Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

घाती समय र तिमी

\"laxmiपक्कै यही ठाउँबाट ब्युझिएको हुनुपर्छ तानाशाही मनहरुको निषेधविरुद्ध टाउकैभरी कालो फूल सिउरेर तिम्रै छातीमा परेड खेल्नेहरुलाइ थचार्दै तिमीजस्ताको स्वर मथ्थर पार्नेहरुबिरुद्ध यही ठाउँबाट गर्जिएको हुनुपर्छ तिमी आमाको नुनिलो आँसु मुन्तिर बगाउँदै सपनाको भेल कालो बादल मडारिरहेको आकाश अनि तिमीभित्रको मान्छेले खोजिरहेको हुनुपर्छ यहीबाट एउटा सुन्दर बिहानी स्वीकार्न सकिन्न आफ्नै माटोमा अरुको आधिपत्य सुन्दर लाग्दैन कहिल्यै आफ्नै घरमा चियाउने गिद्दे नजर र सपना चोरेर बिष ओकल्नेहरुको लस्कर जित्नेहरुले आफ्नै इतिहास लेखेर गए हार्नेहरुको इतिहासै बेपत्ता भो भड्किरहेका होलान् शायद इतिहासका कालखण्डहरुलाइ धारे हात लाउँदै तिम्रो पुर्खाको आत्मा बलात्कृत डोल्माको आखाँ बगेर अझै भिजिरहेको होला त्यो निलो सिरानी डम्फु बजाउने हातै भाँचियो बुकीफूल सजिने चुल्ठै छिनियो कहाँ पुगिन् म्हेन्दोमाया गाउँदै हिड्ने तिम्री पे्रमिका देउराली भन्ज्याङ सुसेल्दै गाउने साथीसंगीहरु म देखिरहेको छु घाउहरुको हिसाब खोज्ने क्रममा तिमी लरखराएको आफन्तहरुको निशाना भेट्न धरमराएको गामबेसी हुँदै आखाँबाट बगाएर आशाको नदी शहरका कालपत्रे सडकमा आफैलाई बिछ्याएको मनको अन्तरकुन्तर निचोर्दै आफ्नै मुटु छरप्रष्टाएको हिजोको बिद्रोह हिजोको आक्रोश घरी बल्दै, घरी सेलाउँदै गरेको रित्तिएपछि आँखाको आँसु तिमी आज बेग्लै भएछौ न अखबारमा पढिन्छ न कुनै समाचारमा सुनिन्छ न देखिन्छ कतै तस्वीरमा न कोरिन्छ कुनै चित्रमा हराएको छ सवै तिमीले खोजेको मान्छे र फूलबुट्टे समयको मानचित्र मन हराएको मनहरु नाटक रचिरन्छन् राज्य बेखबर भएको स्वाङ पारिरन्छ हिमाली सिरेटोमा तात्तिने तिम्रैजस्तो मुटुहरुमा गहिरो भ्वाङ पर्दैजान्छ तर नहार नर्तस यो मायावी समयसँग अब उप्काएर फ्याँक्नुछ तिमीले तिम्रै माटोमा लागेको छली ट्याग आफ्नै मुखमा लगाइएको आदिम ताल्चा फुटाएर फोर्नुछ तिमीलाई असामाजिक बनाउने पर्खाल रापिलो आगो बनेर तताउनुछ यो सेलाएको समय । नुवाकोट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies