Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सहज भयो इन्धन : शनिबार यस्तो देखियो राजधानीका पेट्रोलपम्पको अवस्था (फोटोफिचर सहित)

\"Pertolकाठमाडौं । नेपालमा संबिधान जारी भए लगतै भारतले करिब पाँच महिना सम्म गरेको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आपुर्तिमा देखिएको चरम अभाब बिस्तारै सहज भएको छ । नेपाल आयल निगमले सहज रुपमा बितरण गरिरहेको जानएपनि उपभोक्ताले अझैसहज रुपमा प्राप्त गर्न नसकेको गुनासो गरिरहेको समयमा बास्तबिकता बारे जान्ने तथा स्थलगत रुपमा अबलोकन गर्दा अबस्था सहज भएको पाईएको छ । बास्तबिक अबस्था अबलोकनको लागी शनिबार म नयांबानेश्वरबाट गाडि चढे र भद्रकाली पुगे ।  रिपुमर्दिनी पेट्रोल स्टोर भद्रकालीमा पुग्दा अबस्था सहज भएको देखियो । सधै भद्रकालीबाट मोटरसाईकल र बस कार र ट्याक्सीको लाईन सिहंदरबार सम्म हुन्थ्यो तर आज करिब ५,६ ओटा मोटरसाईकल र ३,४ ओटा ट्यासी र कार देखिन्थे सहजै पेट्रोल हाल्दै थिए । जसले पनि आपुर्तिमा सहज भएको प्रष्ट हुन्छ । रिपुमर्दिनी पेट्रोल स्टोरमा मात्रै सहज भएको हो कि भन्ने आशंकाले गर्दा फेरी म कालिमाटी तर्फ लागे । निकै गर्मिको बिचमा म जब कालीमाटि नजिकको माली ओइल स्टोरमा पुगे अबस्था निकै समान्य पाएँ । करिब ३, ४ ओाट मोटरसाईकल स्टोरमा आए तुरुन्तै तेल भरे र आफ्नो गन्तब्य प्रस्थान गरे । समान्य बन्दै गएको यथार्थ रहेछ । तर केहि स्टोरले सहजरुपमा तेल दिदैमा पुरै सहज नहुन सक्छ भन्ने लाग्यो र म कलंकी जानेबाटो अघि बढे करिब ३ बजेको थियो । मैले नजिकै अर्को एउटा आयल स्टोर देखे । सिता केयर प्रा ली । आंखाहरु केहि फरक दृश्यको खोजीमा थिए । तर अबस्था समान्य केहि सबारी साधन डिजेल हाल्दै थिए त केहि लाईनमा तर आखाँको लागी कुनै फरक दृश्य अबलोकन गर्ने अबसर मिलेन । सरासर गाडिहरु आए तेल फटाफट भरे र गन्तब्यतर्फ प्रस्थान गरे त्यहाँ पनि अबस्था समान्य । गर्मिको बिचमा मैलेपनि आपुर्ति सहज भएको महशुस गरे । अनि कार्यालय प्रस्थान गर्ने निधो गरे । फर्किदा कनक टेर्ेड सेन्टर भेटियो । अबस्था अलि फरक थियो । एउटा ट्कले डिजेल भर्दै थियो तर पेट्रोल भने छैन् लेखिएको थियो । किनकी तेल सेन्टरमा बाटोमा आउदै भएकोले छैन् लेखीएको संचालकले जानकारि दिए । यात्रा अघि बढ्दै थियो । दशरथ रङगशाला नजिक आउदा अर्को एउटा आयल स्टोर मायाराम भोलाराममा आइपुगे । मैले क्यामेरमा तस्बीर कैद गरे । अबस्था निकै समान्य लाग्यो त्यहाँ एउटा गाडिमा तेल भर्दै गरेको देखेपछि लाईन छ कि भनेर हेरे । कुनै पनि गाडि देखिएन । तेल हालेपछि त्यो गाडि गयो । तेल भर्ने ब्यक्ती बिस्तारै रङगशालाको गेट अगाडि पुगे र यताउता चिहाए । सायद कुनै गाडिले तेल भर्छ कि भनेर होला । एकैछिनमा सुन्धारा तर्फबाट एउटा मोटररसाईकल आयो । पेट्रोल हाल्यो र अगाडि बढ्यो । यति आयल स्टोरमा पुगेपछि मलाई बल्ल बिश्वास जाग्दै गयो कि अहिले आपुर्ति सहज बनेको रहेछ भन्ने । म गाडीमा चढे र निकै ब्यस्त ठाउँ नयाँबानेश्बरमा आए । गाडिबाट झरे र नयाँबनेश्बर ब्यस्त सडकाको छेउमा रहेको थ्रि ब्रर्दशमा केहि भिड होला भन्ने अपेक्षाकासाथ म अघि बढे । जब म त्यहाँ आए नाकाबन्दी पहिलेपनि जुन अबस्था थियो त्यहि अबस्था देखियो २,४ ओटा ट्याक्सी ४,५ ओटा मोटरसाइकल तेल फटाफट हाल्दै गरेको दृश्य क्यामेरामा कैद गरेपछि म कोटेश्वर कार्यालय तर्फ हिडे । मैले ति दिनभरि अबलोकनबाट यो प्रष्ट भन्न सकिन्छ कि आपुर्तिमा सहजता आएको छ । तर केहि कालोबजारीको बिषय जुन छ त्यो भने निकै कडा निगरानिका साथ कालोबजारी गर्नेलाई कारबाहि गर्नु आबश्यक छ । किनकी प्रहरीले पछिल्लो समयामा कालोबजारि गर्नेलाई कारबाहि गरेको हुदा कुनै हदसम्म कम भएको भने प्रस्ट हो भन्ने आधार सहज आपुर्तिबाट महशुष गर्न सकिन्छ । यि सबै आयल स्टोरले डिजेल प्रतिलीटर ७५ र पेट्रोल प्रतिलिटर मा बिक्रि गरिरहेका थिए ।\"Pertol\"Pertol\"Pertol\"Pertol\"Pertol\"Pertol\"Pertol\"Pertol\"Pertol\"Pertol\"Pertol\"Pertol\"Pertol \"Pertol
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies