Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

वन्यजन्तुबाट पीडितहरु नै वन्यजन्तुको संरक्षणमा

\"elephants\"रत्ननगर (चितवन) । आफूलाई आक्रमण गरेर जिन्दगीभर अपाङ्ग बनाउनेप्रति माया हैन घृणा हुनुपर्ने हो । चितवनको पश्चिम क्षेत्र पटिहानीका स्थानीयवासी भने ठीक त्यसको विपरीत छन् । आफूलाई आक्रमण गर्र्ने वन्यजन्तुकै संरक्षणमा लागेर पीडितहरुले नमुनाको काम गर्दै आएका छन् । चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने पटिहानीको घट्गाईंकी ५५ वर्षीया मिठूमायाँ क्षेत्रीलाई २०६५ साल फागुन २ गते भालुले चिथो¥यो । भालुको आक्रमणबाट उनी सख्त घाइते भइन् । साथीहरु परै भएकाले उनको चिच्याहट कसैले सुनेनन् । ठूलै सङ्घर्ष गरेर उनी भालुबाट जोगिइन् । केही समयपछि मात्र साथीहरुले उनलाई अनुहार नचिनिने गरी विक्षिप्त अवस्थामा लडिरहेको फेला पारे । आठ वर्षअघि त्यो कहालीलाग्दो दिन सम्झँदा मिठूमायाँ अहिले पनि भक्कानिन्छिन् । भालुको आक्रमणबाट पीडा भोग्नुपरे पनि त्यसैको संरक्षणमा अहिले उनी अहोरात्र खटिएकी छिन् । वन्यजन्तु संरक्षणको महत्व राम्रोसँग बुझेकी मिठूमायाँ भन्छिन् – “ममा कुनै बदलाभाव छैन ।” साथीहरुकै सहयोगमा भरतपुर अस्पतालमा ल्याएर उनको उपचार गरियो । रु एक लाख ५० हजारभन्दा बढी खर्च गर्दा पनि उपचार राम्रो नभएपछि सेनामा कार्यरत छोराको पहलमा काठमाडौँस्थित छाउनी अस्पतालमा उपचार हुनसक्यो । निको त भयो तर कहिल्यै नमेटिने दाग रह्यो । उनको पहिलाको रुप र शक्ति अब रहेन । माथिल्लो बङ्गारासहित कुनै पनि दाँत बाँकी छैनन् । अहिले उनी कृत्रिम दाँतको सहारामा अस्पष्ट बोल्छिन् । “हात भालुले टोकेर भाँचिदिएकाले राम्ररी काम गर्न सक्दिनँ” – मिठूमायाँ भन्छिन् । “भालुले मेरो ज्यानै लिन खोज्यो, भोलि गैँडाले पनि आक्रमण गर्ला तर जङ्गली जनावरप्रति कुनै बदला लिनु छैन,” मिठूमायाँले गर्वका साथ भनिन् – “जङ्गली जनावर हाम्रा सम्पत्ति हुन् । त्यसैले यिनको संरक्षणमा सकेको लाग्छु र अरुलाई पनि यसै गर्न भन्छु ।” उनी जस्तै गैँडाको आक्रमणबाट घाइते भएका दुर्गा शर्मा पनि अहिले संरक्षणमा लागेकी छन् । उनीहरुको क्षेत्रमा गए आक्रमण गर्ने हो,” दुर्गाले भनिन् – “उसलाई चलाउनु भएन । बरु संरक्षण गरेर पर्यटक आकर्षित गराई गाउँमा विदेशी पैसा भित्र्याउन सबै एक हुनुपर्छ ।” जनावरबाटै पीडित भएर पनि वन्यजन्तु संरक्षणमा लागेकी मिठूमायाँ र दुर्गा मात्रै होइन । उनीहरुजस्तै छिमेकी इन्द्रदेव तिवारी, सरस्वती तिवारी र बलभद्र पौडेल पनि गैँडा र भालुको आक्रमणबाट घाइते भएकाहरु हुन् । निकुञ्जमा खरखडाइ र घाँस काट्न जाँदा उनीहरु वन्यजन्तुको आक्रमणमा परेका थिए तर अहिले वन, वातावरण र वन्यजन्तु संरक्षणमा उनीहरुबाट अमूल्य योगदान हुँदै आएको छ । पटिहानीका नरबहादुर मगर र भाङ्ग्रे कामीले गैँडाको आक्रमणबाट ज्यानै गुमाए । पटक पटक उनीहरुका परिवार बिचलित नभई वन्यजन्तु संरक्षणमा लागिरहेका छन् । पीडितहरुमा अहिले उदार भाव पैदा भएको छ । वन्यजन्तुलाई अमूल्य गहनाका रुपमा उनीहरु परिभाषित गर्छन् । जनावरको बुद्धि हुन्न, आक्रमण गर्छन्, हामी मानिसको बुद्धि हुन्छ । यिनको संरक्षण गर्न सकियो भने हामीलाई रोजगारी र आयआर्जनको अवसर मिल्छ र फाइदा हुन्छ । पीडितहरु यही भाव लिएर संरक्षणमा लागेका पटिहानीका एकजना संरक्षणकर्मी अपिल घिमिरे बताउँछन् । वन्यजन्तुको आक्रमणबाट मात्र चितवन निकुञ्ज वरपरका गाउँका कम्तीमा चार–पाँचजना र बढीमा १५ देखि २० जना बासिन्दाको बर्सेनि मृत्यु हुने गरेको छ । बर्सेनि २०–३० जनाभन्दा बढी घाइते हुन्छन् । चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा गएको वर्ष वन्यजन्तु आक्रमणमा परी नौजनाको मृत्यु भएको थियो भने १९ जना घाइते भए । त्यसको अघिल्लो वर्ष २०७१ सालमा १० जनाको मृत्यु र छजना घाइते भएको तथ्याङ्क छ । यहाँ वन्यजन्तुले बर्सेनि सयौँको घर गोठ र खेतीबाली नष्ट गर्दै आएको छ । तर स्थानीयवासीमा प्रतिशोध भन्दा पनि संरक्षणको भाव बढ्दो रहेको चितवन निकुञ्जको भनाइ छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्न नदिन विभिन्न प्रयास जारी रहेको बताउँछन् । मेस जाली, सौर्य तारबार, निकुञ्जभित्रै घाँसै मैदान तथा विभिन्न उपाय अपनाएर आक्रमणका घटना कम गर्ने र संरक्षण प्रभावकारी बनाउने काम भइरहेको कँडेलको भनाइ छ । स्थानीय जनताको प्रशंसा गर्दै निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल भन्छन् – वन्यजन्तु चोरी तस्करीका घटना विगत ७५० दिनदेखि शून्य हुनु पनि स्थानीय जनताको सक्रियताको परिणति भएको हो । सँगै सफाइ अभियान चितवन निकुञ्जको राप्ती नदी किनार क्षेत्र पटिहानी र जगतपुर क्षेत्र अहिले पर्यटकीय केन्द्रका रुपमा विकास हुन थालेका छन् । उनीहरुकै सहभागितामा राप्ती नदी किनार सरसफाइ, पर्यावरण संरक्षण, वन्यजन्तुका लागि पोखरी निर्माणलगायत काम पटिहानीमा भइरहेको छ । गाउँलेहरु राप्ती किनारमा फालिएका पानीका बोतल, चाउचाउ, बिस्कुटका खोल, प्लास्टिकलगायतका फोहर उठाउन जुट्न थालेका छन् । वातावरण संरक्षण नगरे वन्यजन्तुको संरक्षण हुँदैन, वन्यजन्तुको संरक्षण नभए पर्यटक आउँदैनन् । यही तथ्यलाई मनन गरेर संरक्षणमा सबै जुट्न थालेको स्थानीयवासी रामराज तिवारी बताउँछन् । दुई छाक जोहो गर्न पनि धौधौ पर्ने विपन्न समदायका थारु, दराइँ, बोटे, माझी र वन्यजन्तु घाइतेलगायतको पहलमा आफ्नो गाउँमा वन्यजन्तुको संरक्षण र पर्यटन प्रवद्र्धन गर्न घट्गाईं चोकमा गैँडाको मूर्तिसमेत बनाइएको छ । मूर्ति स्थापनाले मानव जाति र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणको सकारात्मक सन्देश जाने स्थानीयवासी दिलराम बोटेको विश्वास छ । निकुञ्जभित्रका जलचर तथा जनावरको जलक्रीडाका लागि ताल निर्माण अभियानमा समेत गाउँले अहिले सक्रिय छन् । वन्यजन्तु चरनका लागि राप्ती नदी किनारमा घाँस र वृक्ष रोप्ने कामसमेत सुरु गरिएको वातावरण तथा पर्यटन विकास समिति पटिहानीका अध्यक्ष अपिल घिमिरे बताउँछन् । संरक्षणकर्मी तिवारी अभिमुखीकरण र चेतनास्तर बढ्दै गएकाले घाइतेहरु नै वन्यजन्तु संरक्षणमा लागेको बताउँछन् । मृतक परिवार र घाइतेलाई निकुञ्जले निश्चित क्षतिपूर्ति दिने गरेको भए पनि त्यो नगण्य हुँदासमेत पीडितहरुले कुनै पर्वाह नगरी यहाँ उदाहरणीय काम गर्दै आएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies