Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

आसन्न स्ववियू निर्वाचनमा एक नम्बरमा आउँछौ, दावी होइन जितेर देखाउँछौः नरेन्द्र न्यौपाने

\"narendra   जनयुद्धकालमा अखिल क्रान्तिकारीे जुम्ला सचिवको जिम्मेवारी सम्हाल्दै २०५४ सालमा तत्कालीन नेकपा (माओवादी) पार्टीमा संगठित हुन पुगेका नरेन्द्र न्यौपाने २०७१मा अखिल क्रान्तिकारीको प्रथम विस्तारीत बैठकबाट संगठनको वरिष्ठ उपाध्यक्षमा चुनिए र हालै सम्पन्न राष्ट्रिय एकता भेलाबाट पहिलो पटक संगठन अध्यक्षको जिम्मेवारी पाएका छन् । उनी माओवादीको केन्द्रिय आयोजक समिति सदस्यसमेत हुन् । अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेसँग खबरडबलीका लागि लोकराज जैसीले शैक्षिक आन्दोलनको अवस्था र भावि एजेन्डाबारे संवाद गरेका छन् । उनीसँग गरिएकाे कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।   शैक्षिक आन्दोलनमा संगठन कस्तो भूमिकामा अगाडि बढ्छ, के धारणा बनाउँनु भएको छ ? खासगरी नेपालको शैक्षिक अवस्थालाई हेर्दा शिक्षा क्षेत्र अत्यन्तै विकराल र आक्रान्त स्थितिमा छ । नेपालको राजनीतिमा ठूला परिवर्तनहरु भए र त्यसको संस्थागत विकास हुने प्रकृयाको सुरुवात हुँदैछ । तर यसले समग्र शैक्षिक जगतमा परिवर्तन हुनसकेको छैन । राज्य शैक्षिक क्षेत्रबाट विमुख बन्दै गइराखेको छ र सम्पूर्ण दायित्व निजी क्षेत्रले ओगटेको छ । राज्य आफ्नो दायित्वबाट पन्छिन खोज्दैछ । यो जर्जर अवस्थाको परिवर्तनका लागि हामीले शैक्षिक आन्दोलनको नेतृत्व गरिराखेका छौं । शैक्षिक परिवर्तन, जनमुखि शिक्षा, जनवादी शिक्षा प्रणाली लागू गराउने सन्र्दभमा हामीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छौ । पार्टी एकतासँगै १० वटा विद्यार्थी घटकहरुबीच राष्ट्रिय एकता भेला भर्खरै सम्पन्न गरेका छौं, यसबाट शैक्षिक आन्दोलनलाई अझै सशक्त बनाएर लैजाने समान धारणाको विकास गरेका छौं ।   संगठनले ९९९ सदस्य रहेको जम्बो टिम बनायो, यो सबै असन्तुष्ट भएकालाई थामथुम पार्न गरिएको बाध्यता हो वा आवश्यकता ? माओवादी आन्दोलनमा भएको विभाजन र विखण्डनले हामी सबैलाई ठूलो क्षति पुर्याएको छ । यसको सबैलाई चिन्तित तुल्याएको थियो । राजनीतिक दलहरु जति स्थापित हँुदै परिवर्तनको उत्कर्षमा पुग्न लागेका हुन्छन, त्यतिनै बेला विभाजित हुने र वर्गीय, मुक्ति आन्दोलनहरु तुहिने रोगले हामीलाई पनि छोयो । राजनीतिमा, समाजमा, नेता कार्यकर्तामा र समग्र जनतामा त्यसले निरासा उत्पन्न गराएको थियो । तर फेरि माओवादी आन्दोलनमा एकताको ध्रवीकरणको सुरुवात भएको छ, यसबाट जनताहरु उत्साहित भएका छन् । हिजो विभाजित हुन पुगेका विभिन्न १० विद्यार्थी घटकहरुकोबीचमा आज फेरि एकता भएको छ । योबीचमा निश्चितरुपमा संगठनले धेरै नेता, कार्यकर्ता उत्पादन गरेको छ । एकतापछि सबैलाई समेट्दा ठूलो टिम बन्न पुगेको हो, यो आजको शैक्षिक आन्दोलनकालागि आवश्यक पनि थियो ।   \"narendraशैक्षिक आन्दोलनको कुरा गरिरहँदा, हिजो आफैले उठाएका शैक्षिक मुद्दाहरु तपाईहरुले बिर्सनु भो पनि भन्छन् नि ? खास कुरा के हो भने, अखिल क्रान्तिकारीले जनयुद्धकालदेखि शान्ति प्रकृयामा आउँदा आजको अवस्थासम्म परिवर्तनका लागि धेरै खालका शैक्षिक आन्दोलनको नेतृत्व गरेको छ । हामीले अवस्था र आवश्यकता अनुसार संर्घषको स्वरुप निर्धारण गरेका छौं । हिजो युद्धमा हुँदा भएका आन्दोलन जसरी आज सम्भव छैन, आन्दोलनको रुपरेखा मात्र हामीले फेरेका हौं । राजनीतिकरुपले राजतन्त्रात्मक व्यवस्थालाई अन्त्य गरेर गणतन्त्र, संघीयता, समावेशीता, धर्म निरपेक्षता संविधानमा लेखाउन माओवादी आन्दोलन सफल भएको छ । आज परिवर्तन जहाँ पुगेको छ, त्यसलाई हिजोकै ढंगले कार्यान्वयन गराउन सकिदैन, हामीले शैक्षिक, राजनीतिक, सामाजिक परिवर्तलाई अथक ढंगले अघि बढाउन खोजेका छौं । जनवादी व्यवस्थाका केहि कुराहरु हामीले स्थापित गरेका छौं, त्यसलाई पूरा गर्दै समाजवादी व्यवस्थामा अघि बढ्ने कार्यदिशा तय गरेका छौं । तसर्थ आजको समाज व्यवस्थाको चरित्रअनुसार प्राप्त भएका उपलब्धीलाई संस्थागत गर्दै भोलिको समाजवादी व्यावस्थाका लागि हामी संघर्ष गरिरहेका छौ । हामीे क्रान्तिबाट थाकेका छैनौं, हिजोका कुनै मुद्दाहरु छाडेका पनि छैनौं।   तर हिजो दुनियाँ बदल्छौ भन्ने नेताहरु आज सत्तामोहमा आफै बदलिएका छन्, सत्तामा चुर्लुम्मै डुबेंर एक्लै स्नान गर्दैछन, गरीब बस्ती बिर्सिदैछन्, होइन र ? त्यसो होइन, हामीले दुनियाँ बदल्ने, समाज परिवर्तनको यात्रा रोकेका छैनौ, यो रोकिँदैन पनि । आजको आन्दोलन सत्तामै चढेर सत्ता लिने ढंगले बढेको छ, तसर्थ कुरा के हो भने आन्दोलनको ट्रेन आफ्नै गतिमा अगाडि बढिरहेको छ । समाज परिवर्तनको यात्रा लामो छ, त्यो यात्रामा कोही चढ्छन् त कोहि झर्छन्, त्यो भइरहन्छ । हिजोसँगै परिवर्तनको यात्रामा हिडेका साथीहरु कोही निरासामा गुम्सिएका होलान त कोही उत्साहमा अघि बढिरहेका होलान् । हामी हिजो जहाँ थियौ, त्यो भन्दा फरक ठाउँमा पुगेका छौं, त्यही ठाउँबाट हस्तक्षेप गर्न खोजिरहेका छौ । केहि कमिकमजोरी भएको भए हामी सच्याएर, समाज परिवर्तनको दिशामा उत्साहित भएर जानुपर्छ भनेर जुटिरहेका छौं, यसमा सबै विभाजित माओवादी घटकहरुले कम्तिमा पनि सहकार्य गरेर अघि बढ्नु पर्दछ ।   पार्टीको जम्बो टिमबारे विभाजित माओवादीहरुले ‘सयौं बाघ र बाख्रालाई एउटै केन्द्रमा थुन्दा कालान्तरमा बाख्राहरु सखाप हुने र केही बाघले मात्र रजाई गर्ने थलो बन्छ’ भनी प्रतिकृया दिरहेका बेला, विद्यार्थीको एकता पनि त्यहि स्वरुपमा गर्नु भो, यसले समस्या ल्याउदैन ? हामीले जहिले पनि नकारात्मक कुरा मात्र खोज्नु हुदैन, विषयलाई सहि ढंगले बुझ्नु पर्दछ.. (अलि उग्र हुदै...) । एउटा पार्टी कमिटी कम्तीमा सय देखि डेढ सय सदस्यको छ । धेरै पार्टीलाई जोडेर समाजवादी क्रान्तिको लक्ष्यमा पूरा गर्न सकिन्छ भन्ने नेतृत्वको बुझाई हो । विभाजित माओवादी र प्रगतिशील सोच भएका अन्य पार्टीबीच एकता, सहकार्य गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकता हो, तसर्थ क्रान्तिका बाँकी कार्यभार पुरा गर्न सयौँ, हजाराँै सदस्यहरुको जरुरी हुन्छ, पार्टीले ल्याएको नयाँ तरंङ्गबाट आत्तिएर दिएको प्रतिकृयामा हामी विश्वास गर्दैनौ । हामीले सबै बाघ र बाख्रालाई एउटै खोरमा थुनेका होइनौ, ती क्रान्तिकारी योद्धाहरु हुन, जो परिवर्तनको लागि एकतामा आएका छन् । तिनीहरुलाई हामीले एउटैमा मर्र्ज गर्दा आकार ठूलो हुन गएको मात्र हो । यसले पार्टी र संगठनलाई उत्साहपूर्ण रुपमा अघि बढाउँछ भनेर नै हामीले विद्यार्थीको एकता भेलाबाट ९९९ सदस्यको टिम बनाएका हौं । यसले आसन्न स्ववियू निर्वाचनमा हामीलाई अत्याधिक सफल बनाउँछ, शैक्षिक आन्दोलन पनि सफल रुपमा अगाडि बढ्छ, यो निश्चित हो । जम्बो टिम बनाउँदैमा पार्टी र संगठनलाई कुनै समस्या आउँदैन, बरु सशक्तरुपमा डो¥याउँछ ।   स्ववियू निर्वाचन पनि नजिकिदै छ, तपाईँहरु कस्ता शैक्षिक एजेन्डा लिएर विद्यार्थीहरुको माझमा जाँदै हुनुहुन्छ ? शैक्षिक क्षेत्रमा देखिएको निजीकरण र व्यापारीकरणलाई अन्त्य गर्ने । शिक्षामा शहर र गाउँबीच देखिएको खाडललाई अन्त्य गर्ने । त्यसैगरी हुने खाने र बाँच्नका लागि संर्घष गर्ने वर्गबीच समान शिक्षा नीति हामी लागू गर्न चाहन्छौं । हामीले देखिराखेका छौं, विश्वविद्यालयको शिक्षा सर्टिफिकेट बिर्की गर्ने ठाउँ जस्तो बनेको छ, गुणात्मक शिक्षाको कमी छ । तसर्थ अहिलेको शिक्षा व्यावस्थामा परिवर्तन गरी अनुसन्धानमूलक, वहुप्राविधिक, जीवनउपयोगी र रोजगारमूलक शिक्षा लागू गर्नका लागि हामी राज्यलाई दवाब दिन्छौं। राज्य संघीय प्रणालीमा अघि बढेको छ, हामीले संघीय मोडेलको शिक्षाको लागि संघर्ष गर्नुपर्ने देखिन्छ । राज्यले प्राविधिक शिक्षालाई महंगो गरेर गरीब जनताको पहुँच भन्दा धेरै पर पु¥याएको छ, हामी सबै खाले शिक्षामा सबै वर्गको पहुँच पुग्नुपर्छ, शिक्षा सर्वशुलभ र गुणस्तरीय हुनुपर्छ, हामी यो लागू गराउन चाहन्छौं । हामी खासगरी शैक्षिक क्षेत्रका समस्याहरुको पहिचान र त्यसको समाधानमा राज्यसँग विकल्पसहित प्रस्तुत हुन्छौ र दवाबमूलक आन्दोलनको नेतृत्व गछौ । मुलभूतरुपमा हामी यिनै एजेन्डाहरु लिएर विद्यार्थी साथीहरुकोबीचमा जाने योजनामा छौं ।   आसन्न स्ववियू निर्वाचनमा तपाईँहरु कति नम्बरको दावीमा हुनुहुन्छ ? चुनावको तयारी के छ ? एकता सम्मेलनले हामीलाई देशकै पहिलो नम्बरको विद्यार्थि संगठनको रुपमा निर्वाचित गराउने विश्वास प्रदान गरेको छ । अघिल्लो पटकको स्ववियू निर्वाचनमा पनि हामी एक नम्बरको संगठनमा आएका थियौं । अखिल र नेविसंघले केहि फर्जीमतका कारण पहिलो, दोस्रोेको दावी गरेपनि निश्पक्ष चुनाव भएको अवस्थामा हामी नै पहिलो अवस्थामा थियौं । यतिबेला त झनै एकताले देशैैभरीका विद्यार्थी नेता, कार्यकर्ताहरुमा उत्साह छाएको छ, हामी नै पहिलो हो भन्ने सबैले बुझिसकेका छन्, यो हाम्रो दावी होइन,जितेर देखाउँछौ । त्रिभुवन विश्वविद्यालयको नियमावलीमा व्यवस्था भए अनुसार फागुन १४ गते कुनैपनि हालतमा स्ववियू निर्वाचन गर्नैपर्छ भन्नेमा हामी पुगेका छौं । स्ववियू निर्वाचनमा संगठनलाई पहिलो नम्बरको बिजेता बनाउने अभियानमा अहिले हामीहरु प्रत्येक क्याम्पसमा कम्तीमा एक केन्द्रीय सदस्यको नीति अनुसार संगठनको विस्तार र सुदृढिकरणमा लागिसकेका छौं । विद्यार्थीकाबीचमा प्रधानमन्त्री प्रचण्डलाई लिएर प्रचारात्मक कार्यक्रम गर्ने तयारी पनि हामीले गरिरहेका छौ । अर्जुनले चराको आँखोको निसाना गरे झँै, यतिबेला हामीले स्ववियू निर्वाचनलाई निसाना बनाउँदै अघि बढिरहेको अवस्था छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies