Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

चमत्कारवाद

\"esmali\"आज नेताजी असाध्यै खुशी थिए र भुइँमा न भाँडामा भएका थिए, किनकी चमत्कारवादले अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।   कथाकहानीमा भनेजस्तो रामराज्य धरतीमा धेरै पहिल्यैदेखि  थिएन । नेताहरू भन्ने गर्दथे—रामराज्यरुपी सुखको स्वर्ग हरण गर्ने र त्यहाँ पुग्ने बाटो थुनछेक गर्ने शत्रु साम्राज्यवाद हो । त्यसका नाकमा नत्थी नलगाइ हुन्न । यस काममा हामीलाई तपाईँ जनताहरूको सहयोग चाहिन्छ ।   जनताले होस्टेमा हैंसे गरे । बागमति, कोशी, कर्णाली र गण्डकीमा धेरै ढल र पानी बग्यो तर जनताको सुखको स्वर्गको अत्तोपत्तो देखिएन । अब त त्यहाँ  पुग्ने डोरेटो पहिल्याइयो जस्तो लाग्न थाल्दा अगुवा नेता रावणरुप धारण गर्दै भन्थ्यो— रामराज्य ईस्स । अनि शत्रुको बगालमा मिसिँदै खित्तित्त हाँस्थ्यो । जनजनको उत्साहमा तुवाँलो लाग्थ्यो । तर बिचरा जनता फेरि जोशजाँगर जुटाउँथे र भन्थे— जनताको शत्रु— मुर्दावाद ! जनताको एकता— जिन्दावाद !!   जनताको जोश उत्साह बढदै गएको देखेर नेताहरू फेरि जुर्मुराए, दुःखी जनतालाई सुम्सुम्याए । जनजनलाई दुःखपीडाको दुर्दान्त खाडलबाट माथि उकालेर सुखको स्वर्गको सयर गराउन लागिपरेको पार्टीको नारा थियो — रामराज्य— जिन्दावाद । जगतभरिका दुःखी जनता— एक होऔं ।   दुःखले थिलथिलिएका जनताले ठाने— हाम्रो असली अगुवा यही हो । यही पार्टीले दुःखको भवसागरबाट पार लगाउँछ ।   यस्तैमा एक दिन त्यही दलमा नयाँ नेता देखाप¥यो । नाम थियो, चमत्कार । उसको बोलीमा मिठास, कुरामा जादू, रुपमा मोहिनी थियो । साथमा साथी थिए चटक, करिष्मा, घुलन र छलाङ् । कहर काट्दा–काटदा कुथुर्किएका जनले सोचे — साँच्चैका नेता भन्या त यी पो हुन् । र, जनता उसकापछि लागे । हिँडदाहिँडदा थाकेर चौतारीमा बिसाउँदै गर्दा एक दिन तिनले सोधे, “बाटो त धेरै हिँडियो,कमरेड । सुखको स्वर्ग हाम्रो पोल्टामा कहिले पर्ने होला ?”   उसले भन्यो, “ हाम्रो सुखको स्वर्गको बाटो छेकुवा साम्राज्यवाद हो । त्यसको अहिलेको खाँटी नाइके वाशिङटन हो, त्यसलाई हाम्रो चमत्कारवादले मात्र धूलधूसरित पारेर तह लगाउन सक्छ ।” “तर यो चमत्कारवाद कहाँबाट आयो ? शास्त्रमा त भएजस्तो लाग्दैन ।” जनताको बगालमा शङ्का सुसायो ।   “धत् के भा साथीहरू ! यति जाबो कुरा पनि नबुझ्ने ? यो त हाम्रो विशिष्ट परिस्थितिको उपज हो । देशदेशका आफ्ना विशिष्टता हुन्छन् । दुई ढुङ्गाकोबीचको तरुललाई अब चमत्कार गरेर डाइनामाइट बनाउनु पर्छ ।” उसले सम्झायो ।   आशामुखी जनले उल्लसित हुँदै भने, “ साम्राज्यवाद— मुर्दावाद । नाइके वाशिङटन— मुर्दावाद । चमत्कारवाद— जिन्दावाद । कमरेड चमत्कारको— जय ! जय !! ”   दिन, साता, पक्ष, महिना, अयन, वर्ष गर्दै वर्षाैं बित्यो । आफ्ना लावालस्करसहित नेता चमत्कारज्यूले डाडुपुन्यु समाई बसेको वर्षौं भईसक्दा पनि जनगणको बेथिति जस्ताको तस्तै रह्यो — नाङ्गा नाङ्गै, भोका भोकै । चम्किला पोटिला भए त नेतागण मात्रै । रामराज्यरुपी सुखस्वर्ग त  चमत्कार, चटक, करिष्मा, छलाङ प्रवृृतिका घरआँगनमा मात्र फुत्रुक्क ओल्र्यो । हुन त यो पनि एउटा चमत्कार नै थियो । जगतै उज्यालो पार्छु भनी विश्वासमा पारेको जनलाई आफ्नो मायावी मन्त्रणाले वशीभूत पारेर उज्यालोजति आफ्नो र मण्डलीको खोपीमा थुपार्दा पनि जनतालाई आफ्नो जयगान गाइरहने बनाउन सक्नु पनि चमत्कारवादको विशेषता हो । चटकी चमत्कारको यस्तो कीर्ति ‘एक कान, दुई कान, मैदान’ हुँदै वाशिङगटनको कानमै पनि पुग्यो । वैरी त के, छेउछाउको वायूधरीसँग नाकमुख खुम्च्याउने वाशिङगटन जनता भनेपछि कान  थुन्थ्यो, जनवाद भन्नेउपर आइलाग्थ्यो, रामराज्य भन्नेलाई खेदै गथ्र्यो । पहिलेपहिले चमत्कारमण्डलीको खेदो गर्ने वाशिङगटन पनि दिल्लीको बुई चढेर एक दिन चमत्कार कहाँ  आइपुग्यो । आफ्नो आँगनमा वाशिङगटनलाई देखेर चमत्कार मखलेल भयो । वाशिङगटनलाई रिझाउन उसले आफ्ना अगुवा सिद्धान्तकारका लोगो र झण्डा पनि सोफामुनि लुकायो । खातिरदारी पनि राम्रो  ग¥यो । वाशिङटन र डिल्ली दुबै प्रसन्न भए ।   प्रसन्नचित्त अतिथिले भने,“वत्स,तिमी त हाम्रो भक्त रहेछौ । अनाहक हामीले तिमीलाई अन्यथा ठानेछौं । हाम्रो अनुकुलको समुन्नत विश्व निर्माणका लागि हामी हातेमालो गरेर अघि बढौं ।”   “जसो मर्जी हुन्छ ख्वामित । तर डाडुपुन्यू समाईबसेको सेवकलाई आफ्नो विशिष्ट शैली त्याग्न गाह्रो हुन्छ ।” चमत्कारले विन्ती बिसायो ।   “तथास्तु !” अतिथि अलप भए ।   चमत्कारमण्डलीको खुशीको सीमा रहेन । यही खुशीयालीमा नगरमा विशाल सभाको आयोजन भयो । नेता चमत्कारले मञ्चबाट उदघोष गरे, “क्रान्तिकारी जनगण, वाशिङटन र डिल्लीले हाम्रो पार्टीलाई मान्यता दिएको छ । वाशिङगटन र डिल्लीको एकसाथ मान्यता पाउने हाम्रो महान र गौरवशाली पार्टी संसारकै पहिलो पार्टी हो । यो हाम्रो चमत्कारपूर्ण नेतृत्वको चमत्कार हो । अब हामी रामराज्य स्थापना गर्ने क्रान्तिको रक्तमुछेल चरणबाट छलाङ मार्दै शान्तिपूर्ण चरणमा प्रवेश गरेका छौं । अबको युद्ध त्रेता र द्वापरको जस्तो धनुर्युद्धले सम्भव छैन । साथीहरूले त्यो जडता त्याग्नुपर्छ, अनिमात्र हामी रामराज्य प्राप्त गर्न सकौंला । अब त्यो धेरै टाढा पनि छैन ...” भन्दै थिए, दर्शकका घानमा बसेका सेतै फुलेका वृद्ध जङ्गिदै उठेर गर्जन थाले, “हामीलाई थाङनामा लोटाउने जाली कुरा बक्न छाडिदेऊ । पाल्सी कुरामा अलमल्याएर तिमी हाम्रा सन्ततिको वलिदान व्यर्थ पार्न खोज्दैछौ । साथी हो, यिनका चिल्ला कुरामा नभुलौं ।” ‘जनताको शत्रु—मुर्दावाद । गरिब जनता — एक होऔं ’को नारा उराल्दै ती वृद्ध कराए र एकछिनसम्म कराईरहे । सभामा खैलाबैला मच्चियो । चमत्कारमण्डलीले तिनलाई वरिपरिबाट घेरे । नेता चमत्कार मञ्चबाट माइकमा कराए, “आदरणीय जनसमुदाय, तपाईंहरू धैर्य गर्नुस्, शान्त रहनुस्, केही भएको छैन । लामो लडाईंमा फल प्राप्तिमा ढिलो हुँदा हाम्रो धैर्य टुट्छ, त्यही भएको हो । तर हाम्रो रामराज्यरुपी आन्दोलन जारी छ । चमत्कारवादको विशिष्ट बाटोबाट मात्र त्यो लक्ष्य प्राप्त हुन सक्छ ...।”   तर सभा खल्बलिसकेको थियो । तैपनि नेता चमत्कार जनतालाई सम्बोधन गर्ने प्रयास गरिरहेका थिए । खैलाबैला साम्य नभएपछि नेताले चमत्कारी शैलीमा सभा विसर्जन भएको घोषणा गरे ।   (पुष्पनगर, वानेश्वर, काठमाडौं) ०००
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies