Khabar Dabali Logo
  November 22, Fri

नलेखिएको एउटा इतिहास

sirjana gole-400डिन्छ््यान् म्हेमे,

तिमी ढलेको खबरले
तिम्रो मृत्युको समाचारले
यत्तिखेर म भावविह्वल छु,
शोकमग्न छु !
रगत थुनिएला झैँ भएको छ मुटुमा
रोकिएला झैँ भएको छ, गति यो हृदयको
बगाउँला झैँ भएको छ, आँसुले आफैंलाई
बिक्षिप्त बिक्षिप्त छ यो मन
तिम्रो श्रम र पसिनासँगै
नामैले मात्रै पनि देश चपाउनहरुको यो देशमा
तिमी त कामैले पनि पेट पाल्न नपाएको एउटा विवश जिन्दगी बोकेर
एउटा विवश इतिहास गुजारिरह्यौं बाँचुन्जेल !
तिमी फलामको मेसिन हौं,
सामान बोक्ने गाडी होइनौं तिमी
गाडी बोक्ने मेसिन हौं
त्यसैले त कुनै मेसिन झैँ बाँच्यौं तिमी
अमूल्य जुनि पाएर पनि
जुनिभर मूल्यहिन जिन्दगी बाँच्यौं तिमीले
बेहिसाब बेहिसाब भएर
जुन देशमा जहाँ ढुंगाको मूल्य हुन्छ
तर मान्छेको कुनै मूल्य हुँदैन
त्यही मान्छे हौं तिमी
जो सिङ्गै जुनि गाडी बोक्ने
मान्छेको नामले बेनाम भएर बाँचिरह्यौं !
बेमुल्य तिम्रो श्रम, बेहिसाब तिम्रो पसिना
कहिले पायौं र कहाँ पायौं ? तिमीले
तिम्रो श्रमको मूल्य अनि पसिनाको मुल्य
सोध्नु थियो तिमीसँग, केही प्रश्न
उल्टै पायौ कति ? इनाम स्वरुप
शरीरभरि कोर्राका निलडामहरु
अनि खायौं कति ? बुटजुत्ताका लातहरु
लायौ कुन–कुन नामले ?
तिमीलाई अनेकौं बातहरु !
हो म्हेमे, तिमी जस्ता
बेनामहरुको इतिहास लेखिन्नन् यहाँ
बकुल्लाको फुल चोरी खाइ सेता भएका
नागरिकहरुको यो देशमा अनि लेखिन्न,
आमाकै काखमा अनागरिक भएका
तिमी जस्ता कयौंको इतिहास यहाँ
बरु बलजफ्ती मेटिन्छन् तिमी जस्ताको
इतिहासहरु कालो मसिले पोतेर !
त्यसैले, हो म्हेमे,
तिमी नलेखिएको एउटा इतिहास हौं
यो देशको कुनै इतिहासको पानाहरुमा
किन अटिएन त !
तिम्रो नाम इतिहासमा
किन लेखिएन त !
तिम्रो नाम इतिहासमा
किन कि, तिम्रो काँध ठूलो
तिम्रो आँट ठूलो
तिम्रो काम ठूलो
तिम्रो नाम ठूलो
त्यसैले त अटेन नि
तिम्रो नाम !
संकुचित इतिहासका पानाहरुमा !
म्हेमे, तिमी धिक्कार मान्नु पर्दैन कुनै
हामी धिक्कार मान्दैनौं कुनै
धनबहादुर इतिहासमा नलेख्दैमा
तिमी त भारी बोक्ने भरिया पो हो त
तिमी त गाडी बोक्ने म्हेमे पो हो त
किन कि यो देशको इतिहासमा सुहाउँदैन
कुनै भरियाको नाम, कुनै पिपाको नाम,
अनि तिमी जस्ता गाडी बोक्ने म्हेमेहरुको नाम !
यदि,
यो देशको कुनै इतिहासकारले झुक्किएर,
भुलिएर तिमी जस्ताको नाम लेखियो भने कतै
उसलाई संसारले धिकार्ने छ
पागल इतिहासकार भनेर !
हो, इतिहासमा तिम्रो नाम सुहाउँदैन म्हेमे
किन कि आजसम्म यो देशको इतिहासमा
देशै निल्ने अजिङ्गरहरुको मात्र नाम लेखिन्छ
काला काम गर्ने र
काला मान्छेहरूको मात्र नाम लेखिन्छ
त्यसैले,
इतिहासले तिम्रो नाम नलेखेरै राम्रो र्गयो
कि धुर्ग्न्धित नामहरुको फोहोर ढलमा
तिम्रो नाम मिसिन त पाएन
रत तिम्रो नाम डुङ्डुङ्ती गनाउनु परेन !
त्यसैले पनि हामी गर्व गर्छौं
तिम्रो सोझोपनाको
तिम्रो इमानदारीताको
तिम्रो कामको
तिम्रो काँधको
तिम्रो दर्बिलो छातीको
तिम्रो बेनामको !
म्हेमे, तिमी हेरिरहनु
कतै क्षितिजबाट
यी काला कामहरुले भरिएको,
काला नामहरुले भरिएको,
अनि काला कलमले लेखिएको
यो देशको कालो इतिहास
एकदिन आफैं पतन हुनेछ
अनि रचिने छ एउटा नयाँ इतिहास
जहाँ लेखिने छ
तिमी जस्ता भोकाहरुको नाम,
नाङ्गा आँङहरुको नाम,
शरीरभरि निलडाम भोक्नेहरुको नाम,
छातेहरुको नाम, ढोकेहरुको नाम,
हुक्केहरुको नाम,
पिपाहरुको नाम, भरियाहरुको नाम,
गाडी बोक्ने म्हेमेहरुको नाम,
धनबहादुरहरुको नाम
अनि लेखिने छन्, छुटिएका नामहरु,
लुटिएका नामहरु, मेटिएका नामहरु,
हत्केलाले छेकिएका नामहरु,
इतिहासले बिर्सिएका नामहरु, कतै नदेखिएका नामहरु,
कतै नभेटिएका नामहरु,
कतै नलेखिएका नामहरु रातो कलमले !
म्हेमे, तिम्रो शरीर ढलेर के भो त !
तिमीलाई भेट्न नपाउदैमा
तिमीलाई देख्न नपाउदैमा
भो पछुतो नि गर्दिन अब
बरु गर्व गर्छु
तिमी जिउँदो इतिहास भएर
ठिङ्ग उभिएका छौं, सबको अघिल्तिर
कालो इतिहासको साँक्षी बनेर !
हो म्हेमे,
तिमीलाई आँखाको आँसु भएर
बग्न दिने छैनौं हामी
जो अस्तित्व विहीन भएर जान्छ
तिमी त हाम्रो रक्त नसा–नसामा
रातो तातो रगत भएर बगिरहने छौँ
एउटा छुट्टै अस्तित्व बोकेर
जिउँदो इतिहासको जिउँदो सान बनेर !
तिमीले भारी बोकेको
तिमीले गाडी बोकेको
त्यो भिमफेदिको उकाली ओराली
तिम्रै सम्झना बोकेर कल्पनामै भए पनि
डुलिरहेँ निकैबेर, भुलिरहेँ निकैबेर
तिमिले टेकेको गोरेटोमा
तिमीले टेकेको माटोमा
तिम्रै पाइलाको डोबहरु
माटोको सुगन्धमा
साँच्चिकै लठ्ठिएछु, हराएछु
म्हेमे, मात्र तिमीलाई भेटें
मात्र तिमीलाई देखें
गौरवशाली अनुहारसहित
र, बाचा गरेँ तिमीसँग एउटा
कहिल्यै फुल्न नपाइ झरिएका
तिम्रा सपनाहरूलाई फुलाउने छौँ हामी
तिमीले भारी बोकि हिडेको बाटोहरुमा
तिमीले टेक्ने गरेको माटोहरुमा !!

म्हेमे धनबहादुर गोलेप्रती समर्पित श्रद्धा सुमन
२९ पुस २०७२ याम्बु

माघ २३ गते, २०७२ - १३:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top