Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

नयाँ शक्तिको शक्ति आँकडा : ६७ हजार स्क्वायर फिटमा एक लाख सदस्य अटाउँछन् ?

\"rangashala\"काठमाडौं । आइतबार दिनभरजस्तै नयाँ शक्ति चर्चामा रह्यो । एकाबिहानै सबैजसो दैनिक पत्रिकामा ‘ज्याकेट बिज्ञापन’ निकालेर सुरु भएको चर्चा साँझसम्म रोकिएन । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले पार्टी घोषणा सभामा जनताको उपस्थितिलाई ४० औं हजार बताएभने त्यसअघि १ लाख सदस्यको सामुहिक सपथसमेत भनिएको थियो । अझ नयाँ शक्तिका नेता कार्यकर्ताले रंगशालाको उपस्थितिलाई लाखौं भनेर भनिरहेका छन् भने विरोधी मुख्यतः एमाओवादीबाट फुटेको शक्ति हुनाले माओवादी केन्द्रका कार्यकर्ताहरुले रंगशालामा ५–७ हजारको उपस्थिति पनि भन्ने गरेका छन् । हामीले यस्तो भेट्टयौं रंगशालामा गएका पत्रकार तथा विभिन्न स्वतन्त्र मानिसहरुले रंगशालाको फुटबल ग्राउण्ड मुख्य त भरिएको बताए । रनिङ ट्रयाक बाहेक मुलभुत रुपमा मानिसहरु भरिएका थिए । तर त्याँहा मञ्च, साउण्ड सिष्टम र अघिल्लो भागमा झण्डै ५ सयको हाराहारीमा कुर्सीहरु थिए । रंगशालाको उपस्थितिबारे हामीले तथ्य बुझ्न फुटबल ग्राउण्डको आधिकारिक वर्गक्षेत्रफल पत्ता लगायौं । अन्तराष्ट्रिय फुटबल ग्राउण्ड ८०/११० मिटर हुने भएपनि हाम्रो रंगशाला ७०÷९० मिटरको छ । यसलाई फिटमा रुपान्तरण गर्दा २२९.६ /२९५.२ हुन आउँछ । यसलाई गुणा गर्दा कुल क्षेत्रफल ६७ हजार ७ सय ७७ स्क्वायर फिट हुन आउँछ । नयाँ शक्तिको आइतबारको कार्यक्रममा यहि ६७७७७ स्क्वायर फिटभित्रै अटेको तथ्यहरुले बताउँछन् । यो मध्य मञ्च, साउण्ड सिष्टम लगायतका ठाउँमा ओगटेको क्षेत्रफल अन्दाजी ७ हजार स्क्वायरफिट हुन आउँछ । त्यो बाहेक बाटो, मानिसहरुबिचको स्पेश तथा अघिल्लो भागमा कुर्सी राखिएको स्थानलाई अन्दाजी ७ हजार स्क्वायरफिट छुट्याउँदा कुलमा ५३ हजार ७ सय ७७ स्क्वाएर फिट बाँकी हुन आउँछ । यहि स्पेशमा मानिसहरु बसेका थिए । अन्तराष्ट्रिय मापदण्ड अनुसार ३ स्क्वाएर फिट बराबर १ मान्छे बस्न सक्छन् । तर नेपालीहरुको साइज सानो भएकोले हामीले २.५ स्क्वाएर फिट बराबर १ मान्छे बस्न सक्ने आँकलन गर्यौ । यसरी ५३ हजार ७ सय ७७ स्क्वाएर फिटलाई २.५ ले हिसाब गर्दा २२ हजार ३ सय १० मानिसहरु रंगशालामा आएको अनुमान गर्न सकिन्छ । यो हाम्रो अनुमानित आँकडा हो । यसमा १ हजार देखि २ हजार मानिसहरुसम्म तलमाथि हुन सक्छ । यसरी हेर्दा नयाँ शक्तिको पार्टी सदस्यको संख्यालाई पनि अनुमान लगाउन सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies