Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भूमण्डलीकरण के हो ?

\"bisnuभूमण्डलीकरण के हो ? भूमण्डलीकरण ग्लोबलाइजेसन भन्ने अङ्ग्रेजी शब्दको नेपाली रूप हो । यो यस्तो अवधारणा हो जसले संसारभर वित्तीय पुँजीको बेरोकटोक प्रवाहमा जोड दिन्छ । त्यसैले भूमण्डलीकरण पुँजीवादी विकासको अर्को नाम हो । शक्तिसम्पन्न पश्चिमी देशहरूले आफूसँग भएको पुँजी लगानी गर्ने र त्यसबाट धेरै नाफा आर्जन गर्ने स्थानको खोजीसँग यो प्रक्रिया सम्बन्धित छ । त्यसैले भूमण्डलीकरण संसारका शक्तिसम्पन्न देशहरू र त्यस देशका ठुलाठुला उद्योगपतिहरूले धेरै नाफा कमाउनका लागि तयार पारेको अवधारणा हो । उनीहरू आपूmसँग रहेको वित्तीय पुँजीलाई उत्पादनका साधनहरू सस्तो पर्ने संसारको अर्को कुनै ठाउँमा लगानी गरी धेरै मुनाफा आर्जन गर्न चाहन्छन् । यस क्रममा उनीहरू अर्को देशको कुनै कम्पनी किन्छन् वा अर्को देशको कम्पनीसँग मिलेर काम गर्छन् वा आफैले त्यस देशमा कम्पनी खोल्छन् वा आफ्नो कम्पनीको शाखा कार्यालय त्यस देशमा खोल्छन् । त्यसैले उनीहरू संसारका सबै देशमा विदेशी लगानी भिœयाउने वातावरण निर्माण गर्न योजनाबद्ध ढङ्गले लागि रहेका छन् ।   भूमण्डलीकरणको इतिहास भूमण्डलीकरण कहिलेदेखि सुरु भयो भन्ने विषयमा प्रशस्त मतभेद छन् । कसैकसैले भूमण्डलीकरणको इतिहासलाई १६ औं शताब्दीको पुर्तगाली विस्तारवादसँग पनि जोडेका छन् भने कसैले इस्लामी स्वर्ण युग एवं मङ्गोल साम्राज्य र सिल्क रोडसँग जोडेको पनि पाइन्छ । यसो भए पनि खासमा भूमण्डलीकरण दोस्रो विश्वयुद्धको विनाशपछि देखिएको पुँजीवादी अर्थव्यवस्थाकै विकसित रूप हो  ।   सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धपश्चात् संसारमा मुख्य दुई शिविर देखा परे । पहिलो सोभियत संघको समाजवादी शिविर दोस्रो संयुक्त राज्य अमेरिकाको पुँजीवादी शिविर । युद्धबाट लगभग ध्वस्त बन्न गएका युरोपेली देशहरूले आफ्नो पुँजीवादी शक्ति जोगाउनका लागि सन् १९४४ मा अमेरिका र ब्रिटेनले न्यु हेम्पसायरको ‘ब्रेटन वुड्स’मा पुँजीको प्रवाहको नयाँ मार्ग खोज्ने क्रममा एक किसिमको अन्तर्राष्ट्रिय अर्थव्यवस्थाको प्रारूप तयार पारेका थिए । यसै आधारमा टेकेर विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोष नामक अन्तर्राष्ट्रिय संस्था बने । यी संस्थाको जिम्मेवारी व्यापारलाई उदार बनाउने र पँुजीको प्रवाहलाई नियमन र नियन्त्रित गर्ने थियोे । यसपछि देशहरूले आफ्नो राष्ट्रिय मुद्रालाई अमेरिकी डलरद्वारा निर्धारण गरिने विनिमय दरसँग जोडेका थिए ।   युरोपेली राज्यहरूले सन् १९४७ मा ‘युरोप पुनर्निर्माण कार्यक्रम’ लागू गरे । पुनर्निर्माण कार्यबाट उत्पादक खर्चका लागि अवसर जुट्दै गयो । युरोपको पुनर्निर्माणका लागि सन् १९५१ सम्म अमेरिकाले करिब १३ अर्ब अमेरिकी डलर वित्तीय पुँजी खर्च गरेको त्यसबाट अमेरिकी वित्तीय पुँजीले अर्बौँ मुनाफा गरेको पनि देखिन्छ । यसपछि सन् १९७३ सम्म विश्वमा पुँजीवादी शासन व्यवस्था हस्तक्षेपकारी र कल्याणकारी राज्य निर्माण सहित स्वर्णिम युगका रूपमा चलेको थियो तर यसबेलासम्म पनि राष्ट्र राज्यको प्रबल र प्रत्यक्ष भूमिका रहेको थियो । धेरै देशहरूले आफ्नो राष्ट्रिय पुँजीको हितलाई ध्यानमा राखेर संरक्षणका नीतिहरू तर्जुमा गरेका थिए । पुँजीको प्रवाह विश्वभर त भइरहेको थियो तर त्यो राष्ट्रिय बाधासहित एवं काफी हदसम्म नियन्त्रित थियो । यस बेलासम्म डलर सुनको मूल्यसँग बाँधिएको थियो अनि अन्य सबै देशका मुद्राहरूको मानक एकाइ डलर थियो । त्यसैले देशहरू आफ्नै तरिकाले मौद्रिक नीति बनाउन पाउँदैनथे ।   पुँजीवादी दबदबाका कारण संसारमा औद्योगीकरणको प्रक्रिया बढ्दै गयो । क्रमशः अधिक लगानी, अधिक उत्पादन, अधिक मुनाफाका कारण पुँजी बढ्दै गयो । यो यति धेरै हुन थाल्यो कि राष्ट्रिय सीमाभित्र मात्र यसलाई थामिराख्न गाह्रो पर्न थाल्यो । पुँजीवादमा अति उत्पादनको सङ्कट देखिन थाल्यो । विश्वव्यापी बनेको यस सङ्कटबाट पार पाउनका लागि अमेरिकाले डलर गोल्ड मानकबाट आफूलाई अलग गरी डलरलाई तरल मुद्राका रूपमा स्थापित ग¥यो । यस समय अमेरिका डलरको विनिमय दर परिवर्तन गरेर र यसको अवमूल्यन गरेर सङ्कट समाधान गर्न चाहन्थ्यो । तर यसबाट पनि समस्याको समाधान भएन । श्रम बजारलाई लचिलो बनाउने अनि श्रमिकको ज्यालामा कटौती गरी मुनाफा बढाउन पनि पुँजीवादले सक्तैनथ्यो किनभने यसबाट मजदुर वर्गको भयानक सङ्गठित प्रतिरोधको सामना गर्नुपथ्र्यो । जब सारा प्रयासहरू विफल भए तब पुँजीवादी विश्वका चिन्तक बुद्धिजीवीहरूले पुँजीवादी व्यवस्थामा संरचनात्मक परिवर्तन गर्ने दिशामा सोच्न थाले । सन् १९८० को दशकमा गरिएको पुँजीवादको यही संरचनागत परिवर्तनको प्रक्रिया भूमण्डलीकरण हो ।   पुँजीवादमा देखापरेका  गम्भीर सङ्कटहरू समाधानका लागि विश्व बैँक र अन्तराष्ट्रिय मुद्रा कोषले नयाँ नीतिहरू तयार पारे । सरकारी संस्थाहरूलाई निजीकरण गर्ने, उदारीकरणमा जोड दिने, एकअर्का देशमा गर्न सकिने पुँजीको प्रवाहमा देखिने बाधालाई हटाउने, राज्यमा गरिने सार्वजनिक खर्चमा कटौती गर्ने, श्रम कानुनलाई खुकुलो पारेर बजारलाई लचिलो पार्ने, प्रत्यक्ष रूपमा विदेशी सहयोगलाई स्वागत गर्ने जस्ता नीतिहरू तयार भए । यी सबै नीतिहरूलाई विश्व बैँक र अन्तराष्ट्रिय मुद्रा कोषले एकै पटक सन् १९८० मा स्ट्रक्चरल एडजस्टमेन्ट प्रोग्रामको नाम दिए अनि सबै सङ्कटग्रस्त गरिब देशहरूमा यी नियमलाई मान्ने सर्तमा ऋण दिने कुरा गरे । ल्याटिन अमेरिकाका केही देश र मेक्सिको यस प्रोग्रामका नीतिहरू पहिलो पटक प्रयोग गरिए ।   बिस्तारै सूचना प्रविधिलाई नयाँ आयाम दिने प्रयत्न भयो । सूचनाप्रविधिको विकास र विस्तारले भूमण्डलीकरणको विशिष्ट आधार तयार पा¥यो । भू उपग्रहीय र इन्टरनेट प्रविधिमा विश्व प्रवेश ग¥यो ।  जब जब पुँजीवादी राष्ट्रहरूले ई–कमर्स र ई–बिजनेस पद्धति सुरु गरे तबतब पुँजीको निर्बाध प्रवाह सुनिश्चित बन्यो । भूमण्डलीकरणको यस प्रक्रियालाई सहयोग गर्नका लागि सन् १९९५ मा विश्व व्यापार सङ्गठन स्थापना भयो । यसरी हेर्दा उन्नाइसौँ शताब्दीको अन्त्यतिर र बिसौँ शताब्दीको सुरुतिर जब अर्थव्यवस्था र संस्कृतिमा समरूपता देखिन थाल्यो त्यही बिन्दुबाट भूमण्डलीकरणको सुरुआत भयो । भूमण्डलीकरणको प्रक्रियामा देखिएका तीन परिघटना १. लगानीको सुरक्षा तर श्रम बजारमा लचकता भूमण्डलीकरणले उदारीकरणलाई प्रश्रय दिएको छ । पुँजीपतिलाई जहाँसुकै लगानी गर्ने छुट छ । सम्बन्धित सरकाले लगानीको सुरक्षाका लागि सबै तरिकाहरू अपनाएको छ । तर श्रम कानुनलाई तोडिएका छन्, श्रमको बजारलाई लचिलो बनाइएको छ । श्रमिकका जेजति कानुनी अधिकारहरू हुन्थे ती खोसिएका छन् । नियुक्ति प्रक्रिया, काम गर्ने समय, ज्याला, सुरक्षा, उपादान, पेन्सन जस्ता कुराहरू भूमण्डलीकरणको यस प्रक्रियाले खोसेको छ । २. फोर्डिजमको अन्त्य भूमण्डलीकरणले फोर्डिजमलाई समाप्त ग¥यो । फोर्ड कार कम्पनीका मालिक तथा अमेरिकी उद्योगपति हेनरी फोर्डको मान्यता जसलाई फोर्डिजम भनिन्छ त्यसका ढाँचामा उत्पादन गर्दा एक कारखानाबाट पूर्ण सामान उत्पादन हुन्थ्यो । त्यसैले उद्योग पनि विशाल हुन्थ्यो । पन्ध्र÷बीच हजार मजदुर एउटै उद्योगमा काम गर्थे । त्यहाँ मजदुरहरूको शक्तिशाली युनियन हुन्थ्यो । तर भूमण्डलीकरणले जब पुँजीको विश्वव्यापी प्रवाहलाई खुला ग¥यो तब पुँजीलाई विश्वमा कच्चा पदार्थ र श्रमिक जहाँ सस्तो पाइन्छ त्यहाँ जान सजिलो बनायो । यसो भएपछि एउटै कारखानाबाट पूर्ण सामान उत्पादन हुन छोड्यो । स–साना कारखाना खुल्न थाले अनि पूर्ण सामानका ससाना अंश तयार गरिन थाले । मजदुर युनियन हुनै छोडे, भए पनि कमजोर हुन थाले अनि आन्दोलनको टाउको दुखाइ पनि रहेन । ३. सूचना र परिवहन क्षेत्रमा क्रान्ति सूचना र परिवहनका क्षेत्रमा देखिएको अभूतपूर्व प्रगतिले भूमण्डलीकरणलाई केबल सजिलो मात्र बनाएन फाइदा पनि पु¥यायो । उत्पादित सामानदेखि वित्तीय पुँजीसमेत यसका कारण गतिशील बन्यो । मानौँ कुनै जुत्ता कम्पनीका लागि सोल बनाउने सस्तो श्रम र सस्तो कच्चा पदार्थ इन्डोनेसियामा पाइन्छ, फिता उत्पादनका लागि सस्तो श्रम र सस्तो कच्चा पदार्थ टर्कीमा पाइन्छ, छालाको काममा सस्तो श्रम र कच्चा पदार्थ मेक्सिकोमा मिल्छ र यी सबै हिस्सालाई जोड्ने कुशलता राख्ने सस्तो श्रम ब्राजिलमा मिल्छ भने पुँजीपति एक कम्पनीका स्थानमा चार कम्पनी खोल्न थाले । परिवहन र सञ्चार यति सस्तो र गतिवान् बनेको छ कि यसबाट उत्पादनको लागतमा आउन सक्ने मामुली फरकभन्दा कैयौँ फाइदा अलग अलग स्थानको सस्तो श्रम र सस्तो कच्चा पदार्थले हुन्छ । यस्तो क्रान्तिले पुँजीपति वर्ग जुन देशमा प्रकृतिको दोहन गर्न सजिलो छ अनि जुन देशमा श्रम कानुनको कुनै झन्झट छैन त्यही देशमा उद्योग स्थापना गर्न स्वतन्त्र बने । भूमण्डलीकरणको असर भूमण्डलीकरणले नयाँ प्रविधिका सहारामा धेरै नाफा कमाउनका लागि नयाँ तौरतरिका विकसित गरेको छ । यसले पुँजीवादी राष्ट्रले भूमण्डलीकरणका सहारामा प्रविधि, वित्तीय बजार, प्राकृतिक स्रोत साधन, सञ्चारमाध्यम र आणविक हतियारमाथि आफ्नो प्रभुत्व कायम गर्न चाहिरहेछ । यसले फोर्डिस्ट उत्पादन पद्धतिलाई त्यागेको छ । यसबाट ठुल्ठुला उद्योगधन्दामा हुने मजदुरहरूको सङ्ख्यामा कमी आएको छ । कुनै एउटा सामान एउटै उद्योगबाट उत्पादन हुन छोडेको छ । जहाँ श्रमिकहरू कम ज्यालामा काम गर्छन्, जहाँ कच्चा पदार्थ सस्तो पाइन्छ, जहाँ श्रमकानुन खुकुलो छ तिनै तिनै ठाउँमा सामानका टुक्राहरू बन्न थालेका छन् । एउटा सामानका दस टुक्रा संसारका दश देशमा रहेका उद्योगमा बन्ने र एघारौँ देशमा ती टुक्राहरूलाई जोड्न थालिएको छ । मजदुरहरूलाई ठेक्कामा, दिनगन्तीमा वा पिसरेटमा काम गराउन थालिएको छ । थोरै पारिश्रमिक दिएर महिला र बच्चालाई काममा लगाउने प्रवृत्ति बढेको छ । यसबाट मजदुर सङ्गठन कमजोर अनि पुँजीपतिहरू बलिया बन्न पुगेका छन् ।   भूमण्डलीकरणले उदारीकरणको कुरा गर्छ । आर्थिक उदारीकरणका कारण गरिब देशका कुटीर वा लघु उद्योग समाप्त हुन्छन् । विशेष आर्थिक क्षेत्र निर्माण गरिन थाल्छ अनि स्वावलम्बन हट्छ बरु बेरोजगारी बढ्छ । स्वदेशी उद्योगहरू विदेशी उद्योगको पैसाको शक्तिका अघि आत्मसमर्पण गर्न बाध्य हुन्छन् । स्वरोजगार जनता बिस्तारै मजदुर बन्न थाल्छन् । बहुराष्ट्रिय कम्पनीको प्रवेशले उब्जाउ भूमि उद्योगका लागि बिक्न थाल्छन् । किसानहरू भूमिहीन बन्दै जान्छन् । यसका कारण कृषि उत्पादन महँगो हुनुका साथै अधिक पैदावारको लोभमा कीटनाशक र उर्वरक औषधिको अधिक प्रयोगले कृषि भूमि बन्जर बन्दै जान्छ । विदेशी कम्पनीको मनपरीका कारण वातावरण बिग्रदै जाने अनि विकासका नाममा प्रकृतिको अन्धाधुन्ध दोहन गरिने क्रम बढ्छ । यसरी क्रमशः देशको अर्थव्यवस्थाको आर्थिक आधार खुम्चिँदै जान्छ । देशको संशाधन र बजारमाथि विकसित देशका बहुराष्ट्रिय कम्पनीको एकाधिकार बढ्छ ।   भूमण्डलीकरणले समाजका हरेक कुरालाई मुनाफासँग जोड्न थाल्छ । फलतः शिक्षा, स्वास्थ्य, न्याय, प्रशासन, सुरक्षा जस्ता कुराहरू धनको अधीनमा हुन्छन् । सेवासँग सम्बन्धित विषयहरू व्यवसाय बन्न थाल्छन् ।  शिक्षित युवा स्वरोजगार तर्फ उन्मुख हुनुको साटो बहुराष्ट्रिय कम्पनीमा काम गर्न खोज्न हिँड्न बाध्य हुन्छन् । थोरै मात्र जनशक्तिले यस्तो काम पाउँछन् तर धेरैजसो मानिस बेरोजगारीका कारण दिनप्रतिदिन गरिब बन्दै जान्छन् । यसबाट धनी र गरिबको विभेदको खाडल झन् गहिरिँदै जान्छ । वैदेशिक रोजगारी, टेलिभिजन, इन्टरनेट आदिका माध्यमबाट देशज संस्कृतिलाई पाश्चात्य संस्कृति र परम्पराले प्रभावित पार्दै जान्छ । समाजको सांस्कृतिक मूल्य विघटित हुन थाल्छ । भिन्न परिचय र मूल्यका संस्कृति या त नष्ट गरिन्छन् या त तिनलाई वर्णसङ्कर रुप प्रदान गरिन थाल्छ । हाम्रा चाडबाड संस्कार रहनसहन भेषभुषा, बोलीचाली परिवर्तन हुँदै जान्छन् । कला साहित्य सङ्गीत नृत्य आदि सबैलाई बजार र उपभोगसँग जोड्न थालिन्छ । केन्द्रमा बजार हुन्छ, मुनाफा हुन्छ अरू सब परिधिमा ।   भूमण्डलीकरणले राजनीतिका क्षेत्रमा परिवर्तन ल्याउँछ । जनता, जनअधिकार जस्ता कुरालाई बजार अर्थव्यवस्थाका विरोधी ठान्छ । राजनीतिक अव्यवस्था र त्यसका असफलतालाई व्यवस्थापकीय दक्षता र प्रौद्योगिकीका माध्यमबाट समाधान गर्न सकिन्छ भन्ने धारणा विकसित हुँदै छ । बजारले राजनीतिलाई निर्देशन गर्छ, चुनावमा कसलाई जिताउने कसलाई हराउने भन्ने कुरा पुँजीपतिहरूका योजनामा हुन थाल्छ । जनताका हितमा होइन, ठुला लगानीकर्ताका हितमा, बहुराष्ट्रिय कम्पनी, आइएफओ, डब्लुटिओ, विश्व बैङ्क आदिका हितमा राजनीति देखिन पुग्छ । राज्यहरूले आफ्ना आवश्यकताको निर्धारण गर्न र त्यसमा अड्न सक्दैनन् । स्वतन्त्रता भन्ने कुरा समस्त उत्पीडनबाट मुक्तिको दर्शन बन्दैन बरु अराजक कामना र त्यसको दर्शनमा रूपान्तरित हुन थाल्छ ।   भूमण्डलीकरणले विकसित र अल्पविकसित दुबै मुलुकलाई असर पु¥याएको छ । विकसित देशका उद्योगपतिहरू आफ्नो देशमा उद्योगधन्दा खोल्न चाहन्नन् किनभने त्यहाँ त्यस्ता श्रमिक मात्र पाइन्छ जसलाई नगद ज्याला पनि धेरै दिनु पर्छ त्यसका साथसाथै सामाजिक ज्याला (आवास, छोराछोरीका लागि शिक्षा, स्वास्थ्य, निवृत्तिभरण आदि) पनि दिनु पर्छ । ती सस्तो श्रम पाइने देशमा लगानी गर्न आउँछन् किनभने त्यहाँ श्रम सस्तोमा पाइन्छ अनि त्यहाँका मजदुरलाई सामाजिक ज्याला पनि दिनु पर्दैन । श्रमिकले हडताल गरे, गारो भो भने कम्पनी अर्को देशमा लगे भइहाल्यो । यस प्रकार भूमण्डलीकरणले विकसित मुलुकमा बेरोजगारी दर बढाएको छ भने गरिब मुलुकमा श्रमिकलाई कम ज्याला दिएर न्यून स्तरको जीवन यापन गर्न बाध्य पारेको छ ।   पुँजीको मात्र भूमण्डलीकरण, श्रमको होइन भूमण्डीकरणले पुँजीको प्रवाहलाई बिना अवरोध राष्ट्रिय सीमाभन्दा बाहिर जाने वातावरण दिए पनि यसले श्रमिकहरूलाई बेरोकटोक राष्ट्रिय सीमाभन्दा बाहिर जाने अनुमति दिँदैन । पुँजीलाई संसारभर घुम्न अनुमति दिए पनि श्रमिकलाई अनुमति छैन, प्रतिबन्ध लगाइएको छ । श्रमिकलाई आवतजावत गर्न रोक्नका लागि देशैपिच्छे विभिन्न किसिमका नियमहरू बनाइएको छ तर पुँजीलाई रोक्ने नियमहरूलाई खुकुलो पारिएको छ । त्यसैले त्यस्ता केही श्रमिकहरू मात्र विकसित देशमा जान पाउँछन् । धनी देशहरूले गरिब देशहरूबाट त्यस्ता श्रमिक मात्र लिन्छन् जो कुशल छन् वा कम पैसामा काम गर्छन् । यसरी केही मानिस श्रमका लागि अर्को देशमा जान पाउनु सस्तो श्रमको निर्यात हो भन्ने बुझ्नु पर्छ  । भूमण्डलीकरणको यस युगमा अर्को देशबाट श्रमिक आयात गर्दा त्यस देशको नियम अनुसार ज्याला धेरै दिनुपर्ने भएकाले जहाँ सस्तो श्रम पाइन्छ त्यही नै उद्योग स्थापना गर्ने होड चलेको देखिन्छ । संसार यस्तो बन्दै गएको छ कि श्रमका लागि अर्को देश जानै आवश्यक छैन, बहुराष्ट्रिय कम्पनी जहाँ श्रमिक सस्तो मोलमा पाइन्छन् त्यही आइपुग्छन् ।   भूमण्डलीकरण उत्पादक पुँजीको होइन वित्तीय पुँजीको भइरहेको छ । वित्तीय पुँजी अहिले संसारभर जहाँ पनि जान सक्छ र ऋणमा डुबेका विकासशील देशहरूबाट निकै छिटो छिटो प्रशस्त मुनाफा कमाएर विकसित देशतिर लैजान्छ । यसबाट वित्तीय पुँजी त बढ्छ तर वास्तविक उत्पादन बढ्दैन र आर्थिक वृद्धि पनि प्राप्त हुँदैन । यसबाट श्रमिकहरू पनि लुटिएका छन् देश पनि लुटिएको छ । आजको पुँजीवादी भूमण्डलीकरणले मानिसलाई वस्तु बनाएर बजारमा उभ्याइदिएको छ । भूमण्डलीकरण र एनजीओ साम्राज्यवादीहरूद्वारा विश्वका उत्पीडित जनता, खासगरि एसिया, अफ्रिका एवं ल्याटिन अमेरिकाका देशहरूका जनतालाई लुट्ने नीति नै भूमण्डलीकरण हो । यो सन् १९७० तिर देखिएको पुँजीवादी सङ्कट समाधानको उपाय हो वा त्यस सङ्कटबाट पुँजीवादलाई निकाल्ने बाटो हो । उनीहरूलाई पनि थाहा छ भूमण्डलीकरणको प्रक्रियाका साथ अभूतपूर्व गतिमा गरिबी बढ्छ, बेरोजगारी भोकमरी एवं भयानक बिमारी देखिन्छ । पर्यावरणको विनाश हुन्छ । यसबाट दुनियाँभरमा साम्राज्यवाद विरोधी आन्दोलन एवं साम्राज्यवादी मारकाटका बिरुद्ध सशस्त्र प्रतिरोध हुनु सुनिश्चित छ । उत्पीडित वर्गको यो एकता जो निश्चित रूपले हुन्छ, ले भूमण्डलीकरणका सूत्रधारहरूलाई सर्वनाश गरिदिन्छ । त्यसैले उनीहरू जनतालाई अराजनीतिक बनाउँदै सङ्घर्षबाट पन्छाएर शान्तिपूर्ण बाटोमा लगेर भूमण्डलीकरणको आक्रमणलाई निर्बाध चल्न दिन एनजीओको जरूरत भयो र सन् १९९० बाट यसको आरम्भ भयो ।   भूमण्डलीकरणले एनजिओहरूलाई सम्बद्र्धन गर्छ । पुँजीवादीहरू एनजिओका माध्यमबाट वञ्चित वर्गको सशक्तीकरण, नागरिक समाज, राज्यवादको विरोध, सामाजिक न्याय, मानवाधिकार, पहिचानको आन्दोलन, स्वयं सहायता, सामुदायिक विकास, सहभागितामा आधारित विकास, पर्यावरण सुरक्षा आदि कुरा गर्छन् । ठिक यस्तै शब्दावलीको प्रयोग विश्व बैंक, एसिया विकास बैंक एवं संयुक्त राष्ट्र संघका एजेन्सीहरू एवं तिनीहरूद्वारा आयोजित शिखर सम्मेलनका दस्तावेजहरूमा पनि गरिएको पाइन्छ । साम्राज्यवादी एजेन्सीहरू जो दुनियाँभरि उदारीकरण एवं भूमण्डलीकरणलाई जोडतोडसँग उठाइरहेका छन् तिनै फेरि बडो मिठो मिठो अवधारणालाई उचालिरहेका छन् । यस्तो गर्नु शोषक वर्गको रणनीति नै हो । हामीलाई थाहा छ कि दमन र सुधारलाई एक साथ चलायो भने आफ्नो चाहना पूरा गर्न सजिलो हुन्छ । आफ्ना जनतामाथि जघन्य अपराध गर्ने, तिनलाई विभिन्न निहुँमा मार्ने, बेपत्ता पार्ने सरकार पनि कहिलेकाही कल्याणकारी योजना, विकास इत्यादिको कुरा गर्छ । त्यस्तै विश्व बैंक जो ठुल्ठुला बाँध बनाएर लाखौँ जनतालाई विस्थापित र बेघरबार एवं भूमिहीन बनाउँछ अनि उही विस्थापित मानिसहरूलाई हर्जाना दिलाउन र उनीहरूका लागि घर बनाउनका लागि सङ्गठन बनाएर सङ्घर्ष गर्छ । अन्तर्राष्ट्रिय संस्थाहरू जो विभिन्न परियोजनाहरूका क्रममा वनजङ्गलको विनाश गर्छन् अनि उनै जङ्गलको रक्षाका लागि एनजिओको निर्माण पनि गर्छन् । ठिक यस्तै तरिकाले साम्राज्यवादी शक्ति उदारीकरण एवं भूमण्डलीकरणका नीतिहरूद्वारा विश्वलाई लुट्दै छन् अनि उनै यस्तो नीतिबाट आहत बनेका जनतालाई राहत पु¥याउनका लागि एनजीओ बनाउँछन् । यसो गर्नुको मुख्य उद्देश्य हो दबिएका पीडित जनतालाई अराजनीतिक एवं जड बनाउनु ।   जब सन् १९८० को दशकमा पहिलो पटक ल्याटिन अमेरिकी देशमा भूमण्डलीकरण लादियो तब त्यहाँ यसका विरुद्ध निकै गज्जबको सङ्घर्ष भयो । यस विद्रोहलाई मत्थर पार्न त्यसैले त्यहाँ सबैभन्दा धेरै एनजीओ देखिए । एनजीओको लक्ष्य हो, भूमण्डलीकरणका कारण सिर्जित व्यापक असन्तोषलाई संवैधानिक, शान्तिपूर्ण एवं हानिरहित बाटोतर्फ लगेर सुरक्षा कवचका रूपमा काम गर्नु, उत्पीडित जनतालाई विभिन्न तप्का र पहिचानमा विभाजित गर्ने प्रयास गर्नुृ र तिनमा वर्गीय एकताको विकासलाई रोक्नु, अन्तर्राष्ट्रिय पुँजीको उपकरणका रूपमा काम गर्नु जसका कारणले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशहरूमा शक्तिसम्पन्न पश्चिमी राष्ट्रको उपनिवेश कायम रहिरहोस् , सूक्ष्मतम तरिकाबाट क्रान्तिकारीहरूलाई अगाडि बढ्नबाट रोक्नु, जहाँ क्रान्ति सफल भयो त्यहाँ मजदुर वर्गको सत्तालाई अस्थिर बनाउनु र पुँजीवादी व्यवस्थालाई पुनस्र्थापना गर्नु । तर पनि पश्चिमको लोभ र गैरसरकारी संस्थाको लाभले यहाँको एउटा प्राज्ञिक तप्का पश्चिमको र खास गरी अमेरिकाको आलोचनामा असाधारण रूपले मौन  छ । भूमण्डलीकरणले संसारलाई एउटै गाउँ बनाउँछ ? राज्य चाहिन्न ? भूमण्डलीकरणले विश्वलाई एउटै गाउँजस्तो बनाउँदै छ भन्ने कुरा भ्रम हो । यस्तो बन्ने हो भने त मानिसलाई पासपोर्टको आवश्यकता नै हुने थिएन । नेपालका सबै जनता सजिलै अमेरिका जान सक्थे अनि अमेरिकाको सबै लगानी नेपाल आउन सक्थ्यो । पुँजीवादी व्यवस्था रहुन्जेल यस्तो सम्भव छैन । यस व्यवस्थामा मानिसलाई लगाइएको प्रतिबन्ध समाप्त हुँदैन । किनभने भूमण्डलीकरण पुँजीको भएको हो श्रमको होइन । यसले न त विश्वलाई एक बनाउँछ न त अलग अलग राष्ट्रको आवश्यकता कम हुन्छ । यसले बरु राष्ट्रका ती प्रगतिशील जनपक्षीय सोच भएकाहरूलाई कमजोर पार्छ जो कल्याणकारी राज्य निर्माण गर्न चाहन्छन् किनभने असमान विकास नै पुँजीवादको विशेषता हो । असमानता बनाइ राख्न र त्यसबाट पैदा हुने असन्तोषलाई दबाउनका लागि पुँजीवादमा पुँजीलाई राज्यको आवश्यकता परिरहन्छ । त्यसैले त एकातिर उदारीकरणको कुरा हुन्छ अनि अर्को तर्फ कठोर राज्यको । उदारीकरणका कारण काम गर्नेलाई के के चाहिन्छ भन्ने कुरा राज्यले वास्ता गर्न छोड्छ । जनतालाई रोजगारीको सिर्जना गर्नु, काम गर्नेलाई राम्रो ज्याला दिनु, तिनीहरूका लागि बस्ने ठाउँ, शिक्षा, अस्पताल आदिको व्यवस्था गर्नु राज्यको जिम्मेदारी बन्दैन । राज्यले यस विषयमा चासो नलिएपछि नाफामुखी बहुराष्ट्रिय कम्पनीले त्यसो गर्ने कुरा नै भएन किनभने श्रमिकलाई सबै कुरा पु¥याउन थाल्ने हो भने त नाफा घट्छ । यसका कारणले जब गरिबी र बेरोजगारी बढ्छ, असन्तोष फैलिन्छ त्यसलाई रोक्नु, श्रमिक वर्गले गरेको विद्रोहलाई दबाउनु भने राज्यको जिम्मेदारी बन्छ । यसैले पुँजीवाद जनतन्त्र चाहँदैन कुनै न कुनै प्रकारको कठोर राज्य वा तानाशाही शासन चाहन्छ । जब गरिब देशमा बेरोजगारी बढ्छ, गरिबी बढ्छ तब त्यस्ता देशमा श्रम सस्तो हुन्छ अनि झन् झन् बहुराष्ट्रिय कम्पनीले सस्तो श्रमबाट काम लगाई मुनाफा कमाउन पाउँछन् । त्यसैले विश्वग्रामको कुरा त भूमण्डलीकरणले देखाएको त्यस्तो सपना हो जो कहिल्यै पुरा हुन सक्तैन । भूमण्डलीकरणसँग कसरी जुध्ने ? समृद्ध र शक्तिशाली बनेका विकसित देशहरू जो भूमण्डलीकरणका माध्यमबाट विकासशील देशहरूलाई लुटिरहेका छन् तिनको विरोधमा उभिनु जरुरी छ । ऋणमा फसाएर विकासशील देशमाथि व्यापार सम्बन्धी असमान नीतिहरू थोपर्दै झन् पछि झन् गरिब बनाउने विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार सङ्गठन जस्ता संस्थाहरूलाई नयाँ ढङ्गले पुनर्गठित नगरेसम्म संसारलाई सुखी बनाउन सकिन्न । विश्व जनमतको प्रवाह नगरीकन मुनाफाका लागि कमजोर देशमाथि एकतर्फी आक्रमण गर्ने शक्तिशाली राष्ट्रको विरोध आजको आवश्यकता हो । विकासशील देशका श्रमिकका साथसाथै विकसित देशका श्रमिकलाई पनि बेरोजगार बनाउने अनि गरिबी, अशिक्षा, अज्ञान, अन्धविश्वास, कुपोषण आदिको शिकार बनाउने निजीकरण तथा उदारीकरणका नीतिहरूका विरुद्धमा सङ्घर्ष आवश्यक बनेको छ । प्रत्यक्ष वा परोक्ष रूपमा साम्राज्यवादी लुटेरापनलाई जारी राख्नका लागि जनताका बस्तीमा जातीय भेदभाव, साम्प्रदायिक घृणा, धार्मिक कट्टरता, आतङ्कवादी हिंसा, तानाशाही शासन, युद्ध एवम् नरसंहारलाई जोगाइराख्ने पुँजीवादी भूमण्डलीकरणको विरोध गर्नैपर्छ ।   क्रान्तिको कथा भन्नु साहित्यकारको कर्तव्य हो । आज पनि संसारमा निकै छिटो छिटो ठूलो, व्यापक र दूरगामी परिणाम दिने खालका परिवर्तनहरू भएका छन् । हामीले ती सङ्घर्षका, परिवर्तनका कथा भन्नु आवश्यक छ । यसका लािग आजको यथार्थलाई भूमण्डलीय दृष्टिबाट हेर्नु, त्यसमा रहेका अन्तरविरोध तथा परस्पर सङ्घर्षरत पक्षमा ध्यान दिनु आवश्यक छ । असङ्गठित बन्न बाध्य पारिएका संसारका मजदुरहरूलाई सङ्गठित गर्नका लागि सोही अनुसारको अन्तर्वस्तुको पहिचान गर्नु जरुरी छ । श्रमिक चेतनाको भूमण्डलीकरण गर्दै पुँजीवादी भूमण्डलीकरणलाई जनवादी भूमण्डलीकरणमा बदल्नतिर हामी क्रियाशील बन्यौँ भने पुँजीवादको अन्त्य निश्चित छ ।   पुँजीवादी उत्पादन प्रणाली केवल पुँजीका आधारमा मात्र चल्दैन बरु पुँजीद्वारा गरिने शोषणका आधारमा चल्छ । यदि पुँजी सँगसँगै पुँजीवादको भूमण्डलीकरण हुन्छ भने श्रम सँगसँगै समाजवादी चेतनाको भूमण्डलीकरण पनि अनिवार्य छ । पुँजीवादी भूमण्डलीकरण ढल्छ भन्ने पिरले पुँजीपतिहरू विभिन्न देशका श्रमिकहरूलाई मिल्नबाट रोकिरहेछन्, श्रमिक सङ्गठनलाई तोड्न लागि रहेछन् । यसका लागि उनीहरू एकातिर उत्पादन कार्यमा धेरै भन्दा धेरै स्वचालित मेसिनको प्रयोग गर्दै श्रमिकहरूलाई हटाउन थालेका छन् भने अर्कातिर निजीकरणका ढाँचामा श्रमिकहरूलाई ठेक्का, दिनगन्ती वा पिसरेटमा लगाएर श्रमिकलाई सङ्गठित हुनबाट रोकिरहेछन् । अर्कातिर बहुराष्ट्रिय कम्पनीहरू उत्पादनलाई विकेन्द्रीकरण गरी संसारभर पुँजीलाई प्रवेश गराउँदै श्रमिकहरूको सम्बन्धलाई टुटाइरहेछन् । यस्तो कामले विकसित र विकासशील सबै राष्ट्रहरूका श्रमिकमा असन्तोष देखिएको छ । यदि यो असन्तुष्टि एकजुट हुने दिशामा लैजान सकियो भने पुँजीवादी भूमण्डलीकरण कुनै पनि बेला ढल्नेछ । त्यसैले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तिनै स्तरबाट भूमण्डलीकरणका विपक्षमा वैश्विक क्रान्तिको वातावरण तयार पार्ने काममा सहभागी बनौँ । अन्य पठनीय सामग्रीहरू - रमेश उपाध्याय, संज्ञा उपाध्याय (सम्पादक), श्रम का भूमंडलीकरण, दिल्ली ः शब्दसंधान प्रकाशन, सन् २००४ । - ऋषिराज बराल, सूचना भूमण्डलीकरण र सांस्कृति साम्राज्यवाद, काठमाडौँ ः ऐरावती प्रकाशन, २०६३ । - अरविन्द सिंह, सत्यम (सम्पादक), डब्ल्यूएसएफ ः साम्राज्यवाद का नया ट्रोजन हार्स, लखनउ ः राहुल फाउन्डेसन, सन् २००४ । - कमल नयन काबरा, भूमण्डलीकरण के भँवर मेँ भारत, दिल्ली ः प्रकाशन संस्थान, सन् २००८ । - एजाज अहमद, किनकी सदी, किनकी सहस्राब्दी ?, मेरठ ः संवाद प्रकाशन, २००८ । - चैतन्य मिश्र, पुँजीवाद र नेपाल, तेस्रो संस्करण, काठमाडौँ ः फिनिक्स बुक्स, २०७०। - अभिनव सिन्हा, भूमण्डलीकरण के दौर मेँ मजदूर वर्ग के आन्दोलन और प्रतिरोध के नये रूप और रणनीतियाँ, द्वितीय अरविन्द स्मृति संगोष्ठी मे प्रस्तुत आधार आलेख ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies