/  Sun, May 27, 2018

प्रदेशका इन्चार्जहरुले प्रचण्डलार्इ सोधे– नयाँ शक्तिमा जानबाट कसरी रोक्ने ?

ucpnm

काठमाडौं । एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठकमा प्रदेशका पार्टी इन्चार्जहरुले पार्टीका नेता कार्यकर्ताहरुलाई नयाँ शक्तिमा जानबाट रोक्नुपर्ने सुझाव दिएका छन् ।

पार्टीका स्थायी समिति बैठकमा धारणा राख्ने प्रदेशका इन्चार्जहरुले पार्टीका नेता कार्यकर्ताहरु धमाधम नयाँ शक्तिमा गएको भन्दै यसलाई कसरी रोक्ने भन्ने नेतृत्वले सोच्नुपर्ने बताए । आइतबारको स्थायी समिति बैठकमा प्रदेश इन्चार्ज तथा सचिवहरुले धारणा राखेका थिए ।

उनीहरुको रिपोर्टिङका क्रममा पार्टी अध्यक्ष प्रचण्डलाई सोधेका थिए– नयाँ शक्तिमा जानबाट कसरी रोक्ने ? भनी सोधेको वैठकमा सहभागी एक स्थायी समिति सदस्यले बताए ।

बैठकमा सरकारका कामकारवाहीबारे उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले धारणा राखेका थिए । सांगठनिक अवस्थाबारे सात प्रदेशका इन्चार्जले जानकारी गराएका थिए ।  आइतबार बिहान बसेको स्थायी समिति बैठकमा प्रदेशका इन्चार्ज तथा सचिव र सरकारमा सहभागी मन्त्रीहरुले रिपोर्टिङ गरेको महासचिव कृष्णबहादुर महराले जानकारी दिए ।

आइतबार मात्रै एकीकृत माओवादीका पोलिटब्युरो सदस्यसहित चार जना नयाँ शक्तिमा गएका छन् । सबै माओवादीहरु एक हुने र एक वर्षभित्रै एकीकृत माओवादीलाई ठूलो पार्टी बनाउने अध्यक्ष प्रचण्डले अभिब्यक्ति दिँदै आए पनि पार्टी झनै कमजोर बन्दै गएको नेता कार्यकर्ताको गुनासो छ । स्थायी समितिको बैठक सोमवार बिहान ८ बजे पुनः बस्नेछ ।

फागुन ९ गते, २०७२ - १४:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् माओवादी तर्फबाट नेकपामा परेका २ सय केन्द्रीय सदस्य

यी हुन् माओवादी तर्फबाट नेकपामा परेका २ सय केन्द्रीय सदस्य

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकतापछि पुनर्गठित केन्द्रयि समितिमा तात्कालिन माओवादी...   
नेपाली मुलका ब्यवसायी शेष घले अष्ट्रेलियाका ८१ औं धनी

नेपाली मुलका ब्यवसायी शेष घले अष्ट्रेलियाका ८१ औं धनी

काठमाडौ । नेपाली मुलका ब्यवसायी शेष घले अष्ट्रेलियाका ८१ औं धनी ब्यक्ति बनेका छन् । गतबर्ष १ सय १ औं...   

अमेरिकाद्वारा उत्तर कोरियासँगको शिखर वार्ता रद्द

वाशिङ्गटन डिसी । उत्तर कोरियाले परमाणु साइटहरु बन्द गरेकै दिन अमेरिकाले बहुप्रतिक्षित शिखर वार्ता...   

सिंहदरबारभित्रै ट्राफिक जाम

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत ट्राफिक समस्यासँग जेलिन थालेपछि सवारी...   

प्रशासकिय अधिकृतलाई रामधुलाई गरे सांसदले

सर्लाही । सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई बुधबार...   

गम्भीर बहस, रित्तो संसदः हाजिर गर्ने २२२, छलफलमा बस्ने ५५

काठमाडौं ।  नीति तथा कार्यक्रम संसद्को नियमित छलफलको विषय होइन, वर्षभरिका विकास निर्माणलाई दिशानिर्देश...   
निपा भाइरस संक्रमणः नेृपालमा जोखिम उच्च, तयारी छैन

निपा भाइरस संक्रमणः नेृपालमा जोखिम उच्च, तयारी छैन

काठमाडौं । छिमेकी मुलुक भारतको केरलामा फैलिएको अत्यन्तै संक्रामक निपा भाइरसले उपचारमा संलग्न नर्ससहित...   

बालकृष्ण ढुंगेलसहित ८५० कैदीको सजाय माफी गर्ने तयारी

काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलसहित ८५० कैदीलाई बाँकी कैद माफी दिई...   

गृहमन्त्रीको निर्देशन अवज्ञा, छानविन रोकियो

काठमाडौं । दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि...   
स्वभाविक माफी पाउने भए बालकृष्ण ढूगेलले

स्वभाविक माफी पाउने भए बालकृष्ण ढूगेलले

काठमाडौं । कर्तब्य ज्यान मुद्धामा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकष्ण ढुंगेललाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top