Khabar Dabali Logo
  November 13, Wed

‘अर्थ अवतरण’ कविता सङ्ग्रहको अध्ययन

समालाेचक

समालाेचक

प्रारम्भ
साहित्य यात्राका एउटा यात्रीका रूपमा मिजास तेम्बेले आफ्नो मौलिक परिचय निर्माण गरिसकेका छन् । सन् १९८३ अप्रिलमा ताप्लेजुङ जिल्लाको ठङ्गेसाँघु–७ तेम्बेमा जन्मिएका टङ्कबहादुर नै साहित्यिक नाममा मिजास तेम्बे भएर देखिएका छन् । आफ्नो जन्मभूमिको भूगोललाई समेत साथसाथै लिएर उनले उपनामलाई पृथक् तुल्याएका छन् । झन्डै डेढ दशकको साहित्यिक यात्रामा उनले विश्व साहित्यकोशमा प्यास नजरको (गजलसङ्ग्रह) सीमाहीन बिम्बहरू (संयुक्त कवितासङ्ग्रह), ग्रिनविचका प्रतिध्वनिहरू (संयुक्त कवितासङ्ग्रह), उद्गार (गीतिएल्बम), नवचेतना ग्रह (विविध सिर्जना) र अर्थ अवतरण (कवितासङ्ग्रह) प्रकाशन तथा सम्पादनको मेलो मेटिसकेका छन् ।

मिजास तेम्बेका बारेमा धेरै पाठक तथा समीक्षकहरूले धेरै कुरा भनिसकेका छन् । नदोहो¥याइकन अर्थात् फरक भाषा र शैलीमा भन्नुपर्दा मिजास तेम्बे नेपाली साहित्य यात्रामा धेरैजसो आफ्ना जीवनका अनुभूतिलाई ढुक्कसँग पोख्न रुचाउने स्वच्छन्दभाव भएका कवि हुन् । अर्थ अवतरण कविता सङ्ग्रहभित्रका कविताहरू पढिसकेपछि मिजास तेम्बेका कवितामाथि केही भन्न मन लागेकाले यो टिप्पणी जन्मिएको हो ।

अर्थ अवतरणभित्र
कवि मिजास तेम्बेको अर्थ अवतरणभित्र जम्मा ३६ ओटा कविता सङ्कलित छन् । यी कविताहरूमध्ये केही मात्र मध्यम आयामका छन् नत्र प्रायः कविता साह्रै छोटा रहेका छन् । कविता सङ्ग्रहभित्रका कविताहरू एक बसाइमै पढि त सकिन्छन् तर त्यस्तो के शक्ति हो थाहा छैन । चार–पाँच ओटा कविता त दुई–तीन चोटि नपढेसम्म धित मर्दैन । ऊ त्यो असत्य बिहानी, काली ! आजको रात…, इँजार र संवेदनाहरू, स्वत्व खोज, थुइक्क ! जाली लोग्ने मान्छेहरू, बाँच्नुभन्दा अलि पर, प्रेमयात्रा, मसानघाटमा अलि बढी नै छुने र मनन गर्न बाध्य पार्ने कविताहरू हुन् । कवि विप्लव ढकालकोभ ूमिका र दयाकृष्ण राईको प्रकाशकीय भूमिकाबाट पनि पहिलो चोटि तेम्बेलाई चिन्नेले समेत धेरै कुरा थाहा पाउनेछन् । कविले नै कविताको भूमिका राम्रोसँग लेख्न सक्दोरहेछ भन्ने प्रमाण पनि हो यो । जोसँग कविता सिर्जनाको रङ्ग र ठङ्ग छैन तिनीहरू समीक्षक वा भूमिका लेखक पनि बन्न सक्दैनन् । जीवन र जगत्लाई कलाका माध्यमबाट प्रस्तुत गर्ने कविले जीवनलाई कवितामा उतार्न र कवितालाई जीवनसँग जोड्ने कार्यमा योगदान दिएको हुन्छ र त्यो यहाँ सुन्दर ढङ्गले अभिव्यञ्जित भएको छ ।
सम्भावनाका अनेकौँ ढोकाहरू खोल्न सक्ने कवि मिजास तेम्बे विदेशमा रहेर पनि कसरी साहित्यमा लागेकी छन् ? जीवनलाई श्रममा खर्चेर पनि कसरी बौद्धिक सिर्जना गरिरहेका छन् भन्ने पूर्ण प्रमाण दिन न त दयाकृष्ण चुकेका छन् न त ढकाल नै । हो मिजासले ‘स्वत्व खोज’ कवितामा भने जस्तै हामी नेपालीहरू ‘नेपाल’ को नै स्वत्व खोज गर्न चुकेका त छैनौँ ? मिजास अत्यन्त सचेत रही हामी पाठकमा सचेतना बाँढ्न सफल छन् । कविता लेखनको आफ्नै मौलिक पेरिमिटर निर्माण गर्दै सकेसम्म थोरैमा धेरै भन्ने चेष्टामा मिजास जुटेका छन् । कवि कविताकै लय/भाकामा आफ्ना कविताका सिर्जनधर्मलाई प्रस्तुत गर्दछन् :

मेरो कविता परिभाषाका यत्नहरू नै कविता होलान् ।

हो, जीवन यात्राका उकाली ओरालीले चर्चेको क्षेत्र र पारेको प्रभावबाट नै कविताको मूल फुटेको कुरामा हाम्रो जस्तै उनको पनि ठम्याइ छ । फरक यति हो उनी कविताको परिभाषा पनि कवितामा नै दिन सफल छन् । कविता सङ्ग्रहभित्रका प्रायः सबै कविताहरू हाम्रो समाज र हाम्रो संस्कारभन्दा फरक छैनन् । उनले विदेशमा बसेर नेपालको बारेमा जे चिन्ता प्रकट गरेका छन् त्यो छुट्टै पीडाको परिभाषा र आप्तवाक्य पनि हो । स्वत्व खोज कवितामा कवि थोरैमा धेरै भन्छन् र फेरि फेरि अर्थ खोजूँ जस्तो लाग्ने गरी आफ्ना पीडा प्रस्तुत गर्छन् :

जुगौँदेखि यी हिमालहरूले
आकाश थामेका छन्
र शिरमा सेताम्य हिउँ फुलाएर
नदी–नालाहरू बहाएका छन्

त्यो नीलो–नीलो आकाशमा
सेता–सेता बादलका
गुँड बनाएर बस्ने को ?
डाँडाहरूको हावा खाएर
खोल्सा र खोलाहरूको पानी पिउने को ?
(स्वत्व खोज, पृ. २९)
राष्ट्रियताप्रतिको यो भन्दा गाढा प्रेम र जन्मभूमिप्रतिको यो भन्दा ठूलो श्रद्धा भाषामा के हुन सक्छ ? आज हामी नेपाली देशभित्रै र बाहिर पहिचान र सामथ्र्यको कुरा किन पनि गरिरहेका छौँ भने हामी हाम्रँे भूगोल, भषा र भावहरूबाट टाढा हुनै सक्दैनौँ । एकातिर कविको चित्ता जन्मभूमिको ममताप्रति छ भने अर्कोतर्पm हामीले प्राप्त गरेको भनेको स्वतन्त्रताले पनि हामीलाई ढुक्क बनाउन सकेको छैन । हामी निरन्तर अभाव, अन्याय र असुरक्षामा नै पिल्सन बाध्य छौँ भन्ने विचार ‘भयभास’ कवितामा अभिव्यञ्जित भएको छ ।
यति खुला आकाशमुनि
केले थिचिरहेछ हामीलाई ?
यति फराकिलो धर्तीमा
केले छेकिरहेछ हामीलाई ?
हावाभित्रै
किन निसास्सिरहेका हामी ?  (भयमास, पृ. २८)
हामी हामी स्वतन्त्र, स्वाभिमान, सार्वभौम सत्ता सम्पन्न जे जे भनौ आपूmलाई तथापि हामी स्वयंमा आत्मनिर्भर बन्न नसकेको उपज यस्तो त्रासदि अवस्था आएको प्रष्ट हो । यही चिन्ताबाट समाधानका निम्ति सोच कवि आपूmलाई उत्तरापेक्षी बनाउँछन् ।
चाहे मातृभूमि चाहे आमा त चाहे पत्नी (प्रेमिका) आपूmले कसैलाई आपूm यस्तो हो भनेर चिनाउन नसकेको र नालायक धर्तीपुत्र, पुत्र र पति बनेको महसुस गरेर पनि अझै गहिरिएर बुझ्न अनुरोध गर्दै कवि दाबी गर्दछन् ।

तिमी मलाई
जो सोचिरहेकी छ्यौ
म त्यो होइन
जस्तो देखिरहेकी छ्यौ
त्यस्तो पनि होइन
म त्यो हुँ–
जो तिमी सोच्न सकिरहेकी छैनौ
त्यस्तो हुँ— जो तिम्रा आँखाले
देख्न सकिरहेका छैनन् ।
(म त्यो हुँ, पृ. ५८)
आफूले आफूलाई चिनाउन नपाएको, पोख्न नसकेको भए पनि आफू देशका निम्ति केही गर्न चाहेर पनि भने बमोजिम गर्न नसक्ने परिस्थितिका कारक दुःखी भएको तर्फ कविको सिर्जना सोझिएको छ । कविले दुःख र अभावले मान्छेलाई विवश तुल्याए पनि ऊभित्रको गहन भावलाई खोजेर प्रयोग गर्न आग्रह समेत गरेका छन् ।
आज हाम्रो समाजमा पुरुष सिर्जित गीत र साहित्यका विविध माध्यममा नारीको चरित्रको चित्रण र मनोवेग आकलन गर्ने गरिएको भए पनि त्यसले नारीलाई उचित सम्मान नदिई वदनाम गर्ने काम गरेको छ । त्यसतर्पm सजग हुँदै पुरुष प्रवृत्तिको स्वयं पुरुष आत्मालोचित बनी सुध्रद पर्दछ भन्छन् कवि । कवि पुरुषले सपार्नु र सुधार्नु मात्र होइन आफ्ना गलत स्वभावलाई चटक्कै छाड्न नसके समाज भाँड्ने पात्रका रूपमा पुरुष कलङ्क बोकेर बाँच्ने पक्का छ ।
तेरो आमा भएर त तैँले जीवन पाइस्
आमाको ममता र वात्सल्य कुल्चिएर हुर्किस्
जवान भइस्प्रि/यसी छानिस् / पत्नी अपनाइस्
तेरो जीवनले गति पायो
अझ भन्छस्—
यस्ता आइमाई/उस्ता आइमाई/नाथे आइमाईहरू
थुइक्क ! पापी लोग्नेमान्छे
…..
आइमाईहरूको खोइरो खन्छस्
मौका पाइस् कि झगडा गर्छस्
गाली गर्छस् / धम्की दिन्छस्अ/पशब्द ओकल्छस्
घृणा गर्छस् / हेला गर्छस् / लत्याउँछस्
तेरो पत्नीबिना / तेरो परिवारबिना
ता सधैँ शून्य–शून्य हुन्छस् / खाली बन्छस्
थुइक्क ! खोक्रो लोग्नेमान्छे
(थुइक्क ! जाली लोग्नेमान्छे, पृ. ५०÷५१)
प्रत्येक व्यक्ति सप्रनका लागि उसमा आत्मालोचित हुन सक्ने क्षमता र रूपान्तरण हुन चाहिने पर्याप्त कर्मका शृङ्खला चाहिन्छ । यहाँ नेपाली समाजको साँचो अवस्थाको उदाहरण प्रस्तुत गर्दै कविले पुरुष लच्छित हुने र पुरुषको कमजोरी पक्ष के–के हुन् भन्ने कुरालाई यथार्थ ढङ्गले उठाइदिएका छन् । अर्कालाई सम्मान नगरेका कारण पुरुषको सौर्य र वीरतामा कमी आएको हो । निरपेक्ष शक्ति र संसार नभएकाले सङ्घर्षले प्राप्त गरेका उपलब्धिलाई व्यवहारिक ढङ्गले उतार्न कविले आत्मबोधको प्रस्ताव राखेका छन् चाहे नारी वा पुरुष जो कोही होस् त्यो सड्न र सुध्रन सहअस्तित्वबोधको जरुरीलाई प्रस्तुत गरेका छन् । अन्त्यमा शीर्षकको कविले स्वार्थको चरम नमूना हामी प्राणी जाति र अरू मानवजातिप्रति गहन भाव बोध हुन पर्दछ भन्दै
जोतेर थुतुनो
आमाको लाम्टामा
कता भागे
ती दर सन्तानहरू ? (अन्त्यमा, पृ. ६४)

निष्कर्ष
जीवनलाई मसिनोसँग केलाइएका कविताहरूले आफ्नो जाति, भाषा, धर्म, संस्कृतिमा मात्र खोजेका छैनन् । अर्थ अवतरण कविता सङ्ग्रहभित्र शालीन र मार्मिक अभिव्यक्ति प्रदान गरेको छ । समाजमा चेतना विस्तार गर्नमा यस कविता सङ्ग्रहले बेग्लै भूमिका निर्वाह गर्न सक्छ । कविताहरू भित्रका कविताहरू सम्प्रेष्य, सङ्क्षिप्त समन्यायको निम्ति बाटो प्रसस्त गरेको छ ।

असार ११ गते, २०७३ - ०९:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   

चिनिया राष्ट्रपति सि को यस्तो उत्प्रेरक सन्देश

म सानो छँदा ज्यादै स्वार्थी थिएँ। सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें। फलतः मलाई सबैले छोड्दै गए,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top