मंसिर २६ गते, २०७२ शनिवार 12th December, 2015 Sat०८:००:१९ मा प्रकाशित
कसैका लागि कविता लेख्नु र क्रान्तिकारी विचार बोक्नु पनि खतरनाक भइदिन्छ । त्यस्तो नहु“दो हो त भारतीय प्रसिद्ध क्रान्तिकारी कवि पाश अहिले पनि कवितामा क्रान्तिकारी सपना भरिरहेका हुन्थे । किनकी कवि पाशका लागि यो जगतमा सबैभन्दा खतरनाक केही हुन्छ भने त्यो हो– सपनाको मृत्यु । ३८ वर्षको जाग्दो उमेरमै उनको हत्या नभएको भए यतिबेला पाश तीन बीस मात्रै नाघेका हुन्थे । दमन र अत्याचार विरुद्ध लेखिएका पाशका अधिकांश कविता आक्रोशले भरिएका हुन्छन् र तिनले मजदुर, किसान, महिला र संघर्षरत मान्छेका पक्षमा चर्को स्वर दिन्छन् । सही हो, सपना दबाउन चाहने र सपना मार्न चाहनेहरु पाशका कविता रुचाउ“दैनन् । तर जो निरन्तर सपना देखिरहन्छन् र सपना जोगाउन चाहन्छन्, उनीहरुका लागि पाशका यी पंक्ति पक्कै पनि प्रिय लाग्नेछन्– सबैभन्दा खतरनाक हुन्छ, हाम्रा सपनाहरुको मृत्यु हुनु !
जीवनमा सपनाको मृत्यु सबैभन्दा खतरनाक हुन्छ । जीवनको अन्तिम कविताका रुपमा प्रकाशित यही अपूरो मानिने ‘सबैभन्दा खतरनाक’ कवितापछि पाशबाट अरु नया“ कविता लेखिने क्रम समाप्त भयो । तर, संसार छाडेर गएको तीन दशक नाघिसक्दा उनका कविताले पन्जाबी भाषाबाट हिन्दी, अंग्रेजी, नेपाली, बंगालीलगायतका भाषामा उल्था हु“दै लाखौं पाठकका हृदयमा सपना भरिरहेका छन् । कविको भौतिक ज्यान अब यस संसारमा छैन । तर, मानिसका सपनालाई मर्नबाट जोगाउन पाशका थोरै कविताले अहिले पनि उत्तिकै उर्जा थपिरहेका छन् ।
पाशको खास नाम अवतार सिंह सन्धु हो । तर, साहित्यमा उनी पाश उपनामले नै प्रसिद्ध छन् । भाषा र भूगोलको सीमाभित्र हेर्ने हो भने कवि पाश भारतीय हुन् र त्यसमा पनि पन्जाबी राष्ट्रियताका । तर, उनका शक्तिशाली सिर्जनाले दिनप्रतिदिन भाषा र भूगोलका पर्खाल भत्काइरहेका छन् र संसारका मुक्तिकामी जनताका संघर्षहरुमा उज्यालोका हतियार बनिरहेका छन् ।
जालन्धर जिल्लाको तलवन्डी सलेम गाउ“मा उनी सन् १९५० सेप्टेम्बर ९ मा जन्मेका थिए । बंगालबाट सुरु भएको सन् साठीको क्रान्तिकारी आन्दोलन पश्चिम भारतको पन्जाबमा समेत फैलिरहेका बेला उनी हुर्के, जतिबेला जमिन्दार, उद्योगपति र दलाल व्यापारीविरुद्धको क्रान्तिकारी आन्दोलन झन्झन् बढ्दो थियो । माध्यमिक तहसम्मको अध्ययन सकेपछि पाशले कपुरथलाको जुनियर टेक्निकल स्कुल, जालन्धरको सन्ध्याकालीन कलेजलगायतमा उच्च शिक्षा हासिल गरेका थिए । सन् १९६७ मा उनी भारतको सीमा सुरक्षा बलमा भर्ती पनि भए । तर, तीन महिना पुग्दा–नपुग्दै कविले त्यो जागिर छाडिदिए र १९६९ तिर नक्सलवादीहरुको संगतमा पुगे ।
नक्सलवादी आन्दोलनमा जोडिएपछि पाशको पहिलो कविता कृति ‘लोह कथा’ सन् १९७० मा छापियो । यही वर्ष झुठो ज्यान मुद्दामा उनलाई पक्रियो र निर्दोष साबित भएपछि सन् १९७१ मा रिहा गरियो । त्यसपछि पनि उनी दुई–दुई पटकसम्म गिरफ्तार भए । सन् १९७२ मा उनले ‘सियाड’ पत्रिका प्रकाशन गर्न थाले । एक वर्षसम्म चलेपछि यो पत्रिका बन्द भयो । सन् १९७४–७५ मा उनले ‘हेम ज्योति’ पत्रिका पनि सम्पादन गरे । सन् १९७३ मा दोश्रो कृति ‘उडदे बाजा“ मगर’ छापियो । २८ वर्षको उमेरमा राजविन्द्र कौरस“ग पाशको विवाह भयो । त्यही वर्ष अर्थात् सन् १९७८ मा तेश्रो कविता कृति ‘साडे समिया“ विच’ छापियो । जीवनको यही अवधि पाशको सबैभन्दा सक्रिय सिर्जनशील अवधि थियो ।
पाश जीवनको अन्तिम अवस्थासम्म पनि कविता लेखन र पत्रिका प्रकाशनमा दत्तचित्त भएर लागेका थिए । कविता लेख्नु र पत्रिका छाप्नु उनको सौखको विषय थिएन, समाज र परिवर्तनप्रतिको दायित्व थियो । सन् १९८६ मा क्यालिफोर्निया पुगेका उनले त्यहींबाट ‘एण्टी–४७ फ्रण्ट’ नामको पत्रिकाको सम्पादन गरेका थिए । अर्को वर्ष उनी अमेरिका फर्के । बिदाको समयमा अमेरिकाबाट पन्जाब आएका बेला आफ्नै गाउ“मा खालीस्तानी पृथकतावादीहरुले कवि पाशको निर्मम हत्या गरे । संयोग, जुन दिन भारतीय क्रान्तिकारी युवा नेता भगतसिंहको हत्या गरिएको थियो, त्यही दिन अर्थात् २३ मार्च १९८८ मै लिइयो क्रान्तिकारी कवि पाशको ज्यान । पञ्जाबमा २३ मार्चमा भगतसिंह र कवि पाशको स्मृतिमा संयुक्त शहीद दिवस मनाइन्छ । यी दुवै पञ्जाबका क्रान्तिकारी योद्धा थिए । भगतसिंह बेलायती साम्राज्यवादविरुद्ध क्रान्ति र स्वतन्त्रताका लागि सशक्त आन्दोलनका पक्षधर थिए भने पाश क्रान्तिकै लागि साहित्यिक र वैचारिक लडाइ“मा समर्पित एक जनकवि थिए ।
[caption id=\"attachment_50156\" align=\"alignleft\" width=\"150\"] लेखक[/caption]
पाशको हत्या भइसकेपछि पनि ‘हम लडेंगे साथी’ (१९८८), ‘खिल्लरे होए वर्के’ (१९८९) ‘बीचका रास्ता नहीं होता’ (१९८९), ‘पाशके आसपास’ (१९८९), ‘अक्षर अक्षर’ (१९९८), ‘लहु है कि तब भी गाता है’ (१९९८), ‘पाशकी कविताए“’ ¬(२००५) जस्ता थुप्रै कविता संकलनका कैयौं संस्करण निस्केका छन् । उनका कविताको हिन्दी, अंग्रेजी, नेपालीलगायतका भाषामा थुप्रै पटक अनुवाद पनि भइसकेको छ । उनको ‘सबसे खतरनाक’ कविता भारतमा ११ कक्षाको पाठ्यक्रममा पनि समावेश छ । पन्जाबमा उनको स्मृतिमा ‘पाश मेमोरियल अन्तराष्ट्रिय ट्रस्ट’ स्थापना गरिएको छ । हरेक वर्ष मार्च २३ मा भारत र संसारभरिका क्रान्तिकारी कवि–साहित्यकारहरुले पाश स्मृति दिवस मनाउ“छन् ।
हाल अमेरिकामा नर्सका रुपमा कार्यरत पाशकी पत्नी राजविन्दर कौर पाशस“गको वियोगबारे भन्छिन्, ‘पाशले हामीलाई एक्लै छाडेर जानुभएको छैन, उहा“ त सधैंभरि आफ्ना कविताहरुमा बा“चिरहनुहुनेछ ।’ पाशका थुप्रै कविता हिन्दीमा अनुवाद गरेका जवाहरलाल नेहरु विश्वविद्यालयमा हाल भारतीय भाषा केन्द्र विभागमा प्राध्यापनरत प्रोफेसर चमनलाल भन्छन्, ‘पाशका कविताले सामान्य पाठकदेखि जनतान्त्रिक संघर्षमा जोडिएका मजदूर, किसान, महिला, विद्यार्थी, दलित र ट्रेड युनियन कार्यकर्ताहरुसम्मका लागि जनतान्त्रिक संघर्षको अन्तिम विजयको ओजमा विश्वास गर्न प्रेरक भूमिका खेल्नेछन् ।’
भारतीय प्रगतिवादी संस्कृतिकर्मी तथा कवि कात्यायनीका भनाइमा ‘पाशको क्रान्तिकारी मानवतावाद अन्तिम साससम्म पनि जिउ“दो थियो । अन्तिम साससम्म उनी जीवन, संघर्ष, सिर्जना र सौन्दर्यको गायक बनिरहे, सत्यको घोषणा–पत्र पेश गरिरहे, विद्रोहको घोषणा गरिरहे, परजीवी शोषक–शासकवर्गलाई चुनौति दिइरहे, भगुवाहरुलाई धिक्कारिरहे र यथास्थितिवादीका मुखमा थुकिरहे ।’
पन्जाबको गाउ“मा जन्मे–हुर्केर पनि आज पाशले कवितामार्फत् संसारभरिका जनतासामू आफ्नो परिचयको झन् झन् विस्तार गरिरहेका छन् । विश्व साहित्यमा उनी पाब्लो नेरुदा र नाजिम हिक्मतले नेतृत्व गरेको कविता धाराका कवि मानिन्छन् । नेपालमा जनयुद्धको धारामा कविता लेख्ने युवाकविहरु पनि पाशलाई प्रेरक मान्छन् । पाशलाई भारतीय कविताका लोर्का पनि भनिन्छ । उनी कवि मात्रै थिएनन्, जनसंघर्षका एक अथक योद्धा पनि थिए । जीवनप्रति निरन्तर निष्ठावान् पाशले जनताको आन्दोलनलाई सपना भरिएका कविता मात्रै दिएनन्, रगतको समेत नतिरिने गुन लगाए । नेपालमा पनि उनका कविता अत्यन्तै रुचाएर पढिन्छ । कवि श्यामल पाशबारे भन्छन्, ‘पाश जनकविका रूपमा विश्वका अन्य देशमा झैं नेपालमा पनि सम्मानित छन् । नेपाली कवि र पाठकहरूले पञ्जाबी कविताका सुरजीत पातर र पाश दुबैलाई निकै गम्भीरतापूर्वक पढ्छन् र स्मृतिमा राख्छन् । यसर्थ उनीहरू जन कविताका लागि प्रेरक सिद्ध भइसकेका छन् ।’
पाशले भारतको दुनिया“मा त्यतिबेला देखेको र पुनर्रचना गरेको सत्य अहिले पनि भारतमा बदलिएको छैन । त्यो सत्य यति सार्वजनीन छ, भारतको निकट उत्तरी सीमानाभित्र नेपालमा पनि त्यही सत्य भोगिरहेका छौं । नेपालीहरूले विभिन्न जनसंघर्षमार्फत् देख्ने गरेका सपनाको मृत्यु नेपालकै निम्ति दुर्भाग्य हुनेछ । त्यसैले उनका कविता सार्थक र उत्प्रेरक छन्, नेपालको सन्दर्भमा पनि ।
अन्त्यमा, उनकै बहुचर्चित कविता ‘सबैभन्दा खतरनाक’ को एक अंश उनकै सम्मानमा–
श्रमको लुट सबैभन्दा खतरनाक हुन्न
पुलिसको पिटाइ सबैभन्दा खतरनाक हुन्न
गद्दारी लोभको मुठ्ठी सबैभन्दा खतरनाक हुन्न
बसिरह“दा पक्राउ पर्नु नराम्रो त हु“दै हो
तर त्यो पनि सबभन्दा खतरनाक हुन्न
सबैभन्दा खतरनाक हुन्छ
मुर्दा शान्तिले भरिनु
कुनै छटपटी नहुनु
सबै सहनु
घरबाट काममा निक्लनु
र कामबाट खुरुखुरु घर फर्कनु
सबैभन्दा खतरनाक हुन्छ
हाम्रा सपनाहरुको मृत्यु हुनु †
०००
कबलनभभत।कचयतब२नmबष्।िअयm
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: