Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

‘हाईटेक’ बसमा : एक फन्को चक्रपथ

\"Metroकाठमाडौं । काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित सुविधान सम्पन्न मेट्रो बस औपचारिक सञ्चालन भएको छ । सुविधा सम्पन्न मेट्रो बस सञ्चालनमा आएपछि सबैले राम्रो भन्दै चर्चापरिचर्चा भइरहेकोबेला बुधबार स्थललगत अवलोकन गर्दा अवस्था केहि फरक पाइयो । सदाझैँ कार्यालय जाँदै गर्दा नयाँ बानेश्बरबाट म महानगरको सुबिधायुक्त बसको अवलोकन गर्नको लागि तीनकुनेसम्म हिड्दै पुगेँ । जब तीनकुने चोकअघि कोटेश्वरतर्फ जानेबाटोमा (रिङरोड) मा पुगेपछि मेरा आँखाहरु महानगरको ननस्टप मेट्रो बस कतिबेला आउँछ भनेर चिहाइरहेका थिए । समाचारमा लेखिएबमोजिम करिब ५ मिनेटमा नै आइपुग्छ भनिएको थियो । करिब २० मिनेट पर्खिएँँ । २० औं मिनेटमा बा ४ ख १०२ नम्वरको २ नम्बर बस आयो । यात्रा सुरु भयो । बाहिर प्रचण्ड गर्मीमा बसेकोले होला, गाडीभित्र जाँदा केहि शितलता अनुभव गरेँ। धेरै कौतुहलता थियो सुबिधा सम्पन्न गाडीको सुबिधाबारे जानकारी लिन । जब ढोकाबाट भित्र प्रबेश गरेँ, लेखिएको थियो– ‘‘तपाई सीसीटीभीको निगरानीमा हुहनुहन्छ ।’ आफू सुरक्षित रहेको पहिलो आभाष मिल्यो । यात्रा सुरु भयो चक्रपथ परिक्रमाको । बस गुडिरहेको थियो । मैले बसभित्रका सबै दृश्यहरु नियालेँ । दूई जना सहचालक, एक जना महिला परिचालिका, एक जना पुरुष सहचालक, पोशाक र परिचयपत्रका साथ यात्रुको सेवामा, चालक पनि परिचयपत्र र पोशाकमा देख्दा निकै फरक अनुभुति भयो । मैले वाईफाईको पासवर्ड मागेँ र मोबाइलमा अपडेट गर्न थालेँ । मलाई कोटेश्वर नपुग्दै टिकट दिइएको थियो । जब गाडी ग्वार्को नजिक पुग्दै थियो, ढोका खुल्यो । स्वीच थिच्दा ढोका खुल्दोरहेछ र बन्द पनि । मैले भिडियो हेर्दै थिएँ –टीभीमा ‘मर्ने कसैलाई रहर हुँदैन’ भन्ने गीत बजिरहेको थियो । गाडिको अग्र भाग अर्थात ढोका अघिका सबै सिट आरक्षणका थिए । मेट्रो बसमा ६ महिला, २ जेष्ठ, २ अपाङ्ग आरक्षण बाँकी २१ अन्य सिट छन् । सहचालकसँग केही वातचित गरे– म–अर्को गाडी कहा आउदैछ र कति सिटबाकी छन् भन्ने थाहा हुन्छ भनिएको थियो त्यो मोबाईल एप के हो ? सहचालक : मोबाईल एप सबै गाडिमा प्रयोगमा आएको छैन् केहिमा आएको छ । यो गाडिको बन्दै छ । म–अब अर्को गाडि कति समयमा आउछ ? सहचालक : भनेको त ४/ ५ मीनेटमा हो आज गाडि कम चलेका छन् त्यसैले १० मीनेटमा आउछ । हामी महालक्ष्मी स्थान भन्दा केहि अगाडि पुगेका थियौ । एकजना युवकले गाडि रोके र भने- गाडिको सहचालक बन्न कहाँ आबेदन दिने ? सहचालक -महानगरमा सम्पर्क गर्नुहोला । केहि जाम भयो तर बिस्तारै यात्रा चलीरहेको थियो ।  मैले गुरु अर्थात चालक भिम बहादुर तामाङसंग केहि जिज्ञासा राखे । म–मेट्रो बस चलाउदा र अरु बस चलाउदा के फरक छ ? पहिले को भन्दा त सहज छ चलाउन अहिलेका बस हरु तर यो बसमा हाईड्रोलीक छ । चलाउन निकै सहज छ । म–पहिले कुन बस चालउनु हुन्थ्यो ? चालक - मैले धेरै पहिला साझा चलाए करिब ५ बर्ष त्यसपछि बिदेश गएर आएको । म–कुन देशमा ? चालक - साउदीमा हो । मैले करिब ७ बर्ष जति गाडी नै चलाएको हु साउदीमा पनि ।   हामी कलङ्की पुगेका थियौ । म–बिदेशमा अब नजाने गरि यो पेशा अगाल्नुभएको हो ? चालक -नजाने । स्बदेशमानै केहि गरौ भनेर बस चलाउने बिचारमा छु । म–अरुबस भन्दा यो बस किन रोज्नुभयो ? चालक -यो एउटा ब्यबस्थीतसस्थाल सञ्चालन गरेको छ राम्रो छ र सुबिधायुक्त भएकाले रोजेको हुं । उनले गुनासाे गरे अरु गाडिले साईड पनि दिदैनन् बढि ओभर टेक गर्न खोज्छन् । सरकारले पुराना गाडी हटाएर नया र ठुला गाडि प्रयोगमा ल्याए जाम कम हुन्थ्यो जस्तो लाग्छ । म–मोबाईल एपको चार्चा मात्रै रैछ । प्रयोगमा आयको छैन् ? चालक -ईन्जीनियरहरुले प्रयोग गर्दै छन् यो बिदेशी सेबा पहिलोपटक नेपालमा परिक्षण गरेको हो । करिब १० दिनमा सबै सेवाहरु सुचारु हुन्छन् । चक्रपथको यात्रामा हामी सितापाईला नजिक जादै थियौं । सबै बसका चालकहरुले महानगरको बस चालकलाई हेदैं गरेको देखेर चालकलाई प्रश्न गरे । किन सबै बसका चालकले महानगरको बस चालकलाई हेर्ने गरेका हुन्  ? चालक - त्यस्तै हो सर अरुको ब्यबसायमा हामी मिसिएका छौ । कोही राम्रो नजरले हेर्छन् कोहि नराम्रो नजरले हेर्र्छन् भाग खोसेको भनेर होला । कोहि साथीहरु पनि हुन ् । बस सेवाको करिब ३ दिन भयो एउटा गाडिको सिसा फुटाईदिइसके त्यस्तै हो सर । गएको सोमबार मध्यान्ह बा ४ ख १०६ नम्बरको बसमा बल्खु चोकमा नै ढुंगा प्रहार गरी शिशा फुटाइएको थियो । गाडि भित्रबाट केहि तस्बीर कैद गरे र यात्रु संग प्रतिक्रया लिन थाले ।  सहचालकले यात्रु चढाउने र आराल्ने र परिचालीकाले भाडा लिने काम गर्ने रहेछन् ।  हामी एएरपोट नजिकै आईपुगेका थियौ । यात्रा अबधिमा मैले केहि यात्रुको प्रतिक्रिया लिए । अरु गाडि भन्दा यो मेट्रोमा के फरक पाउनुभयो भन्दा उनिहरुले अलि फरक प्रतिक्रिया दिए । सबिता बांनिया : अरु बस भन्दा फास्ट छ । समयमै गन्तब्यमा पुग्न सकिन्छ । सफा छ । फणिन्द्र घिमिरे : तुलना गर्दा अरु भन्दा राम्रो छ । सुरक्षीत छ यात्रामा अरुमा जस्तो रफ शब्द सुन्नु पदैन् । वाईफाई छ । भिडियो हेदै समयमानै पुगीन्छ । थम्मन थापा  \'सन्देश\': अरुभन्दा राम्रो लाग्यो । आरामदायि बसाई भाडामा मनपरि छैन् । आश्यकता छ यस्तो गाडिको नेपालमा । बस भरी धेरै यात्रुले परिक्षण गर्न चढेकाे भन्दै अाफुलाइ राम्राे लागेकाे भन्दै चर्चा गदै थिए । मैले  प्रतिक्रीया लिदा एक बृद्धा आमा मञ्जु रायमाभी ले यो सारै राम्रो लागेकाे बताइन । उनले भनिन् : मलाई त सारै स्याहार गरेर लैजाने र चढ्दा र ओर्लदा पनि हात समातेर सहयोग गर्ने भएकाले  राम्रो लाग्छ। यसरि महानगरको बसमा यात्रामा सिनामगंल आईपुगेपछि बृद्धा ब्यति झदै हुनुहुन्थयो सहचालकले हातमा समातेर भाmदै थिए त परिचालीकाले झोला भारिदिईन् । निकै सहयोग गरेर यात्रालाई सहजता दिएको महसुष भयो । परिचालीका सपना घिमिरे जो ६ महिना माईति नेपालमा काम गरेर बसका यात्रुको सेवामा रहेको बताईन् । मैले कति समयामा एक पटक परिक्रमा गर्न सकिन्छ भनेर सोधे र भाडा दिए । उनले भाडा लिदै जाम नभए करिब साढे एक घण्टामा परिक्रमा हुने जानकारि दिईन् । सरकारि भाडा दरमा नै सञ्चालनमा रहेकोले मेट्रो बस एक परिक्रमाको २४ रुपैया लाग्छ । म तिनकुनेमा आएपछि बसबाट ओर्लिए र अफिसतर्फ लागे । महानगरको सुबिधायुक्तबस  बिहान ५ बजेदेखि राति ८ बजेसम्म सञ्चालनमा छ । अहिले दिनमा ५ देखि ७ पटक सम्म चक्रपथको परिक्रमा गर्ने गरेको छ । महानगरले भनेका सबै सेवा प्रयोगमा ल्याउन सकेमा यात्रामा सहज हुने निश्चित छ । गाडिको स्टप स्टेशनको ब्यबस्थापन र कहा जाने भन्ने यात्रुलाई सहज जानकारी दिनु आवश्यक छ । यो बस सेवालाई प्रभाबकारि रुपमा सञ्चालन र ब्यबस्थापन गर्न सकेमा यात्रुलाई सहज हुने र अन्य यातयात ब्यबसयिका गाडीहरुले पनि यो बसका सेवा र सुबिधा आत्मसाथ गर्नु जरुरि छ । \"Metro \"Metro \"metro \"metro \"metro\"Metro\"Metro\"Metro\"bhada\"bhada   \"Metro
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies