Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

राष्ट्रियता, प्रजातन्त्र, समाजबाद भन्ने अमुर्त ब्याख्याले पार्टी चल्दैनः कोइराला

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन विहीबारदेखि काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशनको पूर्वसन्ध्यामा चुनावी दौडधुप तीब्र बनेको छ । पार्टी विभाजन भइ जुटेको लामो समय हुँदा पनि पार्टीमा संस्थापन र प्रजातान्त्रिक समुह भन्ने अहिले पनि कायमै छ । १३ औं महाधिवेशनमा पनि संस्थापन पक्ष र प्रजातान्त्रिक पक्षकै भिडन्त भनिएको छ । तर महाधिशन नेतामात्र चुन्ने नभइ नीति निर्माण बनाउने ठाउँ हो । त्यसैले कांग्रेसमा अब जसको नीति उसको नेतृत्व हुनुपर्छ भन्ने बहस पनि चल्न थालेको छ । पुरानै तरिकाले पार्टी चल्न नसक्ने भन्दै नयाँ विचार र युवाहरुको नेतृत्व आवश्यक भएकोबारे पनि बहस चुलिँदै गएको छ । नेपाली कांग्रेसका युवा नेता बासु कोइराला भन्छन्,– ‘अबको नेतृत्वले राष्ट्रियता, प्रजातन्त्र, समाजबाद भन्ने अमुर्त ब्याख्या गरेर हुदैन ।’ समाजवादले हाम्रो समाजलाई के दिन्छ र अबको समाजवाद कस्तो हुने भन्ने परिकल्पना गरिनुपर्ने मत उनको छ । पार्टीको आगामी नीति र नेतृत्वका सम्बन्धमा केन्द्रीत रहेर युवा नेता बासु कोइरालासँग गरिएको संक्षिप्त कुराकानी ।   कांग्रेस महाधिवेनको दौडधुप तीब्र छ, तपाईँलाई कत्तिको चुनाव लागेको छ ? महाधिवेशन विहीबारदेखि नै शुरु हुँदैछ । महाधिवेशन सम्पन्न गर्ने भनेर हामी सबैको दौडधुप छ । अधिवेवेशनको तयारी राम्रै भइरहेको छ । देशभरीका प्रतिनिधि साथीहरुसँग भेटघाट भइरहेको छ, छलफल भइरहेको छ । यो अधिबेशन त सफल हुन्छ नै हामी पनि सफल हुन्छौ मतदाताहरुले पनि सहयोग गर्नुहुन्छ, जिताउनु हुन्छ । म पनि युवा पंक्तिको भएकाले म आफै पनि लागिपरेको छु । सबैलाई चुनाव लागेको छ । युवाहरुलाई नेतृत्वमा पुर्याउनु हुन्छ भन्ने चाँही मैले अपेक्षा राखेको छु ।   \"basuकाग्रेसमा लामो समयदेखि यो पक्ष र ऊ पक्ष भन्ने गुटबन्दी छ । पार्टी एक ढिक्का हुनुपर्छ त भन्ने तर ब्यवहारमा नदेखिने त्यो मनोरोग अहिले पनि उस्तै छ । यो कहिलेसम्म रहिरन्छ ? पार्टीमा सबै नेताहरु एक ढिक्का हुनुपर्छ भन्ने मनोरोग हो अहिले पनि देखिरहेको छ । अहिले पनि छ । अहिले पनि नेताहरु नेतृत्वको दौडमा हुनुहुन्छ । मलाई लाग्छ, चार पाँच जना सभापतिकै अकांक्षी हुनुहुन्छ । अब महामन्त्रीमा पनि ५–७ जनाको नाम सुनिएको छ । सदस्यहरुमा त मलाई लाग्छ तीन सय भन्दा बढि नै सदस्यको दौडमा हुनुहुन्छ । स्वस्थ प्रतिष्पर्धा गर्नुपर्दछ । प्रजातान्त्रिक पार्टिमा अलिकति प्रतिस्पर्धा त हुन्छ । नेतृत्वको आंकाक्षीहरु पनि धेरै हुन्छन् तर स्वस्थ किसिमले गर्नुपर्दछ । प्रतिष्पर्धा तर्क संगत हुनुपर्छ । मलाई लाग्छ नेचुरल नेतृत्व हुनु पर्दछ र नेचुरल देखिनु पनि पर्छ । अबको नेतृत्व आउदा कुन ठिक छ वा छैन भन्ने कुरा चाहि नेचुरल नेतृत्वबाट थाहा हुन्छ । त्यस्तै गरी हामी पनि सदस्यको दौंडमा छौं । माथिल्लो नेतृत्वमा देखिएको समस्याहरु आज भोलिमै मिल्छ । सबैलाई मिलाएर एउटा टिम बन्छ जस्तो लाग्छ । एउटा संस्थापनको हुन्छ अको प्रजातान्त्रिक हुन्छ । अरु मिले पनि दुई वटा टिमबीच प्रतिष्पर्धा हुन्छ ।   नेपाली काँग्रेसको युवा पंक्ति नेतृत्वमा आउन चाहने तर नसक्ने समस्या चाँही के के हो ? त्यो चाहिँ म अरुलाई दोष दिन्न, यो युवाहरुकै कमजोरी हो । युवाहरु नेतृत्वमा आउनुपर्छ त भन्ने तर आउन नचाहने हाम्रो पुरानैदेखिको समस्या हो । धेरै नेताहरु छन्, उहाँहरुलाई नै ठाउँ दिनुपर्छ, पालो दिनुपर्छ भन्ने त्यो मनोविज्ञानले ग्रस्त छ । सँगसँगै भातृ संघको पनि अधिबेसन समयमा हुन नसक्नु । त्यसो नभएपछि नेतृत्व जाम भएर बस्यो । उनीहरु माथि जान पाएनन् । त्यसले गर्दा पनि समस्या थाति रह्यो । हैन पुरानै पुस्ताले गरिरहोस् न भन्ने मानसिकता हामीबाट हटाउनुपर्छ । यो अधिबेसनबाट कम्तीमा मेरो केछ भने कम्तिमा ५१ प्रतिशत युवाहरु नेतृत्वमा केन्द्रीय समितिमा पुग्नुपर्छ जसले गर्दा युवाहरुलाई भोलिका दिनमा समेट्न सकिन्छ । भातृ संगठनको अधिबेसन समयमा गराउन सक्नुपर्छ । नेवि संघको अधिबेसन गराउन सकेन । त्यसले गर्दा विद्यार्थीहरुमा नेतृत्व गरेर कम्तिमा नेतृत्वमा जाउँला भन्ने चाहिँ त्यसै निरास भएर बस्ने बातावरण छ । नेपाल विद्यार्थी संघको अधिबेशन भएमा प्रतिष्पर्धा गरौला र नेतृत्वमा जाउला भन्ने हो भने बिद्यार्थी संघको अधिबेसन नभएको सात वर्ष भन्दा बढी भयो । हाम्रा अग्रज नेताहरु नेपाल बिद्यार्थी संघको अधिबेसनबाट गएको नेताहरुले पनि त्यो अधिबेसन गर्न पहल गर्न सक्नु भएन । उहाँहरुको क्षमता र बल पुगेन् । मेरो सोच के छ भने कम्तिमा ५१ प्रतिशत युवाहरु गयौं भने यी कुरा गर्नको लागि बल पुग्थ्यो । पुरानो पुस्ता अहिलेसम्म नेतृत्व गरेर आएको पुस्तालाई मान्य हुन्थ्यो र उहाँहरु पनि स्विकार्नु हुन्थ्यो । त्यसका लागि पनि मेरो उमेदवारी हो ।
अबको नेतृत्व कस्तो हुनुपर्दछ भने अब त्यहि राष्ट्रियता प्रजातन्त्र समाजबाद भन्ने अमुर्त ब्यख्या गरेर हुदैन, त्यसको मुर्तकरण गर्नुपर्दछ । समाजबादले हाम्रो समाजमा के दिन्छ ? अबको समाजबाद कस्तो हो ? त्यसको हामीले परिकल्पना गरेर देखाउन सक्नुपर्दछ ।
काग्रेसको केन्द्रीय समितिको टिममा तपाई आफै पनि आउन दौडधुप गर्नु भएको छ । अधिवेशनबाट पार्टीको नीति निर्माणतर्फ लाग्नुपर्ने तर त्यस्तो देखिदैन । कांग्रेसमा नीति प्रधान कि नेता प्रधान ? अहिले त नेता प्रधान भएको छ । बास्तवमा नीति एकातिर छ नेतृत्व अर्कोतिर छ । नीति एउटाको छ नेतृत्व अर्कोले गर्छ । त्यस्तो भइरहेको छ । त्यो परिपाटीलाई पनि अन्य गर्नुपर्दछ । त्यो के त भन्दा चेतनाको कमी हो, अझै चेतना छैन । पार्टी प्रशिक्षणको कमि आदि कमिकमजोरी छ । सँगसँगै खुला प्रजातान्त्रिक पार्टी भएका कारणले गर्दा पनि ती कुराहरु हामी त ठूला ठूला पार्टी हौ भनेर हामीले मेट्दै गएका छौ । अब पुरानै तरिकाले त्यसरी गएर हुदैन । अबको नेतृत्व कस्तो हुनुपर्दछ भने अब त्यहि राष्ट्रियता प्रजातन्त्र समाजबाद भन्ने अमुर्त ब्यख्या गरेर हुदैन, त्यसको मुर्तकरण गर्नुपर्दछ । समाजबादले हाम्रो समाजमा के दिन्छ ? अबको समाजबाद कस्तो हो ? त्यसको हामीले परिकल्पना गरेर देखाउन सक्नुपर्दछ । जस्तो बीपी कोईरालाले एउटा परिकल्पना गर्नुभएको थियो । कम्तीमा एउटा सामान्य नेपालीले पनि मैले जस्तो जीवनयापन गर्नुपर्दछ, औषधि उपचार गर्ने ब्यवस्था हुनुपर्दछ । सानै झुपडी भए पनि घर एउटा एउटा दुहुनो गाई होस् । बच्चा बच्चीलाई लालन पालन शिक्षादिक्षा दिन सकियोस् । त्यस्तो परिकल्पना गरेका थिए । त्यो पनि कहिलेभन्दा आज भन्दा करिब ५० वर्ष पहिलेको हो । अब त्यसलाई हामीले परिमार्जन गरेर अहिलेको युगमा केके चाहिन्छ त्यो किसिमले हामी अघि बढ्नुपर्दछ । नेपाली कांग्रेस भनेको त पटकपटक सरकारमा गएको पार्टी हो । भोलि पनि हामी सरकारमा जान्छौ होला । कस्तो किसिमको समाजबादले राष्ट्र बन्छ । हामीले युरोपतिरको जीवनशैली हेरेका छौं । त्यहाँ मान्छेलाई सामान्यतः सामाजिक सुरक्षाको अभाव छैन । सरकारले रोजगारी अवसर सिर्जना गरेको छ । सरकारले बृद्धवृद्धाको सुरक्षा भत्ता भनेको छ । केटाकेटीको शिक्षा यसरी हुन्छ भनेको छ । शिक्षा र स्बास्थ्यमा सरकारले जिम्मेवारी लिएको छ । त्यसले गर्दा मान्छे कहिल्यै एक्लो महशुस नै गदैन । त्यसकारण उसलाई पैसा कमाउनुपर्ने अवश्यकता पनि छैन । भ्रष्टाचार गर्नुपर्ने आवश्यकता पनि छैन । पछिल्लो समयमा सरकारले सबै गर्ने भएपछि त्यो दायित्वबाट मुक्त छन् । त्योसँगै बिकास निर्माणको काम पनि तीब्र रुपमा भएको छ । हामीमा पनि अठोेट चाहियो कि सन् ८५ सम्ममा यो देश यस्तो हुन्छ ।
अहिले त नेता प्रधान भएको छ । बास्तवमा नीति एकातिर छ नेतृत्व अर्कोतिर छ । नीति एउटाको छ नेतृत्व अर्कोले गर्छ । त्यस्तो भइरहेको छ । त्यो परिपाटीलाई पनि अन्य गर्नुपर्दछ ।
कांग्रेसले यो गर्छ, यो बाटोबाट चाहि समाजबादी क्रान्ति पुरा गर्न सकिन्छ भनेर भन्न सक्नु पर्यो । अब राजनीति गर्ने मान्छेले चाँहि त्यसै राजनीति होईन । त्याग मात्र भनेर भएन उद्ययमशिलतामा पनि जानुपर्दछ । किनभने २४ सै घण्टा त राजनीति गर्ने अवस्था छैन् । अहिले एक मिनेटमा सामजिक सञ्जालबाट हाम्रा सन्देस संसारभर पुरा्उन सकिन्छ । अरुले पनि आफ्ना कुराहरु राख्न सक्नुहुन्छ । बाँकी समयमा त उद्ययमशिलता हुनुपर्दछ । त्यसैले पनि युवाहरु कम्तिमा ५१ प्रतिशत केन्द्रीय नेतृत्वमा हुनपर्दछ भन्ने मैले ‘स्लोगन’ नै बनाएको छु । तपाईले युवा नेतृत्व भनेर जोड दिइरहनु भएको छ । तपाईहरु चाँही कता पट्टी कस्को फेरो समाउदै हुनुहुन्छ बृदाहरुको कि युवाहरुको ? हामी त युवाकै फेरो समाएर जान्छौ । बृद्धाहरुलाई सम्मान गर्दै युवाको फेरो समाउछौ । संगै ‘काग्रेसको नेतृत्व तपाईकै हातमा, काँग्रेस नेता तपाईको साथमा’ किनकी अब नेतृत्वलाई केछ भन्दा खेरी गाँउदेखि चुनेर आएको मान्छे गाउँमा घुलमेल हुने मान्छेलाई तपाईले मत दिएर जिताउनुभयो । माथिबाट थुपारेको नेतृत्वले तपाईप्रति केहि उत्तरदायित्व पनि रहदैन । काम पनि गर्न सक्दैन । त्यसले गर्दाखेरी काँग्रेसको नेतृत्व तपाईको हातमा तपाईले प्रत्यक्ष बुझेको प्रतिनिधको मा जानुप¥यो भन्ने हो जस्तो तपाईकै साथमा हुनुपर्यो । भन्नाले ३६५ दिन गाउँ बस भन्ने पनि भएन तर उ करिब तपाईसँगको सम्पर्क र पहुँचमा हुनुप¥यो । सम्पूर्ण कुराहरुमा नीति निर्माणका कुराहरुमा सहकार्य गरिरहने हुनुप¥यो भन्ने हो । तपाईको उमेदवारी चाँही केका लागि ? बास्तवमा मेरो उमेदवारी आमुल परिवर्तन गर्न अब र सशक्त रुपमा अघि बढ्नको लागि हो । अब युवाहरुलाई पार्टीमा यो संगठनमा आकर्षण गर्नुपर्छ । उनीहरुलाई स्पेस दिनुपर्दछ । राजनीति फोहोरी खेल भन्ने भावना छ, त्यसो होईन भन्ने जनचेतना जगाउन सक्नुपर्छ । राजनीति फोहोर भयो भने सबै क्षेत्र फोहोर भएर जाने हुदा त्यो सफा गर्नको लागि युवा फोहोरमा पसेर त्यसलाई सफाई गर्नुपर्दछ । र तब मात्र मुहान सफा हुन्छ । तलतल मात्रै फोहोर सफा गरेजस्तो गरेर मुहान सफा हुदैन । वास्तवमा राजनीतिमा युवाहरुलाई भावना जागृत गर्नकै लागि मेरो उमेदवारी हो । नयांँ संबिधान बनेपछि पार्टीको नयांँसंरचना अनुसार प्रदेशबाट तपाई लड्दै हुनुहुन्छ । प्रदेशको अबधारण कसरी अघि बढाउनुभएको छ ? हो बास्तबमा हामीले संबिधान त बनायौं तर त्यसलाई कसरी कार्यान्वयनमा लैजाने गणतान्त्रिक संविधान लागूको बिषय अन्योल भएको छ । अझै पनि अस्पस्ट छ, त्यसका कानूनी रुप बन्न सकेका छैन्न् । ९९ भन्दा बढि कानूनी रुप संसोधन गरेर लागू गर्नुपर्नेछ । अहिले संघीय गणतान्त्रिक मुलुक भएको छ । तर संघ कस्तो हुने हो, आकार, गाउँपालिका कसरी हुन्छ, यी सबै कुराहरु अझै पनि सतहमा छैनन् । त्यसले गर्दा कस्तो खालको गणतन्त्र लागू गर्ने पनि थाहा छैन । मलाई लाग्छ संबिधान जारी भएको पनि ६ सात महिना भयो । मधेस आन्दोलन बिभिन्न कुराहरुले यसलाई प्रभाबित त पारेको होला । तर जनतामा चेतना चाहि जानुपर्यो । कस्तो खालको संघमा हामी बस्दैछौ र त्यो संघले हामीलाई के दिदैछ भन्ने पनि छैन । नेतृत्व तहले कानून नबनिकन त्यो कुरा थाहा हुदैन भनेर भन्ने र संबिधानले पनि बोलेको छैन । त्यसकारण संघ भनेको सशक्त हुनुुपर्यो । संघीयताको कल्पना गरेको हुदा अधिकार प्राप्त हुनुपर्यो । त्यसले आपm्निा काम कारबाहिहरु आफै गर्न पाउनुपर्यो । जस्तो राज्यको सिमा सुरक्षा त्यसबाहेक सीमा र सुरक्षाका कुरा केन्द्रीय सरकारले गर्ला तर बाँकि कुराहरुमा संघले सम्पूर्ण काममा चाहि जनताले त्यहि संघबाट लिन सक्नपर्यो । काठमाडौसँगको त उहि हामीलाई इच्छा लागेमात्र आउनुपर्ने अवस्था, तिर्थाटनका लागि । सम्पूर्ण कुराहरु चाहिँ संघले दिनुपर्छ जस्तो लाग्छ मलाई । मेरो चाहि के छ भन्दा खेरी कुरा प्रदेश सम्पुर्ण रुपमा अधिकार सम्पन्न हुनुपर्दछ । कसैको मुख ताक्ने हुनुहुँदैन । संसदको परिकल्पना गरेको छ । त्यो संसद पनि सर्बाधिकार हुनुपर्यो र सर्बभौम सत्ता त्यहि प्रदेशका जनतामा निहित हुनुप्यो । किनभनेदेखि जुन प्रदेश हो, त्यहि प्रदेश शक्तिशाली हुनुपर्दछ, बिकासशील हुनुपर्छ, सम्पन्न हुनुपर्छ र भ्रष्टाचार मुक्त हुनुुपर्दछ । भ्रष्टाचारले सबै खाईसकेको छ । त्यसकारण भ्रष्टाचार मुक्त प्रदेश हुनुुपर्दछ । तपाईले जुन प्रदेशबाट उम्मेदवारी दिँदै हुनुुन्छ त्यो प्रदेशमा अर्को पनि सीमांकनका समस्याहरु त्था मधेसका समस्याहरु छन्, यसलाई कसरी हल गर्ने ? मधेसको समस्या छ तर धेरै समस्या त २ न प्रदेशमा हो । १ नम्बर प्रदेशका सुनसरी मोरङलाई नै २ नम्बर प्रदेशमा ल्याउनुपर्दछ भन्ने आवाज उठेको छ तर त्यो पुरा हुदैन। त्यो पुरा हुने माग पनि होईन । झापा– मोरङ– सुनसरीलाई काटेर २ नं प्रदेशमा ल्याउनुपर्दछ भन्नेकुराहरु २ नम्बर प्रदेशको माग हो । एक नम्बर प्रदेशको माग होईन, त्यो सम्भब पनि छैन । अरु कुरा म जहाँबाट उठेको छु, त्यो प्रदेश शक्तिशाली छ सम्पन्न छ भुगोल पनि हिमाल पहाड तराई मिलेको छ । सबैजातजाति मलाई लाग्छ ईन्दे्रणी रङको त्यो प्रदेश छ । त्यसमा सबैकुराहरु झल्किन्छ । मतदाताहरुलाई १३ महाधिवेशनमा मैले आफ्ना अभियान सफल पार्नको लागि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु । युबाको प्रतिनिधत्ब गराउन र सशक्त शक्तिशाली र उद्यमशील पार्टी बनाउनको लागि र पार्टीमा जुन पुरानो पद्धति छ । नीति एकातिर नेतृत्व अर्कोतिर अब त्यो होईन जसको नीति उसको नेतृत्व हुनुपर्छ भन्ने मत फेरि पनि दोहोर्याउन चाहन्छु । बिधान र सिस्टममा पार्टी चल्नु पर्दछ भन्नको लागि मलाई भोट दिनुस् पनि भन्न चाहन्छु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies