Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

उपप्रधानमन्त्री महरालाई पाँच प्रश्न : चीन भ्रमणमा के गर्नुभयो ?

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा शनिबार मात्रै चीन भ्रमणबाट फर्किएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष दूतका रुपमा महरा चीन भ्रमणमा गएका थिए । चीनबाट फर्किएपछि उपप्रधानमन्त्री महराले चिनियाँ राष्ट्रपति सी जिनपिङ्को छिट्टै नै नेपाल भ्रमण हुने बताएका छन् । प्रधानमन्त्री प्रचण्डको सन्देश लिएर चीन गएका महराले नयाँ सरकार गठन भएपछि पनि चीन खुशी नै रहेको बताए । चीन भ्रमणबाट फर्किएलगत्तै उपप्रधानमन्त्री महरालाई हामी पाँच प्रश्न गरेका थियौं ।

\"mahara_shirsha\"तपाईँ चीन किन जानु भएको थियो ?

नेपाल सरकारले केही दिन अगाडि निर्णय गरेर हाम्रा दुई छिमेकी देशहरुमा कुटनीतिक सम्बन्ध स्थापित गर्न, सम्बन्ध विस्तार गर्न तथा सुदृढ गर्न, नयाँ सरकार बनेको परिप्रेक्ष्यमा नयाँ सरकारको दायित्व के हुन् त भन्ने कुरा राख्न विशेष प्रतिनिधि जाने भनेर निर्णय गरेको थियो । विशेष प्रतिनिधिको रुपमा दुई उपप्रधानमन्त्री जाने भनेर हामी दुई जना (कृष्णबहादुर महरा र बिमलेन्द्र निधी) लाई तोकिएको थियो । सोही उद्देश्यअनुसार म चीन गएको हो । मुख्यतः यो भ्रमण नेपाल सरकारको परिवर्तित स्थितिमा सरकारको दायित्व, प्राथमिकता र आपसी सम्बन्धहरु विस्तार गर्ने उद्देश्यमा आधारित थियो ।

चीन पुगेर के उपलब्धी भयो ?

हामी अहिले ठूलो उपलब्धि हासिल गर्नका लागि चीन भ्रमणमा गएका थिएनौं । खासगरी चीन गएर मैले तीन चारवटा कुराहरु राखेको छु । पहिलो, हाम्रो देशमा चिनियाँ उच्च नेताहरु राष्ट्रपति, प्रधानमन्त्रीको औपचारिक भ्रमण होस् भने औपचारिक पत्र दियौ, निम्ता दिने काम भयो । त्यसको जवाफमा उहाँहरुले एकदमै सकारात्मक रहेको बताउनु भएको छ । भ्रमणको निम्तो दिएकोमा धन्यवाद दिँदै त्यसका लागि दुवैदेशका परराष्ट्र मन्त्रालयलाई स्ट्याण्डबाइ बन्ने भन्ने भएको छ । दोस्रो कुरा चीन र नेपालको परम्परागत सम्बन्धका विषयमा छलफल भयो । तेस्रो कुरा नेपालले गरेका सहयोगका क्षेत्रहरुलाई निरन्तरता दिने तथा अरु नयाँ क्षेत्रको पनि खोजी गर्ने भन्ने कुरा भएको छ । अहिले हामी कुनै ठोस विषयमा हामी चीन गएका होइनौं । ठोस विषय भनेको निम्ताको विषय मात्रै लिएर गएको हो । बाँकी हामी स्पिडमा गर्यौं । नीतिगत तथा सैद्धान्तिक कुराहरु मात्रै भए ।

सरकार परिवर्तनका विषयमा चीनको असन्तुष्टि पाउनु भयो ?

हामीले चीन हामीसँग रिसाएको भन्ने कुनै अभिब्यक्ति नै पाएनौं । भ्रमणमा हामीसँग त्यस्तो कुनै असन्तुष्टि ब्यक्त भएन । पहिले के थियो भन्ने चाँही थाहा छैन । अहिले सरकार बनेकोमा पनि चीन खुशी छ । नेपालमा नयाँ सरकार बनिसकेपछिको स्थितिमा प्रधानमन्त्रीलाई पार्टीको प्रमुखको हैसियतले अन्तर्राष्ट्रिय विभागबाट र विदेश मन्त्रालयबाट पनि बधाइको चिठी आएको छ । त्यसकारणले चीन हामीसँग रुष्ट भएजस्तो कुनै संकेत हामीले पाएनौं ।

चिनियाँ राष्ट्रपतिको नेपाल आउने निश्चित भएको हो ?

चिनियाँ राष्ट्रपतिको भ्रमण निश्चितजस्तै भएको छ । उहाँ आफैले भनेपछि निश्चित हुने हो । उहाँ आउनुहुन्छ । मेरो विचारमा नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमण हुन्छ । तर समय र सन्दर्भ भने उहाँहरु आफैले तय गर्नुहुन्छ ।

यसअघि चीनसँग भएको सम्झौताबारे केही कुरा भएन ?

यसअघि चीनसँग भएका सम्झौताहरुकाबारेमा पनि कुराकानी भयो । विगतको सरकारले चीनसँग गरेको सकारात्मक प्रस्ताव तथा सम्झौतालाई हामी निरन्तर गर्छौंं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies