Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

एमाओवादीका सबै माग एमालेले पुरा गर्ने, बजेट पछि प्रचण्ड नेतृत्वको सरकार

\"oli_prachanda\"काठमाडौं । अकस्मात सरकारको समर्थन फिर्ता लिने अवस्थामा पुगेको एकिकृत नेकपा माओवादी एमालेले आफ्ना सबै कुरा सुन्न तयार भएपछि यहि सरकारको निरन्तरता बारे छलफलमा छ । एमाओवादीका सचिव तथा युवा नेता वर्षमान पूनले खबरडबलीसँग भने,–‘हामी अहिले नै निर्णयमा पुगिसकेका छैनौं । तर एमालेका साथिहरुले असहमति हल गरौं र बजेट पछाडी राष्ट्रिय सहमतिको सरकार प्रचण्डको नेतृत्वमा गठन गरौं भन्नुभएको छ । छलफल भईरहेको छ ।’ पूनले सरकार भन्दा पनि द्वान्दकालिन मुद्धाहरुको सहि व्यावस्थापन, पूनर्निर्माण र संविधानको कार्यान्वयन मुख्य कुरा भएको बताए । उमालेसँग छलफल चलिरहेको समेत पूनको कथन थियो । स्रोतहरुका अनुसार एमाले र एमाओवादीकाबिचमा अहिले अनौपचारिक रुपमा वार्ता जारी छ । प्रधानमन्त्री ओलीले शान्तिप्रक्रिया टुङ्ग्याउने समयसिमासहित बचन दिए एमाओवादीले आफ्नो निर्णयमा आज साँझसम्ममा पूनर्विचार गर्नेछ । ओलीले यसअघि ‘बसौं छलफल गरौं’भन्दा टेरपुच्छर नलगाएको र यसरी सरकार ढाल्नेसम्मको निर्णयमा पुग्नुपरेको एमाओवादी नेताहरुको कथन छ । एमाओवादी भन्छ बजेट निर्माणमा समेत ओलीले एमाओवादीका कुरा सुनुवाई गरेको छैन । स्रोत भन्छ– छाडा र एकल चलिरहेको ओली सरकारका लागी यति सबक नदिई नहुने थियो । तर यसलाई सबक कै रुपमा बुझ्नुमात्रै हुँदैन, एमाओवादी मुलुकका लागी जुनसुकै बेला जस्तोसुकै निर्णय लिन पछि पर्दैन भनेर पनि बुझ्नुपर्छ । एमाले/एमाओवादीको उच्च स्रोतका अनुसार एमाले र एमाओवादीकाबिच लिखित रुपमा सम्झौता भए एमाओवादीले एमालेलाई बजेट ल्याउन दिने मुडमा प्रचण्ड पुगेका छन् । तर लिखित गर्ने कि मौखिक गर्ने भन्नेमा एमालेका नेताहरु टुङ्गोमा पुगिसकेका छैनन् । देउवालाई फर्काए प्रचण्डले एमाओवादी अध्यक्ष प्रचण्डले बिहिबार बिहान आफ्नै निवासमा भेट्न आईपुगेका देउवालाई राष्ट्रिय सहमतिको सरकार निर्माणबाहेक आफुलाई अरु शर्तमा सरकार ढाल्न नखोजेको बताएका छन् । स्रोत भन्छ–कोही मिल्दा कोही छुट्ने अवस्थाले फेरीपनि अवरोध हुने र संविधान कार्यान्वयनको काम अघि जान नसक्ने भन्दै प्रचण्डले देउवालाई अहिले त्यो अवस्था रहेको बताएका थिए । यस्तो हुनसक्छ अब एमाले र एमाओवादीबिचमा शान्ति सम्झौता, बजेट, पूनर्निर्माण, भ्रष्टाचार तथा कालोबजारी रोकथाम लगायतका विषयमा केही सहमतिहरु हुनसक्छन् । बजेट लगत्तै प्रचण्डको नेतृत्वमा राष्ट्रिय सरकारका लागी पहल गर्ने सम्झौता पनि हुनसक्छ । यसरी ओली सरकारको आयु फेरी एकपटक लम्बिन सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies