Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

प्रणय दिवसको अवसरमा हुवावेको यस्तो अफर

\"friendshipकाठमाडौं । प्रणय दिवसलाई लक्षित गरी हुवावे ब्राण्डले आफ्नो सेवा विस्तार गर्दै जिआर पाँच स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । ताम्राकार कम्प्लेक्सले बुधबार पत्रकार सम्मेलन गरी यही फागुन २ गते ९फेब्रुअरी १४० मा विश्वभर मनाइने प्रणय दिवसलाई लक्षित गर्दै सो कम्पनीले स्थानीय बजारमा जिआर पाँच मोडलको नयाँ स्मार्टफोन ल्याएको हो । न्युरोडका आधिकारिक विक्रेता टेली टु प्रालिका निर्देशक रोशन विष्टले हुवावे कम्पनीले ल्याएको जिआर ५ स्मार्टफोन नेपाली उपभोक्तालाई ध्यानमा राखेर ल्याइएको हो, जसमा उत्कृष्ट फिचरहरु राखिएको बताए । सो स्मार्टफोनमा ५।५ इन्चको एचडी एलसिडी आइपिएस डिस्प्ले राखिएको छ । १०८० एक्स १९२० पिक्सेल रिजोल्युसन भएको डिस्प्लेले उत्कृष्ट दृश्यहरु प्रयोगकर्तालाई प्रस्तुत गर्दछ । जिआर ५ स्मार्टफोनमा आफूलाई मनपर्ने फोटो खिच्नका लागि १३ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने सेल्फीका लागि पाँच मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यो फोनमा क्वालकमको स्न्यापड्र्यागन ६१६ एमएसएम ८९३९ चिपसेट छ जसमा १।५ गिगाहर्जको एआरएम कोर्टेक्स ‘ए’ ५३ अक्टा कोर प्रोसेसर राखिएको छ । यसको अक्टा कोर प्रोसेसरले विभिन्न एप्स प्रयोग गर्दा तथा अन्य कार्यगर्दा द्रुतरुपमा गर्न सजिलो पार्दछ । हुवावेको जिआर ५ फोनमा २ जिबीको ¥याम तथा १६ जिबीको इन्टरनल स्टोरेज रहेको छ, यसको स्टोरेज माइक्रो एसडीको सहयोगबाट बढाउन सकिन्छ । यसमा भएको ठूलो क्षमताको ¥याम र स्टोरेजले आफ्ना फोटो, डकुमेन्ट, भिडियो आरामसँग सेभ गर्न सकिन्छ । एन्ड्रोयडको ललीपप ५।१ भर्सनमा सञ्चालन हुने यो स्मार्टफोनमा तीन हजार एमएएचको ब्याट्री राखिएको छ । फोर जी सपोर्ट गर्ने फोनमा वाइफाई, ब्लुटुथ ४.१ भर्सन, युएसबी २.० भर्सनलगायतका कनेक्टिभिटी सपोर्ट गर्दछ भने जिपिएस, ग्लोनासलगायतका फिचरहरु उपलब्ध छन् । नेपाली बजारमा उच्च मध्यम अर्थात् हाई मिड रेन्जमा रहेको यो स्मार्टफोनको मूल्य रु ३४ हजार तोकिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies