Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्रचण्डको जिब्रो

\"kishowar_nepal_khabardabali\"निकै ठूलो छटपटीमा देखिएका छन एमाओवादीका अध्यक्ष प्रचण्ड । आँखा र अनुहारमा टल्किएको चिन्ता प्रष्ट देखिन्छ । तैपनि, व्यवहारले उनी त्यस्तो चिन्तामा रहेको देखाउदैनन । चिटिक्क कपाल कोरेकै छन । अहिलेसम्म आफुले लगाउने कपडामा धार र सन्तुलन विग्रिन दिएका छैनन । राजनीतिक विचारको घोडा तीव्र वेगमा दौडाउन छाडेका छैनन । मानिस रमाइला छन । रमाउन छाडेका छैनन । पक्का कम्युनिष्टहरुमा विरोधी र विपक्षीको हुर्मत लिने शव्द ज्ञान प्रचूर मात्रामा हुन्छ । प्रचण्ड पक्का कम्युनिष्ट हुन । उनी पक्का नभए अरु को पक्का हुन सक्दछ ? शव्दका हिसावले पनि र प्रहारका हिसावले पनि – उनी तीखो वोल्छन र खरो वोल्छन । चिप्लो वोल्न सिपालु छन । चाहिंदो क्रुरता छ उनीमा । त्यो नभएको भए वाह्र वर्षे जनयुध्दको नेतृत्व कसरी गर्दथे र ? मानवीय छन । त्यो नभए उनी नेपाली राजनीतिमा यति सजिलै कसरी आफनो महत्व स्थापितगर्न सक्थे र ? नेपालको संविधान वन्यो । त्यो एकथान संविधान वनाए वापत उनले आफना सवै समकक्षी पार्टी प्रमुखहरु सरह वरावरको हिस्सामा “यश” पाए । उनका सहयोगी रहेका वावुराम भट्टरार्ई संविधानमा सही धस्काएर वाहिरिए । त्यसपछि वाहिरको वाहिरै भए । नयाँ शक्ति खोले । हिजोआज देशका स्थापित विचारक र विश्लेषकहरुलाई महंगो रेष्टुराँमा जोनीवाकरको डवल व्ल्याक लेवल व्हिस्की पिलाएर समृध्द नेपालको निर्माणका लागि सत्संग गर्दछन । प्रायः सत्संगहरुमा उनको “यशोगान” हुने गरेका खवरहरु सामाजिक सन्जालमा छाउने गर्दछन ।
प्रचण्डलाई यति कुरा स्पष्ट थाह छ, पछि परन्तुमा नेपाल र चीनकावीच व्यापार–व्यवसाय, उद्योग–धन्दा फष्टाउन नसक्ने होइन । नेपालको विकासको पूर्वाधार निर्माणमा चीनले नसघाउने पनि होइन । त्यस्तो अवस्था त्यत्तिकै आउँदैन । आउन एक दुइ दशक नै लाग्न सक्दछ ।
प्रचण्डसंग सम्वन्धित यो टिप्पणीमा वावुरामको उल्लेख आवश्यक थिएन । गर्नु यसनिम्ति पर्यो कि काठमाडौंको समाजमा प्रचण्डको दिमागमा भूस भरिएको छ : त्यसलाई चलाउने वावुराम हुन भन्ने भ्रम छरिएको थियो । स्वयं वावुराम एमाओवादीको विचारको सूत्रधार आपूm भएको दावी गर्दथे । तर, वावुराम छुट्टिएको यतिका दिन वितिसके । प्रचण्डको दिमाग चलेको मात्र होइन, दौडिएको देखिन्छ । उनी छाउन छाडेका छैनन । काठमाडौंको ठेट शव्दमा भन्दा “चुुलवुल” र “चलायमान” दुवै छन । अभिनेत्री करिश्मा जत्तिकै चुलवुल र अभिनेत्री रेखा जत्तिकै चलायमान । उनले भन्न भ्याइ हाले, करिश्माप्रति मेरो होइन “उनकै” लगाव रहेछ । त्यसैले त करिश्मा नयाँ शक्तिमा पुगिन । चलायमान छन प्रचण्ड । उनका पार्टी कार्यकर्ताहरु खूव रिसाउँछन उनीसंग । झगडागर्ने मूडमा हुन्छन । तर, उनलाई देख्ने वित्तिकै लल्याक–लुलुक हुन्छन । पालुंगोको साग गले झैं गल्छन । तुलना गर्छन, हाम्रा पार्टीका अध्यक्ष समान चलायमान चरित्र को छ त देशमा अर्को ? यतिवेला प्रचण्ड एमालेका निर्वाचित अध्यक्ष के.पी.ओलीको नेतृत्वको सरकार वनाउने गठवन्धनको साँचो आफनो दह हातमा लिएर उभिएका छन । पार्टीका आठजना वरिष्ठ नेताहरुले ओली सरकारमा उनको प्रतिनिधित्व गर्दछन । तै पनि, उनी सन्तुष्ट छैनन । यसको अर्थ हो उनी रुष्ट छन । वेला वेलामा कम्युनिष्ट एकताको कुरा गर्दछन । सरकारको कुरा आउना साथ आफैले टेको दिएको सरकार ढल्छ भन्न छाडदैनन । भर्खरै भनेका छन, कांग्रेस अधिवेशनपछि समीकरण वदलिन्छ । अर्थ हो, सरकार ढल्छ । त्यसपछि के हुन्छ ? के कम्युनिष्ट एकताको नाममा प्रचण्डलाई एमालेले गठवन्धन सरकारको नेतृत्वगर्ने अवसर प्रदान गर्नेछ ? कि एमालेका धुरन्धर नेता माधव नेपालले एमालेभित्रको आफनो टीमलाई कांग्रेस नेतृत्वको सरकारमा पठाउनेछन ? \"prachanda-intप्रचण्डले यो विषयमा नसोचेका त पक्कै छैनन होला । उनको एउटा मात्रै समस्या भनेको कांग्रेससंग उनी लजाउँछन । कांग्रेसमा अहिले गिरिजाप्रसाद छैनन । “माओवादी सशस्त्र आन्दोलन निर्मल निवासले चलाएको” आरोप लगाउने व्यक्तिले गिरिजाको विरासत धान्दैनन । वोल्न त उनले वेलैमा रामचन्द्रजीका नाममा रामचन्द्रजीको पक्षमा छु भनेर औपचारिक भाषा वोलेका छन । यस्तोवेला, उतिवेला संकटको समयमा सार्वजनिक रुपमा नै प्रधानमन्त्रीको हैसियतले आपूmलाई “साहसी” भनेर माओवादीलाई पहिलो पटक वार्ताको वैधानिकतामा ल्याउन साहसगर्ने मित्रलाई प्रचण्डले विर्सिने कुरै आएन । कांग्रेसमा के हुन्छ ? त्यो अव एकदुइ दिनको कुरा हो । कांग्रेस र माओवादी मिलेर वनेको सरकार सवल हुनसक्छ भनेर सोच्ने धेरै छन देशमा । स्थापित शक्ति र विद्रोहबाट आएको शक्तिको मेलमिलापले पक्कै देशको भलो गर्छ । राजनीति भनेको वार्गेनिंग पावर त हुँदै हो । प्रचण्डलाई यति कुरा स्पष्ट थाह छ, पछि परन्तुमा नेपाल र चीनकावीच व्यापार–व्यवसाय, उद्योग–धन्दा फष्टाउन नसक्ने होइन । नेपालको विकासको पूर्वाधार निर्माणमा चीनले नसघाउने पनि होइन । त्यस्तो अवस्था त्यत्तिकै आउँदैन । आउन एक दुइ दशक नै लाग्न सक्दछ । चीनले भारतसंगको आफनो आर्थिक स्वार्थ नहेरी लगानी पनि गर्दैन । त्यसैले प्रचण्डका लागि भारतले पनि ढोका खोलेको छ । कुन नेताका लागि भारतको ढोका वन्द गरेको छ र उनका लागि वन्द हुनु ? प्रचण्ड वेला वेलामा जिव्रो चटार्कछन । जिव्रो हो, त्यो नचटकारेसम्म काम चल्दैन । राजनीतिको स्वाद जे छ त्यो जिव्रोमा नै छ । तर, उनमा समयको चेतना पर्याप्त छ । कतिवेला हानेको तीरले कसलाई घाइते तुल्याउँछ ? जानेका छन उनले । एकताका लाग्दथ्यो यिनी दह्रै नेता हुन “स्टेट्सम्यानशीप” भएका । उनी आफैंले त्यो बाटो हिंडन रुचाएनन । राजनीतिको रमाइलोमा रमाउन छाडेर कता साधुत्वको कम्वल ओढेर वस्नु ? राजनीतिज्ञ हुनुको जुन मजा छ त्यो वुझेका छन प्रचण्डले । राजनीतिज्ञ भएपछि जिव्रो खूव चलाउन पाइन्छ । त्यस्तो स्वतन्त्रता अरु कुनै पेशा र व्यवसायमा छैन । प्रचण्ड साँच्चै छटपटीमा छन । कांग्रेस अधिवेशनपछि उनको यो छटपटीको अर्थ प्रकट हुनेछ । उनको जिव्रो त्यो भन्दा अघिपनि खसखसाउन सक्दछ । जिव्रो हो । राजनीतिमा यो वस्तु अगम्य हुन्छ । जसको अनुमान गर्न सकिदैन । (लेखक वरिष्ठ पत्रकार हुन् ।) 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies