Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

मनाङ बुढासुब्बा गोल्ड कप च्यापम्पियन

\"budhasubba\" धरान । लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदीले १८ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपको उपाधि जितेको छ । बिराट गोल्डकपमा बेहोरोको हारको बदला चुकाउँदै मनाङले उपाधि जितेको हो । यो सिजनसँगै मनाङले दोहोरो ह्याट्रिक गरेको छ । मनाङको बुढासुब्बामा तेस्रो उपाधि हो । यस अघि छैठौं र तेह्रौ उपाधि जितेको थियो । पुलिसले पाँचपटक जित्ने सपना अधुरै बनेको छ । उपाधि जितेको मनाङले नगद ४ लाख रुपैयासहित ट्रफी प्राप्त गरेको छ । ‘यो वर्ष हामीले दोहोरो ह्याट्रिक गर्न सफल भयौं,’ मनाङका प्रशिक्षक छिरिङ लोप्साङका गुरुङले भने । यो सिजनमा मनाङले आहा रारा र हेटौंडा गोल्डकपको उपाधि जितिसकेको छ । मनाङले उपाधि उचाल्नको लागि ८६ औं मिनेटसम्म पर्खिनुपरेको थियो । खेलमा निर्णायक गोल मनाङका अफ्रिकन खेलाडी एपिज ओलाउले गरे । खेलको म्यान अफ दि म्याच उनी नै घोषित भए भने सर्वाधिक गोलकर्ताको उपाधिसमेत उनैले जिते । खेलमा ५ गोल गरेका उनले नगद २५ हजार रुपैयासहित ट्रफी पाए । उपविजेतामा चित्त बुझाएको विभागीय टोली नेपाल पुलिस क्लव काठमाडौंले नगद २ लाख रुपैयासहित ट्रफी पायो । व्यक्तिगत तर्फ एकमात्रै पुरस्कार बेष्ट रक्षापंक्तिका सुरज बिके घोषित हुँदै नगद ११ हजार रुपैया प्राप्त गरेका छन् । ‘प्रदर्शन राम्रो हुँदा हुँदै पनि पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहार्यौं,’ पुलिसका प्रशिक्षक अनन्तराज थापाले भने । उनले कप्तान जुमानु राईले पाएको अवसरप्रति लक्षित गरेका थिए । खेलमा अत्यधिक समय मनाङको खुट्टामा बल नियन्त्रण लिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies