Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यसपटक म मधेशबाट हिमालतिर लागेको छु : नयनराज पाण्डे

[caption id=\"attachment_71059\" align=\"alignleft\" width=\"200\"]\"आख्यानकार\" आख्यानकार[/caption] नयनराज पाण्डे नेपाली साहित्यको चर्चित नाम हो । साहित्यका प्राय सबै विधामा उत्तिकै सशक्त कलम चलाउने पाण्डे विशेषतः सामाजिक अन्तरविरोधहरुलाई मन छुने ढंगले चित्रण गर्न सफल छन् । उलार, लू, घामकिरी जस्ता वहुचर्चित आख्यानबाट नेपाली साहित्यलाई हराभरा बनाएका पाण्डेको नयाँ उपन्यास ‘सल्लीपिर’ बैसाख १८ गतेबाट बजारमा आउँदैछ । प्रस्तुत छ, प्रकाशनको अन्तिम तयारीमा रहेको उपन्यास ‘सल्लिपिर’ को सेरोफेरोमा केन्द्रित रहेर खबरडबलीले गरेको संवादः
  • तपाईँको बजारमा आउन लागेको नयाँ उपन्यास ‘सल्लीपिर’ को मुख्य विषयवस्तु के हो ?
यो हिमालमा गौरवशाली संस्कृति बोकेर बसिरहेको शेर्पा समाजभित्रको कथा हो । प्रतीकात्मकरुपमा यसमा एउटा शेर्पा परिवारको संघर्ष देखाइएको छ । तिनका सपना र ती सपनाहरुलाई बेवास्ता गरिरहेको हाम्रो राजनीति कुरुप अनुहार पनि यसमा देखाउने प्रयास गरेको छु । नेपाली साहित्यमा एउटा चर्चित र हस्तक्षेपकारी साहित्यकार तथा गम्भीर विषयवस्तुलाई सरल भाषा शैलीमा उतार्न सक्ने लेखकका रुपमा पाठकले चिन्ने नयनराज पाण्डेको ‘सल्लीपिर’को विशेषता के हो ? मैले प्रायः मधेसका विषयमा आख्यानहरु लेखेको छु । तर यसपटक म मधेसबाट हिमालतिर लागेको छु । एउटा चुनौती थियो यो मेरै लागि पनि । तर यो मैले नै रोजेको चुनौती हो । म खुसी छु, धेरैको सहयोगले मैले यो चुनौतीको सामना गर्न सकेँ । यसमा तीन पुस्ताको कथा छ । हिमाल आरोहणका सुखदुःख छन् । चौरी गोठालाका व्यथा र आनन्दहरु छन् । एउटा बालकको किताब पढ्ने रहर छ र त्यो रहर पूरा गर्न अनेकौँ समस्याको सामना गर्ने आमाको संघर्षको इतिवृत्त छ ।
  • साहित्यकारले बजारको मागलाई हेरेर सामग्री ल्याउँछन् भन्ने नेपाली साहित्यमा एउटा सदाबहार आरोप छ । सल्लीपिर यस भित्र पर्छ की पर्दैन ?
मैले धेरैपटक भनेको छु । लेखक बजार हुनु भएन, तर किताब जति बेचे पनि हुन्छ । म साहित्यको बजार बिस्तार भएको हेर्न चाहन्छु । साहित्यको बजारको पक्षधर हुँ । साहित्यको बजार जंक फुड, चुरोट या रक्सीको बजार होइन । यो फरक हामीले छुट्याउन सक्नु पर्छ । किताबमा मूल्य राखिन्छ भने त्यो बिक्रीकै लागि हो । तर, पाठकसित उहाँका रुचिहरु सोधेर म लेख्दिनँ । म मेरा कुराहरुप्रति पाठकको ध्यानाकर्षण गराउन लेख्छु र पाठकसम्म सम्प्रेषणीय किसिमले मेरा कुराहरु पुगुन् भन्ने चाहन्छु । अरु लेखकले पनि यही गर्नु पर्छ भन्ने मेरो सोच हो । तर सबैले मेरो सोचको राजमार्गमा हिँड्नु पर्छ भन्ने छैन । मेरो विचारमा, साहित्यको बजारमा विविधता चाहिन्छ । विविधता सकिएको दिन यो बजार सुस्ताउँछ र लेखक अल्छी भएर पलायन हुन थाल्छ । बजारले लेखकलाई जोगाउँछ पनि ।
  • गम्भीर लेखन र लोकप्रिय लेखनकोबारेमा लेखकहरुको आ–आफ्नै बुझाईहरु छन् । तपाईँको बुझाइ चाँही ?
समाजका बहुसंख्यक व्यक्तिहरुको सुखदुःख अभिव्यक्त हुने र आफ्नो समयसित सम्वाद गर्ने साहित्यलाई गम्भीर साहित्य मान्छु म । तर समयबाट, आम मान्छेका सुखदुःख र तिनको संघर्षबाट पर हटेर जब केवल मायाप्रेम, यौन र यौवनका रुमानी कुराहरु लेखिन्छन्, तिनलाई पपुलर फिक्सन, पल्प फिक्सनजस्ता नाम दिइएको पाइन्छ । हामीहरुले लोकप्रिय साहित्य भन्ने गरेका छौँ । तर लोकप्रिय त मुनामदन, बसाइँ, शिरीषको फूल पनि त छन् नि । त्यसैले लोकप्रिय साहित्यको मानकको पुनर्परिभाष गर्नु जरुरी भइसकेको छ । रह्यो कुरा, पल्प फिक्सनहरुको, समाजको एउटा खास उमेर समूहको खास तप्कालाई त्यस्तो साहित्य पनि चाहिन्छ । कम्तिमा व्यक्तिले त्यस्ता किताबमै किन नहोस् आफ्ना निजी कुण्ठा, फ्रष्टेशन, चाहना र रहरहरु बिसाउने ठाउँ त पाउँछ । बिस्तारै तिनै मध्यै केही पाठक गम्भीर साहित्यतिर पनि मोडिन्छन् ।
  • प्रायः साहित्यकारहरुले पाठकको रुचीलाई ध्यानमा राखेर सामग्री ल्याएको हुँ भन्छन् । पाठकको रुची निर्धारण गर्ने तत्व चाँही के होला ?
पाठकको रुचि नबुझ्नेहरुले नै पाठकको रुचिकोबारेमा बढ्ता बकबक गरिरहेको देखेको छु मैले । साहित्यको पाठक गम्भीर हुन्छ । उसका रुचिहरु गम्भीर हुन्छन् । ऊ विषयगत विविधता नभएको अविश्वसनीय लाग्ने आख्यान या साहित्य पढ्न चाहन्न । ऊ त फरक विषयलाई फरक तरिकाले भनेका कुराहरु पढ्न चाहन्छ । लेखकले पाठकको त्यो रुचिको सम्मान गर्नुपर्छ र जिम्मेवार लेखनमा लाग्नु पर्छ । पाठकको रुचिको नाममा अर्थहीन, कलाहीन र विचारहीन सामग्री पस्किनबाट जोगिनु पर्छ लेखक । पाठकको रुचिलाई कमजोर ठान्यौं भने हाम्रो लेखन कमजोर हुनेछ । अहिले हामीकहाँ गम्भिर पाठकको ठूलो जमात छ भन्ने कुरा अब लेखकले बुझ्नै पर्छ ।
  • आजको समयले सिर्जनकर्मीहरुलाई सुम्पिएको लेखकीय दायित्व के हो ?
अरुले लेखिसकेको कुरा नलेखौँ, अरुले भनिसकेको कुरा पटकपटक नभनौँ । सिर्जनामा नयाँपन होस् । निजीपन होस् । पाठकले कतै न कतै आफ्नो समयलाई अनुभूत गर्न पाऊन् । जे लेखौँ, मेहनत गरेर लेखौँ । इमान्दार भएर लेखौँ र पाठकलाई विश्वास लाग्ने किसिमले प्रस्तुत गरौँ । विषय,विचार र कलाको सन्तुलन होस् लेखनमा । मनोगत कुरा लेख्ने जमाना छैन । आफूले लेख्ने विषयमा पूर्ण आधिकारिकता हुनुपर्छ । अनुसन्धान गर्नुपर्छ । मेरा विचारमा असल लेखकका दायित्व यिनै हुन् ।
  • खासगरि राजनीतिकवृतमा समाजको चरित्रप्रति लक्षित गर्दै देश अब समाजवादीतिर जानुपर्छ र अब समाजवादी लेखन लेखिनुपर्छ भनिरहेको सुनिन्छ । तपाईको विचारमा समाजको वर्गचरित्र अहिले कस्तो देख्नुहुन्छ र समाजवादी लेखन अबको आवश्यकता भित्र पर्छ की पर्दैन ?
म कल्पनाशीलतालाई सम्मान गर्छु । तर त्यस्तो कल्पना समाजसित कुनै न कुनै किसिमले जोडिएको हुनुपर्छ भन्ने सोच्छु । समाजभित्र अनेक तह र तप्काहरु छन् । वर्गहरु छन् । तिनका आआफ्नै मनोविज्ञान, सपना, समस्या र पीडाहरु छन् । तर, समाजभित्र र बाहिर भैरहेका परिवर्तनहरुलाई समात्न सक्नु भएन र कल्पनाको अतिरन्जित उडानमा मोहित भएर बसिरहनु भयो भने समयले तपाईँलाई किनारा लगाइदिन्छ । असल साहित्यमा समय, समाज र समाजका व्यक्तिहरुको अनुहार देखिन्छ, देखिनुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies