Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

‘हिमालयतिर हेर’ कविता सङ्ग्रहभित्र कवि राजेन्द्रको विचारयात्रा

नेपाली माटोमा जहाँसुकै फूले पनि त्यो फूलले सुगन्ध सबैतिर फैल्याउने रहेछ, त्यसैले फूल फुल्न दिनुपर्छ । एउटै माटो जस्तो लाग्छ तथापि बीज फरक–फरक । कोही यही धरतीमा अश्लील कविता र उमेरले पनि नसुहाउने गजल लेखेर समाजलाई अश्लीलताको बाटोमा लैजान खोज्छन् त कुनै स्रष्टा सारा विकृति तथा विसङ्गतिहरूलाई निमिट्यान्न पार्न कम्मर कसेर जुझारु ढङ्गले लागेकै छन् ।   विचारका कवि राजेन्द्र पौडेलको जन्म २०३३ साल कास्कीमा भयो । २०५० को दशकबाट काव्य यात्रामा अत्यन्त उत्साहित बन्दै अगाडि बढेका पौडेल २०६५ सालमा मात्र थोक कृति ‘हिमालयतिर हेर’ (कवितासङ्ग्रह) लिएर सबैका सामु देखा परेका छन् । कवि पौडेल जनयुद्धको पाश्र्व पुष्टताका निम्ति जनतालाई विचारले बचाउँदै र सकारात्मक गति प्रदान गर्न तल्लीन युवा कवि हुन् । उनको परिचयलाई कवितासँग मात्र वा कोरा कवितामा तौलन पनि नमिल्ला । मानिस जे देख्छ, त्यही पृष्ठभूमिमा सोच निर्माण गर्छ, त्यसैगरी जुन सोच बनाउँछ कार्यरूपमा त्यसलाई उतार्ने चेष्टा समेत गर्दछ । विश्वमा चलेको प्रगतिवादी काव्यधारामा केही जल थप्ने कार्यमा इमान्दार भएर झण्डै डेढ दशकको यात्रा तय गर्ने कवि राजेन्द्र पौडेल जीवनका गोरेटोमा अविचलित यात्री समेत हुन् ।   अङ्ग्रेजी साहित्यको पठन र प्राध्यापनसँग जोडिएका पौडेलले नेपाली समाजको गति र भावधारालाई राम्रोसँग समात्न पुगेको देखिन्छ । उनका कविता वाचनको कलाले प्रतिक्रान्तिकारीहरूलाई डाह र छटपटीसमेत थपेको तथ्य पाठक तथा स्रोताका बीचबाट छिपेको छैन । २०६२/०६३ को आन्दोलनको क्रममा गुरुकूलमा वाचित कविताप्रति आफूलाई क्रान्तिकारी चिनाउने एक पूर्वमन्त्रीले प्रकट गरेको गणतन्त्रप्रतिको खिसी टिउरीलाई समेत काव्यिक लहरमा पस्कने पौडेल साँच्चै गणतन्त्र प्राप्तिपछि निर्वाचन हारेर पनि पदमा बसिरहनेहरूसम्मका विरोधी र साँच्चै गणतन्त्रवादी हुन् ।   कवि पौडेलको हिमालयतिर हेर (कविता सङ्ग्रह २०६५) मा झण्डै चार दर्जन कविता सङ्ग्रहीत रहेका छन् । झण्डै तीन दर्जन कविता विचार र विचारको यात्रासँगै सम्बन्धित छन् । कविले २०५१÷२०५२ सालदेखि आफ्नो काव्य यात्रालाई श्रमको सौन्दर्यसँग जोडेर परिवर्तनको वाहकको रूपमा उतारेका छन् । कवि जनयुद्धसँग पूर्णरूपमा सहमत हुँदै घुमाउरो ढङ्गले जनयुद्धप्रतिको आस्थालाई सबैमा सकारात्मक भाव सञ्चार गराउन सफल भएको देखिन्छ । कविता आफैँमा भाव वा विचारको संवाहन गर्ने सामल हो, जसले नवपाठक र स्रोताको मनमा समेत नयाँ सन्देश प्रवाहित गर्दछ । अझ समाजपरक विचारलाई पस्कने कविले त जीवनलाई सार्थक र सफा यात्रामा देखाउने प्रयत्न समेत गरेको हुन्छ तथापि प्रत्येक प्रगतिवादी कवि जीवनीपरक विचार र व्यवहारमा खरो उत्रन नसक्लान् ।   [caption id=\"attachment_47779\" align=\"alignnone\" width=\"150\"]\"tej लेखक[/caption]   हो त्यो जनकवि ! म उसलाई आस्थाको फूल चढाउँछु जब उसले जोडजोडले सच्चाई आठ दिनसम्म ठिमाहा जङ्गबहादुरका मुर्कट्टा दूतहरूले उसलाई कुमालेको माटो जस्तै साह्रो साह्रो ढुङ्गा जस्तै साह्रो नहुन्जेलसम्म पिटिरहे (एउटा शोक पुनः इच्छुकको सम्झनामा, पृ. ६५)   कवि पौडेलले जनकवि इच्छुकको हत्याको प्रक्रिया र त्यो बाधासँग पनि नझुक्ने इच्छुकको यथार्थ पाटोलाई आस्थाको पाखाभरि पोखेको सन्दर्भ उठाएका छन् । कविले इच्छुकले तय गरेका स्वाभिमानीहरूको बाटोमा लाग्ने प्रतिबद्धतासमेत प्रष्ट पारेका छन् । ‘आमालाई चिठी’ शीर्षकको कवितामा कवि पौडेलले एउटा क्रान्तिकारी योद्धाको युद्धप्रतिको लगावलाई अत्यन्त सहज ढङ्गले प्रस्तुत गरिदिएका छन् । कवि भोलिको आशाका उज्याला दिनका निम्ति निरन्तर रूपमा लागि पर्नेहरू नै सच्चा जनयोद्धा हुन् भन्छन् । कविले यथार्थको सन्दर्भलाई अत्यन्त उचाईमा राखेर काव्य यात्रा तय गरेका छन् । राजतन्त्रको अत्यन्त अत्यासलाग्दो अवस्थामा पनि कवि कहिले भोटाहिटीको चोकमा त कहिले पाँगाको दोबाटोमा ‘उसले ठीकै ग¥यो’ जस्ता बलशाली कविता सुनाएर जनतालाई जगाउँथे ।   तिम्रा बैगुनले आजित भएर उसले तिमीलाई मूर्दावाद भन्यो त के बिरायो ? रातका विरुद्ध जूनकीरीले शरीरमा आगो सल्कायो त के भयो ठीकै भयो (उसले ठीकै ग¥यो, पृ. २८)   कविको कलम निरङ्कुश शासकका विरुद्ध सशक्त ढङ्गले सोझिएका छन् । बोल्न नसक्नेहरूको अगाडि बोल्नु र भण्डाफोर गर्नु त कता हो कता निकै फरक कुरा पो रहेछ त । कवि आफ्ना काव्यिक अभिव्यक्तिहरूलाई अत्यन्त सन्तुलित रूपमा प्रस्तुत गर्दै गाँस, बास, कपासका निम्ति छट्पटाएकाहरूमा विद्रोहको चेतना हालिदिन्छन् । मौरी बस्नुपर्ने घारमा अरिङ्गालले गोलो लगाएपछि गोलोलाइ आगोले पोल्यो त दुःखीरामले के बिगा¥यो ? तिम्रो विरुद्धमा अन्तिम युद्ध लड्न टुँडिखेलको छेउमा उभिएर उसले शङ्ख बजायो त के विरायो ? (पूर्ववत पृ. २९)   साँच्चै कवि आफ्ना विचार र लक्ष्यप्रति अत्यन्त सजग र जुझारू देखिएका छन् । कविको विचारमा जीवनभन्दा आस्था, स्वार्थभन्दा समर्पण उचो भएपछि सबै जुरुक्क उठ्छन् र जाग्छन् अनौठो नमाने हुन्छ भन्दछन् । सीधा–सीधा भनेका कुरा पनि कति काव्य रसमय छ कविका थुप्रै कविता आफैँ साक्षी बनेर बसेका छन् । छापामार शीर्षकको कविता त्यस्तै विचारले भरिपूर्ण रहेको छ ।   जनसमरको मट्टीमा तातेको रातो तातो फलाम हो ऊ पिट जति पिट्छौ पिट अझैँ धारिलो बन्छ ऊ रेट् जति रेट्छौ रेट झन्झन् छुरा बन्छ ऊ । (छापामार, पृ. ५७)   जति दमन हुन्छ त्यति नै प्रतिरोध हुन्छ । जनसमरको यात्रामा छापामार जीवनको बाजी लगाएर लडे र कसैलाई अनुनय र विनय नगरी जीवन त्यागे । त्यस्तो व्यक्ति त्यस्तो शक्तिका कारण नै जनसमर विजययात्रामा पुगेको तथ्यलाई कविको ओजपूर्ण अभिव्यक्तिबाट प्रष्ट पारेको छ ।   सतिसाल हो सतिसाल कमजोर सिमलको रुख हैन ऊ वर्षात, ऊ विजुली, ऊ झञ्जावात् कतै फूल कोमल छ, ऊ कतै कठोर चट्टान जनसमरको मट्टीमा तातेको रातो रातो फलाम हो ऊ जनमुक्तिका लागि लडिरहेको यस शदीको एउटा छापामार हो ऊ । (पूर्ववत, पृ. ६८)   आजको परिवर्तनको संवाहक छापामार जसले एक्काइसौँ शताब्दीको व्यवस्था निर्माण ग¥यो । साँच्चै जनमुक्तिको समरमा जनताका प्रियपात्रहरू नियमित रूपमा अगाडि बढेको आगो खान तयार भएको तथ्य प्रस्तुत भएको छ । गीतको फूल, जनताको अभिन्न मित्रको कीर्तिमानीलाई कविताले चौतर्फी प्रस्तुत गर्न सक्रिय रहेका छन् । कवि आफ्ना कविताहरूलाई सपनाको झल्कोसरी प्रस्तुत गर्न पुग्दछन् । ‘पर्खाल ढल्दै छ’ शीर्षकको कविताले ढल्न लागेको राजतन्त्रको तथा सामन्ती चिन्तनको आसपास नबस्न त्यति बेला नै सम्झाएका छन् ।   यत्रो घामपानी सहनुभयो अब त कविता छ र ! साँच्ची दाइ, मायाले भन्दै छु यो ढल्न आँटेको पर्खालको ओत नलाग्नुस् पर्खालसँगै जीन नढलोस् है । (पर्खाल ढल्दै छ, पृ. ५७)   कवि नेपाली क्रान्तिको आधार बलियो बन्दै गएको, जनताले न्याय र समानताको बाटो खोज्न थालेको र एकदुई पिछलग्गुहरू सामन्ती चिन्तनकोपछि लागि जुठोपुरो खान खोज्नेहरूलाई अनुरोधात्मक भाषामा सचेत र शिक्षित गराइएको छ । ‘मेचीपारिको आवाज’ शीर्षकको कविता जो २०५७ सालमा लेखिएको भए पनि आजको अवस्थामा समेत उत्तिकै मिल्दोजुल्दो झ्याउरे लयमा लेखिएको यो कविता अत्यन्त मार्मिक छ ।   यस्तो बेला नेपाल सरकार केही गर्ने हैन कैल्यै पनि हामीलाई हुने एन चैन देश जोगाउन नसक्नेले केको राज गर्नु ? हुतिहारा धेरै जाति बाँच्नुभन्दा मर्नु । (मेचीपारिको आवाज, पृ. ४७)   कविको राष्ट्रप्रतिको चिन्ता अत्यन्त गहिरो ढङ्गले अभिव्यक्त भएको छ । कवि भारतको विस्तारवादका विरूद्ध सबै तयार हुनुपर्ने कुरा बताएका छन् । कति मार्मिक छन् कविका काव्यात्मक गीति भनाइहरू । कवि राजेन्द्र पौडेल नेपाली माटोको सुरक्षाको निम्ति युवावर्ग जाग्नु पर्ने कुरामा अत्यन्त सक्रिय छन् । समग्रमा काव्यात्मक तत्वका हिसाबले हेर्दा कवि राजेन्द्रका कविताहरू विषयगत हिसाबले सामाजिक विकास हिसाबले समाधानमुखी, प्रगतिमुखी तथा शैलीका हिसाबले आकर्षक रहेका छन् । कतै अत्यानुप्रासियता त कतै अन्तरअनुप्रासियताले प्रत्येक कविता गुणवत्तायुक्त बनेका छन् । केही कविताका विषय र शीर्षक समेत उही भएर पनि सङ्ख्या बढाउनु ठीक छैन । कविको समग्र प्रवृत्ति छिनोफानो गर्न सहज हुने यस कविता सङ्ग्रह प्रगतिवादी कवितायात्राको महत्वपूर्ण प्राप्ति हो । कलाकारिताले भरिएका यी कविताहरू माझिएका देखिन्छन् । जनताका आवाजलाई ठाडो शीर गरेर पहिचान दिने हिमालयतिर हेर भन्नु आस्थाको सगरमाथाप्रतिको झुकाव र समर्पण पनि हो । आस्थासँग जीवन वास्नामय बन्नुपर्छ र त्यसका लागि हरेक हिसाबले तयार हुनुपर्ने कुराको आव्हान समेत गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies