Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रचण्डको दोस्रो अध्याय र भारत भ्रमण

विश्वमा कम्युनिस्ट आन्दोलन सशक्त ढंगले उठ्न नसकिरहेकाबेलामा नेपालमा जनयुद्ध सुरु भयो । जनयुद्धमा नेपालमा माओवादीले प्राप्त गरेको सफलताले विश्व कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ तरंग पैदामात्रै गरेन विश्वमै नेपालको माओवादी विश्वकै आदर्श बन्ने सन्देश समेत प्रवाह ग¥यो । पछिल्लो पटक कम्युनिसटहरुको जित र जयजयकार बनेको माओको गृह चीनको छिमेकी देश नेपालमा पनि एकपटक कम्युनिस्टको झण्डा फरफराउँदा अमेरिकी साम्राज्यमा हलचल हुनेसम्मको अवस्था आयो । नेपालमा झण्डै १० वर्षसम्म सफलतापूर्वक सम्पन्न जनयुद्ध र यसको कमाण्डर बनेका प्रचण्डलाई माओवादीले यतिसम्म बनायो कि पाँच टाउको अर्थात फाइभ हेड्स (माक्र्स, एंगेल्स, लेलिन, स्टालिन र माओ ) को पछाडिपट्टी प्रचण्डकै फोटो टाँस्नेसम्मको स्थिति बन्यो । यति गरिरहँदा विश्वमा हटाउँदै र लुक्दै गएको कम्युनिष्टको नाम नेपालमा बेमिसाल सतिसाल बनेर उभिदा धेरैका खुट्टा काँपेका थिए । काठमाडौंको रत्नपार्कमा एउटा झण्डा उठाएर प्रचण्डको हुँकार गर्दा विदेशी च्यानलमा न्यूज बन्थ्यो । [caption id=\"attachment_92269\" align=\"alignleft\" width=\"160\"]\"शिब शिब डुम्रे[/caption] जसरी १० वर्षमा नेपालको राजनीति परिवर्तन भयो, त्यसैगरी केही महिनामै नेपालको माओवादी पनि परिवर्तित भए । १० वर्षसम्म गरेको बलिदानीलाई सम्मान गर्दै नेपाली जनताले विश्वमै कुनै शक्तिले नसोँचेको संसदीय चुनावमा आतंंककारीको विल्ला भिरेको पार्टी नै प्रमुख बनेर आयो । २०६५ सालसम्म आइपुग्दा प्रचण्ड गणतन्त्रात्मक देशको पहिलो प्रमुख कार्यकारी बने । दश वर्षे जनयुद्धका कमाण्डर कमरेड प्रचण्डले नै प्रधानमन्त्री अन्तिम लक्ष्य होइन, अन्तिम लक्ष्य त सत्ताकब्जा नै हो र त्यो प्रक्रिया अब अन्तिम चरणमा छ भन्नु भएको स्मरण सबैमा अहिले पनि ताजै छ । नेपालमा गणतन्त्र स्थापनापछि नेपाली जनताले ठूलो अपेक्षा गरेका थिए । तर गणतन्त्र नेपालका सरकार मात्र आफू सत्तामा रमाउने भुलभुलैयामा सीमित भयो ।
नेपाली स्वाभिमानमा आँच आउने गरी भारतसँग गरिएको असमान सन्धीहरु खारेज गर्नुस्, एमालेका राष्ट्रवादी नेता ओलीले सहिछाप गरेर बेचेको महाकाली नदीको सन्धी खारेज गर्नुस्, माथिल्लो कर्णाली परियोजना भारतीय हितमा र नेपालीको अहितमा छ यो अनिवार्य खारेज गरेर जीएमआर कम्पनीलाई नेपालबाट फिर्ता पठाईयोस् भनी ठाडो शीर बनाएर कुरा राख्नुुस् ।
विश्वसामु लाज ढाक्नको लागि भूकम्पको बाहना बनाएर एक थान संविधान बनाएर विश्वमै कसैले नगरेको चमत्कार गरेजसरी कुम हल्लाएका नेताहरुको एकता संविधान निर्माणपछ भने प्रष्ट देखियो । मधेशमा चलेको आन्दोलनले झण्डै ५ दर्जन सहिद थप्यो देशमा । अनि आन्दोलनले करोडौंको क्षति गरायो । मधेस पुरै रुष्ट बन्यो, भारतले यही मौका छोपेर नाकाबन्दी ग¥यो संविधान निर्माणपछि नेपालमा भूकम्पमा भन्दा धेरैको धन क्षति भएको आँकलन गरिन्छ । पहिलोपटक केपी ओली प्रधानमन्त्री बन्न १६ बुँदे सहमति गरेपछि सरकार टिकाउन ९ बुँदे र सच्चिनको लागि ३ बुँदे यस्ता सहमतिहरु संसदीय राजनीतिमा दैनिक हुन्छन् । किनकी संसदीय राजनीतिमा किनबेच हुन्छ, मोलतोल हुन्छ, सत्ता बाडफाँड हुन्छ, राजनीतिक स्वार्थ हुन्छ भन्ने कुरा १८ औं शताब्दीमा हिटरले जर्मनीको संसदलाई आफ्नो पुस्तक ‘मेरो संघर्ष’ मा उतारेको चित्रबाट पनि प्रष्ट हुन्छ । एमालेसंँग विवाह गरेको ९ महिनामै डिभोर्स भयो, केपी ओलीले जिन्दगीमा नगरेको अकल्पनीय लोकप्रियता कमाए त्यो पनि माओवादीलाई प्रयोग गरेरै, उनी राष्ट्रवादी कहिएय उनको कुहिएको राष्ट्रवादलाई देवत्वकरण गर्ने केही कार्यकर्ताले उनको मुर्ति बनाए उनलाई दोस्रो विपी बनाउन बाँकी छ । संसदीय राजनीतिमा दोस्रो पटक बामपन्थी नेता कार्यकारी पदमा पुगेको पहिलोपटक होला । सायद विश्व राजनीतिक परिवेशमा नै प्रचण्ड फेरि यो कथामा प्रमुख पात्र बनेर आए नेपाली राजनीतिको अध्याय ३ मा । सन्दर्भ उनको पहिलो विदेश भ्रमणको हो । जतिबेला उनी पहिलो प्रधानमन्त्री थिए, उनले नेपाली प्रधानमन्त्रीहरुको परम्परा र संस्कारमा छलाङ्ग मारेर उनले पहिलो भ्रमण चीनको गरे, उनले चिनियाँ फुलबारीमा रोपेको प्रचण्ड रुख नामका रुद्राक्षको विरुवा अहिले पनि फस्टाउँदो छ । त्यही कारणले पनि निहुँ खोजेको भनिएको भारतले उनलाई त्यतिबेला नै रुचाएन जतिबेला पशुपतिमा रहेका भारतीय पुजारी हटाउने दुस्साहस गरे । यतिमात्रै होइन उनको सरकार गिर्नुको कारक प्रधानसेनापति कटुवाल पनि उपयुक्त पात्र बने । अहिले त्यहि आफ्नो गिनिज रेकर्ड अफ द कन्ट्री फस्ट पिएमको उपाधि पाएका प्रचण्डले आफ्नै रेकर्ड तोड्दै दोस्रो प्रधानमन्त्रीको कार्यकालमा पहिलो विदेश भ्रमणस्वरुप भारत जाँदैछन् । भारत जानुअघि उनले केही तार्किक कुराहरु राखे र सुने, जो अन्य प्रधानमन्त्रीले पनि गरेका छन्, हामी हाम्रो देशमा प्रधानमन्त्रीको भारत भ्रमणलाई यति ठूलो बनाएका छौं कि उनले विश्वमै कसैले नगरेको गर्दैछन् । बाराक ओवामा जापानको नागासाकी र हिरोसिमामा भ्रमणका लागि जाँदा अमेरिकावाट प्रकाशित न्युयोर्क टाइम्सले कर्नर न्यूजमात्रै बनाएको थियो । तर नेपालमा संस्कार कस्तो छ भने उनी विदेश जाँदा नेपाली जनताको जनजीविकामा कस्तो फरक पर्छ, नेपालको आम विषयबस्तु र विकासमा पूरै कायापलट हुनेजस्तै गरी एकहप्ता अगाडिदेखि नेपाली मिडियाहरुले प्रमुख समाचार बनाए । अब उनको आगमनको १५ दिनमा पनि यति न्युजले प्राथमिकता पाउनेछ । अचम्म त यो छ कि भारतको भ्रमणलाई नेपालमा किन यति महत्वका साथ हेरिन्छ जबकी भारतीयले नेपाल आउनुलाई सामान्य कुरा ठान्छन् । हामीले अनावश्यक प्रचारबाजी गर्छाै यस्तो हुनेछ, उस्तो हुनेछ भनेर । नमच्चिने पिङ्गको सय झड्का सामान्य समकक्षीसँग भेटघाट, एक दुई सम्झौता, ऋण दिनुप¥यो, अनुदान दिनुप¥यो, नेपाल भ्रमण गरिदिनुप¥यो, नेपालको बारेमा राम्रो बोलिदिनुप¥यो लगानी बढाइदिनुप¥यो जस्ता औपचारिक कुराकानी हुन्छ, अनि उनी फर्कन्छन् । त्रिभुवन विमानस्थलमा पत्रकारका क्यामेराहरु लाइन लाग्छ मानौं प्रचण्ड पहिलोपटक सार्वजनिक हुँदैछन्, उनी बोल्न भ्याए भने बोल्छन् नभ्याए उनका सचिवले पत्रकार थाम्छन्, भ्रमण निकै फलदायी रह्यो, भारतसँग केही नयाँ लगानीकाबारेमा सम्झौता यो, यति अनुदान दिने भयो, भूकम्पपीडितको लागि यति सहयोग गर्नेछ अरु केही विषयबस्तु निकै महत्वपूर्ण छन् । भारतीय प्रधानमन्त्री नेपाल आउने पक्का भयो, राष्ट्रपतिको भ्रमण पनि निधो गरियो जस्ता विषयबस्तु हुनेछ । अरु केही नयाँ कुरा भेटिने छैन, यसरी नै विगत चल्यो, अहिले चल्छ र भोलि पनि यहि हो । राजनीतिक गतिविधिमा फरक परेमा भन्न सकिएन, नत्र विगत धेरै भ्रमणहरु यसरी नै चलेका छन् फगत औपचारिक मात्र ।
भारतले एकतर्फी रुपमा नेपाल भारत सीमा बनाएका बाँधहरु बाकेको लक्ष्मणपुर ब्यारेज, कपिलवस्तुको महलीसागर बाँध, रुपन्देहीको रसियावल खुर्दलोटन जोतीबोध र डन्डाफेरना तटबन्ध, कन्चनपुरको टनकपुर ब्यारेज र शारदा ब्यारेज, कैलाली र बर्दियाको कैलाशपुरी ब्यारेज, दाङ्गको कोइलाबास बाँध, नवलपरासीको गण्डक ब्यारेज, रौतहटका लालबकैया, चक्र र बागमति तटबन्ध, धनुषा र सिरहाका कमला तटबन्ध, सिरहा तटबन्ध, सप्तरीको खाँडो, कुनौली र कोशी व्यारेज, मोरङ्को लुना व्यारेज, डडेलधुराको पूर्णागिरी ब्यारेज, बैतडीको पञ्चेश्वर ब्यारेज (परियोजना) र सुनसरीको कोशी उच्चबाँध ब्योरेज लगायत नेपालमा मिचिएका ७१ स्थानका सीमाका बारेमा कुरा उठाउनुस् ।
प्रचण्डले भ्रमणजानुअघि केही आफूले राष्ट्रघाती सम्झौता नगर्ने, स्वाभिमान बचाउने रवाफ गरे । केही बुद्धिजीवीहरुले सुझाव दिए, केही आफैं बोले भ्रमण जानुअघि मधेस जान्छु पनि भने । जे होस् भ्रमण फलदायी बनोस् शुभकामना छ । एउटा देशको प्रधानमन्त्री अर्काे देशको प्रधानमन्त्रीसँग भेटघाट र छलफलको लागि जाँदैछ त्योभन्दा ठूलो अपेक्षा नेपाली जनताले गरेमा त्यो अपेक्षाकृत नहुन सक्छ । यसैबीच पनि प्रचण्डलाई केही सुझाव दिनैपर्छ । यदि साँच्दै राष्ट्रियताको लागि भारत भ्रमण गर्नै लागेको प्रधानमन्त्री हो भने केही विषयवस्तु छन् जुन निर्णय गरेरै फर्कनुपर्नेछ । नेपाली स्वाभिमानमा आँच आउने गरी भारतसँग गरिएको असमान सन्धीहरु खारेज गर्नुस्, एमालेका राष्ट्रवादी नेता ओलीले सहिछाप गरेर बेचेको महाकाली नदीको सन्धी खारेज गर्नुस्, माथिल्लो कर्णाली परियोजना भारतीय हितमा र नेपालीको अहितमा छ यो अनिवार्य खारेज गरेर जीएमआर कम्पनीलाई नेपालबाट फिर्ता पठाईयोस् भनी ठाडो शीर बनाएर कुरा राख्नुुस् । नेपाली जनतामाथि लादिएको विस्तारवाद अन्त्यको लागि एउटा नयाँ कार्ययोजना ल्याउनुस्, फास्ट ट्रयाक्ट निर्माण नेपालले नै गर्न सक्ने जानकारी गराइदिनुस् । यो पनि भनिदिनुस् कि तपाईका समकक्षीलाई नेपालको राष्ट्रिय सम्पत्तिको र हितका विषयमा तपाईहरु भाग नखोज्नुस्, यो हाम्रो आन्तरिक कुरा हो हामी गर्न सक्षम छौं भन्नुस् । भारतले एकतर्फी रुपमा नेपाल भारत सीमा बनाएका बाँधहरु बाकेको लक्ष्मणपुर ब्यारेज, कपिलवस्तुको महलीसागर बाँध, रुपन्देहीको रसियावल खुर्दलोटन जोतीबोध र डन्डाफेरना तटबन्ध, कन्चनपुरको टनकपुर ब्यारेज र शारदा ब्यारेज, कैलाली र बर्दियाको कैलाशपुरी ब्यारेज, दाङ्गको कोइलाबास बाँध, नवलपरासीको गण्डक ब्यारेज, रौतहटका लालबकैया, चक्र र बागमति तटबन्ध, धनुषा र सिरहाका कमला तटबन्ध, सिरहा तटबन्ध, सप्तरीको खाँडो, कुनौली र कोशी व्यारेज, मोरङ्को लुना व्यारेज, डडेलधुराको पूर्णागिरी ब्यारेज, बैतडीको पञ्चेश्वर ब्यारेज (परियोजना) र सुनसरीको कोशी उच्चबाँध ब्योरेज लगायत नेपालमा मिचिएका ७१ स्थानका सीमाका बारेमा कुरा उठाउनुस् । विभिन्न निहुँमा मिचिएका ६०, ६६२ हेक्टर अर्थात ६०६.२ वर्ग किमि जग्गा जुन क्षेत्रफल माल्दिभ्सको भन्दा दुईगुणा बढि हुन्छ । ती क्षेत्रहरु अनुगमन गर्ने र मिचिएको क्षेत्र फर्काउने सम्झौता गरेर आउनुस् । दार्चुला जिल्लाको व्यास गाविसको १ र २ वडा कालापानी र लिम्पियाधुरादेखि नवलपरासीको सुस्ता गाविसको वडा वडा नम्बर १ देखि ४ तथा ६ देखि ९ सम्म गरी १४ हजार ५ सय हेक्टर अतिक्रमित जग्गा तुरुन्त नफर्काए नेपाली जनताको आक्रोश थाम्न नसक्ने समेत बताइदिनुस् । नेपालका भूकम्पपीडितको लागि केही अनुदान, नेपालको हितमा हुने गरी लगानी बढाउने र स्वरोजगार नेपालीले नै पाउने गरी नेपालको सम्पत्ति उनीहरुको हातमा नबुझाउने गरी सम्झौता गर्नुस् । यसमा तपाई नेता भएको हैसियतले नेपाली जनताले अधिकार दिनेछन् । तर तपाईले भारतमा गएर लम्पसार परेर नेपाली जनताको स्वाभिमानलाई गिराउने र कुनै पनि राष्ट्रिय हितको पक्षमा नभएको सन्धि सम्झौता गर्नुभयो भने इतिहासमा जनताले यसको उत्तर दिने नै छन् । तपाईले भारत भ्रमणलाई चुनौतीपूर्ण अवसरको रुपमा व्याख्या गर्नुभएको छ । यदि यो चुनौतीपूर्ण अवसरलाई उपयोग गरेर राष्ट्रघाती कदम चालेको कुरा भित्री बाटोबाट थाहा भयो भने कमरेड प्रचण्ड तपाईँ सदाका लागि पराजित हुनुहुनेछ । एउटा नेपाली नागरिकको हैसियतले देशको प्रधानमन्त्री छिमेकी देशको समकक्षीसँग भेटवार्तामा जाँदा र राजकीय भ्रमणमा जाँदा त्यति धेरै अपेक्षा नगर्ने जनता बनेर भ्रमण सफलताको कामना ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies