Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

पौडेल र सिटौलालाई मिलाएर अघि बढ्छु : देउवा

\"deuba-poudel-1\"काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफूसँग प्रतिष्पर्धी देखिएका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई मिलाएर अघि बढ्ने बताएका छन् । पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले पौडेल, सिटौला लगायत सबैलाई मिलाएर अघि बढ्ने बताए । उनले पार्टीमा यसअघि देखिएका गुट उपगुट पनि अन्त्य गर्ने प्रतिवद्धता जनाए । पार्टी एक बनाउनुका साथै मुलुकको समस्या समाधान गर्नका लागि पनि आफूले पहल गर्ने उनले प्रष्ट्याए । सभापतिमा निर्वाचित देउवाले आफ्नो जित भएको नभई जिम्मेवारी थपिएको रुपमा ब्याख्या गरे । ‘पार्टीलाई एक गरेर मजबुत बनाउन र मुलुकका समस्या समाधानका लागि पहल गर्न मलाई जिम्मेवारी दिइएको हो’, उनले भने, ‘पार्टीको आन्तरिक निर्वाचनमा कसैको जित–हार हुँदैन ।’ काँग्रेसको अधिवेशनको दौरानमा गाउँदेखि जिल्ला र जिल्लादेखि केन्द्रसम्म सहज रुपमा आन्तरिक प्रजातन्त्रको अभ्यास भएको उनले बताए । अत्यन्तै शान्तिपूर्ण रुपमा निर्वाचन प्रक्रिया सम्पन्न भएकामा खुसी व्यक्त गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए । सरकारमा जाने विषयमा असहमति देउवाले मुलुकका ठूला दल मिलेर सरकार सञ्चालन गरे मनपरी हुने भन्दै ठूला दलहरु मिलेर सरकार बनाउने कुराको सांकेतिक रुपमा असहमति जनाए । उनले ठूला दलहरु मिलेर सरकार सञ्चालन भए मनपरी हुने कांग्रेसको धारणा नै रहेको उल्लेख गरे । पार्टीमा अहिलेसम्म सरकार गठनबारे कुनै छलफल नभएको उल्लेख गर्दै उनले दलका नेताहरुसँगको छलफलपछि मात्रै यसबारे भन्न सकिने उनले प्रष्ट्याए । उनले बहुदलीय प्रजातन्त्रमा नियन्त्रण र सन्तुलनका लागि पनि बलियो प्रतिपक्षी चाहिने कांग्रेसको धारणा रहेको जानकारी दिए । सरकारको बलियो प्रतिपक्षी आवश्यक हुने उनले बताए । बलियो प्रतिपक्षीबिनाको सरकार तानाशाही बन्न सक्ने उनको भनाइ छ । तराई–मधेसको असन्तुष्टिबारेका संवाददाताहरुको जिज्ञासमा भने उनले असहमतिमा रहेका पक्षसँग वार्ता र संवादबाट नै सीमाङ्कन लगायत सबै विषयमा टुंगो लगाउन सकिने विश्वास व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies