Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अरुण तरेर आउँनेहरु मध्ये स्खलित हुनेले दण्ड पाउँनु पर्छः मणि थापा

माओवादी जनयुद्धका बेला सांस्कृतिक फाँटका अगुवा मणि थापा अहिले सांस्कृति भन्दा राजनीतिककर्मी छन् । माओवादी शान्तिप्रक्रियामा आएसँगै उनी माओवादीबाट अलग भई क्रान्तिकारी कम्युनिष्ट पार्टी गठन गरेका थिए । उनी अहिले पनि सो पार्टीका महासचिव छन् । माओवादीमा रहँदा गीतकार, संगीतकार तथा कवि थापा अहिले माओवादी आन्दोलन विभाजित भएकोमा पछुतो मानेका छन् । २०६२ मा तत्कालिन माओवादीले चुनवाङ बैठकपछि उनी माओवादीबाट अलग्गिएका थिए । तर पनि उनी मालेमावादलाई स्वीकार्दै आफ्नो राजनीतिक यात्रा जारी राखेका छन् । प्रस्तुत छ, तिनै सांस्कृतिक अगुवा थापासँग राजु स्याङतानले गरेको साहित्य संवाद । नेपालमा पुँजीवादको साँस्कृतिक स्वरुप कस्तो छ ? यसको स्वरुप ग्लोबल छ । यो विश्वभरि छ । नेपालमा विभिन्न स्वरुपमा छ यो । पहिलो त पुँजीवादले जन्माएको व्यक्तिवाद हो । दोस्रो अराजकतावाद हो । सँगैसँगै विचारको विघटन भयो भन्ने र चारैतिर आक्रमण गर्ने । हाम्रा मुल्य मान्यताहरु माथि आक्रमण गर्ने, हाम्रा सबै मुल्य मान्यताहरुको भग्नावशेष भित्र पुजिँवादी र सामाजिक मुल्य मान्यताहरुलाई स्थापित गर्ने र त्यो स्थापित गर्नको निम्ति विशेष गरेर सूचनासञ्चारमार्फत तथा साहित्य र सँस्कृतिमार्फत संसारलाई एक पुजिँवादीकरण गर्ने, त्यसमा जानी नजानी हामी माक्र्सवादीहरुपनि फँसिरहेका छौं ।
बजारका कर्पाेरेट हाउसहरुले साहित्यकार जन्माईदियो । त्यसलाई बुर्जुवा प्रकाशकहरुले साथ दिइरहेका छन् ।
नेपालको बिषयमा गीतसङ्गित साहित्यमा प्रवेश अब एउटा स्वाधिनता वा मान्छेको स्वतन्त्रता र प्रतिबद्धताबाट यसलाई च्युत गर्दिने र साहित्य र सँस्कृति मान्छेले समाजबाट प्राप्त गरेका ज्ञान चेतनालाई अभिव्यक्त गर्ने त्यो एउटा इतिहासको समग्र मुल्याङकन हो भन्ने भन्दा पनि बजारको र कर्पोरेट हाउसहरुले मान्छेका मुल्य निर्धारण गरिदिने, मान्छेको लेखकिय मूल्य निर्धारण गर्ने र मान्छेलाई रातारात साहित्यकार बनाउने एउटा प्रवृति अहिलेको साहित्यमा देखिएको छ । बजारका कर्पाेरेट हाउसहरुले साहित्यकार जन्माईदियो । त्यसलाई बुर्जुवा प्रकाशकहरुले साथ दिइरहेका छन् । गरीब, मजदुर, किसान, उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग र समुदायको आवश्यकता र यथार्थलाई सम्बोधन गर्ने होईन कि बजारको आवश्यकता र टेष्टमा लेखकलाई लेख्न बाध्य बनाउने । त्यस्तो किसिमको साहित्य सँस्कृतिलाई प्रोत्साहन गर्ने खालको जो पछिल्लो चरणमा नेपालमा भइहेको छ । त्यो चाँही पुँजीवाद र बजारले पारेको प्रभाव हो । यसकारण यहाँ स्वतन्त्र रुपमा लेख्छु भन्दा बजारले नियन्त्रण गर्ने, पुँजीवादले नियन्त्रण गर्ने र उसले लेख्न भनेको कुरा लेख्न नसक्ने र त्यो अन्त्यमा गएर प्रकाशकको हातमा वा साधन श्रोत भएकाको मानिसको हातमा पुग्ने देखिन्छ । यो सँस्कृति पछिल्लो समयमा नेपालमा देखा परेको छ र संसार भरि नै यो छ । पँुजिवादले अहिले नेपालको साहित्य सँस्कृति क्षेत्रमा हस्तक्षेप गरेको अरुको निम्ति त पुरानै हो हाम्रोे निम्ति अलि नयाँ नै मान्नु पर्छ । पँुजी नभए उ साहित्यकार बन्न सक्दैन् । कुनै साम्राज्यवादी संघ सस्थासँग सहकार्य गरेन भने उ बुद्धिजीवी हुन सक्दैन् । मोटामोटी यी हुन् अहिलेको अवस्था । नेपालमा बिडम्बना के भईदियो भने, एउटा मान्छे पुँजीवादको शिकार भई भईकन नै आफ्नो जिन्दगी गुर्जाछ । वा भनौं अझ पुस्तौपुस्ता गुज्रन्छ । मानिसले पुँजीवादको शिकार भएको समेत अहिले महशुस गर्न छाडिकेका छन् । यो अवस्थामा पुँजिवादबारे कसरी बुझाउने ? एउटा किसानले सामान्य खेती गरेर आफ्नो गुजारा चलाईरहेको हुन्छ । तर उ सँग पैसा हुँदैन । एउटाले उसको जमिन लिजमा लिन्छ । त्यसपछि उसले अत्याधुनिक खेती गर्छ । तर उसलाई पाटनर बनाउँदैन । अब किसानले आफैले खेत लिजमा दिएको मानिससँग प्रतिस्प्रधा गर्न सक्दैन र अब लिजमा लिने चाँही बसीबसी खाने स्थिति बन्छ । यसरी पुँजीवादले एउटा सामान्य मानिसलाई लुटिरहेको छ । उसको सँस्कृतिमाथिको हस्तक्षेप गरिरहेको छ । पँुजीवाद यसरी आको छ नेपालमा । यस्तो अवस्थामा व्यक्ति एक्लैले पुँजीवादसँग लड्न सक्दैन । तर नेपालमा पँुजीवाद कसरी आएको छ भन्ने हामीले नबुझ्दा यस्तो समस्या भएको हो । कयाँै राजनीतिक पार्टीका नेताहरुलाई यहाँका कप्रोरेट हाउसले रातारात किनेका छन् । एउटा कपोरेट हाउसले भुकम्पपिडिललाई सहयोग गर्छ भने एउटा नेतामार्फत सहयोग गर्दछ । नेतासँग ब्यालेन्स गर्छ हाउसले । यसरी जुन हस्तक्षेप भएको छ सामान्यदेखि माथिसम्म यो पँुजीवादको बिशेषता हो । त्यसको सिकार यहाँका देश भक्तहरु, आदिबासीहरु आफ्नो नेचुरल कल्चरमा बसेका छन् तिनिमाथि हस्तक्षेप गरिरहेको छ । नेपालमा एक किसिमको क्रान्ति सम्पन्न भयो । अब समाजवादको बाटो अगाल्नुपर्छ भनिरहेका छन् । संविधानमा पनि समाजवाद उन्मुख भनेर लेखिएको छ । एमाओवादीले समाजवादमा पुग्ने नीतिहरु दस्तावेजमै भएपनि अख्तियार गरेको देखिन्छ । यस्तो परिवेशमा समाजवादमा पुग्नकालागि कस्तो साँस्कृतिक आधार आवश्यक छ र पुँजीवादका साँस्कृतिक चुनौतीहरु के के देख्नुहुन्छ तपाई ? अहिले समाजवादको कुरा गरेपनि नेपालमा भएको अहिलेको पुँजीवाद दलाल पुँँजीवाद हो । अहिलेको साम्राज्यवादी समयमा स्बतन्त्र पँुजीको बिकास हुन गाह्रो छ । कतै न कतै पुँजीवादसँग सम्झौता गर्नै पर्ने हुन्छ । अहिले संसार कस्तो छ त भन्दा एउटा बिकसित पुँजीवादी नीतितिर गईरहेको छ । अर्को अबिकसित देशहरु जो छन् तिनिहरु पनि कतै न कतै पुँजीवादसँग सहकार्य गरेर आएका छन् । तिनि राजनीति, अर्थतन्त्र, विज्ञान प्रविधिमा पनि सहकार्य गरेर आएका छन् । नयाँ जनवाद भनेको पुँजीवादी क्रान्ति हो । अहिलेको संसारमा चाहे गरीब मूलक वा धनी मूलुक होस् त्यो साम्राज्यवादी पुँजीसँग उनिहरुले कहीँ न कहीँ सम्झौता नगरिकन सम्भब नै छैन । पुँजी अहिले विश्व बजार हो । त्यसकारण नेपालमा राजतन्त्रको अन्त्यपछि एक किसिमले पुँजीवादी गणतन्त्र आयो । त्यो अवस्था आउन संयुक्त मोचाले काम गरेको छ । माओवादी र सात पार्टीको मार्चाले काम गरेको छ ।
नेपालको संविधानमा समाजवाद उन्मुख लेखिनु नेपालको शक्ति सन्तुलनले काम गरेको हो । यो लेखिनुलाई सकारात्मक रुपमा लिनुपर्दछ
पुँजीवादी क्रान्तिको उपस्थिति स्वरुप राजतन्त्र अन्त्यपछि केही राजनैतिक आधारहरु त पुरा भए तर आर्थिक आधार पुरा गर्ने बेलामा दलाल नोकरशाही वर्ग अघि आयो । त्यो वर्गलाई पनि सखाप पारेर राष्टिय पुँजीपति वर्गलाई बिकास गर्न खोजेको भए नयाँ जनवादी क्रान्ति हुन्थ्यो होला । तर दलाल नोकरशाही वर्ग आएपछि त्यो वर्गसँगको हाम्रो फाईट भएकाले पुँजीवादी क्रान्ति पुरा भएको छैन् केही बाँकी कामहरु छन् । तर विश्व परिस्थिति पुँजीवादतिर गएको छ । आज विश्वको अन्तरविरोध समाजवादी क्रान्ति विरुद्ध साम्राज्यवादी क्रान्ति भन्ने आयो । यहाँ पहिलो, दोश्रो तथा तेश्रो विश्वयुद्ध जुन माओकालीन युद्ध थियो त्यो चाँही अलि परिवर्तन हुँदै आएको छ । यसकारण नयाँ जनवादी क्रान्तिका केहि कार्यभारहरु पुरा भए । त्यो सँगै समाजवादी एजेन्डा पनि सँगसँगै थपियो । समाजवादको ढोका खोल्नु नै अहिलेको निम्ति प्रधान हो । नेपालको संविधानमा समाजवाद उन्मुख लेखिनु नेपालको शक्ति सन्तुलनले काम गरेको हो । यो लेखिनुलाई सकारात्मक रुपमा लिनुपर्दछ । यो चेतना राजनैतिक पार्टीहरुमा आयो । वैधानिक रुपमा समाजवादको ढोका खुलेको छ । अब नयाँ जनवादी क्रान्तिका कार्यभार पुरा गदै समाजवाद जानुपर्दछ । दोश्रो विश्व पुँजीवादतिर छ । सबै देशले आफुलाई पुँजीवादतिर लान जो कोसिस गरिरहेका छन् ; त्यसलेपनि अबको लडाई पुँजीवाद र समाजवादको लडाई हुन्छ । अबको लक्ष्य समाजवादलाई नै बनाउनु पर्दछ । देशलाई समाजवादमा लानुपर्ने कम्युनिस्ट पार्टीहरु टुक्राटुक्रामा विभाजित छन् । यस्तो परिवेशमा समाजवादको ढोकासम्म ढक्ढक्याउने कुरा मृगातृष्णामा मात्र सिमित हुने त होइन ? नेपालका कम्युनिस्टहरुले बढी सपनाको खेती गरेका छन् । किताबको खेती गरेका छन् । उनीहरुले जीवनको खेती गरेका छैन्न । त्यसले नेपालमा यति ठुलो सशक्त कम्युनिस्ट आन्दोलन हुँदाहुँदै पनि वामपन्थी नामका शक्तिहरुले नेपालको सरकारमा पुगिरहदा र सानासाना गुट उपगुठहरुलाई नेपाली जनताले स्विकार गरिरहँदा जनवादीहरुको ठु्लो क्लस्टर नेपालमा छ । त्यसलाई नेपाली जनता र नेपाली माटो र राजनीति जुन छ । यसको आधारमा नेपालको जनवादी आन्दोलनमा नेताहरुले वास्तवमा नेपाल भन्ने नचिनेका नेताहरु बढी छन् । नेपाल नचिनेका, नेपालको बहुसँस्कृति, बनोट नचिनेका र समग्रमा नेपालको विविधता नचिनेका समाजशास्त्रको ज्ञानमा कमि भएका नेताहरु नेपालमा धेरै छन् । उनिहरुले धेरै चाईनिज र रसिएन लिटेचर पढे । नेपाली भुगोल, इतिहास, सँस्कृतिलाई उनिहरुले चाईनिज र रसियन आँखाबाट बढि हेर्ने कोसिस गरे । त्यसकारण उनीहरु नजिक पुग्न सकेनन् । यहाँको परिस्थितिसँग मेल नखाएपछि टुटफुटहरु बढि भयो । यहाँ जति जति संघर्ष भयोे त्यति नै फुटतिर गयो । [caption id=\"attachment_63133\" align=\"aligncenter\" width=\"332\"]\"मणि मणि थापा[/caption] त्यसकारण नेपालमा कम्युनिस्टहरुले ओभर डोज खाएका छन् । ओभर डोजका कारण सबै ‘रियाक्टेड’ छन् । तर पछिल्लो चरणसम्म आईपुग्दा त्यो ‘रियाक्सन’ अलिकति कम भएको छ । विश्वको क्रान्ति नबुझीकन राष्ट्रिय क्रान्ति हुदैन । साथै हामीलाई ग्लोवलाइजेशनले पनि महशुस गर्न बाध्य पारेको छ । उनीहरुले पुँजीवादीको ग्लोवलाइजेशन भनेको हो। हामीले समाजवादीको ग्लोबोलाइजेशन भनेको हो । त्यसको प्रभाव के छ भने पुँजीवादले जे बिकास गरेको छ हामीले त्यो समात्नुपर्छ । उनीहरुसरह प्रतिष्पर्धा गर्नैपर्दछ । त्यसकारण ‘रियाक्टीभ’बाट ‘कन्सट्रक्टीभ’तिर आको मलाई लाग्छ । यसलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा कसरी बुझ्छौ ? कसरी लागु गछौ भन्ने चुनौती त छ । नेपालका हामी बामपन्थीहरुले रातो किताबलाई पनि  सँगैसँगै राख्नु पर्यो । अब क्रान्ति गर्नेले जो ठाउँ छ त्यो ठाउँमा त्यसको धरातललाई सामाजिक बनोटलाई चरित्रलाई अन्तराष्ट्रिय दृश्टिकोणबाट राष्ट्रिय आँखाबाट जो गर्न खोज्यो सायद सबैले बुझेको हुनुपर्दछ । पुँजीवादतिर नेपाली समाज गयो । यो नेपाली समाज अन्तर्राष्ट्रियकरण पनि भयो । हिजो चाँही लाहुरेहरुबाट अन्तराष्ट्रियकरण भएको थियो । यही परिवर्तनको प्रतिफल स्वरुप संविधानमा पनि समाजवाद उन्मुख भन्नुपर्ने परिस्थिति बन्यो । भनेपछि नेपाली समाज चाँही समाजवादतिर जाँदै रहेछ भन्ने त सबैतिर भयो नि । समाजवादी त कम्युनिस्टहरु हुन् नी । यो किन भयो त ? यो आकस्मिकतामा कसैको लहडमा भएको भन्दा पनि नेपाली समाजमा बसेपछि नेपाली समाजलाई नै उसले विश्लेषण गर्नुपर्ने हुन्छ । अब कुन समाजवाद भन्ने चाँही अर्को बहस शुरु होला । अब हामीले लेख्ने साहित्य सिर्जनाहरु चाँही कस्तो हुनुपर्छ ? समाजवाद उन्मुख साहित्यको आवश्यकता हो नी अहिलेको समाजको चरित्र अनुसारको पुँजीवादी जनवादी चरित्रकै साहित्य आवश्यक ? साहित्यका विभिन्न आयामहरु हुन्छन् । साहित्य लेख्ने एउटा कुरा हो । साहित्य आन्दोलन दोस्रो कुरा हो । साहित्य लेखन आफैमा एउटा आन्दोलन हो । साहित्यको आन्दोलनको कुरा गर्दा समग्र पुँजीवाद साम्रज्यवादको विरुद्धमा समाजवादी मुल्य मान्यतामा आधारित भएर लेख्नु पर्छ । समाजमा एकताका समाजवादसम्म पुगिसकेको हो नी त । समाजवादबाट साम्यवादतिर समाज गएन । त्यहाँ ब्रेक भएको हो । विश्वको विकास क्रम हेर्दा हामीले नेपालको विकासक्रम पनि हेर्नुपर्छ । विश्वको विकास क्रम एकातिर साम्राज्यवादसम्म पुग्यो । एकल ध्रुवीय विश्वसम्म पुग्यो । अहिले एकल धु्रवीयबाट बहुधु्रवीयतिर आएको छ । बहुध्रुवीय थियो, शितकालिन थियो । शितकालिनबाट एकल ध्रुवीयमा फेरि बहुध्रुवीयतिर अहिले विश्व गइरहेको छ । एकातिर साम्राज्यवाद चरम विकास गरिराछ ।   अकोतिर समाजवादको प्रश्नपनि संसार भरी उठिरहेछ । साम्राज्यवादको विरुद्धमा अर्को वैकल्पिक धु्रव भनेको समाजवाद हो । समाजवादले पनि एक चरण आफ्नो प्रभुत्त संसार भरी कायम गरेर त्यो चाँही अलिकति रक्षात्मक चरणमा पुगेको छ । त्यसकारण समग्र आन्दोलन साहित्य गीत सँगीत कुरा गर्दा हामीले समाजवादी आन्दोलनलाई टेवा पुग्ने साहित्य रचना गर्दै साम्राज्यवादी संस्कृति, साम्राज्यवादी नवउदारवादी अर्थतन्त्रको विरुद्धमा हामीले साहित्य आन्दोलन गर्नु पर्ने हुन्छ । साम्राज्यवादीको विरुद्ध समाजवादी क्याम्प मूल्य मान्यता सँस्कृति , सौन्दर्यको प्रतिनिधित्व गर्नु पर्छ । अब लेखनको कुरा गर्दा व्यक्तिका रुचिका कुरा पनि हुन्छन् । हाम्रै समाज के छ भने हामी समाजतिर भनिरहँदा पनि नेपाली समाजका कयौं अवशेषहरु फेरी के छन् भने औपनिवेशिक नवऔपनिवेशिक अवशेष पनि छन् । सामन्तकालिन अवशेष पनि छन् । धनी र गरीव बीचको भिन्नताहरुपनि छन् । उच्चवर्ग र निच वर्ग पनि छ । जातिहरुको बीचमा पनि विभेद छ । यी सबै हाम्रा लेखनका विषय बनिनुपर्छ । यहाँको अन्तरविरोध समस्याहरुबाट लेखक भाग्न मिल्दैन । त्यस कारणले लेखकले राष्ट्रिय चरित्रलाई प्रधानता दिँदै अन्तराष्ट्रिय चरित्र सँगको यसको उठान पनि हुनुपर्छ । त्यसकारण लेखकको दुइवटै भूमिका हुने भयो । आन्दोलनमा जाँदा समाजवादी धारालाई साम्राज्यवादको विरुद्धमा स्थापित गर्ने हुनुप¥यो । तर उनले फेरी आफूले लेखिरहँदा यहाँका अन्तरविरोधहरुलाई समाजवादी मुल्यसम्म कसरी पु¥याउने भनेर यहाँको राष्ट्रिय विषेशता र विविधतालाई पनि उसले आफ्ना लेखनहरुमा प्रतिनिधित्व गराउँनुपर्छ । दुईवटै चरित्र लेखकसँग हुनुपर्छ । तर मुख्य हाम्रो मुख्य लक्ष्य के हो ? कस्तो समाज हो । कस्तो समाजलाई हामीले स्थापित गर्न खोजेका हौं भन्दा हामीले समाजवादी साम्यवादी समाजकै परिकल्पना गरेको हुनाले हाम्रा लेखनका उदेश्य चाहँी समाजवाद साम्यवाद पुग्ने नै हुनुप¥यो । त्यहाँ पुग्नका लागि फेरी यहाँको तत्कालिन अन्तरविरोध तथा समस्याहरुलाई समाधान गर्ने कोणबाट उसले लेख्नुप¥यो ।  
जनयुद्धमा हजारौं विसे नगर्ची र बाङ्गे सार्कीहरु छन् । हामी त्यही युद्धमा लडेकाहरुलाई पनि थाहा छैन उनहरुको कुर्वानी । भोली इतिहासमा अन्वेषण गर्दा त्यो इतिहास कहिल्यै मदैन ।
जनयुद्धको सौन्दर्य, नयाँ मूल्य मान्यता र नयाँ यथार्थहरु अहिले विघटन र तीव्र स्खलनको विन्दुमा पुगेको भनेर भनिन्छ । जनयुद्ध विरोधी कयाँै साहित्य रचनाहरु बजारमा छ्यापछ्याप्ति छन् । जनयुद्धको मूल्य बचाउन आवश्यक छ की छैन ? पहिला त राजनैतिक रुपले जनयुद्धका मूल्यहरु के के हुन् भनेर खोज्नुपर्छ । किनकी राजनीतिले त्यसको लिडिङ गरेको हुन्छ । राजनीतिमा जनयुद्धका धारहरुमा आएका स्खलनको कारणले जनयुद्धका मुल्यहरुमा पनि स्खलन आएको हो । तिनीहरु स्वतः स्खलन भएको होइन । हजारौं शहिदहरुले बलिदान गरे त्यो बलिदान त्यो बलिदान पनि कुनै करकापले होइन, पुरै हाँसी हाँसी बलिदान गरे । त्यो हाँसी हाँसी बलिदान गरेको कुरा त यथार्थ हो नी । तर त्यो यथार्थ किन लुक्यो भने त्यसको उदेश्यसँग जोडिएको राजनीति बदनाम भयो । राजनैतिक उदेश्य पुरा भएन । त्यो राजनीति र बलिदान कहाँ आयो भने त्यो बलिदान उपयोगतिर ‘कन्भर्ट’ भयो । त्यो रगत पैसामा पेट्रोलमा साटिएको जस्तो भयो ।   त्यो हजारौं त्यो हजारौं सहिदहरुको उर्जा केही मानिसलाई करोडपति बनाउनका लागि सत्तामा पु¥याउने भ¥याङ जस्तो भयो । त्यो सहिदको बलिदानले प्राप्त भएको उर्जाले सहिदकै रक्षा गरेन । सहिदको वर्गको रक्षा गरेन । त्यसले वर्ग छोड्यो । त्यसपछि नै स्खलन शुरु भयो । विचारमा स्खलन आइसकेपछि साहित्यमा पनि स्खलन आयो । तर म के भन्छु भने विचारमा ठूलो स्खलन आयोस् तर यसले समाज पारेको क्रान्तिकारी प्रभावलाई अहिले तत्कालको आँखाबाट हामी जनयुद्धका पुस्ता र जनयुद्धलाई देखेको पुस्ताले बन्दुकबाट सत्ता साटेको, बन्दुकबाट मन्त्री साटेको, नवधनाड्य बनेको हेर्दाखेरी बन्दुक प्रति प्रश्न उठेको छ । यो यथार्थ हो ।  
जनयुद्धका वास्तविक पात्र, प्रवृति र विचार र सँस्कृतिको मुल्याङ्कन भएको छैन । जो अत्यन्त लो प्रोफाईलमा बसेर काम गरेका थिए । त्यो वर्गको त्याग भन्दा अरु स्वार्थ थिएन ।
यो हाम्रो पिँढीले देखेको हुनाले। तर साहित्य एउटा काल्पनिकता पनि हो । त्यसकारणले जनयुद्धबाट आएको राजनीतिको यो विचलनबाट राजनीतिको रक्षा नभए पनि जनयुद्धमा जो बलिदान त्याग तपस्या भयो त्यसको अहिले जो उचित मुल्य भएको छैन । जनयुद्धका वास्तविक पात्र, प्रवृति र विचार र सँस्कृतिको मुल्याङ्कन भएको छैन । जो अत्यन्त लो प्रोफाईलमा बसेर काम गरेका थिए । त्यो वर्गको त्याग भन्दा अरु स्वार्थ थिएन । तर जसले जनयुद्धलाई प्राप्तिको साधनको रुपमा पनि हेरे उनीहरु अहिले जिउँदै छन् । तर जसले सर्वहारावर्गीय निष्ठाका साथ हारे मृत्यु जिते सिङ्गो संसार भनेर हिँडेको थिए उनीहरु ओझेलमा छन् । त्यो रगतको बारेमा प्रश्न उठेको छ ।   त्यो स्वाभिमानी रगतलाई राष्ट्रिय रगत थिएन की भन्नेहरु पनि छन् । कसैले भारतीयहरुले निमार्ण गरिदिएको रगत हो, सबै उत्तैबाट तालिम लिएर आएको, उतैको पैसाबाट चलेको जस्तो भनिदैछ । यो बुझाईको ग्याप पुरा गर्न जनयुद्धको पहिलो पुस्ता लिडरसिपहरुले नै त्यसको सुधार गर्नुपर्छ । सुधारको धार भनेको जनयुद्धका धारहरु एकै ठाउँमा आउनुपर्छ भन्ने नै हो । त्यसले मात्रै एउटा प्रकृयाको शुरुवात गर्छ । यहाँनिर राजनीतिमा स्खलन साहित्यमा क्रान्तिकारिता यो मिलेको छैन । यसो हुनाले मानिसहरुले प्रश्न उठाएका छन् । राजनीतिमा मूल्य हामीले स्थापित गर्न नसके पनिे जनयुद्धको सौन्दर्य त्याग तपस्या, बलिदान उत्सर्ग मृत्युलाई जित्ने चेतना कहिल्यै मर्ने छैन । नेपालका सबै भन्दा उत्पीडित जाति क्षेत्र दूरदराजको मान्छेहरु जसले जनयुद्धमा आएका आधा मानिसमध्ये ७० प्रतिशतले काठमाडौं देखेका थिएनन् । २०÷२५ प्रतिशतले जुत्ता लगाएका थिएनन् । २५÷३० प्रतिशतले सेतो भात खाएका थिएनन् । ५० प्रतिशत मानिसहरुले गाडी चढेका थिएनन् । तिनीहरु ८१ एमएम र एके ४७सँग अभ्यस्त थिए । यो इतिहास राजनीतिको पराजय र विघटन भएपनि यो चाँही हुँदैन ।
बिसे नगर्ची आयो नि त । एउटा कविले ल्याए । इतिहासका धुरन्धर विद्वानले पनि विसे नगर्चीको नाम सुनेको थिएन होला । साहित्यमा त पृथ्वीनारायण शाहपनि गुरु भएर आयो ।
त्यो उत्सर्गको महान इतिहास विघटन हुँदैन । त्यसलाई अन्वेषण गर्ने मानिसहरु जन्मिएका छन् । तर तिनीहरु अहिलेको राजनीतिको छायाँमा छन् । कयौं चाँही कलिलै पनि होलान् । उनीहरुको उमेरमा परिकक्ता आईसकेको छैन । त्यसकारण अर्को पुस्ताले त्यो उत्सर्गको कथा लेख्छ । राजनीतिको मृत्यु हुनसक्छ तर त्यो उत्सर्गको मृत्यु कहिल्यै हुँदैन । यसको विरुद्धमा लेखिएका छन् अहिले । यसको समर्थनमा लेख्यो भने कसैले नपत्याउने अवस्था छ । एउटा ठूलो कमाण्डरको हजारौं उपन्यास हुनसक्छ । तर कमाण्डरको उपन्यास कोही पढ्नेवाला छैन अहिले । जनयुद्धका जिउँदो कमाण्डरलाई मानिसले रुचाएका छैनन् । उसकोबारेमा लेखेको सिनेमा, उपन्यास मनपराउँदैन । तर यो टोटल पिँढी सकिएर अर्को पिँढीले उत्खनन् गर्ने बेला यो एउटा विशाल क्यानभास भएर उत्रनेछ । बिसे नगर्ची आयो नि त । एउटा कविले ल्याए । इतिहासका धुरन्धर विद्वानले पनि विसे नगर्चीको नाम सुनेको थिएन होला । साहित्यमा त पृथ्वीनारायण शाहपनि गुरु भएर आयो । अङ्ग्रेजलाई बाटो नदेखाएका कारण मारिएका बाङ्गे सार्कीको नाम आयो । त्यसैले जनयुद्धमा हजारौं विसे नगर्ची र बाङ्गे सार्कीहरु छन् ।
जनयुद्धमा पनि यस्तै हजारौं विसे नगर्चीहरु नभएको भए जनयुद्धका दुईटा पात्र चाँही १० वर्षमा दुईटा प्रधानमन्त्री हुनसक्दै सक्दैन थिए । तपाई हामी यति बोल्न सक्ने हुँदैन थियौं होला । कविता लेख्न सक्दैन थियौं होला ।
हामी त्यही युद्धमा लडेकाहरुलाई पनि थाहा छैन उनको कुर्वानी । भोलि इतिहासमा अन्वेषण गर्दा त्यो इतिहास कहिल्यै मदैन । राजनीतिमाबारेमा पृथ्वीनारायण शाहको बारेमा बहस भइरहेको छ । राम्रो गरे की नराम्रो गरे भनेर । तर विसे नगर्चीको बारेमा बहस हुँदैन । बाङ्गे सार्कीहरु त निःस्वार्थ कुवार्नी गर्ने मान्छे हो । उसको त राम्रो नराम्रो बारेमा कुनै भएन । उ त निस्वार्थी मान्छे हो । पृथ्वीनारायणलाई त यो नेपाल एकिकरण गरेर बडामहाराज हुन्छु भन्ने स्वार्थ थियो । बिसे नगर्चीको केही थिएन । जनयुद्धमा पनि यस्तै हजारौं विसे नगर्चीहरु नभएको भए जनयुद्धका दुईटा पात्र चाँही १० वर्षमा दुईटा प्रधानमन्त्री हुनसक्दै सक्दैन थिए । तपाई हामी यति बोल्न सक्ने हुँदैन थियौं होला । कविता लेख्न सक्दैन थियौं होला ।   तिनीहरुलाई हाम्रो पुस्ताले हेर्न सक्छ की सक्दैन भन्ने प्रश्न उठेको छ । हाम्रो भन्दा अगाडिको पुस्तामा पनि त्यो प्रश्न जब्बर भएर उठेको छ । हाम्रो पुस्ताले सकेन भने तपाईहरुको पुस्ताले हेर्नु प¥यो नी । तपाईको पुस्ताले पनि सकेन भने अर्को पुस्ताले गर्नेछ । तपाईको छोरा पुस्ताले खोज्ने छ । त्यसकारण उत्सर्गको इतिहास कहिल्यै मेटिने छैन । जनयुद्धका कमाण्डरहरु गद्धार हुन सक्छन् तर जनयुद्धका सिपाहीहरु कहिल्यै गद्धार हुन सक्दैन । वास्तविक नायक अरबमा बाख्रा चराएर बस्नेहरु हुन् । तपाईको कयौं चर्चित गीत मध्ये अरुण तरेर नाना तमोर तरेर पनि हो । आज अरुण र तमोर तरेर आउँनेहरु कयौं भङ्गालामा बाँडिएका छन् । संयोग नै मान्नुपर्छ । अरुण तरेर लेख्ने मान्छे एकातिर गाउँने मान्छे एकातिर प¥यो । अरुण र तमोर तरेर यता आईपुग्दा कयौं भङ्गलामा बाँडिएकाहरु फेरि एक ठाउँमा होलान् ? भङ्गलाहरुले इतिहासको आवश्यकता पुरा गर्न सकेन भन्ने कुरा प्रमाणित भयो। सबै भङ्गलाहरु हिमालयबाट बगेको होइन भन्ने कुरा पनि प्रमाणित भयो । अहिलेको नेपाली राजनीति र विश्वराजनीतिको जो जटिलता छ त्यो जटिलतालाई चिर्नको निम्ति सातै नदीहरु मिलेर कोशी बन्नै पर्छ । कोशी बन्नै पर्छ । कोशी बनेर कोशीको बाँधलाई फुटाउनुपर्छ । जुन विषमता पैदा भएको छ ती विषमताहरु हामीले सहि ढंगले विश्लेषण गर्न नसक्दा आएका विषमताहरु हुन् । हामीलाई त्यसलाई संलेषण गर्ने ठाउँमा पुग्दा त्यो विषमता चाँही समतामा बदलिन सक्छ ।
मैले गीत लेखेँ सँगीत गरेँ प्रदीप देवानले गाए । प्रदीप देवान एउटा पात्र हो । म पनि एउटा पात्र हुँ । मुख्य कुरा प्रवृति को हो । अरुण र तमोर तर्नेहरुको प्रवृति भनेको चाँही परिवर्तनको प्रवृति हो ।
कुन पात्र र प्रवृति भन्ने कुरा होइन । मैले गीत लेखेँ सँगीत गरेँ प्रदीप देवानले गाए । प्रदीप देवान एउटा पात्र हो । म पनि एउटा पात्र हुँ । मुख्य कुरा प्रवृति को हो । अरुण र तमोर तर्नेहरुको प्रवृति भनेको चाँही परिवर्तनको प्रवृति हो । त्यो परिवर्तनको प्रवृति अहिले अलमलिरहेको छ । नदीहरु कतै भूमरीमा फँसीराछन् । अलि ठूलो बाढीको आवश्कता छ । नयाँ स्वरुपमा त्यो प्रवृति आउँदा वित्तिकै ऐतिहासिक धारा बन्छन् र बनाउँनु पर्छ हामीले । त्यो पछि यो एउटा तागत र आन्दोलनको रुपमा आउँछ ।
अरुण तरेर नाना तमोर तरेर लेख्ने मै स्खलित भएँ भने मैले दण्ड पाउँनु पर्छ। गाउने मान्छे स्खलित भएको हो भने उसले पाउँनु पर्छ । म पनि सही प्रदिप देवान पनि सही हुँन सक्दैन । एउटाले गल्ती गरेको छ यहाँ ।
त्यो प्रवृतिमा नआईकन कि उनले दण्ड पाउनु प¥यो कि पुरस्कृत हुनु प¥यो । दण्ड पनि नपाउने पुरस्कार पनि नपाउँने यस्तो चाँही इतिहासमा हुँदैन । अरुण तरेर नाना तमोर तरेर लेख्ने मै स्खलित भएँ भने मैले दण्ड पाउँनु पर्छ। गाउने मान्छे स्खलित भएको हो भने उसले पाउँनु पर्छ । म पनि सही प्रदिप देवान पनि सही हुँन सक्दैन । एउटाले गल्ती गरेको छ यहाँ । मूल्याङकन कहिले हुन्छ भन्दा राजनीति र सँस्कृतिको मूल्याङ्कन एक दशकमा हुँदैन । एउटा चरण हुन्छ सायद त्यो चरण आईपुगेको छैन । हामी सबै अहिले प्रवृतिमा होइन की पात्रको चरणमा छौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies