Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

नयाँ शक्तिको राष्ट्रियता– ‘मेड इन नेपाल, सेल्स इन इण्डिया एण्ड चाइना’

काठमाडौं । माओवादी परित्याग गरी नयाँ शक्ति अभियानमा लागेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले विक्रम संवतको नयाँ वर्षका दिन नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका छन् । नयाँ शक्ति नेपाल अन्तरिम परिषद बनाइ देशब्यापी संगठन निर्माणमा लागेका भट्टराईसम्बद्ध विद्यार्थीहरुले यो साता विधान सम्मेलन गर्दैछन् । विधान सम्मेलनको तयारीमा लागेका भट्टराईसम्बद्ध विद्यार्थी नेता नेत्र चापागार्इँ भन्छन्, नयाँ शक्तिजस्तै हाम्रो विद्यार्थी संगठन पनि नयाँ हुनेछ । उनी अरु विद्यार्थी संगठनले जस्तो शैक्षिक आन्दोलनका नाममा हप्ताअसुली नगर्ने दाबी गर्छन् । विद्यार्थीको विधान सम्मेलनबारे विद्यार्थी नेता नेत्र चापागार्इँ  सँग गरिएको संक्षिप्त कुराकानी ।   तपाईँहरु नयाँ विद्यार्थी संगठन भन्दै हिड्नु भएको छ । तपाईँहरुको संगठनचाहिँ के आधारमा नयाँ ? अहिलेसम्मका विद्यार्थी संगठनहरु शैक्षिक एजेण्डामा भन्दा बढि राजनीतिक एजेण्डामा केन्द्रित भएका छन् । हामी विशुद्ध शैक्षिक एजेण्डामा केन्द्रित भएर शैक्षिक सुधारका लागि रचनात्मक कामहरु गर्नेछौं । हिजोको संगठन ध्वंसात्मक गतिविधि र राजनीतिक अभिष्ट पूरा गर्नका लागि हुन्थ्यो । तर अहिलेको संगठन खोज, अन्वेषण र रचनात्मक कार्यका लागि हुनेछ । यसकारण हामी भइरहेका विद्यार्थी संगठनभन्दा नयाँ विद्यार्थी संगठन हौँ भनी दाबा गर्छौं । \"netra नयाँ संगठन बन्द र तोडफोडजन्य क्रियाकलापमा संलग्न हुन्छ कि हुँदैन ? अहिलेको सन्दर्भमा हाम्रो संगठनले बन्द, हडतालमा गर्ने र शैक्षिक आन्दोलनका नाममा हप्ता असुली गर्दैन । त्यसकारण पनि हामी नयाँ हौँ । भनेपछि बिधान सम्मेलन पनि नयाँ होला नी । विधान सम्मेलनमा नयाँ के ल्याउनु हुन्छ ? खास गरेर हामीसँग अहिले चार कार्यभार छ । पहिलो हामी राष्ट्रिय सम्मेलनका लागि शैक्षिक एजेण्डा तयार गर्नेछौँ । दोस्रो संगठनको नाम, झण्डा र सांगठनिक संरचना कस्तो हुने भन्ने विषयमा व्यापक छलफल गर्नेछौँ । तेस्रो, राष्ट्रिय सम्मेलनको मिति तय गर्नेछौँ । चौंथोमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबारे हामी हाम्रो संगठनको आधिकारीक धारणा सार्वजानिक गर्नेछौं । नयाँ शक्ति विद्यार्थी संगठनमा कति वर्षका व्यक्तिहरु नेता बन्न पाउँछन भन्ने धारण केही बनाउनु भएको छ ? हामीले बिधान सम्मेलनभन्दा अघिसम्म सुझाव संकलन अभियान चलाएका थियौँ । त्यस क्रममा धेरै साथीहरुले विद्यार्थी संगठनको नेता हुनका लागि ३० वर्ष भन्दा माथिको हुन नहुने धारण राख्नु भएको छ । त्यो सुझावप्रति तपाईँहरुको चाँहि धारणा चाहिँ के छ ? यो शैक्षिक केन्द्रलाई होल टाइमर खालको राजनीतिक केन्द्र बनाउन हुँदैन भन्ने धारणा मेरो हो । त्यसकारण ३० वर्ष काटेका साथीहरुले विद्यार्थी राजनीतिबाट स्वेच्छिक अवकास लिएर पार्टी राजनीतिमा लाग्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव हो । त्यसो गर्न सकियो भने मात्र विद्यार्थी राजनीति अंकलपुस्ताबाट एक खुड्किला माथि जान्छ भन्ने मेरो बुझाई हो । त्यसकारण विद्यार्थी आन्दोलनको उठानका लागि पनि उमेरहद ३० तोकिन पर्छ भन्ने मेरो धारणा छ । तीस वर्ष त तपाईँले आफ्नो उमेरलाई हेरेर भन्नु भएको हो त होइन ? हामी यतिबेला म नेता बन्छु कि बन्दिन भन्ने भन्दा संगठन कसरी मजबुत र नयाँ संस्कृतिसहितको बनाउन सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ । म कति वर्षको भएँ भन्ने त्यो अलग पाटो हो । तर विद्यार्थी आन्दोलन उठाउनका लागि ३० वर्षको उमेर हद लगाउनु पर्ने आजको आवश्यकता हो । उमेर हद लगाउँदा त तपाईँका संगठनका धेरै साथीहरु बाहिरिने अवस्था आउँदोे रहेछ । उनीहरुले उमेर हद मान्लान् त ? अहिले पनि तपाईँ हेर्न सक्नुहुन्छ, युवापुस्ताका थुप्रै मान्छेहरु विश्व राजनीतिमा हस्तक्षेप गर्ने स्थानमा छन् । तर हामी ३० कटिसकेपछि पनि म विद्यार्थी नेता बन्नुपर्छ भनेर कुनै साथीहरु आउनुहुन्छ जस्तो मलाई लाग्दैन । कोही त्यसरी आयो भने पनि विद्यार्र्थी आन्दोलनका हिसावले त्यो सान्दर्भिक हुँदैन हाम्रो जोडबल उमेरहद लगाउनेमा नै हुन्छ । नयाँ शक्तिको विद्यार्थी संगठनलाई आम बिद्यार्थीहरुले कसरी आफ्नो संगठनका भनेर स्वीकार गर्न सक्छन ? शैक्षिक क्षेत्रमा भएको राजनीतिक भागबण्डाको अन्त्यका लागि, शैक्षिक क्षेत्रमा भएको बिकृतिको अन्त्य गर्दै शैक्षिक सुधार गर्नका लागि, विद्यार्थीका लागि शैक्षिक बीमा र बिद्यार्थीको लागि सहुलियतमा ऋण प्राप्त गर्नका लागि हामीले हाम्रा कार्यक्रमहरु अगाडि बढाउँछौं । त्यसकारण पनि नयाँ शक्तिको बिद्यार्थी संगठन आम बिद्यार्थीहरुको संगठन बन्छ । तपाईँहरुको संगठनको राष्ट्रियता सम्बन्धी धारण चाहिँ कस्तो हुन्छ ? हामी कुनै देशको दास पनि बन्दैनौ र कसैको पनि बिरोधी होइनौं । मुद्दाअनुसार समर्थन र बिरोध गर्दछौ । हामी ‘मेड इन नेपाल सेल्स इन इण्डिया एण्ड चाइना’ भन्ने मान्यता राख्छौँ । (प्रस्तुती– सौगात पोखरेल)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies