमान स्थलमा आइपुगे लगत्तै पत्रकारहरुसँग भ्रमणबारे संक्षीप्त कुरा गरे । उनीसँगको भेटमा पत्रकारहरुले गरेको सवालजवाफलाई खबरडबलीका लोकराज जैसीले यहाँ प्रस्तुत गरेका छन् – १. भारत भ्रमण कस्तो भयो ? त्यहाँ तपाईले नेपालको तर्फबाट गरेका भेटघाटहरु के कस्ता रहे ? \"prachanda\"समग्रमा यस भ्रमणबाट नेपाल र भारतकाबीच सदियाैंदेखि रहदै आएको घनिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप सुढृढ गर्न मद्दत पुग्यो भन्ने मलाई लागेको छ । मेरो यस राजकीय भ्रमणबाट दुई देशबिच विश्वास अभिवृद्धि गर्न मद्दत पुगेको छ । भारतको केन्द्रीय फाउण्डेशनले मेरो सम्मानमा आयोजना गरेको कार्यक्रममा त्यहाँका विशिष्ट वर्गलाई २१ औं शताब्दीमा नेपाल र भारतबीच हुनसक्ने साझेदारीबारे विशेष सम्बोधन गरेँ । नेपाली राजदूतावासले आयोजना गरेको नेपालीहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी भएँ । नेपालको हित र विकासको विषयलाई भारतीय सरकारसँग छलफल गर्ने बताएँ । भारतीय निजीस्तरका शीर्ष संस्थाहरु एसोचाम, सीआईआई, बिक्की लगायतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय उद्यमीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेँ । नयाँ दिल्लीमा मसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेटली तथा उर्जा राज्यमन्त्री पियुष गोयलले भेटघाट गर्नुभयो । उहाँहरुसँग विषयगत कुराकानी भयो । आपसी सहयोग लेनदेनको वातावरण बनाउन उहाँहरु पनि सकारात्मक देखिनुभएको छ । भारतका पूव प्रधानमन्त्री डा.मनमोहन सिंह, भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजितकुमार डोबल लगायत भारतका विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि मेरो सौहार्दपूर्ण छलफल भयो । भारतका हमामहिम राष्ट्रपति सँग भएको भेटमा मैले नेपाल र भारतको दुई पक्षिय हितको विविध विषयमा कुराकानी गरेँ । उहाँलाई नेपालको भ्रमणका लागि आग्रह गरेको छु । उहाँले नेपालको राजकिय भ्रमण गर्ने बिषयमा सकारात्मक कुरा भएको छ । भ्रमणको क्रममा भारतको हिमाञ्चल प्रदेशस्थित नाग्पा घाँग्रे जलविद्युत परियोजनाको निरीक्षण गरेँ । उच्च पहाडमा रहेको ठूलो जलविद्युत परियोजनाले स्थानीय र राष्ट्रिय विकासमा पुर्याएको योगदानकाबारेमा जानकारी हासील गर्ने मौका पाएँ । हरिद्वारस्थित पतंञ्जली योगपीठको भ्रमण गरी खाद्य तथा जडिबुटी पार्कको अवलोकन गरें । त्यो सम्भावना नेपालमा पनि भएको अनुभुति भयोे । २. तपाईले गरेका मुख्य सम्झौता, सहमतिहरु के के हुन् ?
  • भूकम्प पश्चातको पुनर्निर्माणका लागि भारत सरकारले घोषणा गरेको सहुलियत ऋणबारे संशोधित सम्झौता गरिएको छ । भूकम्पपछिको उद्धारका लागि प्रदान गरेको सहयोगलाई प्रभावकारीरुपमा उपयोग गर्ने सहमति भएको छ ।
  • दुई देशको खुला सीमानाका कारण हुन सक्ने जोखिम र अराजक गतिबिधीको बिषयमा मैले कुरा गरेँ। सीमा क्षेत्रमा दुई देशको समान सुरक्षा चासो हुनुपर्ने भनाई मैले राखेँ। सीमा सुरक्षालाई मजबुत पार्न दुबै देशका सुरक्षा निकायहरुबीच समन्वय गर्ने बिषयमा सहमति भएको छ । खुला सीमानाको दुरुपयोग गरि हुनसक्ने अपराधिक कृयाकलाप रोक्न समान धारणाको विकास गरिएको छ ।
  • जलविद्युत दुई देशको साझेंदारीको प्रमुख क्षेत्र हुनुपर्ने विषयमा मैले भारतीय प्रधानमन्त्रीसँग कुरा गरे । मोदीजी पनि यसमा सकारात्मक हुनुभयो। भारतले हुलाकी राजमार्गको दोश्रो चरण अन्तर्गत बुटवल जोड्ने सिमापार टान्समिटरलाईन र हेटौडा तथा ढल्केवरमा विद्युतीय सव स्टेशनको निर्माण गर्ने सम्झौता भयो ।
  •  भारतसँगको बढ्दो व्यापार घाटा कम गर्ने तथा निर्यात व्यापार बढाउने बिषयमा पनि छलफल भएको छ । नेपालको औद्योगिकरण तथा व्यापार विस्तारमा भारतका सार्वजनिक एंव निजि क्षेत्रको सहभागिताको लागि आग्रह गरेको छु । नेपालको विकास निर्माणको लागि भारतका निजि कम्पनिलाई प्राथमिकता दिइने पनि दुई देश बिच सहमति भएको छ ।
  •  भारत सरकारको सहयोगमा निर्माण हुने हुलाकि सडकको पहिलो चरण निर्माणका लागि परार्मशदाता नियुक्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भयो ।
  •  कास्कीमा पोलिटेक्निक निर्माण योजनाहरुका लागि सहुलियतमा ऋण उपलब्ध गराउने सहमति भएको छ ।
  • सन् २०१४ मा सम्पन्न नेपाल भारत द्वीपक्षीय व्यापार सम्झौता (विप्पा) कार्यान्वयन गर्ने विषयमा पनि छलफल भयो । यसको कार्यान्वयनका लागि आवश्यक विभिन्न उपाय र प्रकृया अबलम्बन गर्ने दुबै पक्षले सहमति जनाएका छाैं ।
  • पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको प्रतिवेदन डीपीआरको अध्ययन गरी अन्तिम रुप दिनेबारे दुवै पक्षबीच सहमति भएको छ ।
  • दुवै मुलुकहरु व्यापार तथा पारवाहन कार्यमा सहजताको लागि थप उपायहरु अपनाउन सहमत भएका छौ ।
  • बिगतमा भएका आर्थिक, सामाजिक तथा पूर्वाधार निर्माण सम्बन्धि सम्झौताहरुको सफल कार्यान्वयन गर्ने र चालु अवस्थामा रहेका परियोजनाहरुको निरन्तरता लगायतका विषयमा छिट्टै परिणाम आउने गरी काम गर्ने सहमति भएको छ । साथै आपसी सहयोगका अन्य विषयमा पनि हामीले छलफल गरेका छौं ।
३.संयुक्त विज्ञप्तिमा ‘अन्तर्राष्ट्रिय मंचमा भारतले नेपालसँग मिलेर अडान लिने’ भनेको छ, त्यो भनेको के हो ? नेपालको परराष्ट्र नीति अब भारतमा परनिर्भर भयो भन्ने हो त ? नेपाल र भारतबीच पुरानो सम्बन्ध छ । हामीले विगतदेखि नै एक आपसमा विविध प्रकारका सहयोगहरु लिने दिने गरी आएका छौं । संयुक्त विज्ञप्तिमा भनिएको यो वाक्याशंले हिजोदेखि मिलेर आएका विषयमा मिलेर जाने भन्न खोजेको हो । सन् २००४ सालदेखि नै भारतलाई नेपालले साथ समर्थन गर्दै आएको देखिन्छ । अहिले मैले केहि नयाँ सम्झौता गरेकी भन्ने आशंका नगर्न आग्रह गर्दछु । मैले त्यस्तो कुनै नयाँ सम्झौता गरेको छैन । तर दुई मुलुककोबीचमा पहिलेदेखि मिलेका विषयमा मिलेर जाने सहमति भएको हो । यसको अर्थ हाम्रो परराष्ट्र नीति भारतमा परनिर्भर हुन्छ कि भन्ने प्रश्नै हुँदैन, त्यस्तो होइन । ४.भारतीय सहयोगमा सञ्चालित प्रोजेक्टबारे सहमतिपत्रमा ‘ओभरसाइट’ भन्ने शब्द प्रयोग भएको छ, यसले राष्ट्रियतामा आँच आउने सम्भावना कति देख्नुहुन्छ ? भारतले लगानी गरेका योजनाहरुको प्रभावकारी कार्यन्वयन गर्नका लागि दुई देशले अनुगमन गर्ने भनिएको छ । ती योजनाहरु कसरी समयमै सम्पन्न गर्न सकिन्छ भन्ने सोचले त्यो ओभरसाइड मतलब मोनिटरिङ गर्ने सहमति भएको हो । त्यसले भारतीय सहयोगमा संचालित आयोजनाको कार्यान्वयनमा गति ल्याउने विश्वास गरिएको छ । ५. दुई देशको कुटनीतिक सम्बन्ध समदुरीमा विकास गर्ने कुरा गर्दा त्यसले चीनसँगको त्रिपक्षीय सम्बन्धमा फाटो आउँछ कि ? यसलाई कसरी बुझ्नु भएको छ ? भारतसँग गरिएको सम्बन्ध विस्तारले चीन वा अन्य कुनै पनि राष्ट्रसँगको हाम्रो कुटनीतिक सम्बन्ध बिग्रने कुनै ठाउँ छैन । हामीले अहिले गरेको कुरा भारतसँगको सम्बन्ध विकास गर्ने विषयमा हो । हामी चीन वा अन्य मुलुकसँग पनि प्रगाढ र राम्रो कुटनीतिक सम्बन्ध विस्तार गर्न चाहन्छौ । भारतसँगको सम्बन्धका आफ्नै आयामहरु छन् भने चीनसँगको सम्बन्धका पनि आफ्नै आयामहरु छन् । हामीले छिमेकी मित्र राष्ट्र भारत र चीन दुवै सँग मित्रवत सम्बन्ध विस्तार गर्न खोजेका छौं । दुवैसँग समान सम्बन्ध बनाउने कुराले नै त्रीपक्षीय सम्बन्धलाई मजबुत बनाउँछ । ६. नेपालको संविधानको विषयमा भारतसँग सोध्नुपर्ने वा जानकारी दिनुपर्ने थियो र ? तपाइँले त त्यो कुरा पनि गर्नु भएछ नि ? संविधान नेपाली जनताले नै बनाएका हुन् । जनप्रतिनिधिहरुले आफै बनाएका छन्, यसमा कुनै शंका गर्ने ठाउँ छैन । राजकीय भ्रमणमा म आफै गएका बेला छिमेकी देशको विषयमा जानकारी राख्न चाहनु र आपसी जानकारी दिने लिने गर्नै हुदैन भन्ने होइन । संविधानको विषयमा त्यो विषय राख्दा उचित हुने भएकोले नै मैले राखेको हो । किनभने यतिबेला हामी संविधान कार्यान्वयनको प्रकृयामा छौ । कार्यान्वयन गर्नको निम्ती हामी सकेसम्म सहमति मिलाएर जान्छौ, त्यसमा भारतले सहयोग र समर्थन गर्नु राम्रै कुरा हो । त्यहाँ गएर मैले संविधानको कुरा गर्नु हुँदैन भन्ने होइन । हरेक विषयलाई साह्रै गलत अर्थ मात्र लगाउनु विल्कुल उचित होइन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies