Khabar Dabali Logo
  December 6, Fri

जाडो

sakuntala joshi

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कहाँबाट छिर्छ रातविरात यो बतास र

फेरि चिसिँदै गएको हाम्रो ओछ्यान ?
किन हाम्रै छिँडी वरिपरी मात्रै घुमिबस्छ यो चिसो स्याँठ
किन हल्लाइबस्छन् बतासका यी हातहरु
भत्किनै लागेको झ्यालका खापा
सुकुमाया !
लखेट्दै एक मुठी घामभन्दा पर
किन आइबस्छ हरसाल यो जाडो हाम्रै झुपडीमा ?

तिम्रो बाफिलो निश्वासले
कम्तिमा तातै छ छाति र हिडिरहेछ धमनी उघारेर रगत
तर लुगलुग लुगलुग काँपिरहेछ गोडा
बढिरहेछ कम्पनको डिग्री उकालैउकालो
यो रात किन चढ्दैन मलाई तिम्रो गन्धको नशा ?
किन तात्दैन जिउ आधारातसम्म ?

सुकुमाया !
तिमी त आगो थियौ आगो
त्यही आगोमा म जल्थेँ हररात र अग्राख बन्थेँ
जल्थे पुल्ठोहरु र मसाल बन्थेँ
ठोसेर तिनै आगो गीत बन्थे र गाउँथे मानिसहरु
झोसेर तिनै कोइला संगीत बन्थे र नाँच्थे नानीहरु
तिम्रै आँखाको झिल्का टिपेर
कविता लेखे कविहरुले
तिम्रै न्यानोमा सेकिएर लोलाउँथे केटाकेटी
तिम्रै हातको अगुल्टो सल्काएर जवानहरुले
घेरेका थिए राजाको दरबार
र सल्काइएको थियो नयाँ दरबारको मकल
आजसम्म त्यही आगो ताप्दै आएको छ सिंहदरबार
यसरी बिर्सिदै गयो त्यो दरबारले
आगोको मूल र त्यसकी जननीलाई

सुकुमाया !
कस्तो ठिहि¥याइरहेछ हातहरु
ठुकठुक ठुकठुक ..
मुटुतिरै बढिरहेछ जाडो सूल
कालभैरव पनि काँपिरहेको हुनुपर्छ यत्तिबेला
सिंहदरबार अगाडी मूल सडकमा
निर्विघ्न यसरी नै दौडिरहेको हुनुपर्छ जाडो
देखेनौ ? कसरी सडकमा गुडुल्किएका छन् अनाम केटाकेटी
के थाहा तिनले भोली बिहान देख्छन् कि देख्दैनन् ?
थाङ्ना–भोगटामा मुख गाडेर
बालुवाटार चोकमै पस्रिएकी त्यो बहुलाहीको आयु
यो जाडोले तय गर्ने छ पक्कै

एई सुकुमाया !
कसरी सुतिरहन सकेकी
यस्तो निर्दयी जाडो ओछ्याएर ?
हेर ! झनझन चिसिदो छ यो मञ्जुश्रीको खाल्डो
चिसो छ सरकारको दिमाग
फ्रीज भएका छन् तिनका हातगोडा
सुखीपुरमा एउटा धुस्सा नपाएर तिम्रा बौवाहरु
हारिरहेछन् जीवनसँग
निम्छरो तिम्रो सरकार
फ्रीज बजेटको शीर्षक लगबुकमा भरिरहेछ

प्रेयसी, कति कुरुप हो जाडो !
कसरी घट्दै गइरहेछ जवानहरुको छातिको धड्कन ?
र चिसो राहदानी बोकेर
देश छाडिरहेछन् तिनीहरु
नीलो हुँदै गएका ओंठ लिएर
कसरी पस्किरहिछे कान्छी तामाङ
गिद्धजस्तो ग्राहकलाई चिसो देह ?

सुकुमाया !
फूलचोकीबाट हुरहुराउँदै बेग मारिरहेछ
हिउँको लर्को यतैतिर
डोल्पालीहरुको देश निल्यो रे हिउँले
मेरै पिठ्युँमा धाप थप्थपाउँदै जो आयो
उसैले मेट्यो रे मेरो देशको नाम जङ्गे पिल्लरबाट
हैन के साह्रो बढेको हिमपात बेथितिको ?
अझै उठेनौ भने तिमी
फेरि जगाएनौ भने आगोको बिउ हरेक चुल्हामा
भरिएन भने मान्छेको छातिमा न्यानो
फेरि जखेनौ भने सिंहदरबारसामु रामधुनी
जम्न सक्छ सरकार
जम्यो भने राज्य
चल्यो भने देश कोमामा
कहाँ रहला तिमीले टेक्ने धरती
र ओढिबस्ने आकाश ?

पुस १८ गते, २०७२ - १४:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषध गाँजासहित एक भारतीय पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ...   

भक्तपुरकाे सल्लाघारीमा टिप्परले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

मध्यपुरथिमि । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा...   

बबलात्कारको आरोपमा सिद्धबाबा पक्राउ

विराटनगर । बबलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले मोरङको विराट नर्सिङ...   

बढ्दै गए स्वास्थ्य सेवा लिँने एचआइभी सङ्क्रमित

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जनाले एचआइभी सङ्क्रमित औषधि सेवा र नियमित स्वास्थ्यजाँच...   
पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

गलकोट । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’का नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विकासमा...   

टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

खस्यौली । भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

यि हुन् मन्त्रिपरिषदका दुई निर्णय

काठमाडौं । सरकारले नेपाल भारत पारवहन सन्धि पुनरावलोकका लागि समिति गठन गरेको छ। बिहीबार सञ्चार तथा...   

८ किलो सुनसहित विमानस्थलबाट समातिए २ चिनियाँ नागरिक

काठमाडौं । हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो अवैध सुनसहित...   
आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

काठमाडौं। ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई निष्काशन गरेको छ । बुधबार बसेको केन्द्रीइ...   

अमेरिकामा दैनिक ६२ लाख ब्यारेल पेट्रोलियमको आयात, पछिल्लो साता झनै बढ्दै

एजेन्सी । अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top