Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

अभिनेत्री मनिषा कोइरालाको महिला बडिगार्ड

\"manisha-koirala-bodyguard\"काठमाडौं । कुनै समय बलिउड फिल्ममा एक छत्र राज गरेकी नेपाली अभिनेत्री मनिषा कोइरालाले महिला बडिगार्ड राखेकी छिन् । त्यसो त उनी आफै सन्नी देओल अभिनित  फिल्म ‘च्याम्पियन’ मा बडिगार्डको भूमिकामा थिइन् । त्यो फिल्म खासै भने चलेन ।   यति बेला मनीषाको रियल लाइफमा बडिगार्डकै सन्दर्भले भने चर्चा बटुलेको छ। त्यसको कारण हो– लेडी बडिगार्डप्रति उनको विश्वास ।   मनीषा बलिउड सेलिब्रिटीहरू–मध्ये पहिलोपटक लेडी बडिगार्ड राख्नेमा परेकी छन्। उनैले यो जानकारी सामाजिक सञ्जालमार्फत दिएकी हुन्।   ‘केवल महिलाले मात्रै सुरक्षा प्रदान गर्न सक्छन्,’ मनीषाले आफ्नै कदममा गर्व महसुस गर्दै लेखेकी छन्, ‘घरभित्रैबाट सुरुवात गरौं र घर हुँदै समाजसम्म फैलाऔं।’ मनीषाले सुरक्षात्मक दृष्टिले महिला घरदेखि नै सबल रहेको तर्क पेस गरेकी हुन्। उनले सामाजिक सुरक्षाका लागि समेत महिला अब्बल रहेको जिकिर गरेकी छन्। उनले लेडी बडिगार्ड राखेको खबर मात्रै सार्वजनिक नगरी इन्स्टाग्राममा सँगै उभिएको फोटो पनि सार्वजनिक गरेकी छन्। मनीषाले आफ्नो नयाँ कदमलाई परिवर्तनप्रतिको सानो प्रयास हुन सक्ने ठानेको पनि बताएकी छन्। क्यान्सरबाट मुक्त हुँदै पुनः बलिउडमा फिरेकी ४५ वर्षीया मनीषा यति बेला दक्षिण भारतीय फिल्ममा व्यस्त छिन्। उनको साइकोलजिकल थ्रिलर ‘चेहरे’ मार्फत कमब्याक हुन लागेको हो। मनीषा लामो समय बलिउडबाट ओझेल परेकी थिइन्। सम्राट दाहालसँगको वैवाहिक जीवन सुखद हुन नसकेपछि आन्तरिक समस्यामा फसेकी उनले सन् २०१२ मा सम्राटसँग सम्बन्धविच्छेद गरेकी थिइन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies