Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जसको लास पनि चोरी भयो

[caption id=\"attachment_51327\" align=\"alignleft\" width=\"150\"]\"charly\" चार्ली[/caption] चार्ली संसारकै सर्वाधिक लोकप्रिय व्यक्ति हुन् । उनको कलाकारिताको नक्कल धेरैले गरे । उनको अभिनयको नक्कल गरेरै जीवन धान्ने कलाकारहरु पनि सयौँ भए । अहिले पनि कतिले गरिरहेकै छन् । कम पैसामा चलचित्रमा खेलाउनका लागि चार्ली जस्ता कलाकार छान्ने उद्देश्यले धेरै चलचित्र कम्पनीहरुले उनको नक्कल गर्ने प्रतियोगिता नै राख्थे । गजबको कुरा के छ भने एकदिन आयोजकलाई झुक्याएर आफैँले आफ्नो (चार्लीको) नक्कल गर्ने प्रतियोगितामा भाग लिँदा उनी तेस्रा भएका रहेछन् । आफ्नो समयमा उनको लोकप्रियता यतिसम्म चुलियो कि चुरोटको कार्टुन, मैनबत्तीको खोल, टुथपेष्टको बट्टा, कमिक्स तथा चलचित्रका किताबदेखि लिएर तासको पत्तामा समेत चार्लीकै तस्बिर छापिएको हुन्थ्यो ।   चार्ली च्याप्लिन (१८८९–१९७७) का बाबु चाल्र्स र आमा हान्ना दुवै रङ्गमञ्चमा काम गर्दथे । बाबु आमा दुवै कलाकार भएकाले च्याप्लिनको बाल्यकाल रङ्गमञ्चमै बित्यो । बाबु चाल्र्स रक्सी धेरै पिउँथे । ३७ वर्षको उमेरमा उनको देहान्त भयो । चार्लीकी आमाले आर्थिक समस्या झेल्नु प¥यो । चार्ली ३–४ वर्षकै उमेरदेखि सडकमा नाच्न थाले । तोते बोलीमा गाउन थाले । रमाइला अभिनय तथा अरूको नक्कल गरेर उनले केही पैसा कमाउन थाले ।   एक दिन छोरा चार्लीलाई रङ्गमञ्चको छेउमा राखेर आमा हान्ना गीत गाउन थालिन् । गाउँदा–गाउँदै उनलाई आवाजले साथ दिएन । दर्शकहरू रिसाएर हल्ला गर्न थाले । हान्ना मञ्चबाट बाहिर निस्किन् । दर्शकको होहल्लाले त्यहाँका म्यानेजर आत्तिए । उनको आँखा छेउमा उभिरहेको चार्लीमाथि प¥यो । चार्लीले बटुवालाई मनोरञ्जन दिएर केही पैसा कमाएको उनलाई थाहा थियो । उनले चार्लीलाई तानेर मञ्चमा ल्याए । चार्ली त्यति बेला पाँच वर्षका थिए । सानो फुच्चेले आफूतिर ट्वाल्ल हेरिरहँदा दर्शकहरू हाँस्न थाले । चार्लीको हेर्ने तरिका अनौठो र रमाइलो थियो । यसबाट उत्साहित बनेको म्यानेजरले चार्लीलाई गीत गाउन भन्यो । चार्लीले तोते बोलीमा एउटा गीत पनि गाए । खुसी भएर दर्शकहरूले रङ्गमञ्चमा सिक्का फ्याँक्न थाले । सिक्का म्यानेजरले लैजाला भन्ने चार्लीलाई डर भयो । उनी गीत रोकेर सिक्का टिप्न थाले । तर दर्शकले चार्लीलाई पहिले गीत गाउन भने । चार्लीले सबैलाई शान्त हुन अनुरोध गरे । सबै शान्त भएपछि उनले भने, ‘पहिला पैसा बटुलूँ, अनि गीत गाउँला ।’ उनको कुरा सुनेर हलमा हाँसोको फोहोरा छुट्यो । कलाकारका रूपमा यो चार्लीको पहिलो रङ्गमञ्च प्रवेश थियो । तर आमा हन्नाले भने त्यसभन्दा पछि जम्मा एउटा कार्यक्रम मात्र गर्न सकिन् ।   आमाको कमाइ नभएपछि चार्लीको बाल्यकाल असाध्यै गरिबीमा बित्यो । आमा बिरामी भएर महिनौँ अस्पताल बस्नु प¥यो । त्यसबेला चार्ली अनाथ र बेसहारा जस्ता भए । उनी सडकमा बटुवाहरूलाई हँसाएर केही पैसा जम्मा पार्थे र त्यसैले खान्थे । पढ्ने मौका उनलाई मिलेन ।   नौ वर्षको उमेरमा चार्ली एउटा समूहमा प्रवेश गरे । त्यहाँ उनले डेढ वर्ष काम गरे । डेढ वर्षको कमाइले उनले दुई वर्ष जति स्कुलमा अध्ययन गरे । पैसा सकिएपछि उनको पढाइ पनि सकियो । उनले नयाँ काम खोज्न थाले । उनी घरेलु कामदार पनि बने । आफ्ना पुराना लुगाहरू बेच्न खोजे तर थोत्रा लुगा कसैले किनेनन् । अन्ततः उनी लन्डनका फुटपाथहरूमा सडक–बालकको जीवन बिताउन थाले । तैपनि उनले मान्छे हँसाउन भने छोडेनन् ।   आमाको स्वास्थ्य झन् झन् बिग्रिँदै गयो । चार्ली चौध वर्षका हुँदा उनकी आमा पागल भइन् । आमा पागलखानामा रहेपछि चार्ली सडकबालक बन्न बाध्य थिए । यस्तैमा एकदिन एक कलाकारसँग उनको भेट भयो । उनलाई ‘सर्लक होम्स’ मा बिली नामको पात्रको भूमिकामा अभिनय गर्न दिइयो । उनले  असाध्यै मिहिनेत गरेर काम गरे । १६ वर्षको पुग्दानपुग्दै लन्डनका नाटकहरूमा उनी चर्चित भए । १७ वर्षदेखि उनको व्यावसायिक कलायात्रा मौलाउन थाल्यो । उनको अभिनय क्षमता देखेर मान्छेहरू छक्क पर्थे । समाजमा हेपिएका गरिब, पीडित र दुःखी व्यक्तिहरूको अभिनय गर्नमा उनी प्रसिद्ध भए ।   सन् १९१३ मा उनलाई एउटा चलचित्र कम्पनीले अभिनेता बन्न निम्तिो ग¥यो । त्यो चलचित्र त्यति सफल नभए पनि चार्ली भने चर्चामा आए । उनको हास्य कलाकारिताको धेरैले प्रशंसा गरे । त्यसपछि उनी बारम्बार चलचित्रहरूमा अभिनय गर्न थाले । चलचित्रका क्षेत्रमा उनको भिन्नै स्वरूप देखिन्छ । गोलोगोलो छत्रे ह्याट, कस्सिने खालको कोट, ठुलो ह्वार्लाङ्ङे पाइन्ट, ठुलो जुत्ता र नाक जति मात्रै देखिने बाक्लो जुँगा उनका पहिचान हुन् । पछि हातमा एउटा छडी लिएर खुट्टा नउचालीकन हाँस हिँडेझैँ हिँड्ने फुच्चे फिरन्तेका रूपमा चिनिन थाले ।   [caption id=\"attachment_8461\" align=\"alignleft\" width=\"150\"]\"madhab_dungel_article\" लेखक[/caption] चार्लीको व्यक्तित्व त्यसै ख्यालख्यालमा बनेको छैन र उनी ईश्वरको कृपाले त्यति लोकप्रिय बनेका पनि होइनन् । हास्यव्यंग्यका क्षेत्रमा उनी विश्वकै सर्वाधिक सफल प्रतिभाका रुपमा स्थापित भए । उनको नक्कल गरेर जीविका धान्ने कलाकारहरु सयौँ जन्मिए । चार्ली धेरै कमेडी कलाकारका आदर्श पुरुष भए तर उनमा दैवी शक्ति नै थियो भन्ने होइन । कठोर परिश्रम, चुनौतिपूर्ण संघर्ष र उच्च सोचविचारले उनलाई त्यहाँ प¥याएको थियो । उनले लगाउने पहिरन जो पछि ‘लिटिल ट्र्याम्प’ चरित्रका रुपमा असाध्यै धेरै प्रसिद्ध भयो, त्यो पनि त्यसै बनेको होइन । बाल्यकालमा गरिब थिए, कलाकारहरुको जडौरी लगाउनु पथ्र्यो । साथीहरुले जिस्काउँथे, सडकमा हिँड्दा बच्चाहरुले जिस्काउँथे । सानो फुच्चे, ठूलो कोट । ‘लिटिल ट्र्याम्प’ चरित्रमा ठूलो पाइन्ट, ठूलो जुत्ता छ । हातमा लट्ठी छ । सडकबालक छँदा कुकुर धपाउन प्रयोग गरिने लट्ठी ‘लिटिल ट्र्याम्प’ चरित्रको विशेषता बनेको छ । खुट्टा नउचाली हिँड्ने शैली उनले आफ्नै बाबुको एक जँड्याहा साथीबाट सिके । ‘लिटिल ट्र्याम्प’मा देखिने जुन बालक र वयस्क चरित्रको मिश्रित हाउभाउ छ, साहसी, गम्भीर र दुःखी भावको सम्मिश्रण छ, एक्लोपनको नीरवता छ, चकचके, उदास र बेपर्बाह शैली छ, त्यो उनको बाल्यकालकै अनुभवको समृद्धि हो । ‘लिटिल ट्र्याम्प’ जति नै बेपर्बाह र चकचके भए पनि मानवतामा त्यो धेरै माथि छ । यो तथ्य चार्लीले बडो सोच–समझका साथ ‘लिटिल ट्र्याम्प’मा स्थापित गरेका छन् । यसो हुन हुँदैनथ्यो भने ‘लिटिल ट्र्याम्प’मार्फत् उनले अमेरिकी सरकार र सभ्य भनाउँदो पुँजीवादी शासन व्यवस्थामाथि त्यो स्तरबाट खिल्ली उडाउन सक्दैनथे ।   काम गरेर कहिल्यै नथाक्ने मान्छेको नाम चार्ली च्याप्लिन । उनी परिश्रम धेरै गर्थे र बहुत सोचविचार गरी दुनियाँका लागि उपयोगी हुने कला मात्रै सार्वजनिक गर्थे । अमेरिका छिरेका गरिबहरुको दुःखमा आधारित ‘द इमिग्रेन्ट’ सुरुमा ४० हजार फिट लामो रिल छायांकन भएको थियो । सम्पादनका क्रममा त्यसलाई काटेर १ हजार ८ सय फिटमा झारियो । ४० हजारलाई १८ सय फिटमा झार्नुले उनको चयन क्षमतालाई देखाएको छ । भनिन्छ, रिल काट्नुअघि उनले प्रत्येक देश्य कम्तीमा ५० पटक हेरेका थिए । अकिकांश आप्रवासीले अमेरिकामा भोग्ने कठोर दुःखलाई विषय बनाइएको यो चलचित्र त्यही भएर चार्ली शृंखलाको महत्वपूर्ण हिस्सा बन्न सक्यो । ‘द सर्कस’ नामक चलचित्रका लागि बाँधिएका डोरीमाथि हिँड्न उनले पूरा एक हप्ता सिकेका थिए, केही दृश्यको छायांकनका लागि त उनले सात सयभन्दा बढी टेक लिएका थिए । सिंहको खोरभित्रको छायांकन पनि उनका लागि उत्तिकै गारो र खतरनाक भयो, त्यस दृश्यका लागि पनि उनले दुई सय टेक खानु परेको थियो । एक अन्तर्वार्तामा चार्लीले भनेका थिए, त्यतिबेला उनको अनुहारमा देखिएको त्रासको भाव अभिनय नभएर साँच्चैको त्रास नै थियो ।   चार्लीका चलचित्रहरु कठोर संघर्षका चलचित्र हुन्छन् तर आशावादी हुन्छन् । उनको लिटिल ट्र्याम्प जहिले पनि जीवनवादी हुन्छ र कठिनाइहरुलाई स्वीकार गर्छ । ऊ भाग्दैन, मर्न खोज्दैन, बरु मर्न खोज्नेहरुलाई पनि जीवनको मार्गमा डो¥याएर संघर्षशील जीवनका लागि अभिप्रेरित गर्छ । संघर्षले नै मानिसहरुलाई दोस्रो विश्वयुद्धको कठिन र कष्टकर दिनहरुमा पनि बाँच्न सहयोग पु¥याएको छ । यही भएर चार्ली च्याप्लिन संसारका गरिबहरुको, कमजोर र निमुखाहरुको प्रेरणा बन्न सकेका हुन् ।   पुँजीवादी समाजका अनाथ बालबालिकाहरुको विषयलाई टिपेर बनाइएको ‘किड’ त्यतिबेला पचास राष्ट्रमा प्रदर्शित भयो । आत्महत्या गर्ने सोचमा आमाबाट छोडिएको बालकलाई चार्लीले चलचित्रभरि स्याहारेका छन् । आफू मरे पनि बच्चा नमरोस् भनेर रोकिराखेको गाडीको सिटमा छोड्ने आमाको कथा मात्र होइन, धनीमानीहरुले भुलेको मानवतालाई पनि यस चलचित्रले विषय बनाएको छ । गाडीवालहरुबाट गल्लीमा फ्याँकिएको बच्चालाई नचाहँदानचाहँदै पनि चार्लीले हुर्काएका छन् । नचाहनु उनको गरिब र एक्लो हुनुको बाध्यता थियो । तर फेरि पनि स्याहार गर्नु उनको मानवता थियो । यही मानवतालाई गरिब ट्र्याम्पले माथि उठाएको छ र अन्ततः उनीहरु बाबुछोरा जस्ता बनेका छन् । उनीहरुको मायालु सम्बन्ध कुनै साँच्चैका बाबुछोराको भन्दा महान् र विशिष्ट छ । यहाँ वर्गीयप्रेमले राम्ररी काम गरेको देखिन्छ । थर, नाम, रगत केही पनि मिल्दैन फेरि पनि उनीहरु बाबुछोरा नै हुन्, व्यवहारमा कहीँ भेद छैन ।   सन् १९२१ मा चार्लीलाई जन्मभूमिले तान्यो । उनले आफू हुर्र्किएको ठाउँमा पाइला टेक्दा प्रशंसकहरुको मानवसागर नै उर्लियो । उनी अहिले संसारप्रसिद्ध भइसकेका थिए । आफ्ना पुराना दुःखका साथी र इस्टमित्र देख्दा उनको दिमागमा विगत र वर्तमान दुबै घुम्न थाले । आफू बसेको भव्य होटलबाट सुटुक्क भागेर उनी दुःख पाएका गल्लीहरुमा निस्किए । आफूले चिनेका ठाउँहरु केही बदलिएको र केही उस्तै रहेको पाए । त्यतिबेलाका आफ्ना गरिब साथीहरुलाई भेटे तर साथीहरुले उनलाई पहिलेको व्यवहार गरेनन् । त्यो महान् मान्छेलाई उनीहरुले आफ्नो हिजोको सडकछाप मित्रका रुपमा स्वीकार गर्न सकेनन् । चार्लीलाई के लाग्यो भने उनी पनि यहाँ रमाउन सक्ने रहेनछन् । यही विरहमा, आफ्नासँग छुटिएको बोध भएपछि उनी केही समय युरोपको भ्रमणमा मन बहलाउन निस्किए र पुनः अमेरिका नै फर्किए । दुई वर्षको परिश्रम लगाएर बनाइएको ‘सिटी लाइट्स’ मा चार्लीले फूल बेच्ने एक युवतीको दृश्य फर्काउनका लागि पैसा जोगाउँछन् । निकै परिश्रमपूर्वक जोगाएको उक्त पैसाबाट युवतीको उपचार हुन्छ, ऊ आँखा देख्ने पनि हुन्छे । तर युवतीलाई के लागेको हुन्छ भने खर्च जुटाइदिने मान्छे असाध्यै धनी र दयालु हुनुपर्छ । चार्ली त्यो केटीले आँखा देखेकोमा असाध्यै खुसी हुन्छन् र खर्च आफूले जुटाएको भन्न उनलाई गारो पर्छ । ८ हजार ९३ फिटको यो मानवतावादी चलचित्र बनाउनका लागि ३ लाख १४ हजार २ सय ५४ फिट रिल खिचिएको थियो । पैसाका लागि अपराधसमेत गर्न पछि नपर्ने द्रव्यकेन्द्री समाजलाई चार्लीले यस चलचित्रबाट पैसाको उपयोगिता सिकाएका छन् ।   मोर्डन टाइम्स चार्लीको सर्वोच्कृष्ट चलचित्र हो तर दुर्भाग्य वा सौभाग्य के भयो भने यसै चलचित्रका कारण उनलाई कम्युनिस्ट भएको आरोप लगाइयो । कम्युनिस्टको क पनि सुन्न नसक्ने अमेरिकी सरकार वास्तवमा चार्लीको लोकप्रियताबाट भयभीत थियो । चार्लीको लोकप्रियताकै कारण सरकारपक्षीय चलचित्र निर्माताहरुको बजार भित्रभित्रै भत्किँदै पनि थियो । कुनै बाहना निकालेर चार्लीलाई समाप्त पार्नु उनीहरुको योजनाभित्रै थियो । ठीक यही बेला चार्लीको मोर्डन टाइम्स् आउनु अमेरिकी सरकारका लागि राम्रो बाहना मिल्यो ।   भएको के थियो भन सन् १९५० मा जोसेफ म्याककार्थी नामका एक सिनेटरले आफूसँग २०० जना कम्युनिस्टहरुको सूची रहेको घोषणा गरे । त्यतिबेला कम्युनिस्टहरुसँग अमेरिका यति धेरै आताल्लिएको थियो कि कसैमाथि कम्युनिस्टको शंका लाग्नेबित्तिकै अमेरिकाविरोधी क्रियाकलापमा संलग्न भएको आरोपमा तुरुन्तै अदालत पु¥याउन सकिन्थ्यो । म्याककार्थीको यो घोषणापछि उनीहरुले आफ्ना विरोधीहरुलाई कम्युनिस्टको आरोपमा धमाधम कारबाही चलाउन थाले । धेरै क्षेत्रका उत्कृष्ट र प्रतिभावान् व्यक्तिहरु पलायन रोज्न बाध्य बनाइए । चलचित्रमा पनि यसको प्रभाव प¥यो र धेरै कलाकार तथा चलचित्रकर्मीहरु यस क्षेत्रबाटै पलायन भए । चार्लीजस्तै गरी कम्युनिस्टको आरोप लागेकाहरु हलिवुडमा धेरै देखिए । सचेत चलचित्रकर्मीहरु यस अभियानका विरुद्ध उठे तर जित्न सम्भव थिएन, जितेनन् । उनीरुलाई फेरि चलचित्र उद्योगमा काम गर्न नपाउने गरी सजाय तोकियो । यसै सिलसिलामा चार्ली पनि अमेरिकाबाट निर्वासित भए । तर यस घटनाको विरोध धेरैतिरबाट हुन थालेपछि बाध्य भएर १९५४ मा अमेरिकी अदालतले म्याककार्थीको अभियान गलत भएको फैसला सुनाएर आफ्नो इज्जतलाई धान्ने प्रयास ग¥यो ।   हो, स्टालिनसँग केही मतभेद भए पनि चार्ली रुसी जनतालाई माया गर्थे र रुसी जनताको हत्या गर्नु गल्ती हो भन्थे । उनले एक सम्बोधनमा ‘कमरेड’ शब्दको प्रयोग गरे तर आफूलाई ‘म कम्युनिस्ट हुँ’ भनेर घोषणा गरेनन् । उनले ‘म कलाकार हुँ, राजनीतिज्ञ होइन तर शान्तिको बाहक हुँ’ भनेर सफाइ दिए । वामपन्थी संघ–संस्थासँग अलिकति पनि सहानुभूति राख्नेलाई देशद्रोहीको संज्ञा दिने अमेरिकी सरकारको जाँचबुझ ब्युरो (एफबिआई) ले चारघन्टा लामो सोधपुछ गरेको थियो । त्यस सोधपूछमा उनलाई ‘म कम्युनिस्टहरुलाई घृणा गर्छु’ भन्न लगाइएको थियो । त्यो कुरा चार्लीले अस्वीकार गरे । उनले त्यहाँ रुसीहरुको साहसको प्रशंसा गरे र रुसमा आफ्ना साथीहरु भएको स्वीकार गरे । उनले त्यस सोधपुटमा काला जातिका कलाकार पावल रोबर्सन र प्रसिद्ध नाटककार बर्टोल्ड ब्रेख्तजस्ता प्रतिभाहरु आफ्ना साथी भएकोमा गौरव गर्छु भनेर भनेका थिए । यस्ता कम्युनिस्टहरुलाई साथीका रुपमा पाउँदा गर्व गर्ने भनेर अमेरिकाले उनलाई कम्युनिस्ट ठहर गरेको थियो ।   चार्लीलाई कम्युनिस्ट भएको प्रमाणका रुपमा पेस गरिएको चलचित्र ‘मोर्डन टाइम्स’ एउटा बेरोजगार मजदुरको कथा हो । अन्य चलचित्रहरु जस्तै यो पनि हास्य रसमा बनाइएको चलचित्र हो । यसमा पनि चार्लीले अमेरिककाका लाखौं बेरोजगारहरुकै प्रतिनिधित्व गरेका छन् । यसअघिका चलचित्रहरुमा गरिब ज्यादा देखिने ट्र्याम्प यस चलचित्रमा भने बन्द–हडतालकर्ता मजदुरका रुपमा पनि देखिएको छ । वास्तवमा ऊ नेता होइन तर फेरि पनि ऊ नेता हो । अथवा ऊ नेता हुन सक्छ । किनभने मानवीय संकट त्यहाँ यसरी मौलाएको छ कि जो–कोही पनि भोलि विद्रोही बन्ने सम्भावना छ, नेता बन्ने सम्भावना छ । यद्यपि एक ठाउँमा झन्डा बोकेको देखिए पनि चलचित्रमा ट्र्याम्प नेता बनेको छैन ।   मोर्डन टाइम्समा मिसिनमा पिसिएको मानवता यस चलचित्रमा देखाइएको छ । पुँजीपतिहरुले गरिब वा मजदुरहरुलाई कसरी अमानवीय श्रम गराउँछन् र संवेदनाको तहमा पनि मानवका रुपमा स्वीकार गर्दैनन् भन्ने कुरा पनि यसमा छ । ट्र्याम्पको विद्रोही र मानवतावादी चरित्रले सिंगो चलचित्र भरिएको छ । हाँसो जति धेरै छ, मुटु नै निमाठिने दुःख र अत्याचार पनि यस चलचित्रमा देख्न पाइन्छ । त्यति मात्रै होइन, यसले अमेरिकी सरकारको पंगुपना र गैरजिम्मेवारीमाथि त्यत्तिकै चोटिलो व्यंग्य पनि गरेको छ । अमेरिकी समाजको असमानता, आर्थिक विभेद, बेरोजगारी समस्या, भोक, गरिबी र क्रूरता यहाँ झल्किन्छ । यतिसम्म कि बाँच्नका लागि गरिएको (रोटीको) चोरी पनि यहाँ असाध्यै न्यायिक र सही देखिएको छ ।   मृत्युपछि पनि लोकप्रियतामा कहिल्यै पछि नपरेका चार्लीको शव सन् १९७८ को फेब्रुअरी ३ मा रहस्यमय ढंगले बेपत्ता भयो । शवको खोजीमा प्रहरीहरु धेरै समय खर्च भयो र अन्ततः हराएको साढे दुई महिनापछि उक्त शव फर्काउन प्रहरी सफल भयो । सधैँ मानवताका पक्षमा, स्वतन्त्र र सुन्दर समाजका पक्षमा निरन्तर संघर्ष गरिरहने चार्लीले आफूलाई कुनै देशविशेषको मात्रै नभई अन्तर्राष्ट्रिय मानव समाजको एक सदस्य मान्दै भनेका छन्, ‘तपाईंहरूसँग भएको शक्तिले जीवनलाई सुन्दर र स्वतन्त्र बनाउँछ । त्यसले जीवनलाई एउटा रोमाञ्चकारी आश्चर्यमा पु¥याउन सक्छ । त्यसैले जनताको शासनका लागि हामीले त्यस शक्तिलाई जुटाउनु पर्छ । हामी एकजुट हुनु पर्छ । हामी एउटा नयाँ संसारका लागि लड्नु पर्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies