Khabar Dabali Logo
  December 14, Sat

एक अफ्रिकी कविको कविता– अफ्रिका के हो ?

okot

अफ्रिका के हो
मेरो लागि ?
कालो,
धेरै, धेरै नाप्नै नसकिने गहिरो
अध्यारो

अफ्रिका
अल्छि बडेमाको
घाममा सेकिरहेको
सुतिरहेको, घुरिरहेको
सपना झट्किरहेको

जीर्ण रोगले रोगाहा भएको
कालो अज्ञानले सासै फेर्न नसकिरहेको
जकडिएको चट्टानमा दारिद्रयको

तैपनि हाँसिरहेको
सधैं हाँसिरहेको, नाचिरहेको
दुबै खुट्टामा सिक्रीहरु
छिर्लिङ् छिर्लिङ्
गरिरहेको

देखाईरहेको सेता दाँतहरु
सफा गुलाफी गिजामा
खुकुला सेता दाँतहरु
जो टोक्न सक्तैनन्
ठट्टा गरिरहेको, खित्का छोडिरहेको, नाचिरहेको …

गाडिएको स्थिर हिलोमा
अन्धविश्वासको
तसाईएको भूतप्रेतद्धारा
झाडीका खोलाका
चट्टानका
तर्सेको लासदेखि …
उ सुन्छ तर्साउने आवाज
पोखरीको छेउमा
पहाडको टुप्पोमा
देख्छ सर्पहरु
भुमरी हावामा
र दुबै देउ
इन्द्रधनुको

गुफाहरु बन्छन् निवास उसका देवताको
अथवा उ कोकी हिड्छ तिनीहरुलाई
आफ्नो टाउकोमा
अथवा काँधमा
जब उ घुमफिर गर्छ जंगलमा
वस्तुको पछि लागी,
अथवा पछ्याउँदै पद चिन्ह
हात्तीको
जसलाई उसले छोपेको छ
तर मार्न सकेको छैन

बालक,
खेलौनाका प्रेमी,
हेर उसका खेलौना हतियारहरु
भाँडाकुँडाहरु, छाप्रोमा …

खेलौना बगैंजा, खेलौना चल्लाहरु,
खेलौना गाईवस्तु,
खेलौना बालबच्चाहरु …

कातर,
आँट नभएको
नयाँ बाटोदेखि तर्सने,

दुध नछुटेको
आमाको सुकेको छातीमा टाँसिएरको,
टाँसिएको भाइसँग ,
काकासँग, कुटुम्बसँग
जातिसँग

कालोसँग,
अफ्रिकासँग,

अफ्रिका
यो सम्पन्न भकारी
निषेधको, रीतिथितिको,
परम्पराको …..

आमा ! आमा !
किन,
किन म जन्मेको
कालो ?

(नेपालमा पहिचानको मुद्दामा केन्द्रित रहेर लेखे जस्तै अफ्रिकी मूलुक जहाँका नागरिकहरु रंगभेदको चरम चपेटाबाट गुज्रिनु प¥यो । त्यहाँका कविहरुले कस्ता कविताहरु लेख्छन् भन्ने जिज्ञासालाई मेट्न यो कविता प्रकाशित गरिएको हो । ओकोट प्बिटेक अफ्रिकी महादेश युगान्डाका कवि हुन् । उनको जन्म युगान्डाको गुलु भन्ने स्थानमा सन् १९३१ मा भएको थियो । उनी कविसँगसगै समाजशास्त्री, दार्शनिक पनि हुन् । प्रस्तुत कविता ‘सङ् अफ लविना एण्ड सङ् अफ् ओकोल’ बाट लिइएको हो –सम्पादक)

पुस १८ गते, २०७२ - १४:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषध गाँजासहित एक भारतीय पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ...   

भक्तपुरकाे सल्लाघारीमा टिप्परले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

मध्यपुरथिमि । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा...   

बबलात्कारको आरोपमा सिद्धबाबा पक्राउ

विराटनगर । बबलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले मोरङको विराट नर्सिङ...   

बढ्दै गए स्वास्थ्य सेवा लिँने एचआइभी सङ्क्रमित

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जनाले एचआइभी सङ्क्रमित औषधि सेवा र नियमित स्वास्थ्यजाँच...   
पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

गलकोट । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’का नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विकासमा...   

टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

खस्यौली । भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

८ किलो सुनसहित विमानस्थलबाट समातिए २ चिनियाँ नागरिक

काठमाडौं । हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो अवैध सुनसहित...   

यि हुन् मन्त्रिपरिषदका दुई निर्णय

काठमाडौं । सरकारले नेपाल भारत पारवहन सन्धि पुनरावलोकका लागि समिति गठन गरेको छ। बिहीबार सञ्चार तथा...   
आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

काठमाडौं। ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई निष्काशन गरेको छ । बुधबार बसेको केन्द्रीइ...   

अमेरिकामा दैनिक ६२ लाख ब्यारेल पेट्रोलियमको आयात, पछिल्लो साता झनै बढ्दै

एजेन्सी । अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top