Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

दुनियाँ यत्तिकै बदलिँदैन, ब्रदर !

\"binodजीवनको ऐश्वर्यहीनता मास्न उनीहरूले उठाए बन्दुक र, हामी गुलाबी डायरीमा ऐश्वर्या रायमाथि गजल लेखेर बसिरह्यौँ भूगोलका मैला, घिनलाग्दा र निर्मम प्रतिष्ठापनहरू बढार्न उनीहरूले आह्वान गरे आँधीतुफान र, हामी सन्नाटाको कीर्तन गाएर बसिरह्यौँ नक्साका धर्सा–धर्सालाई आफ्ना रगताम्य पाइतालाले टेकेर उनीहरूले देश चिने, बुझे, महसुस गरे र, हामी गुगलमा देश खोजेर बसिरह्यौँ १०... २०... ५०... १००...१००० ढलिरहेका थिए उनीहरू खेत, जंगल, बगर, जेल, ब्यारेक र यातनागृहमा र, हामी मृत्युलाई केवल अंक ठानेर बसिरह्यौँ छाती च्यातिएर मुटु बाहिर निक्लँदा उनीहरूले आमा सम्झे तर गरेनन् आत्था एक खेप न निकाले क्रन्दन एक लवज र, हामी आलपिनको घोचाइमा रोएर बसिरह्यौँ उनीहरू हिँडिरहे, दौडिरहे, भौँतारिरहे र, हामीहरू बसिरह्यौँ पलेटी कसेर बसिरह्यौँ उपरखुट्टी लाएर बसिरह्यौँ गोडा पसारेर बसिरह्यौँ सुविस्तासँग बसिरह्यौँ सुविधापूर्वक बसिरह्यौँ उनीहरू हरेक अश्लीलताको विरोधमा मुट्ठी उठाएर हिँडिरहे हामी उनीहरूलाई भद्दा गाली गरेर बसिरह्यौँ उनीहरू हरेक अपमानको बदला लिन आगो ओकल्दै हिँडिरहे हामी उनीहरूमाथि हेलाको फोहोर पानी छ्यापेर बसिरह्यौँ दुनियाँ यसरी बदलिँदैन, ब्रदर ! दुनियाँ यत्तिकै बदलिँदैन, ब्रदर ! हामी पर्खेर बसिरह्यौँ– आउनेछ कुनै महानायक अदृश्य अनि तिलस्मी हतियार भिरेर जसले एक बिहान हामी बिउँझदा यो धर्ती बदल्दिसकेको हुनेछ सर्वत्र हुनेछन् समृद्धि र खुसीयाली मधुर संगीत गुञ्जिनेछ दशै दिशामा कहीँकतै आर्तनाद हुने छैन तर, उनीहरूले यो प्रतीक्षालाई मूर्खता भने आत्मघात भने उनीहरू आफैँ महानायक हुन तम्सिए ब्रदर ! उनीहरू एउटा प्रचण्ड एउटा किरण, वा एउटा डा. बाबुराम भट्टराईका लागि मरेका थिएनन् एक न एक दिन आफ्नै कायरताले अवश्य हमला गर्नेछ हामीलाई र, त्यो दिन हामी खूब रुनेछौँ हामीजस्ता कृतघ्नहरूका लागि पनि मरिदिने उनीहरूलाई सम्झिएर हो, खूब रुनेछौँ हामी जसरी रोएका थिए उनीहरूका प्रेमिका÷पत्नी÷छोराछोरी र आमाबाबु कुनै सर्कस टोलीको खेला होइन यो धेरथोर बदलाव दुनियाँ यत्तिकै बदलिँदैन, ब्रदर !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies