Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बोक्सी मन्त्रले खाएको नेपाली समाज, के हो ? सत्य र भ्रम

अचानक कोहि चर्को स्वरमा जोडले चिच्चायर नमिठो आवाजमा रोयो। रातको झन्डै ८ बजेको हुदो हो। कान ठाडा भए आँखा रोएको दिशातर्फ मोडियो। मान्छेहरु सलबलाउन लागे। टर्चको प्रकाश झलमलाउन थाल्यो। ठिक केहि मिनेटको अन्तरालमै अर्को रुन्चे आवाज पहिले भन्दा केहि  तल पट्टी उस्तै उस्तै गरि आयो। कोहि चिचाउदै थियो आत्तियको आवाजमा \" ए  छिटो झर त यहाँ \" सायद ति रुनेका परिवार थियो। दुइ चार ठाउमा, उस्तै रुने चिचाउने , ओरिपरिका छिमेकी टर्च बालेर कोहि झर्दै थिय कोहि उक्लिदै थिय मानौ त्यहाँ ठुलै बिपत्तिमा कोहि फसिरहेछ्। एकछिन म के भएको भनेर अनुमान लगाउनै सकिन ।म हडबडियको अबस्थामै  सोधे यो के भयको? मेरो आफन्तले सामान्य अबस्था जसरी जवाफ आयो यो सधै जसो हुन्छ बाबू यहाँ त रामाइलो छ। व्यंग्य पाराले भन्नू भयो। बुझेपछी मलाइ पनि सामान्य लाग्यो। यो घटना आज भन्दा डेढसाल पहिले पङ्तिकार आफन्तको भेटघाटमा जाँदा स्याङ्जा जिल्ला स्वरेक गाबिसको घटना हो उसो त पङ्तिकारको ओरिपरी छिमेक यी यस्तै कयौ घटना प्रसस्त छ्न।

\"mukta_khawas\" भोलिपल्ट त्यही बस्तिको एकजना चिनजानको भाइ मलाइ भेट्न आए कुराकानीकै क्रममा मैले सोधे हिजो के भएको? उनी सबिस्तार लाइहाले \" दाइ बेहाल छ गाउमा अत्यास लागेर आउँछ हरेक रातिराती बोकेर धामिकोमा लानु पर्छ एउटा हो र एकै पटक दुई तीन जाना रातभरि बोकेर दौडाउनु पर्छ।\" रुने, काम्ने, बक्ने, म फलानो हु भन्ने, चिचाउने,गर्छन अब त हैरान भयो दाइ क्लबमा निर्णय गरेरै हरेक घरको एक, एक हजारको दरले उठाएर बोक्सी लखेट्ने तयारी गर्दै छौ। छलफल हुँदै छ । उनको अर्थमा ती जे जे भयो त्यो बोक्सिको कारण हो बोक्सीले दुख दिएको भन्ने बुझाइ थियो। कुनै धामिलाइ रकम दिएर उसैको आधारमा कुनै एकलाइलाई बोक्सी तोकेर गाउँ निकाला गर्ने भन्ने तयारी गर्दै छौ भने पछि भने म झस्के।

त्यसपछी मैले यसको कानुन र हुने अपराधको बारेमा सम्झाइदिए। क्लबले त यस्तो अन्धबिस्वास बारेमा चेतना जगाउने हो भन्ने सम्झाइदिए। पछि त्यो निर्णय गरेनन त्यो सम्झाइदिएकै कारण त्यसो भयो वा अरुनै कारण अड्किए त्यो बुझ्न मैले पाइन त्यही दिन दिउसो क्लबको नियमित मासिक बैठक रहेछ म आफै पनि अनौपचारिक सहभागी भएको थिय। वडा मन्चको प्रतिनिधि आमा समुहको प्रतिनिधि सहित समयुंक्त क्लबको बैठक एकदमै प्रक्रिया अनुसार बढो ,अनुसासित ,लोकतान्त्रिक, ढङ्गले चल्दो रहेछ। अधिकांश दलित बस्ती भएको त्यो ठाउमा मध्यपान, जुवातास, सरसफाइको बारेमा छलफल भय पनि बोक्सिको कुनै छलफल भने भएन । र पछिपनी त्यो निर्णय भएको कुनै त्यस्तो अप्रीय घटना सुन्नमा आएन।

अरु कयौ यस्ता घटनाको प्रत्यक्ष भुक्तभोगी भएपनि यो प्रतिनिधि घटनाको रुपमा प्रस्तुत गरेको छु। यो छोटो आलेखमा बोक्सी प्रथाको थुप्रै कुरा अटाउदैन सकेसम्म अटाउने गरि बोक्सी ,अन्धबिस्वास, सत्य र भ्रम बिषयमा केन्द्रित रहने छु।

के हो बोक्सी ?

नेपाली विकिपेडिया अनुसार जादुमन्त्र टुनामुना गरेर अरूलाई दुःख दिने विश्वास गरिएकी काल्पनिक महिला हो ।जो संग असाधारण शक्ति हुन्छ भन्ने बिस्वास गरिन्छ।बोक्सी कुचोमा चढेर उड्छ भन्ने भ्रम छ।

 नेपाली शब्दकोशमा ‘बोक्सी’ भन्ने शब्दको अर्थ ‘टुना गर्ने स्त्री, बोक्सी जान्ने आइमाई, डाइनी भन्ने उल्लेख भएको पाइन्छ । स्पष्ट छ, बोक्सी भन्ने शब्द रहेको तर बोक्सा वा अन्य पुलिंग जनाउने शब्दावली छैन

यहिनेर स्पष्ट हुनु जरुरी छ यी दुई परिभाषाले महिला नै बोक्सी हुन्छन भन्ने बुझाएको छ र केही अपबादलाई छाड्ने हो भने, हामी भोग्दै सुन्दै आएको पनि महिला नै हुन्छ। त्यो, प्राय एकल महिला, गरिब महिला, फोहोर महिला, कुरुप वृद्ध ,दलित बाट  नै बोक्सी हुन्छन भन्ने मान्यता छ, अधिंकाश यिनै र यस्तै पिडित छन आज पनि हाम्रो समाजमा।

बोक्सीको इतिहास कहाँ बाट सुरुभयो?

यसको लागि धेरै पछी फर्कनु पर्छ संसारमा जहिले मान्छेको उत्पत्ति भयो यो आजकै अबस्थामा भएको हैन भनेर धेरैलाइ थाहा छ धर्मको सिर्जना र बिज्ञानको अविस्कार मान्छे भन्दा अघिका होइनन। यी मान्छे द्वारानै सिर्जित हुन मान्छे र समाज बिना यी दुबै रहन सक्दैनन । जब मान्छेको उत्पत्ति भयो मान्छेको अघि थुप्रै रहस्यहरु असरल्ल थियो ।, सुनामी, भुकम्प,ज्वाला मुखी बिस्फोट, हावाहुरी हुन्डरी, जस्ता भयानक प्राकृतिक प्रकोप पत्तालगाउन बिज्ञान थियन, त्यतिबेला त्यही रहस्य पत्ता नलागेपछि मान्छेलाइ लाग्यो, यो किन हुन्छ?कसरी हुन्छ? पक्कै यहाँ अदृश्य शक्ति छ त्यो हामी देखि रिसाएरै यस्तो भएको हुनुपर्छ भन्ने मान्यताले मान्छे उसलाइ खुशीपार्न प्रकृतिको पुजा गर्न थाल्यो। पछि त्यही काल्पनिक  मान्यताअदृश्य  दैबी शक्ति , इस्वरिय शक्ति, स्थापित भयो। जब मान्छे बिरामी पर्न थाले तब उनिहरुको उपचार जडिबुटी, मनोबैज्ञानिक प्रभाब बाट उपचार गरिन्थ्यो त्यही मनोबिज्ञानिक प्रभाब पार्न बिश्वास जित्न मयुरका लामा लामा प्वाँख रुद्राक्ष, ढ्याङ्ग्रो, लियर मानब खप्पर, लाएर उनिहरु फरक जस्ता हुन्थे। त्यसरी उपचार गर्दा जडिबुटी र मनोबैज्ञानिक प्रभाव द्वारा केही निको हुन्थे कोहि आफ्नै शरीरिक कारण पनि निको हुन्थ्यो। कोहि बैज्ञानिक उपचार नहुदा मृत्युको मुखमा पुग्थे ।मेडिकल साइन्स नभएको त्यो अबस्थामा  त्यसरी उपचार   गर्नु बाध्यता थियो।

\"boksi\"जंगली मातृप्रधान समाजमा \"शाकिनी\", \"डाकिनी\" अगुवा थिय त्यो युगमा शाकिनी डाकिनी नामका अगुवालाइ  देवी भनी पुजा गरिन्थ्यो। समय सङ्गै समाज रुपान्तरण हुनेक्रममा मातृप्रधान समाज बाट प्रीतिप्रधान समाजमा रुपान्तरण हुदा नारिका बर्चस्व हराउदै गयो। इतिहास जित्नेकै लेखिन्छ। तिनै \"शाकिनी\" र \"डाकिनी\" देबि भनेर पुजिएका देबिहरु कालान्तरमा \"शाकिनि\" \"किचकन्या\" र \"डाकिनी\" डाइना \"बोक्सी\" बनाइयो। त्यो जंगली युग देखि आज सम्म बोक्सीको आरोपमा अपबाद बाहेक अपमान ,चरम यातना ,सामाजिक विभेद क्रूर हत्या हुनेमा महिला नै छन। हामी देख्दै पनि आएका छौ धेरै धामी पुरुष हुन्छ बोक्सी महिला हुन्छ।

यस्तो हुन्छ बोक्सी धपाउने कथित मन्त्र

हामी जस्तो आधुनिक जमानाको युवाहरुलाइ कुनै धामीले मन्त्रको बारेमा जान्न खोजे दिदैनन भन्दैनन पनि। यसै पनि मन्त्र गोप्य हुन्छ भन्ने गर्छन तापनी कोहि चर्कै नबुझिने गरि भन्छन कोहि मनमनै भन्ने गर्छन। त्यतिबेला मन्त्र कस्तो होला शब्द कस्तो होला भन्ने खुल्दुली हुन्छ मैले एक वृद्ध सङ्ग मुस्किलले बिस्वासमा पारेर लिएको थिय। उनले दिने बेलामा भनेका थिय कसैलाइ नसुनाउनु है बाबू मन्त्रले काम गर्दैन। यसको मतलब त्यही हो अरुले सुने सामान्य लाग्छ, बिस्वास कम हुन्छ, त्यसको प्रभाब पर्दैन।

 मन्त्र 

ॐ बिरबिर नरसिंह नौ ज्ञानी चौसट्ठी जोगिनी चौरासी सिद्द भक्त ज्ञानी सर्बजात हिमाल कास्य हिमल देबि सोमल देबि मालिका देबि तीन भुवन तिनै लोक सुधारी पाताल झारु सौर्य मुख पारु गुरु मुख पारु बाचा बाधु फट ...

हो के यो चामत्कारिक छ? के यो कहिल्यै नसुनेको शब्द हुन? बरु यी निस्चित शब्द जोडेर बनाइएको मान्छेलाइ भ्रम छर्न हो भनेर सजिलै बुझ्न सकिन्छ।यहाँ मैले आत्मसम्मान लागि धामिको नाम उल्लेख गर्न सकिन।

उसो भए हेर हेर भन्दै काम्ने के भएर हो?

मैले सुरुमै उठाएको त्यो घटना के थियो? त्यो साच्चै बोक्सी लागेर थियो? यसको लागि थप

मैले स्वास्थ खबर पत्रीका मा प्रकाशित -(डा सि पी सेडाई, नशा तथा मनोरोग बिशेषज्ञ , चितवन मेडिकल कलेजको) लेख बाट लिएको छु।

यो एक ‘अनौठो’ रोग हो । पहिले पहिले यो रोग महिलामा मात्र हुन्छ भन्ने धारणा थियो र पाठेघरको कुनै रोग होला भन्ने सोची यसलाई हिस्टेरिया भनिन्थ्यो, तर हाल यो रोग पुरुषमा पनि पाइने भएकाले यसलाई ‘कन्र्भसन डिसोसियटिभ डिसअर्डर’ भनिन्छ । प्रसिद्ध मनोवैज्ञानिक फ्रायडका अनुसार हाम्रो मस्तिष्कमा मुख्यतय २ भाग हुन्छन् । एउटा होसी (कन्सस) र अर्को बेहोसी (अन्कन्सस) भाग ।  हाम्रा पीडा बेहोसी भागमा बसेका हुन्छन् । पीडा बढेमा यो रोग देखिन्छ । तर आजकल डिप्रेसनजस्ता विभिन्न खालका मानिसक रोगका बिरामी पनि यस्तो लक्षण लिइ आउँछन् । जुन अचम्मको हुन्छ ।

–    हात वा खुट्टा प्यारालाइसिस हुने ।

–    छोएको थाहा नहुने ।

–    छारे रोगजस्तै ढल्ने, काम्ने ।

–    एउटा मानिस अर्को भएर बोल्ने वा बक्ने, हेर हेर भन्दै काम्ने जस्तै म फलानो हुँ, यसलाई मार्छु, खान्छु आदि ।

–    कुनै घटना पूर्ण रुपमा बिर्सनु । बिरामीले कुनै पीडादायी वा अन्य घटना पूरै बिर्सन्छन् ।

–    कहिलेकाँही बिरामी अचानक एक ठाउँबाट अर्को ठाउँमा बेहोसी रुपमा नै पुग्छ र ऊ त्यहाँ अर्कै मानिस भएर बसेको हुन्छ र पहिलेको कुरा सबै बिर्सन्छ । यसलाई ‘डिस्सोसियाटिभ फग’ भनिन्छ ।

–    एउटै मानिस दुई खालको व्यक्तिको सिकायत गर्छ, जसलाई मल्टिपल पर्सनालिटी डिस्अर्डर भनिन्छ ।

–    बिरामीलाई अति साधारण कुरा सोध्दा पनि उल्टो उत्तर दिन्छ  । जस्तै २ र २ जोड्दा कति हुन्छ भनेर सोध्दा ५ भन्छ, आकाशको रंग कस्तो हुन्छ भन्दा हरियो भन्छ आदि । तर उसको उत्तर दिने तरिका चलाख देखिन्छ, यसलाई ग्यान्सर्स सिन्ड्रोम भनिन्छ ।

यो रोग मुख्यतय ३५ देखि ४० वर्षभन्दा अगाडि नै देखा पर्छ, यो रोग १५ देखि २० वर्षका केटीहरुमा बढी पाइन्छ । जुन रोग उपचार पछि निको हुन्छ।

यी बाहेक मास हिस्टेरिया भएर बिधालय एकै पटक धेरै बिद्यार्थी बेहोस हुने काम्ने कपाल लुछ्ने चिचाउने रुने हुदा के भएको भनेर बुझ्न नसकि झाक्री धामी, पण्डित लागाएर पुजापाठ गरिरहेका छौ।

शरीरमा देखिने निलो डाम बोक्सीले टोकेर हो?

हाम्रो शरीरमा कहिलेकाही निलो डाम देखिन्छ जसलाइ बोक्सिले टोकेर रगत चुसेको भनिन्छ यसको लागि पनि स्वाथ्य खबर पत्रीका डा. कपिल देब उपाध्यायको लेख बाट हाम्रो शरीरमा धेरै किसिमका रोग लाग्न सक्छन् । कुनै महिलाको शरीरमा निलो गोलो डाम हुन्छ । मासंपेशीमा साह्रो कम दबाब परेको ठाउँमा यस्तो देखिन्छ । निलो धब्बामा बोक्सीले छौडां पठाएर रगत चसेको भन्ने चलन छ । बोक्सीको छायाँ आएर टोक्छ भन्ने मान्यता छ । रगत चुसेर व्यक्तिलाई मार्न खोज्ने क्रममा डाम देखिएको भन्ने गरिन्छ । तर यथार्थमा मेडिकल विज्ञानले रगतका केही रोगका कारण शरीरका कतिपय भागमा यस्तो दाग बन्छ भन्ने मान्यता छ । ‘ब्लिडिङ डिसअर्डर’ हुनसक्ने भएकाले रगतको परीक्षण गरेर उपचार गर्नु राम्रो हुन्छ ।

बिज्ञान के भन्छ?

बिज्ञानले स्पष्ट भन्छ \"शक्ति बिनाको बस्तु र बस्तु बिनाको शक्ति हुदैन\" अर्थात मन्त्र बस्तु हैन त्यो बस्तु नभए शक्ति हुदैन, यसलाइ यसरी बुझौ सलाइ बस्तु हो, आगो शक्ति हो, आगो बल्न बस्तु चाहिन्छ, बस्तु नभए आगो बल्दैन। जर्मनका विद्वान समाज शास्त्रीहरु एफ डि मुलर बि टेलर पनि यहि अदृश्य इस्वरिय शक्तिमा लामो गहिरो खोज गरेका थिय तर कुनै तथ्य भेटाएनन। त्यसैले बोक्सी धामीझाँक्री केबल अन्धबिस्वास हो।

धामी झाक्री के हो?

मन्त्र फुक्नु मनोबिज्ञान हो। मनोरोगको उपचार मनोबैज्ञानिक तबर बाटै हुन्छ मन्त्रले चमत्कार भएर रोग सन्चो भएको होइन।लामा धामी हल्लनु पनि मानसिक कारण हो यो एउटा वीर रस पनि हो । बिषयको गहिराई नबुझी सतही भावनामा बहकिने मान्छे हलन्छ उत्रन्छ। मानसिक सन्तुलन गुमाएकाहरु पनि देबि देबताको नाममा काप्छन।

आखात हेर्नू चामालको गेडा गन्ने मनोगढन्ते हिसाब हो चिम्टिमा उठाउदा जोर बिजोर चामलको गेडाको संख्या हेरेर लगाइने कोरा अनुमान हो।

अन्त्यमा

चितवनमा ढेगनी देबिलाइ केही बर्ष पहिले धामिले ज्युदै जलाए। गतसाल नवलपरासिमा मलाइ मान्छेको बलिदेउ भन्दै कामेपछी छिमेकी १० बर्षे बालकलाइ नजिकै मन्दिरमा लगेर घाटिरेटि हत्या गरे। क्यान्सर लागेर मृत्यु भएका छिमेकीलाई भेदेर मारेको आरोपमा तुलु थिङ सार्किलाइ ज्युदै खाल्टोमा हालेर हत्या भयो केही दिन अघि बाँकेमा मकै छोडाइ रहेकि महिलाइ बोक्सिकै नाममा चिर्पाटले हानेर हत्या गरियो ती बाहेक मलमुत्र खुवाउने कुट्ने बाध्ने नग्यांउने जस्ता निच र अमानवीय घटना कति भए कति।

अन्य रोगको उपचार पद्धति र औसधि भन्दा मानसिक रोगको उपचारका पद्धति र औषधि पछि मात्र पत्ता लागेको हो। अहिलेका समृद्ध पश्चिमीहरु मध्ययुगीन युरोपेली समयमा पनि मानसिक रोगिलाइ यस्तै दानबिय दैवी शक्तिले बोक्सिले मान्छेका आत्मा बसमा पारेको भन्ने मान्यता थियो क्रूर व्यबहार गरिन्थ्यो ज्युदै जलाउने बाधेर राख्नेकुट्ने पिट्ने गरिन्थ्यो।१९ औं, २० औं शताब्दीतिर क्रेप्लिन, ब्लुलर अदि वैज्ञानिकहरुको विभिन्न प्रकारका मानसिक रोगहरुको अध्ययन वर्गीकरण गर्न थाले। बिस्तारै उपचार पद्धतिहरु विकसित हुँदै गए। फ्रायडले साइकोएनलाइसिस पद्धतिको अध्यन थाले २० औ सताब्दिको मध्यतिर औषधिको बिकास भयो। उतिबेला युरोपेली मध्ययुगीन समय भन्दा हाम्रो अबस्था फरक छ आज स्मार्ट फोनको स्क्रिनमा।औला दौडाएर ससांर एउटै मुठ्ठीमा सानो गाउँ जस्तो बनेको छ । भुकम्प,सुनामी ज्वाला मुखी जानेका कारण बिज्ञानले बताइ सक्यो। यति हुदाहुदै पनि हामी जंगली युग तर्फ किन फर्किन खोज्दै छौ?

हामी सामान्य कुरो बुझे पुग्छ। असाधारण शक्ति हुन्छ भनेर बिस्वास गरिएको बोक्सी चिर्पाट हान्न जानेलाइ किन केही नगरेको होला? मलमुत्र खुवाउने मान्छेलाइ मन्त्रले किन खरानि नपारेको होला, ? धामिले ज्युँदै जलाउन खोज्दा कुचोमा चढेर किन नभागेको होला बोक्सी । घरमै बसि अरुको भैसिको दूध खाइदिने सक्ने बोक्सी राती सुतेको बेला टोकेर रगत पिउने बोक्सी दिनभर मरिमरी दुख किन गरेको होला?हामी भन्दा फरक र शक्ति भएको बोक्सी हामी भन्दा उन्नत हुनु पर्ने हैन र? तर किन सधै गरिब होला?

हो  बोक्सी कहि छैन हुदापनी हुदैन त्यो केबल हाम्रो मस्तिष्कमा मात्र छ। जहिले सम्म हाम्रो मस्तिष्क बाट हटाउदैनौ तब सम्म बोक्सीले दुख दिरहनेछ। मन्त्रले अरुलाइ दुख दिन सक्ने भए आज रुस उत्तर कोरिया, अमेरिका जस्ता महा शक्ति रास्ट्रहरु आणविक हतियार निर्माण गर्न छोडेर बोक्सी बिद्या सिक्थे, पश्चिमी हरु चन्द्रमा पुग्नु भन्दा पहिले बोक्सी बिद्या सिक्न पुग्थे हाम्रो रोग मन्त्रले रोग निको हुनेभए ठुला अस्पताल निर्माण गर्नुको साटो धामीझाँक्री स्कुल कलेज खुल्थे ।हो हिजो हामिलाइ धार्मिक चतुर पन्डाहरुले जन्मै देखि एकप्रकारको बिचारमा भगवान, स्वर्ग, नर्क देखाएर सिन्डिकेट लादेका हुन। तिनै धार्मिक वैदिक परम्पराले भरिएको मस्तिष्कको उपज आज पनि \"अन्धबिस्वास,ले जरा गाडेको छ। हामी धार्मिक अन्धबिस्वास फुस्रो समाज बनाउने हैन मानबिय चेतनशिल कल्याणकारी समाज निर्माण गर्ने हो। प्रबचन दियर अल्छी हैन सीप दियर श्रम गर्न लगाउने हो । यहि भ्रम हटाउन राज्यको आफै प्रभावकारी  योजना ल्याउनु पर्छ बिद्यालयमा प्रभावकारी पाठ्यक्रम समाबेश गर्नु पर्छ। हामी अब ढिला गर्नुहुदैन राम्रो गर्दा भगवानले गर्दा हो भन्ने नराम्रो हुदा आफैले गर्दा हो भन्ने मानसिकता नै त्याग्नु पर्छ। हामी आँखा अघिको बिज्ञानको चमत्कार नदेखेर हुँदै नभएको कोरा काल्पनिक भुत र बोक्सी अझै कहिलेसम्म देख्ने? बिनाकारण बोक्सी भन्दै अझै कहिले सम्म निर्दोष चेलीबेटी मारिने ?

 rajkhawas39@gmail.com

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies