Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

‘संघीयता’ र ‘धर्म निरपेक्षता’ हटाउने अतिहिन्दुवादीको खतरनाक ‘डिजाइन’ : यसरी गरिंदैछ–मुलुक ठप्प बनाउने तयारी

\"hindubadi\"दृश्य १– देशको सबैभन्दा ठूलो दल कांग्रेसको महाधिवेशनको मुखैमा महामन्त्रीका उम्मेदवार शशांक कोइरालाले सार्वजनिक रुपमै भने–मुलुकलाई धर्म निरपेक्षता र संघीयता आवश्यक छैन । पछाडिड फर्कन सक्छ । दृश्य नं. २– केही समय अघि नेपाली सेनाले संघीयता र सिमाकंन चलाउन थाले ‘राष्ट्रियताविरुद्धको खतरा’ भनेर सार्वजनिक रुपमा अभिव्याक्ति दिनुलाई सामान्य रुपमा हेर्न सकिदैंन । दृश्य नं. ३– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार ‘ठूला दलबाटै संघीयता र धर्मनिरपेक्षतामा खतरा’ भनेर अभिव्यक्ति दिनु । दृश्य नं. ४–मधेसवादी दलका प्राय नेताहरुले चैत्र मसान्तसम्मको समयसीमा दिनु र मधेशलाई सुनुवाई नभए आन्दोलन चर्काउने घोषणा गर्नु । दृश्य नं. ५–नेपाली कांग्रेसको महाधिवेशनमा अतिहिन्दुवादीले चाहेजस्तै खुम बहादुर खड्काजस्ता हिन्दुवादीहरुको जित हुँदै जानु र कांग्रेसभित्रको प्रगतिशील धार पराजित हुन थाल्नु । दृश्य नं. ६– पूर्व राजा ज्ञानेन्द्र अधिकाँंश समय मुलुक बाहिर रहनु र भारतीय एजेन्टहरुसँग घनिभूत छलफलमा लाग्नु । नेपाल फर्कनासाथ देशको अवस्था चिन्ताजनक भन्दै दलहरुप्रति वितृष्णा फैलाउनु । काठमाडौं । माथि उल्लेखित ६ दृश्य आम मानिसहरुले देख्न सक्ने गरी खुल्ला भएका दृश्यहरु हुन् । खुल्ला नभएका तर खुल्लाजस्तै अन्य कैंयन दृश्यहरु पर्दाभित्र पाकिरहेका छन् । खबरडबलीलाई प्राप्त सूचना र माथि उल्लेखित दृश्यहरुको सूक्ष्म विश्लेषण गर्ने हो भने जनताले ठूलो संघर्षबाट प्राप्त गरेको ‘धर्म निरपेक्षता’ र ‘संघीयता’ विरुद्ध खतरानाक षड्यन्त्र भइरहेको प्रष्टै देखिन्छ । एक उच्च स्रोत भन्छ–नेपाली कांग्रेसको जारी मतगणनाको परिणाम सकिनासाथै सम्भावित कांग्रेसका भ्रष्ट एंव अतिहिन्दूवादी नेता खुमबहादुर खड्काले हिन्दु राष्ट्रको पक्षमा र संघीयताको विरुद्धमा जनतालाई आन्दोलनमा आउन आव्हान गर्दै विज्ञप्ती जारी गर्नेछन् । हिन्दु राज्यकै लागि यस अघि नै कमल थापासहितका नेतासँगै सामूहिक कार्यक्रम गरिसकेका छन् । पार्टीमै पनि शंकर भण्डारी, पुष्पा भुसालहरुलाई खड्काले मिसन बनाएरै प्रचारमा लगाउँदै आएका छन् । सँगसँगै मधेसवादी दलले समेत मधेसमा आन्दोलनको घोषणा गर्नेछन् । यि दुई घोषणासँगै राप्रपा नेपालका कमल थापाको नेतृत्वमा हिन्दुवादी आन्दोलनको उठान काठमाडौं लगायतका देशका मुख्य शहरहरुबाट गरिनेछ । कमल थापा लगायतकाले सरकारबाट हात झिक्नेछन् र ओली सरकार कमजोर बन्न पुग्नेछ । हिन्दु धर्मप्रति आस्थावान नागरिकहरुलाई भड्काउने र तिमीहरुले धर्मै मान्न पाउँदैनौं भन्नेजस्ता भ्महरु यसअघि पनि छरिएकै छ । उसो त नेपालमा धर्म मान्नेहरुको संख्या ठुलै छ । उनीहरुलाई आन्दोलनमा ल्याउनका लागी ठुलो धनराशि खर्च गर्दा आन्दोलन सफल हुने बुझाईमा डिजाइनरहरु विश्वस्त छन् । सरकारमै आवद्ध संघीयताविरोधी चित्र बहादुर केसी लगायतले सरकार छोड्न सक्छन् तर उनीहरु यो डिजाईनमा सहभागी छैनन् । यसरी एकातिर सरकारलाई कमजोर बनाइनेछ भने अर्कोतिर देशव्यापी आन्दोलन उठाईनेछ । ओली सरकारलाई धर्म निरपेक्षता हटाउन दवाव दिनुका साथै मधेसवादी दलले भनेजस्तै सिमाकंन लगायतका विषयलाई सम्बोधन गर्न भनिनेछ । ओली सरकार तयार नभए संघीयता स्थगित गर्नेबारे एजेण्डा अगाडि ल्याइनेछ । ठीक यसैबेला मधेशवादी दलको साथमा कांग्रेसले सरकारलाई विश्वासको मत लिन वाध्य पारिनेछ । सडकदेखि सदनसम्म यसरी सरकारलाई कमजोर पार्दै परिवर्तनका मुद्दामा दबाब दिने रणनीति बनिरहेको छ । सकेसम्म आन्दोलनको दवावमा धर्म निरपेक्षता हटाउने र संघीयता स्थगित गर्ने योजना छ भने नसके देउवा नेतृत्वमा बन्ने नयाँ सरकारले दुईवटा कदम चाल्नेछ । आन्दोलनको अभिमत भन्दै त्यतिबेलासम्म सरकारबाट बाहिरिएका एमाले र एमाओवादीलाई सहमतिमै ल्याएर हिन्दु राष्ट्र बनाउने र संघीयता स्थगित गर्ने चाल चालिनेछ भने एमाले/एमाओवादीले नमाने देउवाले सरकारका तर्फबाट इ धर्मनिरपेक्षता र संघीयता तत्काल लागू नहुने घोषणा गर्न सक्नेछन् । यद्यपी साम, दाम, दण्ड र भेदको प्रयोग गरी भर्खरै सभापतिमा कोइरालाहरुको विरासत तोडेका देउवालाई परिवर्तनका मुद्दा विपरीत जान सहजता भने छैन । माथि उल्लेखित डिजाईन मुख्यतः भारतीय हो । मधेस आन्दोलन र नाकाबन्दीबाट नगलेको ओली सरकारका विरुद्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रियतामा दिल्लीमा बनेको योजना हो यो। मोदीको अतिहिन्दुवादी संस्था आरएसएसको उच्च नेतृत्व र मोदीका सुरक्षा सल्लाहकारको ‘डिजाइन’ मा आरएसएसका केही उच्च तहका नेताहरु काठमाडौं र विरगंजमा सक्रिय छन् । स्रोत भन्छ– कांग्रेस महाधिवेशनमा देउवा र अतिहिन्दुवादीवादीलाई जिताउन उनीहरुले सबै प्रकारको भूमिका खेले । उनीहरु नै ‘संघीयता’ र ‘धर्म निरपेक्षता’ का विरुद्धका सबै योजना बनाईरहेका छन् भने आन्दोलनमा लाग्ने सबै आर्थिक व्यवस्थापनको चाँजोपाँजो आरएसएसले मिलाउने छ । नयाँ संविधान जारी हुनुपुर्व भारत भ्रमणमा गएका नेपाली कांग्रेसका नेता शेर बहादुर देउवा र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री मोदीले ‘धर्म निरपेक्षता’को ठाँउमा ‘धार्मिक स्वतन्त्रता’ राख्न र संघीयतालाई मिलाउन भनेका थिए । भारतीय इच्छा बुझेका प्रचण्डले स्वदेश फर्केर भटाभट भारतीय योजनालाई क्रस गर्नेगरी संविधान निर्माणलाई फास्ट ट्रयाकमा लगे भने देउवाले भने आफूलाई पार्टी सभापति बनाउन सहयोग गरेमा आफूले भारतलाई सहयोग गर्ने वचन दिए । सोही दिल्ली समझदारीको आधारमा भारतले देउवालाई जिताउन भूमिका खेल्यो भने अब देउवा दिल्लीको योजनामा हिड्नेछन् । स्रोत भन्छ–भारतलाई आफ्नो योजना दृढतापूर्वक लागू गर्ने नेपाली नेता चाहिएको थियो । उसले यसअघि अमेरिकी खेमाका भनेर चिनिएका देउवालाई भेट्टायो । कांग्रेसको १३ औं महाधिवेशनमा देउवालाई जिताउन भारतीय लबिले काम गर्नु र धर्मनिरपेक्षतामाविरुद्ध अभिव्यक्ति दिने शशांकले कोइरालाले जित्नु संयोगमात्रै छैन केही न केही षडयन्त्रको गन्धसमेत छ । होइन भने देउवाले पाएको जति मत देउवा पक्षका महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसीले किन पाएएनन् ? भन्ने चर्चा अहिले कांग्रेसमै तीव्र छ । एकैपटक हालिएको भोट देउवालाई १५६५ आयो तर, केसीलाई १०१७ मात्र कसरी आयो र शशांकले १४१७ मत कसरी ल्याए भन्ने तथ्यको कांग्रेसीहरु नै शंकामा छन् । तलैदेखि गुटबन्दीको सिकार कांग्रेसमा छुट्टाछुट्टै गुटका रुपमा सभापतिमा देउवा र रामचन्द्र पौडेल अघि बढे तर, देउवा जिते पनि रामचन्द्र पराजित भए । महामन्त्रीमा शशांक जिते केसी हारे । यो अचम्मको संयोग भएको छ । कांग्रेसमा सभापतिका लागि पहिलो चरणको मतदान नहुदै ‘एसएस’ अर्थात शेरबहादुर र शशांक भनेर भोट मागिएको थियो । ‘कुन उद्देश्यले हो हामीलाई प्रष्ट भनिएन तर, चुनाव हुने अघिसम्म एसएस भनेर भोट मागिएको थियो’ कांग्रेस स्रोत भन्छ, ‘यसको मतलव शेरबहादुर र शशांकलाई भोट हालौं भन्ने थियो । आखिर त्यो अभियानले काम गर्यो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies