Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

गाडी नम्बर ३७८६, बागबजार टु भक्तपुर

\"Bus काठमाडौैं। देशको राजधानीमा सञ्चालित छोटो दूरीका सवारी साधनमा यात्रा गर्न यात्रुलाई निकै जोखिमको बिषय बनेको छ । यो अवस्थामा यात्रु र सबारीचालकबीचको अवस्था अवलोकनको लागि म शुक्रबार बागबजारस्थित भक्तपुर बसपार्कबाट नयाँबानेश्वरसम्म यात्रा गर्ने गरी बसपार्क पुगेको थिएँ । वास्तविक अबस्थाबारे अवलोकनमा बसपार्क पुग्दा बसपार्कमा सवारी सहचालकले कतै सिठी बजाउदै थिए, त कतै निकै अश्लिल शब्द बोलेको सुनिन्थ्यो । निकै दुःख लाग्यो । देशको राजधानी, निकै चहलपहल हुने ठाउँ, त्याहाँ प्रयोग हुने शब्द, ती शब्दमा हाम्रो सभ्यता प्रष्ट हुन्थ्यो सायद मैले त्यस्तै अनुभुति गरे । बागबजार नजिकको भक्तपुर बसपार्कबाट म गाडी नम्बर बा १ख ३७८६ को मिनि बस समय करिब ६ः१० बजे गाडी चढेँ र बानेश्वरको लागि यात्रा तय गरे । गाडिमा चढ्दा १५ जना थिए । गाडीका सहचालकले गाडीको ढोका र पडाडिको भागमा हातले हान्दै भक्तपुर, ठिमी कोटेश्वर, कौशलटार भन्दै यात्रुहरुलाई बोलाउदै थिएँ । गाडिको क्षमता मात्र १८ जना थियो । गाडिमा एक अशक्त, एक अपाङ्ग र तिन जना महिला आरक्षण सिटको ब्यवस्था उल्लेख थियो । म गाडीमा प्रवेश गर्दा ६ जना महिला र ९ जना अन्य यात्रु थिए । म गाडिमा चढे र अगाडिको सिटमा बसे । बाहिर सहचालकले भक्तपुर, कौशलटार भन्दै गाडि हान्दै गरेका थिए । निकै हल्ला थियो गाडीको हर्नको र मानिसको चाप निकै थियो । हल्ला नहुने कुनै कुरा थिएन, त्यसमाथि सहचालकको त्यो गाडीमा हान्ने प्रबृतिले झनै कोलाहाल मच्चिएको थियो । करिब ५ मिनेट गाडिमा बसेपछि मानिसहरुको संङ्ख्या बढ्यो र एकाएक २७ जना पुग्यो । सिटमा बसेर भन्दा भुण्डिएर सवार गर्नेको यात्रु बढ्दै थिए । यात्रामा जोखिम जति नै बढेपनि सहचालक चढाउन निकै नै प्रयत्नशील रहेका थिए । बस रत्नपार्क हुदै अगाडि बढ्यो । पुरानो बसपार्कमा आइपुग्दा सहचालकले भक्तपुर एक्सप्रेस भन्दै यात्रुलाई बोलाउदै थिए । त्यतिकैमा बस रोकीयो र ४ जना यात्रु चढे । निकै असहज यात्रा सुरु भयो । यात्रुहरु आप्ठ्यारो भएको बताउदै थिए तर सहचालकले मिलर बस्नु भन्दै चढाएपछि गाडी अगाडि बढ्यो । भद्रकालीमा आउदा पुनः ३ जना यात्रु थपिए । निकै कठिन भयो यात्रुलाई सिट पाउनु त कता हो कता ? झुण्डिएर यात्रा गर्दा पनि झुण्डिने ठाउँ थिएन गाडिभित्र । करिब ६ बजेर ३४ मिनेट बजेको थियो । सिँहदरबारको जामकोबीचमा मैले केहि तस्बिर कैद गर्न खोजे तर अध्यारो भएकोले मेरो प्रयास असफल भयो । केहि गाडिको बत्तीबाहेक अरु केहि कैद गरेन क्यामेराले । यात्रुहरुले एक आपसमा के गरेर जाने भन्दै गुनासो गरेका थिए । मेरो आडैमा बसेका एक जना यात्रुले आफूलाई गाडिको यात्रामा सारै असहज हुने भएकाले काठमाण्डौ मन नपरेको बताउदै बाध्यताले राजधानी आउनुपरेको गुनासो गर्दै थिए । जाम खुलेपछि माईतिघर नजिक आउँदा पुन १ जना यात्रु सोही बसमा चढेँ। यात्रा निकै कठिन भएको भन्दै यात्रुहरु नचढाउन सहचालकलाई आग्रह गदै थिए । तर पनि सहचालकले ति यात्रुलाई चढाउदै भने । अलि भित्र भित्र जानुहै दाईहरु, ढोका लगाउनुपर्छ, पछाडितिर सर्नु, यात्रुले ठाउँनै छैन भन्दै थिए । गाडि चल्यो आईपुग्यो बबहरमहलमा फेरि पनि ३ जना यात्रुलाई चढाए सहचालकले र ढोकामा झुण्डिएका उनले भन्दै थिए, ‘भक्तपुर एक्सप्रेस आयो ।’ जोखिम मोलेर यात्रा गरिरहेका यात्रुले यो त अतिनै भयो भन्दै कराउदै थिए । गर्मी निकै भएको थियो । बबरमहलको रातो भालेमा आउँदा एक जना यात्रु भाडा बुझाएर ओर्लिए फेरि ३ जना पुनः थपिए । यसरी यात्रुहरुको सङ्ख्या करिब ४१ जना सवार त्यो मिनीबसमा यात्रा बानेश्बर आइपुगेपछि मैले १५ रुपैयाँ भाडा दिए । र बसबाट ओर्लिए । भक्तपुर बसपार्कबाट नयाँबानश्बरमा आउदा करिब १ घण्टा समय बितेको रहेछ । साँझ ७ बजेर ८ मिनेट जाँदा म बसबाट बाहिरिएँ । भक्तपुर एक्सप्रेस तीब्र गतिमा तिनकुनेतर्फ लाग्यो । सवारी साधनको दुघटनाबाट दिनानुदिन मानवीय क्षतिका सामचार आइरहदा यो यसरी क्षमता भन्दा बढि यात्रु बोक्नु, सास्तीको यात्रा पनि एउटा कारण हो भन्न सकिन्छ । क्षमता भन्दा बढि यात्रु बोक्ने सबारी साधनलाई कारवाही गर्ने बताएको भएपनि यो अवस्था को अवलोकन कहिले हुन्छ ? सर्बसाधारणले सहज यात्रा गर्ने बाताबरण बनाउन सम्बन्धित पक्षबाट अवलोकन हुनु र कारबाहि गर्नु् आवश्यक छ । सवारी साधनमा सिट नपाएपछि यात्रा नगर्नु नै राम्रो हो । यस बारेमा सर्बसाधारण यात्रुहरुलाई सचेत बनाउनु र यात्रु पनि आफै सचेत बनि यात्रा गर्दा राम्रो हुन्छ । सरकारले अवधि पुगेका सवारी साधन पुराना २० बर्ष पुगेका साधनलाई सञ्चालनमा रोक लगाउनुपर्छ । क्षमता भन्दा बढि यात्रु चढाउने सवारी साधनलाई कारबाही गरी सहज र आरामदायी यात्रा गर्ने अवस्था सिर्जना गर्न सकेमामात्र दुर्घटना कम हुने निश्चित छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies