पौष १८ गते, २०७२ शनिवार 2nd January, 2016 Sat०८:४९:५८ मा प्रकाशित
कला रचनामात्रै कलाकारका लागि ठूलो विषय होइन, यसले लिने बजार पनि महत्वपूर्ण पक्ष हो । अहिले विश्वमा कलाको बजार पैmलिदै गएको छ । पहिला युरोप र अमेरिकाले धानेको कलाको बजार अहिले चीन र भारतले थामेका छन् । चीनमा कलाक्रेता बढ्नु र भारतमा कलाको माग बढ्नु संयोगमात्र नभई कलाको बजार एसियाका यी दुई शक्तिशाली देशमा सरेको सहजै अनुमान लगाउन सकिन्छ ।
यी दुई देशबीचको नेपालले कलाबाट खासै फाइदा उठाउन सकेको छैन । तर, नेपालका कतिपय कलाकारले यी देशमा गर्ने कलाप्रदर्शनी र कलाक्रेता सोझै नेपाल आएका बेला किन्ने कलाकृतिको संख्या बढ्दै गइरहेको छ । अहिले नेपालबाट चीनमा अरबौंको परम्परागत थाङ्का÷मूर्ति कलाको मागसँगै व्यापार पनि भइरहेको छ ।
केहीदिन अगाडि हङकङमा १५–१६ औं शताब्दीतिरको एक थाङकाको बिक्री साढे चार करोड डलरमा भएको समाचार आयो । त्यस लगत्तै बौद्ध धर्मसँग सम्बन्धित मूर्तिहरुको लिलाम बिक्री सिंंगापुर, अमेरिकालगायतका स्थानमा भइरहेका समाचारले अहिले विश्व कला बजार तातेको छ । त्यस्तै जापानमा पनि नेपाली पौभा कलाको बजार राम्रो रहेको छ ।
हुनत थाङ्का कलालाई तिब्बती कलाका रुपमा प्रचार गरिए पनि यो बनाउने काममा नेपाली कलाकार नै बढी छन् । कुनै राजनीतिक उद्देश्यका लागि तिब्बती नाम दिएर व्यापारीले यसो गरेतापनि यो बिस्तारै नेपाली कलाकारका नाममै चिनिन थालेको छ । हिमाली भेगमा बसोबास गर्ने बौद्ध धर्मालम्बीले बनाउने यो कला अहिले विश्वमा प्रसिद्ध छ । पछिल्लो समय यसमा सबै समुदाय र क्षेत्रका मानिसले पनि काम गरिरहेका छन् । नेपालमा २० हजारभन्दा बढी मानिसले थाङ्का कला बनाउने अनुमान गरिएको छ । चिनियाँहरुले पनि नेपालबाटै खरीद गरेर लगेका छन् । त्यस्तै पौभा काठमाडौंका नेवार समुदायले बनाउने कलाका रुपमा प्रसिद्ध छ । यसमा हिन्दु तथा बौद्ध धर्मका विषयलाई कलाकारले चित्रमार्फत व्यक्त गरेका हुन्छन् । यी कला बनाउने नियम छन् । तिनै नियममा रहेर कलाकारले चित्र बनाउँछन् ।
परम्परागत मूर्तिकला पनि नेपालबाट चीन, भारत, भुटान, थाइल्याण्ड, कोरिया, जापान, युरोप, अमेरिका लगायतका बौद्धधर्मालम्बी भएका मुलुकमा निर्यात भएको पाइन्छ । यी कलाको बजार विश्वमा व्यापक रहेको छ । त्यस्तै माग पनि बढ्दै गएको छ । चिनियाँ पर्यटक नेपाल आउन थालेपछि उनीहरुले थाङ्का कलाको खरीदलाई बढाएको व्यासायीले बताएका छन् । पौभाकलाको बजार नेपाल र नेपाल बाहिर बढ्दै गएको छ ।
माग अनुसार कलाको आपूर्ति हुन सकेको छैन । परम्परागत कला बनाउने प्रायः कलाकार एकदेखि दुई वर्षसम्म फुर्सदै नपाउने स्थितिमा रहेको थाङका कलाकार पाल्साङ्मो लामा बताउँछन् । उनी पनि पाँच छजना सहयोगी राखेर काम गरेको बताए ।
त्यस्तै मिथिला कलाको बजार पनि नजाँनिदो तबरले बढिरहेको छ । विश्वमै मिथिला कलाले बजार पाएको छ । मिथिला कलाको बजार बढ्दै गइरहेको मिथिला येँ आर्ट ग्यालरीका क्यूरेटर श्यामसुन्दर यादवले बताए । मिथिला कलाको मौलिकपनकै कारण यसको व्यापारमा उल्लेख्य बृद्धि भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एससि सुमनले बताए । मिथिला कलाप्रति चिनियाँहरुको पनि आकर्षण बढ्दै गएको छ ।
नेपालबाट बेचिने कलामा आधुनिक कलाको पनि ठूलो हिस्सा विदेशीले नै ओगटेको पाइन्छ । हुनत पछिल्लो समय नेपालीहरुले पनि कला संग्रह गर्न थालेका छन् । कलामा रुची बढ्दै गएपछि संकलन गर्ने नेपालीले पनि नेपाली कलाको बजारलाई बिस्तार गर्न सघाउँ पु¥याएकै छन् । नेपाली कलाकारको जीवनस्तर पनि सुध्रिदै गएको छ । उनीहरुको आय बढेसँगै जीवनस्तर सुध्रिएको हो । कलाको बजार अन्तरिक तथा बाह्य दुवैमा बढ्दै गएको छ । यससँगै यो क्षेत्रको व्यापकता र बिस्तारका लागि राज्यले राष्ट्रिय ललितकला नीति बनाई कलालाई नेपाल आउने पर्यटकका लागि नेपालको विशेष चीजका रुपमा विदेशमा प्रचार गर्न सक्यो भने यसले नेपालमा आय मात्रै होइन रोजगारीको पनि सिर्जना गर्न सक्दछ । समग्रमा हेर्दा नेपाली कलाको बजार व्यवस्थापन राज्य तहबाटै हुन सक्यो भने पनि आन्तरिक तथा बाह्य रुपमा कलाको माग बढ्न गई आर्थिक आयआर्जनमा नेपाललाई फाइदै हुने देखिन्छ । यससँगै कला क्षेत्रका बेग्रल्ती समस्या रहेका छन् । कला शिक्षा काठमाडौं केन्द्रीत मात्रै छ । नेपाली मौलिक कलालाई शैक्षिक रुपमा लैजान सकिएको छैन । त्यस्तै कलाको खोज अनुसन्धान गर्नुपर्ने, कला ग्यालरी खोल्नुपर्ने, कलाकारको जीवन कलाबाटै माथि उकासिन्छ भन्ने अनूभूत गराउनका लागि राज्यले पहल गर्नुपर्ने, बिचौलियाबाट हुने ठगीलाई रोक्नुपर्ने लगायतका विषयमा राज्यले पहल लिने हो भने नेपाली कलाको बजार बढ्दै जान्छ ।
हुनत अहिले नेपाली हस्तकलाजन्य सामाग्रीले नेपालको व्यापार घाटामा टूलो सघाउँ पु¥याएको नेपाल हस्तकला महासंघले जनाएको छ । राज्यको नीति नभएकै कारण नेपाली कलाले अन्तर्राष्ट्रिय बजार जति पाउनुपर्ने हो त्यो पाउन सकेको छैन । जेजति काम भएका छन् व्यक्तिगत पहलमा नै भएको कलाकरको गुनासो रहेको छ ।
नेपालमा बन्ने कलाकृतिको माग बढ्नुमा नेपाली कलाकारले दिने गुणस्तर र शैली हो । शैलीगत रुपमा पनि नेपाली कलाको पहिचान भिन्नै रुपमा स्थापित हुन सकेको छ ।
अन्त्यमा, चीन र भारतको बीचमा रहेको नेपालले कलाको बजारमा राम्रो पकड जमाउन सक्छन् । यसका लागि राज्यले कला प्रदर्शनी, सेमीनार, दुई देशका कलाकारलाई नेपाल ल्याउन पहल गर्ने तथा नेपाली कलाकारलाई ती देशमा लैजाने वातावरण बनाउनु पर्दछ ।
यही स्थिति रहेमा पनि नेपाली कलाकारका कलाकृति अबको दश वर्षमा नेपालमै नरहने सम्भावना बढेर गएको छ । नेपालीको यही औसत आयमा नेपाली कलाकारका कलाकृति खरीद गर्न पनि गाह्रो हुने अवस्था निर्माण हुँदै गएको छ । किनकी नेपाली कलाकारका कलामा बिस्तारै चिनियाँ र भारतीय कलाक्रेता तथा पारखी घरघरमै गएर कला खरीद गर्न थालिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: