Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पुँजी बजारमा यस साता नयाँ रेकर्ड कायम

\"Nepse\"काठमाडौं ।  पुँजी बजारले यस साता १३ सय अंकको मनोवैज्ञानिक तह पार गरेको छ । यो उचाइसँगै नेप्सेले नयाँ रेकर्डसमेत कायम गरेको छ । केही सातायता १२ सय ९० अंकको हाराहारीमा घुमिरहेको नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार ४।९८ अंकले बढेर १३ सय दसमलब ७६ विन्दुमा आइपुगेको हो । साताभरमा नेप्से परिसूचक १७।२४ अंकले बढ्यो । अघिल्लो साता बिहीबार नेप्से परिसूचक १२ सय ८३ दसमलब ५२ मा रहेकामा यो साताको अन्तिम दिन १३ सय दसमलब ७६ मा पुगेर बजार बन्द भएको हो । नेप्से १३ सयको लाइनमा उभिएकाले अझै केही माथि जान सक्ने विश्लेषकको अनुमान छ । बिमा, लघुवित्तलगायतका उपसूचक अधिक माथि पुगिसकेकाले लगानीकर्ता सचेत हुन आवश्यक देखिएको छ । बैंकमा अधिक तरलता रहेकाले बजारलाई माथि जान सजिलो भएको हो । बैंकमा हाल एक खर्ब हाराहारीमा लगानीयोग्य रकम तरलता छ । तरलता थुप्रिएपछि बैंकले निक्षेपमा औसतमा दुई प्रतिशत हाराहारीमा मात्र ब्याज दिएका छन् । ब्याज कम पाइने भएकाले निक्षेप राखेकाले पनि सेयरमा लगानी गरिरहेका छन् । राष्ट्रबैंकको चुक्ता पुँजी वृद्धि योजनाले पनि लगानीकर्ता हौसिएका हुन् । नेपाल स्टक एक्सचेन्जमा यस साता एक सय ४३ कम्पनीको कारोबार भएको छ । दुई अर्ब ७९ करोड नौ लाख ८० हजार रुपैयाँबराबरका ४७ लाख ५४ हजार पाँच सय ८० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १।३९ प्रतिशत कम हो । गत साता एक सय ३८ कम्पनीको दुई अर्ब ८३ करोड १५ लाख ७३ हजार रुपैयाँ बराबरका ८० लाख १० हजार दुई सय ४० कित्ता सेयर किनबेच भएका थिए । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।१ ले बढेर २८०।७४ अंकमा आइपुगेको छ । यस साता कारोबार रकम १९ करोड २८ लाख रुपैयाँको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा छ । त्यसैगरी कारोबार भएको सेयर संख्या पाँच लाख ४८ हजार कित्तासहित नबिल ब्यालेन्स फन्ड सबैभन्दा अघि छ । कारोबार संख्यामा भने शिखर इन्सुरेन्स अगाडि छ । यस कम्पनीको कुल नौ सय ५५ वटा कारोबार भएको हो । यस साता एनबी इन्सुरेन्स कम्पनीको हकप्रदसहित सानिमा बैंक, कैलाश विकास बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, युनिक फाइनान्स र नेको इन्सुरेन्सको बोनस सेयर सूचीकरण गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies