Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

उज्यालो हराएका जूनकिरी

‘एक लज्जाम् परित्यज्य सर्वत्रः विजयी भवेत्’ अर्थात लाज छाडेपछि मानिस सबैतिर विजयी हुन्छ । ठमेलमा साझ भेटिएका तेस्रोलिंगी आफूले सारा संसार जितेको भावमा देखिन्छन् र बाटोमा हिडिरहेका पुरुषलाई बिनाहिच्किचाहट मस्किदै सोधिरहेका हुन्छन्– ‘जाने हो ?’ उताबाट ‘हो’ को स्वीकृति आयो भने अझ मस्किन्छन्, ‘१६ सय लाग्छ (शरीरको मोल अझै बढ्ने सम्भावना हुन्छ) ।’ मागअनुसार सहमत भए त ठीकै छ, नत्र त्यो बटुवाले भव्य हप्की खानुपर्छ र लुरुक्क त्यहाबाट अलप हुनुपर्छ । त्यसैले भन्न मन लाग्छ, यी तेस्रोलिंगी विजयी मानव हुन् ।   पश्चिममा भव्य सांग्रिलाको छवि बोकेको देशको मुख्य पर्यटकीय केन्द्रमा विश्वका ख्यातिप्राप्त व्यक्तिको उति बाक्लो उपस्थिति हुँदैन । खोज्दै गए भेटिन्छन् एडमन्ड हिलारीदेखि रिकी मार्टिनसम्मको ठमेल महायात्राको कहानी । तर, साँझको ठमेलमा अचेल बाटैभरि ‘तेस्रोलिंगी’ वा ‘समलिंगी’ छ्याप्छ्याप्ती भेटिन्छन् ।   ‘एक्स्क्युज मी म्याम’, पछाडिबाट ढाड देखिएकी भद्दा मेकअपसहितकीे अजंगकीे एउटी तेस्रोलिंगीलाई हालैको एक सा“झ ‘तेस्रोलिंगी जिन्दगी’बारे रिपोर्टिङ गर्न जाँदा सञ्चयकोष भवनअगाडि सिगरेट देखाउँदै सोधे “– ‘सल्काउने हो ?’   ‘ह्वाई नट ?’ रातो क्रिम दलिएको अनुहार पूरै उज्यालो बनाएर उनले भनिन्, ‘लाइटर दिनुस् त ।’ ‘तिम्रो नाम ?’ ‘ऋत्विक ।’ \"dipak‘ऋत्विक ???’ निधार खुम्च्याएर र आँखा च्यातेर मैले भने “ । केटीजस्तै कपाल कोरीबाटी गरेर, साडी या कुर्ता लगाएर, शृंगारसहित गहना लगाएर हिँडेका ‘गे’ यहाँ थुप्रै भेटिन्छन् । अघि मात्रै मैले केही ‘गे’ भेटेको थिए “, ऋत्विकचाहि“ ‘लेस्बियन’ रहिछन् (रोमको लेस्बोस् सहरका नामबाट ‘लेस्बियन’ शब्दको उत्पति भएको हो) । त्यतिबेलै एउटा खाली रिक्सा ‘प्वापाउ“, प्वापाउ“’ भन्दै चोकतिर दौडियो । उनले के भनिन्, मैले सुन्न सकिन“ । रातको ठमेल निकै मादक देखिन्छ । काठमान्डू गेस्ट हाउसअगाडिको रेस्टुरेन्टबाट चर्को संगीत आइरहेको छ– ‘ओ रे मनवा तु तो बाबरा हे...तु ही जाने तु क्या सोचता हे ।’ सिडी पसलहरू ‘चदरिया...झिनी रे झिनी र ओम मणिपद्मे हुँ को इन्स्ट्रमेन्टल धुनहरू सुनाइरहेका छन् । साहुजीहरूको ध्यान पसलमा राखिएका सामग्रीभन्दा बढी बहुरूपी विदेशी ग्राहकतिर तानिएको छ, सकिनसकी टुटेफुटेको अंग्रेजीमा बार्गेनिङ गर्दै छन् । बाइक र गाडीहरू क्रन्दन गर्दै छन्– ट्वाँ ट्वाँ, टी टी...।   अँ म अघिको ‘ऋत्विक’को कुरा गर्दै थिएँ । २४ वर्षीया ‘ऋत्विक’ शारीरिक रूपले महिला हुन् । सिन्धुपाल्चोकका धेरैले उनलाई ‘सपना’ भनेर चिन्छन् । नाम सपना भए पनि जबदेखि उनले आफ्ना शारीरिक अवयवबारे जान्ने भइन्, उनको व्यवहारमा क्रमशः पुरुषजन्य चरित्र पो देखिन थाल्यो । जनेन्द्रीय महिलाको, हाउभाउ पहिरन शैली ठ्याक्कै पुरुषको । विद्यालयमा अरू साथी फ्रक लगाएर जान्थे, उनी पाइन्ट लगाएर । सपनालाई युवतीले लगाउने मेकअप, नेल–पोलिस, लाली–पाउडर प्रयोग गर्न रुचि नै भएन । बरु राम्री केटी देखे जिस्क्याउन मन लाग्थ्यो । उनी केटीसँगै आकर्षित हुन्थिन्, गुच्चा खेल्ने पुरुष भिडतिर पुग्थिन् । पुरुषमा हुने जैविक गुण उनमा देखियो । कहिल्यै पनि पुरुषतिर आकर्षित भइनन् ।   पुरुष पोसाक, पुरुष नाम, पुरुष सम्बोधनमा देखिएकी ‘ऋत्विक’ अहिले लभमा छिन् रे वीरगन्जकी एउटी महिलासित । ‘मिले बिहे गर्ने हो’, उनी भन्छिन्, ‘जिन्दगी जसोतसो चलिहाल्छ ।’ घर–परिवार छाडेर काठमाडौँ पसेकी उनको नाममा विशाल आकाशमुनि एक इन्च जग्गा छैन, कतै एक रुपियाँ जगेडा छैन । ‘तिमी यौनकर्मी लेस्बियन हौ’ भन्ने मेरो आरोपलाई तत्काल दुत्कार्छिन्– ‘म सोख र रहर पूरा गर्न साथीहरूसँग डुलेको मात्रै, कुनै राम्री फेला पर्छे कि ’   जीवनको नाम– हिँड्नु । यो रोकियो भने जिन्दगी नै कहा“ हुन्छ र मुस्किल, पीडा, अड्चन, तनाव– यी सबै त मौसमजस्तै आउ“छन्, जान्छन् । तर, जिन्दगी बस् चलिरहन्छ, कहिले दौडिन्छ कहिले बिस्तारै हि“ड्छ, कहिले हल्लिरहन्छ एकैठाउँमा– पेन्डुलमजस्तो । ऋत्विकको जिन्दगी पनि पेन्डुलम भएको रहेछ ।   लामो कुराकानीपछि मैले उनलाई सोधेँ, ‘तिम्रो तस्बिर खिच्न सक्छु ?’   ‘नाइँ, यति कुरा गरिन्जेल पनि उनलाई पत्तो थिएन, म ‘खबरीलाल’ हु“ । मैले हातमा डायरी पनि त लिएको थिइनँ, नत्र उनी कुरा गर्न तयार नहुन सक्थिन् ।   ‘चुरोट खुब खान्छु,’ उनले भनिन्, ‘यो मेरो जिन्दगीको सबैभन्दा प्यारो वस्तु हो ।’ तेस्रोलिंगीले उडाएका धुवा“को अम्मलमा परिसकेको ठमेलले दंग पर्दै सिगारको लामो सर्को अकाशतिर फाल्यो सम्भवतः ।   सपना उर्फ ऋत्विकको कथा बडो ‘अफबिट’ छ ।   ०५८ को अन्त्यतिर पाँच कक्षा पार गर्न नपाउँदै माओवादीले बाबुबाट उनलाई खोस्दा सिन्धुपाल्चोककी यी बाला १४ वर्षकी थिइन् । हेर्दा केटाजस्ती देखिने उनलाई ‘बुर्जुवा शिक्षाको काम छैन’ भन्दै आफूसँग जान माओवादीले कर गरे । र, त्यसै दिनदेखि उनी ‘पिएलए’ बनिन् ।   चार दिनसम्म जंगलै–जंगल हिँडाएर रामेछाप पुर्याए । कुनै माध्यमबाट घरमा चिठ्ठी पठाइन् –‘बुबा म घर आउन चाहन्छु, पढ्न चाहन्छु ।’ तर बुबाको हातमा चिठ्ठी परेन । गाउँलेसँग खोसेरै खान सिकाइयो उनलाई । बन्दुक चलाउन, हाम फाल्न, रूख चढ्न सिकाइयो । एक दिन सात फिटमाथिबाट हामफल्दा खुट्टा नराम्ररी भाँच्चियो । तीन महिनासम्म जंगलको कुनै निर्जन घरमा ‘रेस्ट’ गरिन् । गोलीगठ्ठाको भारी बोकेर दिनभर उकालो हिँड्दा उनी बेहोस हुन थालिन् ।   १० दिनको बिदा मिलाएर घर फर्किएकी उनी फेरि जंगल नफर्कने सुरले घरै बसिन् । उपचार गर्न बुबाका साथ काठमाडौं आइन् र पुरुष भएर हिँड्ने उनको सपना काठमान्डुले पूरा गरिदियो । काठमान्डु आएपछि चितवनकी एउटी युवतीस“ग घनिष्ठ सम्बन्ध बन्योे । केही समय सँगै बसे । अहिले ती युवती कहाँ छिन्, उनलाई थाहा छैन । उनका तेस्रोलिंगी साथी धेरै छैनन् । एचआइभी/एड्स र यौनरोग नियन्त्रणसम्बन्धी काम गर्ने एक गैरसरकारी संस्थामा काम गर्छिन् उनी । उनी ‘यौन व्यवसायी’ शब्दलाई घृणा गर्छिन् र आफूलाई ‘यौन क्रियाकलापमा उदार’ भन्न रुचाउ“छिन् ।   ००० प्रकृतिले आफ्नो सिर्जनाको निरन्तरताका लागि दुईथरी मानिसको अस्तित्व दिएको छ । तेस्रोलिंगीको अलग अस्तित्व उदय भएपछि पछिल्लोपटक एउटा नया“ बहस जबर्जस्त आउने गरेको छ, ‘के तेस्रोलिंगी महिला र पुरुषजस्तै अस्तित्वका मानिस होइनन् ?’ संसारमा प्रकृतिले प्रदान गरेका भिन्नतालाई अस्तित्वस“ग गा“सेर हेर्ने हो भने तेस्रोलिंगी पनि उही र समान अस्तित्वको भागी हुन्छ र हुन पाउ“छ । तर, उसका मौलिक भिन्नता छन् । ऊबाट सिर्जनाको कल्पना गर्न सकि“दैन । यस अर्थमा सृष्टिको भूमिमा त्यो पटबा“झो जमिन हो । अप्रिय भए पनि यो निर्मम सत्य हो ।   तेस्रोलिंगी जूनकिरीजस्ता लाग्छन्, साँझ परेपछि मात्रै उनीहरूको चमक देखिन्छ । परीजस्तै पहिरनमा छन् तर शरीरको प्राकृतिक उज्यालो हराएका जूनकिरी । प्राकृतिक सिर्जनाको मुहान बन्द भएपछि त्यसबाट आउने वासना, सौन्दर्य र उपयोगिता सबै कृत्रिम हुन्छ, त्यसैले परम्पराले उनीहरूलाई नाम दिएको छ– ‘हिजडा’ । यो अपमानजनक शब्द यहाँ उल्लेख गर्नुपर्दा म दुःखी छु । तर, जनजिब्रोले उनीहरूलाई यसै भन्छ ।   प्रकृति आफैँमा स्वधर्म हो । धर्मच्यूत प्रकृतिको नीरसताले नै साँझ मात्र उनीहरूलाई सडकमा उतारेको हो कि झैँ लाग्छ । जन्मिँदै पुरुष भएकालाई महिलाका लुगा र शृंगार मन पर्ने, उमेर बढ्दै गएपछि आकर्षण पनि पुरुषहरूप्रति नै हुँदा अनि महिला भएर जन्मिएकामा पुरुषका गुण देखिँदा उनीहरूको जीवन कति ‘अफ ट्रयाक’ हिँड्दो हो । त्यस भयानक परिवर्तनमा उनीहरूको भूमिका हुँदैन । प्रकृतिसँगको पौठेजोरीमा विजय प्राप्त गरे पनि त्यो फगत क्षणिक र नीरस हुन्छ । र, केशरमहलमा साँझ कुरेर बस्नुपर्ने बाध्यता आइलाग्छ ।   तेस्रोलिंगीको परिवारलाई हुने मानसिक तनाव कति भयानक होला ? छोराले विवाह गरेर दुलही भित्र्याउला, नातिनातिनाको मुख हेराैला  भन्दै बुढेसकालमा सपना सजाइरहेका हुन्छन् बाबुआमा । त्यसविपरीत छोरोचाहिँ उल्टै उत्ताउली केटीजसरी चटक्क मिलाएको सारी, गहनासहित शृंगार गरेर केटाकै श्रीमती भएर हिँडेको देख्दा अरूहरू मज्जाले हाँस्लान्, बाबुआमाको अनुहारचाहिँ कति निमुखो देखिँदो हो त्यतिबेला । नेपालमा २५ लाखको हाराहारीमा तेस्रोेलिंगी भएको दाबी गरिए पनि हालसम्म तीन लाख ५० हजार मात्र खुलेर आएका छन् ।   ००० सञ्चयकोष बिल्डिङअघिबाट हिँड्छन् मानिसहरू र तेस्रोलिंगीलाई जिब्रो पड्काउ“छन् कोही । कोही घृणाको नजरले हेर्छन् । यहा“ सडकबालिका, तेस्रोलिंगी र नगरबधू सँगसँगै आफ्नो पेशा सञ्चालन गर्छन् । बीस वर्षीया रेश्मा तामाङलाई हेरौँ न । खासमा उनी पुरुष हुन् । तर, पहिरन र शृंगारले उनको ‘लिंग’ लुक्छ । बाग्लुङबाट ११ वर्षमै काठमाडौ“ छिरेकी उनले सडकमा थोत्रा प्लास्टिक टिपेर ज्यान पालिन् । उनी पहिले गाँजा खान्थिन्, डेन्ड्राइट सुँघ्थिन्, टिडिजेसिक पनि हान्थिन् । अहिले सबै छुट्यो तर चुरोटले कहिल्यै छाडेन । ‘जिन्दगी नै धुवाँ हो’, उनी भावुक बन्छिन् । यी समलिंगीलाई लाग्छ– मलाई सबै बटुवाले घृणा गर्छन् । रेश्माको झोलामा छ– आइलाइनर, ब्लु स्याडो, लिपिस्टिक, लोसन, पाउडरका बट्टा । रेश्मासँग भोग गर्न चाहनेले एक रातको हजार रुपैयाँ तिर्नुपर्छ ।   ऋत्विक उर्फ सपना ‘सबै महिला वा पुरुष आफ्नो कपाल, अनुहार, शारीरिक बनोट, उचाइ र कस्तो कपडा लगाएकी छु भन्नेबारे सोच्छन् र त्यसैमा आधारित भएर आफ्नाबारे दृष्टिकोण बनाउँछन्’ भन्छिन्–‘मेरो शरीरभित्र के छ, कट्टुभित्र के छ भन्ने सोचेर समय खर्चिने तन्नेरी धेरै छन् ।’ अनुहारभरि जथाभाबी नसुहाउ“दो सौन्दर्य प्रसाधन घसेका तेस्रोलिंगी सुन्दर हुन् कि होइनन् ? नेपाल र भारतजस्ता सामाजिक परिवेशमा सुन्दरताको फरक मापदण्ड छ । गोरो वा गोरी देखिनु उनीहरूको मुख्य चाहना हो । त्यसैले उनीहरू आफैँ पैसा खर्च गरेर अनुहारमा चमक ल्याउन चाहन्छन् ।   ऋत्विकसँग कुरा गर्दागर्दै उनको आँसु झरिसकेछ ।   ‘किन रोएकी ?’ उनलाई थुमथुम्याउने यो सही प्रश्न होइन । तर..., उनी जवाफमा सिगरेट सल्काउ“छिन् । धन्न जुरुक्क उठेर हिँडिनन् । यहाँ सबैका आफ्नै दुःख छन् । यीजस्तै संघर्षरत वर्गले नै हो दुःख पाउने । ऋत्विकको दुःख धरहराजत्तिकै ठिंग उभिएको छ, कसैको भरबिनै । उनको तस्बिर क्यामरामा कैद नभए पनि सञ्चयकोषअघिको यो लोकेसनमा आउ“दा उनका पाउजुको छमछम सुनिएला । हिजो साँझ यतै टहलिँदा उनको झल्को आएको थियो । उनी रोइरहेकी थिइन्– सुँक्क–सुँक्क ।   यस ठाउँमा धेरै छन्, सपनाविहीन ‘सपना’का रङ खुइलिएका कहानीहरू । तर, गाउ“बाट सहर पस्ने बेरोजगार युवा र पर्यटकको आगमन ह्वात्तै बढेपछि ठमेल हरेक दिन दसै“ र इद मनाउ“छ । खैर, ठमेलले यी ‘सपना’लाई खुला आकाशको ओत त दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies