Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

तीजका ब्रतालुले यी कुरामा ध्यान दिनु पर्दछ

\"loku\" रमाइलोका लागि तीज मनाआंै नेपाली नारीहरुको महानपर्व तीज मुखमै आइपुगेको छ । तीजमा अविवाहित नारीहरु राम्रो श्रीमान कामना गर्दै दिनभरी मुखमा पानी समेत नहालेर महादेवको नाममा वर्त बस्ने गर्दछन् । विवाहित महिलाहरु आफ्नो स्वामीको स्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै ब्रत बस्ने संस्कार परापूर्वकालदेखि नै चलिआएको देखिन्छ । आजका युवा पुस्ताहरु भने तीजको परम्परालाई केही पाउनका लागि भन्दा पनि परम्पराको निरन्तरता र वर्षमा एक दिन रमाइलो गर्ने दिनका रुपमा टाढा टााढा रहेका सबै दिदी बहिनीहरु जन्म घरमा जम्मा भएर मादल र संगीतको तालमा नाचगान गरी मनाउने सुरमा रहेका देखिन्छन् । खासगरी पुजा, आरधना वा ब्रतको महत्व र अर्थ आध्यात्मिक रुपमा जे जसरी व्याख्या गरिएको भएपनि आजको दुनियाँ विज्ञान र अविष्कारको नयाँ नयाँ खोजमा लागेको देखिन्छ । युवा पुस्ताहरुको सोँच पनि हाम्रा पर्वहरुबाट भगवान खुशी भएर केही देलान् भन्दा पनि आफन्तसँगको भलाकुसारी, खानपिन र सम्बन्ध सुधारको रुपमा ग्रहण गर्नपट्टि लागेको देखिन्छ । स्वास्थ्यलाई ध्यान दिएर ब्रत बसौं महिला दिदी बहिनीहरु कठोर ब्रत बस्ने र दिनभरी नाचगानमा रमाउदा त्यसले उनीहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्दछ । नाचगानमा रमाउदा रमाउदै कतिपय लडेको, बेहोस भएको विगतका वर्षहरुमा देखिएको थियो । वास्तवमा यसरी खाली पेट ब्रत बसेर स्वास्थलाई नोक्सानी पुगाउनु भन्दा आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिएर रमाइलो गर्नु बुद्धिमतापूर्ण देखिन्छ । ब्रत धेरैले लिइन्छन्, तर पर्व मनाउने वा धर्म र संस्कृतिलाई निरन्तरता दिने नाममा आफ्नो स्वास्थ्यको ख्याल नगर्नु कुनै पनि हिसाबले उचित हुँदैन । स्वास्थ्यको हिसाबले लामो समय सम्म भोकै बसेमा धरै खालको असर पर्ने देखिन्छ । हाम्रो आमाशयमा खाना पचाउन मद्दत गर्ने एसिड धरै जम्मा हुन जाँदा पेट पोल्ने समस्या हुन सक्छ, त्यसले दीर्घकालीन समस्या पनि बल्झिने खतरा त्यतिकै हुन्छ । ब्रत बस्दा देखिने समस्याहरु तीजको बेलामा पानी पनि नखाइ नाँचगानतर्फ मात्र ध्यान दिँदा शरिरमा पानीको मात्रा कम हुनगई डिहाइड्रेसन हुन सक्दछ । हाम्रो शरिरमा चिनीको मात्रामा घटवढ छ वा मधुमेहको समस्या छ भने भोकै बस्दा विभिन्न स्वास्थ्य समस्याहरु देखापर्ने सम्भावना रहन्छ । यस विषयमा वरिष्ठ चिकित्सकहरुले समेत स्वास्थ्य सम्बन्धि सुझाव सल्लाह दिएका छन्, तथावपि ब्रतालुले त्यसको मतलब गरेको देखिन्न । ब्रतको कारणले शरिरको रक्तचाप घट्न गई अचानक ढल्ने वा अन्य समस्याहरु पनि आउन सक्दछन् । विभिन्न अनुसन्धानका अनुसार यस्तो अवस्थामा शरिरमा हुने कोलेस्ट्रोलको मात्रा बढ्न गई मुटु सम्बन्धि रोग लाग्ने सम्भावना अधिक रहन्छ । टाउको दुख्ने, रिँगटा लाग्ने, शरीर कमजोर महशुस हुने भएमा तुरुन्त नजिकको स्वास्थ्यकर्मीसँग सल्लाह लिनु राम्रो हुन्छ । ब्रत बसेको बेलामा दैनिक रुपमा शरिरलाई चाहिने शक्ति आपूर्ति हुँदैन र त्यसको असरले हात खुट्टा दुख्ने तथा शरिर कमजोर हुने, काँप्ने र झमझमाउने समस्या देखिन सक्छ । तसर्थ शरीरलाई आवश्यक शक्तिको आपूर्तिका लागि पनि फलफूल र पेय पदार्थ भने खान छुटाउनु हुँदैन । \"teej\" ब्रतालुले विशेष ध्यान दिनुपर्ने कुराहरु ब्रत बसेको अवस्थामा छिनछिनमा पानी पिउने, शारिरीक रुपमा धेरै सक्रिय नहुने, आराम गर्ने, शितल वातावरणमा बस्ने, निरन्त खाइरहनुपर्ने औषधिहरु भएमा समयमै खाने, शरिरको शक्ति वढी खर्च हुने काम नगर्ने तथा ब्रत सकिनासाथ खाइने खानामा पनि विचार पु¥याउनु पर्ने हुन्छ । ब्रतको समयमा र ब्रतपछि पनि खालीपेट बस्दा असरहरु देखिन सक्छन्, त्यसबारेमा सजग हुनपर्ने र आफ्नो शारिरिक अवस्थालाई ध्यान दिएर ब्रत बस्न पर्ने सुझाव सल्लाह चिकित्सकहरुले समेत दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies