Khabar Dabali Logo
  December 12, Thu

गोलाकार सुनामी

Muktan_Theba_150-170

महाशय !
तिमी मलाई
भकारोको गोब्रे किरा देख्न सक्छौ
घु¥यानको गड्यौला देख्न सक्छौ
अर्थात्
मलाई मान्छे नदेख्न सक्छौ

चिप्ले किराजस्तै निरिह देख्न सक्छौ
पानी सुकेर समाहामा
मर्दै गरेको घुँगी देख्न सक्छौ
सर्पको मुखमा
गुहार मागिरहेको
भ्यागुता देख्न सक्छौ
सक्छौ तिमी
मलाई जिउँदो लास देख्न सक्छौ
अर्थात्
मलाई मान्छे नदेख्न सक्छौ

देख्न त
दुईसय चालीस वर्षदेखि
तिम्रो अहङकारले भकुर्दा–भकुर्दा झुम्रिएको
मेरो झुम्रे टाउको देख्न सक्छौ
तिम्रो एकतर्फी दलनले चेपिँदा–चेपिँदा चेप्टिएको
पेरुङ्गे आँखा देख्न सक्छौ
तिम्रो अभिमानको पिँधमा थिचिँदा–थिचिँदा थेप्चिएको
थेप्चे नाक देख्न सक्छौ
तिम्रो हिंश्रक नंग्राले चिथोर्दा–चिथोर्दा ख्याउटिएको
कुरुप गालाको
सिङ देख्न सक्छौ
अपमानको आगो निल्दा–निल्दा
अस्थिपञ्जर भईसकेको
मेरो छातीे देख्न सक्छौ

तिम्रो सजातीय बिरासत बोक्दा–बोक्दा
खिइसकेको
मेरो कुम, कम्मर, हात, खुट्टा
र जीर्ण ढाड देख्न सक्छौ

तर
तिमी देख्न सक्दैनौ
मेरो आँखामा
दनदन दन्किरहेको बदलाको आगो
मेरो गिदीमा भुमरी उठिरहेको
प्रतिरोधको आँधी
मेरो भोको पेटभित्र उम्लिरहेको
स्वाभिमानको भोक

मेरो रगतको छाल माथि–माथि उर्लिरहेको
गोलाकार सुनामी

जब
मेरा यी तागतहरु
तिघ्रा बजार्दै
तिमीबिरुद्ध
उत्रिनेछन्– कुस्तीको रीङमा
के,
के तिमी रोक्न सक्छौ ?
को बजाउँछ तिम्रो
शोक धून ?

२०७२–०५–२४ (याम्बु)

पुस १८ गते, २०७२ - १४:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषध गाँजासहित एक भारतीय पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ...   

भक्तपुरकाे सल्लाघारीमा टिप्परले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

मध्यपुरथिमि । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा...   

बबलात्कारको आरोपमा सिद्धबाबा पक्राउ

विराटनगर । बबलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले मोरङको विराट नर्सिङ...   

बढ्दै गए स्वास्थ्य सेवा लिँने एचआइभी सङ्क्रमित

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जनाले एचआइभी सङ्क्रमित औषधि सेवा र नियमित स्वास्थ्यजाँच...   
पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

गलकोट । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’का नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विकासमा...   

टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

खस्यौली । भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

८ किलो सुनसहित विमानस्थलबाट समातिए २ चिनियाँ नागरिक

काठमाडौं । हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो अवैध सुनसहित...   

यि हुन् मन्त्रिपरिषदका दुई निर्णय

काठमाडौं । सरकारले नेपाल भारत पारवहन सन्धि पुनरावलोकका लागि समिति गठन गरेको छ। बिहीबार सञ्चार तथा...   
आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

काठमाडौं। ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई निष्काशन गरेको छ । बुधबार बसेको केन्द्रीइ...   

अमेरिकामा दैनिक ६२ लाख ब्यारेल पेट्रोलियमको आयात, पछिल्लो साता झनै बढ्दै

एजेन्सी । अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top