Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

चीनको बारेमा तपाईले थाहा नपाएका १२ रोचक तथ्य

छिमेकी देश चीन जनसंख्या र भुगोलको दृष्टिबाट अत्यन्तै विशाल देश हो । एक अरब ३५ करोड जनसंख्या भएको विशाल चीन सन् १९४९ बाट माओत्सेतुङको नेतृत्वमा जनवादी गणतन्त्र मुलुक बनेको थियो । माओको निधनपछि चीनमा देङ सियोपिङ सत्तामा उदाए । माओले भनेजस्तै समाजवादी दिशामा चीनलाई नलगेपनि उनले पुँजीवादको मार्गबाट देशलाई अघि बढाए । भनिन्छ, ‘चीनको सत्तामा देङ आएपनि उनले गाडीको ‘साइट लाइट’ त माओले भनेको बाटो तर्फ बाले, तर हिँडे आफ्नै बाटो ।’ चीन आज आर्थिक सम्पन्नताको दृष्टिले अमेरिकासँग टक्कर लिँदैछ । चीनको बारेमा धेरै तथ्यहरु सार्वजनिक भएको पाइदैन । कति तथ्यहरु चीनबाट बाहिर आउँदैनन् । हामीले अहिलेसम्म चीनबारे नसुनेका केही तथ्यहरु अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको सहयोगमा यहाँ प्रकाशित गरिएका छौं । १. खाली छन् बंगलाहरुः \"vacent-buildings_14658211-750\" चीनको करिव ६ करोड ५० लाख ठूला ठूला अपार्टमेन्टहरु खाली छन् । उक्त घरमा बस्ने मान्छे कोही छैन । चीनमा बढ्न सक्ने सम्भावित जनसंख्याको आँकलन गरेर बनाइएका घरहरु खाली भएका हुन् । २. सपिङ मलहरुपनि खाली : \"vacant-mall_1465821195-750\" चीनले दावी गरेको विभिन्न तथ्यहरु मध्ये एक हो सबैभन्दा ठूलो सपिङ मल । ‘न्यू साउथ चाइना मल’ नाम दिइएको उक्त मलमा २३५० वटा स्टलहरु छन् । तर दुखत् पक्ष ७० लाख वर्ग फुटमा निर्मित उक्त विशाल मल सात वर्ष बित्दानबित्दै खाली हुँदै गइरहेका छन् । हालसम्म ९९ वटा स्टलहरु खाली भइसकेको जनाइएको छ । ३. होचा मानिसहरु मनोरञ्जनको साधनः \"park_1465821191-750\" चीनमा एक यस्तो स्थान छ जसलाई ‘किङडम अव द लिटल पीपुल’ भनिन्छ । तर दुःखत कुरा शारीरिक अवस्थाका कारण होचा मानिसहरुलाई पर्यटकको मनोरञ्जनका लागि प्रयोग गरिन्छ । ४. गुफामा बासः \"cave_1465822145-750\" आजपनि ३ करोड चिनियाँहरु गुफामा बस्छन् भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर यो सत्य हो । चीनको शानशी प्रान्तका मानिसहरु माटोको गुफा बनाएर बस्छन् । ५. शारीरिक दुर्वलतासहितको बच्चा :  \"birth-defects_1465821188-750\" चीनमा हरेक ३० सेकेन्डमा एउटा शिशुले जन्मलिने गर्छ । हरेक वर्ष करिव १ करोड २० लाख शिशुले जन्म लिन्छन् । त्यसमध्ये ४० प्रतिशत शिशुहरु कुनै न कुनै खोट लिएर जन्मिने गरेका छन् । सन् २००१ देखि यता मात्रै चीनमा जन्म दिने बच्चाहरु कुनै न कुनै शारीरिक दुर्वलतासहित जन्मने गरेका छन् । ६. दुषित पानी पिउन बाध्यः \"water-polution_1465821198-750\" चीनमा हरेक दिन ७० करोड मानिसहरु अझै खराव पानी पिउन विवस छन् । ७. पुर्नजन्ममाथि सरकारी रोकः \"purerjanam_1465821193 धेरै मात्रामा बौद्धमार्गीहरु रहेको चीनमा सरकारले बौद्ध भिक्षुहरुलाई पुर्नजन्ममाथि रोक लगाएको छ । दलाई लामाको अनुसरण गर्दै चीनमा पुर्नजन्मप्रति विश्वास गरेर आत्मदाह गर्ने भएका कारण यस्तो रोक लगाएको बुझ्न सकिन्छ । ८. लाखौं क्षेत्रफल जमिन मरुभूमिमा परिणतः \"gobi-desert_1465821190-750\" चीनमा करिव पाँच लाख वर्गकिलोमिटर जमिन सुख्खा मरुभूमिमा परिणत भएका छन् । हरेक वर्ष त्यो क्रम बढिरहेको छ । पानीको कमीका कारण त्यस्तो क्षेत्र बढ्दै गएको हो । ९. तिव्रगतिमा फैलिदै ईसाई : \"christian-in-china_146582-750\" चीनमा करिव ५ करोड ४० लाख इसाइ धर्मावलम्बीहरु छन् । ती इसाईहरु इटालीबाट आएका छन् । चीनमा इसाई धर्मावलम्बीहरु बढ्ने क्रम जारी रहेको छ । १०. लाखौं मानिस भिख माग्छन् :  \"poverty_1465821192\" चीनमा करिव १० करोड मानिसहरु यस्ता छन् जसले प्रतिदिन एक डलर मात्र कमाउँछन् । ४ करोड मानिसहरु दुई डलर मात्र कमाउँछन् । जसको कारण जिविका नचलेपछि मानिसहरु भिख माग्न विवस हुन्छन् । ११. बिहान १० बजेमात्र उदाउँछ घाम :  \"time-zone_1465821194-750\" चीनमा बिहान १० बजे मात्रै घाम उदाउने गर्छ । बिशाल भूगोल भएका कारण समयलाई एकरुपतामा ल्याउन त्यसो गरिएको हो । त्यहाँको समय बेइजिङको समय अनुसार राख्दा कतिपय स्थानमा भने १० बजे मात्रै सूर्योदय हुने गर्दछ । १२. फेसबुक, ट्विटर चलाउन प्रतिवन्ध :  चीनमा २००९ देखि फेसबुक र ट्विटर चलाउन रोक लगाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies