Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

राजनीतिका यी चर्चित नेता जो फुटबल छुटाउँदैनन्

\"footbol_neta\"काठमाडौं । विश्वकप फुटबलपछि सर्वाधिक प्रतिष्ठित फुटबल युरोपियन च्याम्पिनसिप (युरो–कप २०१६ ) यतिबेला फ्रान्समा जारी छ । विश्व फुटबलका हस्तिहरु फ्रान्समा जम्मा भएका छन् । विश्वका फुटबल प्रेमीहरुको ध्यान युरोपमा रहेको छ । आ–आफ्ना टिमलाई बिजयी गराउन समर्थकहरु उत्साह थपिरहको छन् । हौसला दिइरहेका छन् । उता कोपा फुटबल प्रतियोगिता पनि जारी छ । विश्व फुटबल महारथीहरुको रोचक भिडन्त हेर्ने नेपाली फुटबल समर्थकहरुपनि कम छैनन् । नेपाली फुटबल प्रेमीहरु आ–आफ्ना समर्थक टोली तथा खेलाडिहरुको रोमान्चक खेल हेर्न निन्द्रा नै माया मार्ने गर्छन् । फुटबलको महामेला चलिरहेको बेला सधै राजनीतिमा व्यस्त रहने चर्चित नेपाली राजनीतिक खेलाडीहरुलाई फुटबल मेलाले कत्तिको छोएको छ त भनेर खोजी गरेका थियौँ । हामीले फुटबलप्रति उच्च नेताहरुमा कत्तिको चासो छ भनि खोजी गर्दा शिर्ष तहका कोहीपनि नेता फुटबलप्रेमी भेटेनौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्ड, एमाले नेता झलनाथ खनाल लगायतका केही नेताले चासो राख्ने तर अहिले जारी युरो कप र कोपा अमेरिका हेर्ने नगरेको उनका सहयोगीले बताएका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेता रामचन्द्र पौडेल लगायतका नेताहरुलाई खासै चासो नै नरहेको समेत उनका सहयोगीहरुले बताए । तर यो चासो नै नहुनेहरुको सुचीमा दुई नेता यस्ता पनि भेटिए जो मध्यराति उठेर भएपनि फुटबल हेर्ने गर्दछन् । राप्रपा नेपालका अध्यक्ष तथा पराराष्ट्रान्त्री कमल थापा टेबुलटेनिसका खेलाडी समेत हुन् । थापा छोराहरुसँग बसेर रातिको दुईबजेसम्म युरो कप हेर्छन् । मन्त्रीका सहयोगीले दामोदर वाग्लेका अनुसार युरो कप सुरुभएपछि आफ्नै निवासमा राति अबेरसम्म बसेर फुटबल हेर्न गर्छन् । उनकोे मनपर्ने टिम जर्मनी हो । उनले जर्मनीको खेल लाइभ हेर्न कहिल्यै पनि छुटाउँदैनन् । थापा जर्मनका मिडफिल्डर टोनी क्रुजका फ्यानसमेत हुन् । यसैगरी रातविरात फुटबल हेर्ने अर्का नेता एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङ पनि हुन् । नेता नेम्वाङ संविधानसभा चलिरहेको समयमा समेत राति उठेर फुटबल हेर्ने गर्दथे । उनका सहयोगी बुद्धि खनालका अनुसार नेम्वाङ अर्जेन्टिनाका चर्चित खेलाडी लियोनल मेस्सीको फ्यान हुन् । उनी अहिले युरो कप मात्र होइन कोपा अमेरिकाका खेल समेत हेर्ने गर्दछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies