Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मैले कसरी पढें–२

\"maxim-gorki\"जति बढी मैले पढें त्यति नै बढी पुस्तकहरुले संसारप्रति मलाई आवद्ध बनाए र मेरा निम्ति जीवन बढी नै चहकिलो र महत्वको बन्न थाल्यो । मैले संसारमा मेरो भन्दा निकृष्ट र कठिनतर जीवन बाँचिरहेका मानिसहरु फेला पारे । यसबाट मैले केही सान्त्वना प्राप्त गरें तापनि मेरो जीवनको कष्टकर तथ्यहरुप्रति म सन्तुष्ट हुन सकिनँ । मैले त्यस्ता मानिसहरु पनि भेट्टाएँ, जो आÇनो चाखअनुुसार र सुखमय तरिकाले जीवन बिताउन समर्थ थिए र कसरी त्यस्तो त्यस्तो गर्ने मेरा वरपरका कोही पनि जान्दैनथे । हरेक पुस्तकका झन्डैजसो पानाहरुमा वशीभूत पार्ने दरिला सन्देश हुन्थे र तिनले मलाई व्यग्र बनाउँथे, अज्ञात संसारतिर मलाई पु¥याउँथे र मेरो हृदय नै लुछ्तथे । सम्पूर्ण मानिसहरु कुनै न कुनै किसिमले दुःखमय जीवन बाँचिरहेका थिए, आफ्रनो जीवनप्रति असन्तुष्ट थिए र भइरहेको भन्दा राम्रोको खोजीमा थिए । र, यही त्यो कुरो थियो, मलाई तिनको निकटतर पु¥यायो र मेरो निम्ति तिनलाई बढी बुझ्न सकिने बनायो । पुस्तकहरुले उन्नत कुरा प्राप्त गर्ने शोकपूर्ण उच्च आकाङ्क्षाको कात्रोले सारा संसारलाई ढाकेका थिए र ती सबै आकाङ्क्षाहरुको आत्मा अक्षर र शब्दका रुपमा कागतमा टाँसिएका थिए र जुन क्षण मेरा आँखाहरु र मन तिनको सम्पर्कमा आउँथे, ती जीवन्त हुन पुग्दथे ।   म प्रायः पढ्दापढ्दै रुन्थें, किनभने ती मानिसहरुका बारेमा अति नै प्रेरक कथाहरु हुन्थे र मेरा लागि ती अति नै प्रिय र घनिष्ट थिए । विवेकशून्य श्रमले दिक्क बनेको र चेतनाहीन तिरस्कारबाट अपमानित ठिटो थिएँ म, ठूलो भएपछि मानिसहरुलाई सहयोग गर्ने र इमान्दारीका साथ तिनको सेवा गर्ने गम्भीर प्रतिज्ञा मैले गरें ।   परिकथाका केही अचम्मलाग्दा चराहरुसरह पुस्तकहरुले मेरा लागि तिनको गीत गाए र जेलमा परेको निर्धो कैदीसँग कुराकानी गरेजस्तै तिनले मसँग कुरा गरे, पुस्तकले जीवनका विविधता र सम्पन्नताको गीत गाए, असलपन र सौन्दर्यको प्राप्तिका प्रयत्नहरुमा मानिसहरुले गरेका ठुल्ठुला र अथक साहसको गाथा गुनगुनाए । जति धेरै मैले पढें, त्यति नै बढी मेरो हृदयमा हितकारी र मायाको भावना भरिए र म अझ धेरै शान्त भएँ । मेरो आत्मविश्वास बढ्यो, मेरो काममा सुधार आयो र जीवनले मलाई दिएका असङ्ख्य अवहेलनाप्रति मैले ध्यान दिन छाडें ।   पशुताबाट मानवतामा जान, समुन्नत जीवनको समझदारीमा पुग्न र त्यो उन्नत जीवन पाउनका लागि तिर्खा मेट्न प्रत्येक पुस्तक मेरो तलबाट माथितिरको चढाइमा एक–एक खुड्किला सावित भए । आफूले जे–जति पढेको हो, त्यो सबैबाट भरिभराउ भएर र सारा संसारका निम्ति अमृतले भरिएको भाँडोसरह अनुभव गर्दै म अफिसरहरुका नोकरहरु र ज्यामीहरुकहाँ पुग्थें, दृश्यअनुसारको अभियान गरेर देखाउँदै उनीहरुलाई कथा सुनाउँथें ।   यस कार्यले मेरा श्रोताहरुलाई प्रफुल्ल बनायो ।   “ओ हो ! कस्तो ठ्याक्कै नक्कल उतार्नसक्ने ठिटो ” मानिसहरु आश्चर्य प्रकट गर्थे । “साँच्चैको हास्य कलाकार, तिमी म घुमन्ते प्रदर्शन टोलीमा वा जात्रामा देखाइने नाटकमा पो सामेल हुनुपर्ने ” वास्तवमा, त्यो मैले अपेक्षा गरेको कुरो थिएन, तर पनि म यसबाट खुसी नै भएँ ।   जे होस्, निश्चय नै, सधैं नभएर कहिलेकाहीँ नै किन नहोस्, भ्लादिमिरका किसानहरुलाई एकपटक पनि सासै नफेरी मैले भनेका कुराहरु वाल्व परेर सुन्न लगाउन वा निकै पटक तिनलाई खुसीले उफार्न र आँसुसमेत खसाउन लगाउन म सक्षम भएँ । यस्ता कुराहरुले मलाई पुस्तकमा जिउँदोजाग्दो उद्दीपन सामथ्र्य छ भन्ने कुरामा बढीभन्दा बढी विश्वस्त बनाए ।   भासिली रैबाकोभ भन्ने एकजना युवक थिए उदास र कम बोल्ने प्रकृतिका, तर शारीरिक बल भने उनमा धेरै थियो । अरु मानिसलाई धम्क्याउनु र तिनीहरुलाई उचालेर फुत्त Çयाँक्नु उनको मनपर्ने सोख थियो । उनले मलाई एक पटक तबेलाको पछिल्तिरको एउटा कुनातिर लगेर भने :   “अलेक्सी मैले भनेको सुन, मलाई पुस्तक पढ्न सिकाऊ म तिमीलाई पचास कोपेक दिउँला, होइन भने धरोधर्म म तिम्रो टाउको फोर्नेछु, बुझ्यौं ¤” अनि उनले आफैँलाई मुक्का हानेको जस्तो अभिनय गरेर देखाए   म उनको निराशाजनक शारीरिक सक्रियताको व्यवहारबाट डराउँदै स्तत्तध भएँ र भयभीत हुँदै उनलाई पढ्न सिकाउन थालें । तर पढाइँ सुरुको अवस्थादेखि नै राम्रोसँग अघि बढ्यो । रैबाकोभ अपरिचित काममा मेहनती र साह्रै चाँडो बोध गर्न सक्षम मानिस सावित भए । एकपटक पाँच हप्ता वा त्यस्तैपछि कामबाट बाटामा फर्कदै गर्दा उनले मलाई रहस्यमय तरिकाले इशारा गर्दै बोलाए, आÇनो गोजीबाट कच्याचकुचुक परेको एउटा सानो कागतको टुक्र झिके र उत्तेजित हुँदै भट्याउन थाले :   ‘यता हेर त ! मैले यो एउटा भित्ताबाट च्यातेर ल्याएको हुँ । यसमा के लेखेको छ हँ ? एकछिन पर्ख है त – ‘घर विक्रीमा छ’ होइन त अँ ‘विक्रीका लागि हगि ?’ ‘यसमा लेखिएको त त्यही नै छ ।’   त्रस्त भएर रैबाकोभका आँखाहरु फननन घुमे र उनको निधार पसिनाले निथ्रुक्क भयो । केहीबेर मौन बसेपछि उनले मेरो काँध अँठ्याए र मेरो शरीरलाई अलि अलि हल्लाए अनि मसिनो स्वरमा भने :   “मैले बार बारेको एउटा भित्तामा हेरेको मात्र के थिएँ, ‘घर विक्रीमा छ’ भनेझैं गरी कसैले साउती मार्न थाल्यो...धरोधर्म...एकदमै मसँग कानेखुसी गरेजस्तो ¤ मलाई विश्वास गर ¤ साँच्चै भन त के मैले पढ्न जानेकै हो जस्तो लाग्छ तिमीलाई ?”   “अगाडि अरु के छ कोसिस गरेर केही पढ त ?”   कागतको टुक्रामा उनले घोरिएर हेरे र विस्तारै भने, ‘दुई–ठीक छ होइन ? तला...ईट...’   उनको कुरुप अनुहारभरि ठूलो हाँसो फैलियो । उनले शिर ठाडो पार्दै किरिया खाए र मुस्कानसहित कागतलाई पट्याउन थाले ।   ‘आजको दिन सम्झना गर्न म यो कागतको टुक्रा आफैँसँग राख्तछु । मैले यसरी पढेको यो पहिलो दिन हो...भगवान्...तिमीले देखेनौं ? ठ्याक्कै कानेखुसी गरेजस्तो । अचम्मका घटनाहरु घट्तछन्, मेरो नानी ¤ हैन त ?’   उनको अपरिष्कृत खुसी, आफ्रनासामु रहस्य उद्धाटित भएकोमा बालकको जस्तो व्यग्रता, उनका अघि अर्कै विचारहरु, चिन्तनहरु र आत्मासमेत अनावरण गर्न सक्षम भएकोमा स–साना काला अक्षरहरुको जादु देखेर म निर्धक्कसँग हाँसें ।   म किताब–अध्ययनको तरिकाका सम्बन्धमा थुप्रै कुराहरु गर्न सक्थें । पुस्तक अध्ययन परिचित, दिनैपिच्छे गरिने तर सबै युगका महान् मनहरु र जनतासँगको मानवको घुलन(सम्मिश्रण) को रहस्यमय प्रक्रिया हो । यसले समय–समयमा मानिसका सामु जीवनको अर्थ र जीवनमा मानिसको स्थान के हो अकस्मात् उद्घाटन गर्दछ । झन्डै जादुमय सौन्दर्यले रड्डिएका थुप्रै यस्ता विस्मयकारी उदाहरणहरु म जान्दछु ।   एउटा यस्तै उदाहरण म यहाँ उल्लेख गर्न चाहन्छु । यो पुलिसको निगरानीमा अर्जामासमा म बसेको समयको कुरो हो । मेरो छिमेकी स्थानीय कृषि बोर्डको हाकिम थियो (रुसी भाषामा जेम्स्की नचाल्निक भनेको क्रान्तिअघि किसान समुदायमाथि शासन गर्ने न्यायालय र प्रशासन दुवैको अधिकार भएको अधिकारीहरुको प्रमुख) । ऊ व्यक्तिगत रुपमा मलाई कतिसम्म मन पराउँदैनथ्यो भने उसले आÇनो घरमा काम गर्ने नोकर्नीलाई साँझ काम गर्ने समय सकिएपछि मेरो भान्सेसँग कुराकानीसम्म नगर्नू भन्ने निर्देशन दिएको थियो र मेरो निगरानी गर्न एक जना पुलिसलाई मेरो झ्यालैमुनि आफूलाई उचित लागेको जुनसुकै समयमा पनि मेरो कोठा चियाइरहन्थ्यो । यस कामले बजारका मानिसहरु संत्रस्त थिए र धेरै लामो समयसम्म तीमध्ये कसैले पनि मलाई भेटघाट र कुराकानी गर्ने आँट गरेन ।   एकदिन गिर्जाघर जाने विदाको दिन– एकजना कानो मान्छे मलाई भेट्न आए । उनको एकातिरको काखीमुनि एउटा पोको थियो र त्यो बेच्नका लागि बोकेको एक जोर जुत्ता हो उनले भने । मैले जुत्ता चाहिँदैन भनेपछि अर्को कोठातिर शङ्कालु भएर हेर्दै अति सानो स्वरमा उनले मलाई सम्बोधन गरे ।   “जुत्ता त तपाईलाई भेट्न आउन बनाएको एउटा निहुँ मात्र हो । मैले तपाईलाई वास्तवमा भन्न चाहेको कुरो चाहिँ के हो भने के तपाई मलाई एउटा राम्रो किताब पढ्न दिन सक्नुहुन्छ ?”   उनको एउटा आँखाको अभिव्यक्ति यति इमानदार र सुबोध थियो कि यसले मेरो सबै शङ्का निवारण ग¥यो । कुन खालको किताब चाहेको हो भन्ने मेरो सवालमा उनले दिएको उत्तरले मलाई विषय ठम्याउन सजिलो बनायो । चारैतिर हेर्दै कातर स्वरमा होशियारीपूर्वक उनले भने :   ‘लेखक महोदय, म त्यस्तो किताब चाहन्छु, जसले मलाई जीवनको नियमका बारेमा जानकारी देओस् अर्थात् संसारको नियमको बारेमा । मैले तिनबारे अनुमान लगाउन जानकारी सकिनँ । मैले जान्न चाहेको कुरो के भने व्यक्तिले जिउने तरिका कुन हो र यस्तै कुराहरु । कजानका एकजना गणितका प्राध्यापक मेरो नजिकै बस्तछन् र मलाई अलि–अलि गणित सिकाउँछन् । उनी किन मलाई पढाउँछन् भने म उनका जुत्ता मर्मत गरिदिन्छु र उनको बगैंचा पनि स्याहार्छु, म माली पनि हुँ । अँ त, गणितले मैले जान्न चाहेका प्रश्नहरुको उत्तर दिँदैन र प्राध्यापक अति नै कम बोल्दछन्...’   मैले ‘विश्व र सामाजिक विकास’ शीर्षकको ड्राइफसले लेखेको र त्यतिखेर मसँग त्यस विषयमा भएको एउटै मात्र पुस्तक उनलाई दिएँ ।   आफ्रनो बुटको माथिल्लो भागमा होशियारीपूर्वक किताब लुकाउँदै एकआँखे मानिसले भने, “धन्यवाद ! किताब पढिसकेपछि म तपाईसँग कुराकानी गर्न आउन सक्छु, हैन त ?...तपाईको बगैंचाका जामुनका झाडीहरु छाँट्ने बहानामा आउँला, तपाईलाई थाहै छ, पुलिसले तपाईको निगरानी गर्दैछ र सामान्यतया, तपाईकहाँ म आउनु उपयुक्त हुँदैन ।”   पाँच दिनपछि उनी फेरि आए । त्यतिखेर उनीसँग चित्रा र ठूलो खालको कैँची पनि थियो । उनको फुर्तिलो हाउभाउ देखेर म एकदमै चकित भएँ । उनका आँखामा रमाइलो चहक थियो र उनको आवाज दरो र ठूलो थियो । सबभन्दा पहिले उनले खुला हत्केला सशक्त रुपले मैले दिएको पुस्तकमुनि राखे र हतार–हतारमा भने:   ‘यस पुस्तकको सार कुरो यस संसारमा कुनै ईश्वर छैन भन्ने होइन त ?’   म हतारमा निकालिएका ‘निष्कर्षहरु’ माथि विश्वास गर्दिनँ । त्यसैले मैले उनी त्यो ‘निष्कर्ष’ मा कसरी पुगेका हुन् भन्ने जान्न उनलाई सावधानीपूर्वक प्रश्नहरु राखें ।   उनले उत्सुकतापूवर्क तर शान्त रुपमा भने, ‘मेरा लागि त यही नै मुख्य कुरो हो । धेरै मानिसहरुले मसँग तर्क गरेजस्तै मैले तर्क गरें ः यदि सर्वशक्तिमान ईश्वरको अस्तित्व छ र सबै कुरो उसको इच्छाअनुसार हुन्छ भने त मैले उनकै आदेशबमोजिम नम्रतासाथ उनीमाथि आफूलाई समर्पण गर्नुपर्दछ । मैले धेरै देवताका बारेमा लेखिएका किताबहरु पढेको छु – बाइबल र त्यस्ता थुप्रै धार्मिक कृतिहरु । तर म र मेरो जीवनप्रति म आफैं जिम्मेवार छु कि छैन यो कुरो जान्न चाहन्छु । धर्मशास्त्रहरु भन्दछन् तिमी आफैं जिम्मेवार छैनौं, तिमीले ईश्वरको इच्छाअनुसार नै बाँच्छुपर्छ, किनभने विज्ञानले कहीँ गणित र अरु सबै विषय पनि यस्तो हुने भयो । वास्तवमा, अन्धभक्तिका पक्षमा कोही पनि हुँदैन, के तपाई अन्धभक्तिका पक्षमा हुनुहुन्छ ?”   मैले उत्तर दिएँ– ‘अँ हँ, म त छैन ।’   ‘त्यसो हो भने मैले चाहिँ किन यस कुरालाई मान्ने नि ? तपाई धर्मविरोधी भएको कारणले तपाईलाई पुलिसको निगरानीमा यहाँ पठाइएको छ । यसको अर्थ के हो भने तपाई धार्मिक उपदेशका विरुद्ध उठ्नुभएको छ । मैले जानेअनुसार कारण के हो भने सम्पूर्ण विपक्षी मतहरु पवित्र धर्मग्रन्थका विरुद्ध निर्देशित हुनैपर्दछ । आत्मसर्पणका सम्पूर्ण नियमहरुको स्रोत धर्मशास्त्र नै हो । यसका विपरीत स्वतन्त्रताका नियमहरु सबै विज्ञानबाट निस्कन्छन् अर्थात् मानिसको मस्तिष्कबाट । म यहाँ अरु बढी तर्क गर्छु ः यदि ईश्वर छ भने यसबारेमा मेरो भन्नु केही पनि छैन । तर यदि ईश्वर छैन भने म आफैं हरेक कुराका लागि आÇनै लागि, अरु सबै मानिसका लागि, उत्तरदायी हुन्छु । म जिम्मेवार हुन चाहन्छु गिर्जाघरका पवित्र धर्मगुरुले देखाएको उदाहरणअनुसार, तर फरक तरिकाले जीवनका खराब पक्षाहरुप्रति समर्पण गरेर होइन, तिनकै विरोधमा उभिएर।   उनले आफ्नो हत्केला फेरि किताबमुनि राखे र झुक्तै नझुक्ने विश्वाससहित भने :   ‘सबै समर्पण वा सहिष्णुता खराब हो, किनभने यसले खराबीलाई बलियो बनाउँछ । मलाई क्षमा गर्नु हुनेछ, तर यो त्यस्तो किताब हो, जसमाथि म विश्वास गर्दछु । मेरो निम्ति यो अनकन्टार जड्डलमा बाटो देखाउने सरह छ । मैले निश्चित गरिसकेको छु– हरेक कुराका लागि म आफैं व्यक्तिगत रुपले जिम्मेवार छु ।’   राती अबेरसम्म हाम्रो मित्रतापूर्ण कुराकारनी भई नै रह्यो । एउटा साधारण र सानो पुस्तकले सन्तुलनलाई उल्ट्याइदिएको मैले पाउँ, यसले ती काना मानिसको विद्रोहपूर्ण खोजीलाई तीव्र विश्वासमा, सौन्दर्य एवम् विश्वविवेकको शक्तिको उल्लासपूर्ण उपासना परिवर्तन गरि दियो ।   वास्तवमा, यी सुन्दर, बुद्धिमान् मानिसले जीवनका खराबीहरुका विरुद्ध सङ्घर्ष गरे र सन् १९०७ मा साहसपूर्वक आÇनो ज्यान गुमाए ।   रुखो रैबाकोभलाई जस्तो गरेका थिए किताबहरुले, ठीक त्यस्तै मेरो कानैमा आएर अर्को जीवनको अस्तित्वका बारेमा साउती मारेका थिए । त्यो अर्को संसार अहिले म बाँचिरहेको संसारभन्दा मानिसका लागि बढी मूल्यवान् थियो । किताबले कानो जुत्तानिर्मातालाई जे गरेका थिए, ठीक त्यस्तै मलाई जीवनमा मेरो स्थान कहाँनिर छ भन्ने देखाए । मन र हृदय दुवैलाई उत्प्रेरित गरेर किताबहरुले अज्ञानता र असभ्यताको दलदलमा फँसाउने घिनलाग्दो भासबाट मुक्त हुन मलाई मद्दत गरे । मेरो संसारका सीमाहरुलाई फैलाएर पुस्तकहरुले उन्नत जीवन प्राप्त गर्न मानिसले गरेका प्रयत्नहरुको महत्ता र सौन्दर्यका बारेमा, संसारमा मानिसले कति बढी उपलब्धिहरु गरिसक्यो र त्यो प्राप्त गर्न उसले कति डरलाग्दो कष्टहरु भोग्नुप¥यो र कति ठूलो मूल्य तिर्नुप¥यो भन्ने बारेमा जानकारी गराए ।   मेरो आत्मामा मानिसप्रति, जो कोही नै किन नहोस् हरेक मानिसप्रति सम्मानको भावना उर्लियो । मेरो भित्री हृदयमा मानिसको श्रमप्रति आदर र उसको अशान्त आत्माप्रति एक्कासी माया उम्रियो । जीवन झ सहज तथा बढी नै आनन्ददायी र नयाँ एवम् गहन अर्थले भरिपूर्ण भयो ।   एक आँखे जुत्तानिर्मातालाई जस्तै किताबहरुले ममा जीवनका हरेक खराबीका लागि व्यक्तिगत जिम्मेवारीबोधको भावना उत्पन्न गरे र मानवमनको सिर्जनशीलताका लागि आदरभाव जगाए ।   सत्यमाथिको गहन विश्वासको मेरो दृढ धारणासहित म सबैलाई भन्दछु ः पुस्तकहरुलाई माया गर्नुहोस्, तिनले तपाईको जीवनलाई अरु सहज बनाउने छन्, तिनले विचार, आवेग र घटनाहरुको रङगीचङ्गी र प्रचण्ड अन्यौलमा बाटो पहिल्याउन मित्रपूर्ण सेवा प्रदान गर्नेछन्, आफू र अरु मानिसहरुलाई सम्मान गर्न सिकाउने छन् र संसार र मानिसप्रति मन र हृदयभरि माया भरिदिने छन् ।   इमान्दारीका साथ लेखिएको, मानिसहरुलाई माया गर्ने, असल आशय भएको कुनै पनि पुस्तक तपाईको विश्वासकै प्रतिकूल छ भने पनि प्रशंसालायक हुन्छ ।   कुनै पनि किसिमको ज्ञान उपयोगी हुन्छ, मनका भ्रमहरु र भ्रमपूर्ण आवेग संवेगहरुको ज्ञान समेत उपयोगी नै हुन्छ ।   पुस्तकलाई माया गर्नुहोस् । पुस्तकहरु ज्ञानका स्रोत हुन्, ज्ञान लाभदायी मात्र हुन्छ र ज्ञानले मात्र तपाईलाई आत्मिक रुपले शक्तिशाली बनाउन, इमान्दार र बुद्धिमान् बनाउन, मानिसलाई सही रुपमा माया गर्ने सक्षम व्यक्ति बनाउन सक्तछ । ज्ञानले नै मावनको श्रमप्रति आदरभाव जगाउँछ र अति राम्रा उपलब्धिहरुका लागि मानिसका अनवरत र उच्च प्रयत्नहरुलाई हार्दिक रुपले प्रशंसा गर्न सिकाउँछ ।   मानिसले कार्य गरेको हरेक कुरामा, अस्तित्वमा भएको कुनै पनि एक्लो वस्तुमा मानिसको आत्माको केही न केही अंश सामेल भएकै हुन्छ । यो निर्मल र उत्कृष्ट आत्मा अरु कुरामा भन्दा विज्ञान र कलामा महत्तर मात्रामा समावेश हुन्छ र यसले पुस्तकको माधयम र कार्यबाट महानतम वाक्पटुता र स्पष्टताका साथ आफूलाई व्यक्त गर्दछ ।

मैले कसरी पढें–१

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies