Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अब राजधानीबाटै केवलकारमा सरर.......

\"cabulcar2\"काठमाडौँ ८ भदौ । राजधानीबाट केवलकार यात्रासँगै प्रकृतिसँगै रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकलाई नयाँ उत्पादनको विकास भएको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय क्षेत्र चन्द्रागिरिमा केवलकार सञ्चालन भएपछि पर्यटनको नयाँ गन्तव्य थपिएको हो । केवलकारले स्थानीय बासिन्दाको आर्थिक गतिविधिमा बढोत्तरीसँगै मुलुकको राजस्व वृद्धिमा उल्लेख्य योगदान रहने भएको छ । राजधानीको निस्यासिदो वातावरणबाट नजिकै रहेको प्रकृतिसँग रुमलिने रहर सायदै कम होला । प्रकृतिसँग रमाउन चाहने जोकोहीलाई सहजै रुपमा छोटो समयमा केवलकारको सरर यात्राले आनन्दित तुल्याउँछ । चुरे पहाडको सदाबहार घनघोर जङ्गलले चन्द्रागिरिको सौन्दर्यलाई उत्तिकै आकर्षण थपेको छ, यसैको आकर्षणले उल्लेख्य सङख्यामा पर्यटक चन्द्रागिरि पुग्ने गर्छन् । चन्द्रागीरिबाट अन्नपूर्ण श्रृङ्खलादेखि सगरमाथासम्म एकसय ८० डिग्रीको कोणबाट सहजै दृश्यावलोकन गर्न सकिन्छ । चन्द्रागीरि हिल्स लिमिटेडले कुल रु तीन अर्ब ५० करोडको लगानीमा केवलकार निर्माण गरेको हो । कुल ३६ हेक्टर क्षेत्रफलमा निर्माण भएको सो केवलकारको लम्बाइ २।५ किमी रहेको छ । \"cabulcar2\" करिब नौ मिनेटको केवलकारयात्रामा समुद्री सतहदेखि दुई हजार ५०० मिटर उँचाइमा रहेको चन्द्रागीरि डाँडा पुगिन्छ । केवलकारको जम्मा ११ वटा टावर ९रिले स्टेसन० रहेका छन् भने ३६ वटा डिब्बा रहेको उक्त केवलकारको प्रत्येक डिब्बामा आठजना यात्रु अट्छन् । सरकारसँग ४० वर्षका लागि जग्गा भाडामा लिएर कम्पनीले केवलकार सञ्चालन गरेको हो । वैशाखको पहिलो सातादेखि केवलकार सञ्चालन भए पनि गत साउन २४ गते भालेश्वर महादेवको प्राण प्रतिस्थापन गरेर सर्वसाधरणको लागि खुल्ला गरिएको हो । अहिले परीक्षणको रुपमा सञ्चालन भएको केवलकार करिब एक महिनापछि भव्य समारोहकाबीच उद्घाटन गरिने कम्पनीका बजार व्यवस्थापक विख्यात विक्रम राणाले राससलाई जानकारी दिए । उनले देशलाई पर्यटनको नयाँ गन्तव्य दिने र पर्यटनको माध्यमबाट आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले केवलकार सञ्चालन गरिएको बताए । दैनिक तीन हजारले यात्रा गर्ने कम्पनीको लक्ष्य छ । केवलकारको दुईतर्फी भाडा नेपालीका लागि रु ७०० र विदेशीका लागि २२ अमेरिकी डलर कायम गरिएको छ । तीन वर्षमुनिको बच्चालाई निःशुल्क, शारीरिक अशक्तता भएका व्यक्तिलाई ५० तथा ज्येष्ठ नागरिक, विद्यार्थी र स्थानीयवासीलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको व्यवस्थापक राणाले बताए । हाल केवलकारबाट करिब एकसय २० जना तथा रिसोर्टसहित गरी करिब ४०० जनाले प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी पाउने कम्पनीको दाबी छ । चन्द्रागीरि डाँडामा केवलकारको मुख्य कक्ष, टर्मिनल भवन, भालेश्वर महादेवको मन्दिर, भ्यूटावर, थिएटर र सम्मेलन हल निर्माण गरिएको छ । कामको थकानबाट शरीरलाई आनन्दको अनुभूति दिलाउन तथा उपत्यका र आसपासका रणमीण दृष्य तथा हिमालको अवलोकन गर्ने उपयुक्त गन्तव्यका रुपमा चन्द्रागीरिलाई लिइन्छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वको चन्द्रागीरि डाँडामा केवलकार सञ्चालनले आसपासका क्षेत्रको समेत महत्व बढेको छ । पर्यटकीय क्षेत्र चन्द्रागीरि प्राकृतिक सम्पदाको सौन्दर्यमात्र नभइ त्यहाँ निर्माण गरिएका आधुनिक भौतिक पूर्वाधारका संरचनाले थप चम्काएको छ । अत्याधुनिक प्रविधियुक्त उक्त केवलकार अस्ट्रियाको ख्यातिप्राप्त केवलकार निर्माता कम्पनी ‘डोपलमेयर’ले निर्माण गरेको हो । भालेश्वर महादेवको ऐतिहासिक महत्वलाई कायम राख्न भालेश्वरको शीलालाई सुरक्षित राखेर नयाँ शैलीको मन्दिर बनाइएको छ । भ्यूटावरमा टेलिस्कोप राखिनेछ । केवलकारको सुरक्षालाई मध्यनजर गरी हालसम्मकै उच्च प्रविधि अपनाइएको कम्पनीका अर्का बजार व्यवस्थापक इन्दिरा पौडेलले जानकारी दिनुभयो । चन्द्रागीरि परिसरमै पाँच तारे होटलस्तरको रिसोर्ट निर्माण भइरहेको छ । व्यवस्थापक पौडेलका अनुसार २०६६ सालमा काठमाडौँ फनपार्क प्रालिको नाममा दर्ता भएको चन्द्रागीरि केवलकार अहिले चन्द्रागीरि हिल्स लिमिटेडमा दर्ता गरिएको छ । चन्द्र ढकाल नेतृत्वका आठजना व्यवसायीको सक्रियतामा केवल सञ्चालन गरिएको हो । आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रुपमा रहेको चन्द्रागीरि धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले मात्र नभइ पदयात्रा र इको पर्यटनका लागि पनि उपयुक्त मानिन्छ । करिब डेढ घन्टाको पैदल यात्रापछि जङ्गलमा आकर्षक चराचुरुङ्गी र जङ्गली जनावरको दृश्यावलोकन गर्दै चन्द्रागीरि डाँडामा पुग्न सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies