Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

जसले स्टालिनको विरुद्ध कविता लेखेर आत्महत्या गरे

[caption id=\"attachment_46547\" align=\"alignleft\" width=\"300\"]\"भ्लादिमिर भ्लादिमिर माआकोभस्की[/caption] बिसौं शताब्दी रसियन समाज र समग्र साहित्यका निम्ति निकै उथलपुथलकारी शताब्दी रह्यो । विश्व विख्यात कवि तथा आख्यानकारहरू जन्मिए । बिश्व साम्राज्यवादलाई चुनौती दिने समाजबादी धु्रवको नेतृत्व तत्कालीन सोभियत सङ्घले ग¥यो । कला कलाका लागि, फगत मनोरञ्जनका लागि हुन्छ भनी कलाको माध्यमबाट शासकहरूले आफ्नो बर्ग स्वार्थ पुरा गरिरहेका बेला कला श्रमजीवी जनताका लागि हुनपर्छ भन्दै समाजवादी यथार्थवादको उदय भयो । आख्यान र विचार निमार्णका क्षेत्रमा म्याक्सिम गोर्कीको देन थियो भने खास गरी कविता र नाटकका क्षेत्रबाट समाजवादलाई समृद्ध पार्ने साहित्यकार भ्लादिमिर माआकोभस्की हुन् । सन.् १८९३ जुलाई १९ मा जर्जिया गणराज्यको ब्यागडेरीमा एक युक्रेनी महिलाको कोखबाट उनको जन्म भएको थियो । उनका बुवा कोसाक क्षेत्रका थिए र पेसाले रेन्जर थिए । सन् १९०६ मा उनको बुवाको अकस्मात् मृत्यु भए पनि उनि आमा र दीदीसँगैं सारा सम्पति बेचेर मस्कोतिर बसाइँ सरे । उनी मस्को पुगेर उच्च शिक्षाका लागि अध्ययन गर्दा गर्दै सन् १९०८ मा बोल्सेभिक क्रान्तिमा सहभागी भए । राजनितिक आवद्धताका कारण उनको पढाइ रोकियो । स्कुलमा ट्युसनको शुल्क तिर्न आमाले नसकेपछि मायाकोभस्कीको अध्ययन बिचमै रोकियो । पढाइ रोकिएपछि उनी बोल्सेविक क्रान्तिमा पूर्णकालीन सदस्यका रूपमा सामेल भए । [caption id=\"attachment_46548\" align=\"alignleft\" width=\"300\"]\"म्याक्सीम म्याक्सीम गोर्कीका साथ माआकोभस्की[/caption] क्रान्तिमा लागेको १ वर्ष नपुग्दै सन् १९०९मा पक्राउ परी ६ महिना बन्दी जीवन बिताए । बन्दी जीवन मुक्त भएपछि झनै समाजवादी यथार्थवादी कला चिन्तनको पक्षमा निडर र निर्भिक भई कलम चलाउन थाले । साहित्य र कलाको क्षेत्रमा इटालीमा प्रारम्भ भएको भविष्यवाद आन्दोलनलाई उनले रसियामा कुशल नेतृत्व गर्न थाले । भविष्यवादी आन्दोलनको घोषणापत्रमा भनिएको थियो । “अब खतराप्रति प्रेमको गीत गाउनु पर्छ । ऊर्जा चाहिएको छ । युद्धले नै संसारलाई स्वस्थ बताउन सक्छ । अब युद्धकै महिमा गाउनु पर्छ । संसारलाई युद्धले नै निर्णायक मोड दिन्छ । कवितामा शूरोपन, विद्रोह र उत्साह तीन तत्त्व चाहिन्छ ।” भविष्यवादी आन्दोलनले मायाकोभस्कीको वैचारिक चेतनालाई झनै तिखो बनायो । उसले सन् १९१२ मा A Slap in the Face or Public Taste भन्ने कृति प्रकाशित गरे । राजनीतिक सचेतता र विद्रोहशील भावनाका कारण उनलाई आक्रमक आगो झैं उग्र स्वभाव भएका कविका रूपमा उनको परिचय बन्न गयो ।

उनले अग्रज लेखकहरू पुस्किन, टोल्सटोयका रचनाहको समेत धज्जी उडाएर आलोचना गर्न थाले ।

उनले अग्रज लेखकहरू पुस्किन, टोल्सटोयका रचनाहको समेत धज्जी उडाएर आलोचना गर्न थाले । उनको कथन थियो । ती लेखकहरू प्रगतिशील विचारमा केन्द्रित रहेकाले प्रगतिवादी धारमा समेटिन सक्दैनन् । उनका आगो झैं झरिला कविता यस्ता छन् : “दुनियाँको पीडादायी गन्ध मासु पोलिएको गन्ध जस्तै बोकी यहाँ केही मानिस आए तर सबै उज्याला हेलमेट लगाएर कृपया बोझिला बुट होइन आगोको ज्वाला निभाउने मन लिई भद्र भई आऊ, आगाकै मुटुतिर” उनको प्रेम कथा रोचक छ । क्रान्तिको मामिलामा उनि जति नायक सावित भए प्रेमको सन्दर्भमा उनी सदा आलोचित भइरहे । सन् १९१५ तिर उनी एक विवाहिता महिला लिली बेरिकको मायामा फस्न पुगे । कतिपय कविताहरू उनै महिलाप्रति समर्पित गरेर समेत लेखे । \"00-we-want-peace-but-if-you-provoke-us-mayakovsky-20-07-13\" मायाकोभस्की आफ्नो जीवनभर रसियन क्रान्तिमै सक्रिय भइरहे । १९१८ मा मायाकोभस्की अविष्यवादी आन्दोलनको मुखपत्र Ga tare Futurist को सम्पादक बने । आफ्नो लेखनको ९ बर्षको रचनाहरू सामेल गरेर Collects works नाम दिई कविता सङ्ग्रह प्रकाशित गरे । लेखनका अतिरिक्त राजनीतिक विचारमा पनि उत्तिकै शसक्त भएका कारण उने लेनिनको खुलेर समर्थन गरे । उनले १९२२ देखि २८ सम्म कम्युनिस्ट भविष्यवादको ब्याख्या गरे । रसियन क्रान्ति र सांस्कृतिक गतिविधिलाई प्रचार–प्रसार गर्न उनी जर्मनी, क्युबा आदि देशको भ्रमणमा निस्किए । त्यसै भ्रमणको दौरानमा उनले अमेरिकी व्यक्तिवादी अराजकताको भण्डाफोर गर्दै  My discovery of America  प्रकाशित गरे । प्रेममा कमजोर मायाकोभस्कीले भ्रमण गर्दा कयौं गलत कामहरू पनि गरे । उनी आलोचनाका पात्र भए । सन् १९२४ मा लेनिनको स्मरणमा शोककाव्य लेखेर रसियामा एकाएक चर्चाको शिखरमा पुगेका मायाकोभस्की त्यसको ६ वर्ष नबित्दै निकै आलोचित भए । मानिसको एउटा गल्तीले जुन गल्ती उनको कमजोर मायाप्रेम सम्बन्ध थियो त्यही कमजोरीका कारण उनले तिरस्कार भोग्नु प¥यो ।

लेनिनको मृत्युपछि स्टालिन सत्तामा आए । उनले स्टालिनको शासकीय प्रणालीको धज्जी उडाएर The Bed bug / The Bath House  नामक नाटकहरू लेखे । तर यी नाटकहरू प्रतिबन्धित भए ।

लेनिनको मृत्युपछि स्टालिन सत्तामा आए । उनले स्टालिनको शासकीय प्रणालीको धज्जी उडाएर The Bed bug / The Bath House  नामक नाटकहरू लेखे । तर यी नाटकहरू प्रतिबन्धित भए । सबैबाट तिरस्कार भएपछि मायाकोभस्कीले अप्रिल १४, १९३० को साँझ ३७ वर्षको उमेरमा आफैँले कन्चटमा गोली हानी आत्महत्या गरे । योगदान मायाकोभस्की जीवनको अन्तिम चरणमा आएर आलोचनाको पात्र भए पनि काव्य रचनाका कारण उनको योगदान विशिष्ट छ । रसियन क्रान्तिको दौरानमा क्रियाशील मायाकोभस्की समाजवादी यथार्थवादी कवि तथा नाटककार हुन् । समाजवादी यथार्थवादी साहित्यको गद्य विधामा गोर्कीको स्थान जति महत्त्वपूर्ण छ त्यतिकै महत्त्वपूर्ण स्थान कविता र नाटकमा उनको रहेको छ । उनले कविता लेखन कर्मलाई सहजबुद्धि नभई जीवनका जलिट कार्यहरू मध्ये एक हो भनेर कविता बिधालाई गरुङ्गो पारे । कवि निरन्तर साधानारत र अनुसन्धानशील हुनुपर्छ । सामान्य लहड भावुकताले मात्रै कविता बन्दैन भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies