Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सधै दुखी देखिने यो कस्तो तस्वीर ?

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, प्रधानमन्त्री सहधर्मचारीणि सीता दाहाल र भारतिय प्रधानमन्त्री मोदिको तस्वीर फेसबुकमा हाल्दै आफूलाई राष्ट्रवादी विश्लेषकु भन्न रुचाउने एक मान्यजनले लेख्नु भयो । सीता दाहालको दिल्ली मुहार अमर्यादित, अशिष्ट, अभद्र रहेको आदि इत्यादि टिप्पणी गर्नेहरू सामाजिक संजालमा छरपस्ट थिए । मलाई हठात प्रसिद्ध भारतिय कवि डा।कुमार विश्वास द्धारा लिखित एउटा गजलको एक मतला र एक शेर याद आउँछ- मिले हर जख्म को मुस्कान से सीना नहीं आया अमरता चाहते थे पर जहर पीना नहीं आया तुम्हारी और मेरी दास्तां में फर्क इतना है मुझे मरना नहीं आया तुम्हें जीना नहीं आया म खुसी छु वा दुखी रु मैले फेसियल एक्सप्रेसन बाटै प्रदर्शन गर्नुपर्ने यो कस्तो बाध्यता रु मेरो मुहार हेरेर म खुसी अथवा दुखी रहेको मापन गर्ने सुत्रमा के म बाधिनु पर्ने हो ? के ओठको मुस्कान मात्र मानविय खुसीको प्रतीक हो ?  के मानवको भौतिक मुहार मात्र उसको सम्पुर्ण अस्तित्वको पुर्ण रुप हो ? यदि सीता दाहालको ठाउमा म छु भने सायद यस्तै असहज प्रश्नको भिडमा हुनेछु । प्रश्न यो हैनकि सीता दाहालको ओठमा मुस्कान किन देखिएन प्रश्न यो हो कि हामी ओठको मुस्कानलाई कुन रूपमा लिदैछौ ? मोनालिसाको ओठमा मुस्कान नदेख्ने मानिस पनि हुनसक्छ । मोनालिसाको विस्मयकारी मुस्कानको रहस्य बोध नहुनु पनि समयको अवसाद हो । पाब्लो पिकासोले ग्वर्निका शहरको पेन्ट गरिरहदा त्यो शहर किन हासेन ?यो प्रश्न सोध्न पाब्लो मेरा सामु छैनन । तपाई स्वीकार गर्नुस अथवा अस्वीकार आज प्रचण्ड गणतन्त्र नेपालका प्रधानमन्त्री त हुन । आफ्नो दलको विधानमा संवैधानिक राजतन्त्र लेखेर श्री पाँच ज्ञानेन्द्रका चरणमा भेटी चढाउनेहरु आज लोकतन्त्र, गणतन्त्र ,राजनीतिक परिवर्तन र समाजवादी राज्य व्यवस्थाको बहस गर्दै हिडेका छ्न१, हो यो बहस कुनै एक व्यक्ति वरपर घुम्दछ भने त्यो व्यक्ति प्रचण्ड हुन । २४० वर्ष लामो एउटा वंश र उसका भाइभारादार वरपर घुम्दै आएको शाही शासन सत्ताको अवशान सगै मधेशको एउटा भुमिपुत्र नेपाल राष्ट्रको राष्ट्रपति बनिरहदा पूरा मधेशले नेपाली हुनुको अपनत्व बोध गर्यो रामवरण यादव सगै नेपाल इतिहासको नया कालखण्डमा प्रवेश गर्यो । हो राजतन्त्रको चाकरी गर्ने लाचार नरहरुको भिडमा इतिहासको दिशा बदल्ने महान योद्धा हुन प्रचण्ड ! सायद मदन भण्डारी कै कल्पना बाहिरको दृश्य होला पुरुष सत्तात्मक शासन व्यवस्थाको क्रमभंग गर्दै आज विद्यादेवि भण्डारी नेपाल राष्ट्रको राष्ट्रपति हुनुभएको छ । उहाँलाई हेरेरनेपाली नारीले भन्न थालेका छ्न नारी देशको राष्ट्रप्रमुख हुनसक्छन है ।हो यो आत्मविश्वासका जन्मदाता हुन प्रचण्ड । आदिबासी पुनको छोरो उपराष्ट्रपति हुनु भएको छ । कुलीन शासक वर्गले इतिहासका हरेक मोडमा देखेर पनि आँखा बन्द गरेर बेवास्ता गरेको सुदुर नेपालकि ओनसरी घर्ती जबजब संसदमा बोल्दछिन लाग्छ कुनै आदिबासी धुनले देश संगीतमय बन्दैछ । हो यो आदिबासी धुनका सर्जक हुन प्रचण्ड । जबजब म विभिन्न वर्ग ,समुदाय र भूगोल संसदहरुले भरिएको व्यवस्थापिका संसद देख्दछु तब त्यहा एउटा मालामा बाधिएका बहुभाषिक बहुसांस्कृतिक बहुधार्मिक फुलहरु विवाद गरेझै प्रतीत हुन्छ ।  हो यो अदभूत समावेशी व्यवस्थाका सुत्राधार हुन प्रचण्ड । जबजब मधेशका युवाको आक्रोश सुन्छु , आदिबासी जनजाति समुदायका युवाको वेदनामा डुब्छु ( लाग्छ यो आक्रोश अभिव्यक्त गर्ने जुन धरातल तयार भएको छ यो धरातलमा उभिएका प्रचण्ड एउटा यस्तो बोधी वृक्षराज पिपल हुन जसको काख बाट आज हजारौ बुद्ध प्रकट भएका छन् ।नेपालको इतिहासका यस्ता युगान्तकारी पुरुषलाई एक युग अनवरत अविरल हरेक यात्रामा साथ दिनुको जुन आत्मगौरव सीता दाहालमा छ त्यो भौतिक अनुहारमा अभिव्यक्त हुन सक्दैन । ओठको मुस्कान क्षणिक हुनसक्छ ओठको मुस्कान बनावटी हुनसक्छ त्याग र संघर्षले जुन आत्मिक शान्ति प्रदान गर्दछ त्यो सदैव अस्पर्शनिय अवर्णनिय अदृश्य रहदै आएको छ । हो प्रचण्ड आफ्नो नेतृत्वमा भएको सशस्त्र संघर्षको लागि जिम्मेवार छ्न तर यो समाज सग त्यो प्रचण्डलाई उनको सशस्त्र संघर्षकै लागि सदा पुर्वाग्रहले हेर्ने र आलोचना गर्ने नैतिक धरातल छैन जुन समाजमा कुरुक्षेत्रमा रगतको नदि बगाउने कृष्ण पुजनिय छ्न । पाँच पाण्डव महावीरको सुचिमा लामबद्ध छ्न । शान्तिको मार्ग रोजेका अशोक इतिहासमा स्तम्भ बनेर उभिएका छ्न । जुन देशको एकीकरण चरम रक्तपातले भयो दरबारको पुरा इतिहास रगतको पोखरीमा पौडेको छ त्यो देशका नागरिकले हिंसाको विरोध गर्ने हो भने अद्रोही शाक्यमुनी बुद्ध मात्र यस्ता पात्र हुनसक्छन जसको विरोध गर्न मिल्दैन ।हो प्रचण्ड रगतले बनेको मान्छे हो ।प्रचण्ड व्यक्ति हैन संस्था हो ।प्रचण्ड हजारौ शहिदको रगतले लेखिएको एउटा कविता हो । प्रचण्ड हजारौ सिमान्तकृत नेपाली सपनाको एउटा साझा विम्ब हो । थवाङले हुर्काएको एउटा पुष्प हो । कर्णालीले बालेको एउटा दियो हो । मधेशले रक्तदान गरेर बचाएको एउटा बिरामी हो । दिव्यमहल सगरमाथाका आँशुले लेखिएको इतिहास हो । हुनसक्छ प्रचण्ड गौरीशंकर हिमाल जस्तै उच्च हुनु भनेर दोलखाकि एक आमाले दिएको आशीर्वाद हो ।हो प्रचण्ड एउटा समयको शक्तिशाली कथा हो जुन नेपाल र नेपाली बाट कहिले पनि अलग हुन सक्दैन।हो प्रचण्डको छाया बनेकि सीता त्यति नै मुस्कान छर्दै छिन जति कर्णाली नदि छ जति तामाकोसी छ । नदिको मुस्कान खोजिदैन प्रवाह नै मुस्कान हो । एक आमा आफ्ना कोख बाट जन्मिएका भौतिक शरिरको मात्र आमा हुन्नन यदि आफुले जन्माएका मानवलाई मात्र सन्तान मान्ने आमाहरु र आफूलाई जन्माउने आमालाई मात्र आमा मान्ने मानिसहरु यो संसारमा थिए भने यो संसारमा मानवता भन्ने चिज नातावादमा सिमित हुने थियो मातृत्वको महिमा यसको वास्तविकता भन्दा धेरै तल हुन सक्थ्यो । एक आमा आफ्ना कोखका सन्तानको मात्र आमा हुदिनन । सीता दाहाल लाखौ नेपाली आमाको एक प्रतिनिधि पात्र हुन ।हाम्रा ती आमाहरु मध्यकै एक आमा हुन जसले कुलीन शासक राणाको घरमा जन्मेर उच्च अध्ययन गर्ने अवसर प्राप्त गरेकि थिइनन । न त उनी उपत्यकाको धनाढय परिवारमा जन्मेर आर्किटेक्ट अध्ययन गरेकि नारीहरुमा पर्दछिन ।सामाजिक संजालमा आफूलाई राष्ट्रवादी दाबी गर्ने एमाले नेता कार्यकर्ताले आफ्नो भुमिका आवश्यक नभएको अवस्थामा मौन ओठले सीता अशिष्ट भइन भन्नू , उनको बस्ने तरिकाले उनी अशिष्ट भइन भन्ने जस्ता तर्क गर्नु वास्तवमा निच मानसिकताको पराकाष्ठा हो । आफ्नै आमा माथिको क्रुर मजाक हो । मोदिका छेउमा उभिनु गलत भयो प्रचण्डका छेउमा उभिनु पर्ने थियो भन्नेहरु वास्तवमा जंगली जनावर जतिपनी सामाजिक छैनन ।कुनै पनि नारीको पत्नी हुनुको शिष्टता ,अर्थ , औचित्य र प्रमाणिकता पति सगै उभिएर तस्वीर खिचाउनु मात्र हुनसक्दैन । हो शिष्टता आवश्यक हुन्छ ।मानविय बोली वचन आसन जस्ता कुराहरु महत्त्वपूर्ण हुन्छ्न । प्रधानमन्त्री जस्तो गरिमामय व्यक्तिको हकमा झनै यी कुरा महत्त्वपूर्ण हुन्छ्न ।हुनसक्छ प्रधानमन्त्री पत्नीको बसाईमा आवरणमा शिष्टता खोज्ने एउटा वर्गले प्रश्न उठाउन सक्ला तीनिहरुको मान्यतामा सीता दाहालको बस्ने शैली उभिने शैली केहि पनि उपयुक्त नहोला तर एउटा दुई ओटा वा पाँच वटा तस्वीर मात्र उहाको सम्पुर्ण शिष्टता र शालिनताको परिचायक हुन सक्दैन ।शिष्टता र शालिनताको परिभाषा राजनीतिक आग्रह पुर्वाग्रहले ग्रसित अभिव्यक्ति दिने एमाले कार्यकर्ता वा पञ्चायतका नोकर सग मात्र छैन । आफ्नै पत्नीलाई आफू बाट अलग किन राखिस भनेर मोदिलाई भारतिय नागरिकले प्रश्न गर्दैनन तर हामी हाम्रो प्रधानमन्त्री पत्नी दिल्लीमा अशिष्ट भएको नेपाल बाट यसरी देख्दैछौ मानौ दिल्लीले प्रधानमन्त्री पत्नी अशिष्ट भएकोमा प्रेस विज्ञप्ति निकालेर आपत्ति प्रकट गरेको छ । तीललाई पहाड बनाउने भारतिय मिडियाले प्रधानमन्त्री पत्नीको आसन र शिष्टता माथी एक शब्द नबोल्दा नेपालमा शिष्टता माथी ठुला ठुला पुराण लेख्ने पण्डितहरु केहि क्षणमा प्रकट भए । प्रधानमन्त्रीको कदम ,अभिव्यक्ति वा कर्मको आधारमा आलोचना वा प्रसंशा हुनसक्छ तर प्रधानमन्त्री प्रतिको पुर्वाग्रहले ग्रसित भएर उहाकि पत्नी माथी अनावश्यक टिकाटिप्पणी गर्नु भनेको नेपाली समाज भित्र मौलाएको पाखंड प्रवृत्तिको एउटा उदाहरण हो ।आफ्नो चरित्रको ख्याल नभएको तर नारीको सानो भन्दा सानो कुरा माथी टिकाटिप्पणी गर्ने नेपाली समाजको एउटा डरलाग्दो यथार्थको प्रष्ट चित्र प्रधानमन्त्री पत्नी माथी टिकाटिप्पणी गर्नेहरूले देखाएका छ्न । कहाँ छ समस्या ? आजको विवाद सीता दाहालको शिष्टता वा मुहारको अभिव्यक्तिले जन्माएको हैन ।यो विवाद प्रधानमन्त्रीको रूपमा प्रचण्डलाई देख्न सुन्न र हेर्न नचाहने जुन वर्ग छ त्यो वर्गले अधिप्रचार गरेर निम्ताएको हो । दिल्लीको पटकपटकको हस्तक्षेप देख्ता देख्दै,नेपालमा भारतिय रअ को अनेक चलखेल उल्लेख गर्दै व्यापार गरिएका पुस्तक पढदा पढदै र दूतावासको भत्तामा परिचालित प्रचारबाजी सुन्दासुन्दै हामी नेपालीले मानसिक रूपमा भारतिय उपनिवेश भएको स्वीकार गरेको छौ । फलतः हामी हाम्रो देशलाई सार्वभौम स्वतन्त्र राष्ट्र त देख्न छाडेका छौ नै यो देशको प्रधानमन्त्री पनि हामीलाई प्रधानमन्त्री जस्तो लाग्न छोडेको छ ।नेपालका नेताहरुको कमजोरी त छननै साथमा आम नेपाली मानसिकता पनि जिम्मेवार छ्न । असल वा खराब , राम्रो वा नराम्रो जुनसुकै रूपमा हुन प्रचण्ड आजका यथार्थ हुन । संसदले बहुमतले निर्वाचित गरेका प्रधानमन्त्री हुन । तपाई ,म,हामी प्रचण्डको विचारधारा सग असहमत हुन सक्छौ प्रचण्डको दलको समर्थन नगर्न सक्छौ प्रचण्डलाई अस्विकार गर्नु भनेको आजको परिवर्तनलाई अंगिकार गर्न नसक्नु हो । गणतन्त्र नेपालको एउटा संस्थापकको रूपमा प्रचण्ड सफलता र असफलताको भेद भन्दा उच्च छ्न तर प्रधानमन्त्री प्रचण्डको सफलता सग देशको सफलता वा असफलताको प्रत्यक्ष सम्बन्ध रहन्छ ।कुनै राजनीतिक दलको सदस्यको रूपमा माओवादी अध्यक्षलाई तपाईले समर्थन वा विरोध गर्न सक्नुहोला तर देशको प्रधानमन्त्रीलाई समर्थन वा विरोध गर्न एउटा जिम्मेवार नागरिक भएर सोच्नुपर्ने हुन्छ ।आफ्नै राष्ट्रको सरकार प्रमुखको अनावश्यक खिल्ली उडाउने पाखंड प्रवृत्तिले गम्भीर भएर सोच्ने बेला आएको छ राष्ट्रवाद भनेको केहो रुहल्लै हल्ल्लामा हराएको नेपाल आजपनी उस्तै छ । हुनसक्छ नेपाली कविताका एक अमर दिप भुपी शेरचनको प्रस्तुत कविताका पंक्तिहरु आज सान्दर्भिक हुदैछ्न - यो हल्लै हल्लाको देश हो कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु जहाँ संगीत प्रतियोगिताका जज हुन्छन् र जहाँ आत्मामा पत्थर परेकाहरु काव्यका निर्णायक मानिन्छन काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन आँखामा कुनै अमुक दल विशेषको चस्मा लगाएका जजहरु आज शिष्टता तस्वीरमा खोज्दैछ्न ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies