Khabar Dabali Logo
  November 19, Tue

फेरि भुइँचालो गएको छ मुटुहरूमा

chandra gurungराहत थाप्नेहरूको भीडभाडपूर्ण आकाशमा

गायब छ एउटा मलीन जून
सरकारबाट सहयोग पाउनेहरूको लामो नामावलीबाट
हटाइएको छ एउटा ठिटलाग्दो नाम
अभावमा बाँचिरहने जीवनको बहिखातामा–
घटेको छ एक मूल्यहीन संख्या
च्याती गएको छ एक केरमेर पाना
धिपिक्क धिपिक्क
समष्याको हावाहुरीसित जुध्दै–जुध्दै
निभेको छ एउटा दियो ।

झर्दाझर्दैको आँसु सुकेको छ गालामा
अन्धकारसित लड्दा–लड्दै
एउटा थकित तारा झरेर गएको छ बिहानी आकाशमा
सम्बन्ध–विच्छेद गर्दै थुप्रै पीडाहरूसित
अकाल मृत्यु भएको छ एक पीडाको
र, यस चिसो साँझ
मृत्युको यो नमिठो खबरले
भुइँचालो गएको छ असंख्य मुटुहरूमा ।

यो मृत्युसँगै–
उडी गएको छ फूलको सुगन्ध
तुषारापात भएको छ बसन्तको हरियो सपनामाथि
दुःखेको छ मनको बगैँचा
निर्मम कोतरिएका छन् आफ्न्त मुटुहरू
क्रूर प्रहार भएको छ हाँसोमाथि
मुस्कानलाई नाकाबन्दी छ जीवनको हाटबजारमा
चारैतिर,
सुकसुकाउँदै छन् बलात्कृत रहरहरू ।
छाडी गएको छ–
बाका बूढौली आँखाका खोपीमा अनाथ आशाहरू
आमाको छातिभरि ममताको दुःखाई
भाईबहिनीका लागि अभावका गहिरा खाडलहरू
सन्तानका अनुहारभरि रित्तोपन
र, आफ्नो मायालुको पछ्यौरीमा सुटुक्क राखी गयौ
केही भाग छट्पटी र उदासी ।
मौन र स्तब्ध छन् हिमालहरू
आँसु खसाल्दै छन् पहाडहरू
व्यथित छ डाँडाकाँडा उडिहिँड्ने बतास
ए जीवन !
कत्ति बेस्वाद गयौ तिमी
अलपत्र छन् तिम्रो चिहानमाथि सरकारी राहतका–
एक पाउ दाल
दुई किलो चामल
र, केही थोत्रा लत्ताकपडा ।
(भूकम्प–पीडितमा समर्पित कविता)

जेठ ८ गते, २०७३ - १२:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top