Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

मन्त्रीको चाकडी गर्न छाड्नुस् ः मन्त्री शर्मा

\"Rekha_Sharma-Minister1\" इलाम । सामान्य प्रशासन मन्त्री रेखा शर्माले कर्मचारीहरुलाई मन्त्रीको चाकडी गर्न छाड्न आग्रह गरेकी छन् । जिल्ला विकास समिति इलाममा कर्मचारीहरुसँग मंगलबार गरिएको अन्तरक्रियामा मन्त्री शर्माले मन्त्री वा सचिवप्रति भन्दा जनताप्रति उत्तरदायी भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिइन् । शर्माले आफूभन्दा माथिल्लो पदको कर्मचारीको चाकडी गर्ने मानसिकता त्याग्न आग्रह गरिन् । कुनै एउटा मन्त्रालयको सचिवलाई कम्तिमा तीन वर्षसम्म सरुवा गर्न नपाइने प्रस्ताव मन्त्रिपरिषद बैठकमा आफूले राखेको उनले जानकारी पनि दिइन् । सरुवा–बढुवाका लागि मन्त्री वा सचिवलाई रिझाउनुपर्छ भन्ने मानसिकता त्याग्न कर्मचारीहरुलाई सुझाव दिँदै मन्त्री शर्माले आफू ऐन नियममा भएका त्यस्ता खालका बाध्यतात्मक व्यवस्था हटाउने प्रयासमा रहेको बताइन् । कर्मचारीहरुले आफ्नो राजनीतिक आस्था अनुसारको मन्त्री भए राम्रोसँग काम गर्ने र मन्त्रीहरुले पनि आफ्नो दल निकटको कर्मचारीलाई अप्ठ्यारोमा पार्ने कामको आफू सधैं विरोधी भएको मन्त्री शर्माले स्पष्ट पारिन् । राजनीतिक दल हरेर काम गर्ने वातावरण हटाउनुपर्ने भन्दै उनले मन्त्री फेरिँदाबित्तिकै कर्मचारीहरुलाई पनि हेरफेर गर्नुपर्छ भन्ने सोंच नै गलत भएको उनले बताइन् । कुनै एउटा मन्त्रालयको सचिव वा कर्मचारीलाई कम्तिमा तीन वर्षसम्म लगातार काम गर्न दिनुपर्ने पक्षमा आफू रहेको उनले बताइन् । राजनीतिक र प्रशासनिक द्वन्द्व अन्त्य गर्ने तथा कर्मचारी प्रशासनलाई सिस्टममा चलाउने प्रयासमा आफू रहेको उनले जानकारी पनि गराइन् । अन्तरक्रियामा इलामका अधिकांश सरकारी कार्यालयका प्रमुखहरु सहभागी थिए । कार्यक्रममा इलामका प्रमुख जिल्ला जनकराज दाहालले निष्पक्ष भएर जनताको सेवा गर्न आफूहरु तयार रहेको बताए । उनले इलाम जिल्लाका कर्मचारीहरुलाई पनि निष्पक्ष र जनताप्रति उत्तरदायी भएर काम गर्न निर्देशन दिए । स्थानिय विकास अधिकारी मदन कोइरालाले एउटा गाविस सचिवले दुई–तीन वटा गाविस हेर्नुपर्ने बाध्यता भएकाले कार्यसम्पादनमा अप्ठेरो भएको जानकारी गराउँदै गाविस सचिवको पर्याप्त दरबन्दीको व्यवस्थामिलाउन आग्रह गरे । जिल्ला न्यायधिवक्ता रिद्धिनाथ निरौलाले कर्मचारीको सेवा सुविधा बढाउन र सबै कर्मचारीहरुले आफ्ना छोरा–छोरीहरुलाई सरकारी स्कूलमा पढाउनुपर्ने बाध्यात्मक व्यवस्था मिलाउन सुझाव दिए । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख राजकुमार पोख्रेलले इलाम जिल्ला अस्पताललाई विशेषज्ञ सहितको अस्पताल भनिए पनि विशेषज्ञको अभाव भएको जानकारी गराउँदै स्वास्थ्य संस्थामा छाता ऐनको अभाव भएकाले त्यसको व्यवस्था मिलाउन सुझाव दिए । इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याङले कर्मचारीहरुको वृत्ति विकासमा जोड दिन आग्रह गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies