Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

Re-post : लोकगायिका मुनाको मुनलाईट जिवन कथा

\"muna\"लजाईलजाई मञ्चमा उक्लेकी उनले त्यसयता कहिल्यै तल झर्नुपरेन। एउटी साथीको घाँटीको समस्याले उनलाई उकाल्यो मञ्चमा । मञ्चको सहारामै काठमाडौं आइपुगिन् उनी । काठमाडौंले उनलाई नाम दियो । नामले उनलाई गीत दियो । सम्झिन्छिन्– ‘आम्मै ! सुरुसुरुका दिनमा दुःख त कति हो कति ।’ तर, आज अरु दुःख छैनन्, पाएको चर्चा जोगाउने दुःखबाहेक । ‘मैले मन पराएकी छु…’ – लैनचौरको जाममा बालाजु यातयात उनकै गीत बजाएर उघ्राइरहेको थियो । मलाई उनीसँग भेट्नु थियो । भनेकी थिइन्– व्यस्त छु । काठमाडौंको जाममा उनी छुटिन् भने के हुन्छ ! उनलाई भेट्दा एक हरफ गाउन लाउँला भनीठानें । उही बालाजु यातायातले घन्काएको गीत, उनकै मुखबाट अर्थात् मुना थापा मगरकै मुखबाट । 000 \"_91A6082-600\" भेट भयो । छ्याप्छ्याप्ती छन् उनका फोटा । ‘गुगल’ नै उनकै झैं लाग्छ । जानुअघि ‘सर्च’ गरेको थिएँ । यसअघि भेट नभए पनि चिन्न कुनै पहिचान चाहिएन् । फुकाइयो कुराकानीको पोयो । सोह्रखुट्टेको फास्टफुड क्याफेमा । चर्चित गायिका मुना लजाएजस्तो लाग्यो । खासमा उनीसँग म झन् अप्ठ्यारोमा थिएँ । उस्तै पहाडिया मगरपन । तर, मसिनो लवज । र, सुरु भयाे कुराकानी… गोरखा,सिलिङ लामाछापको सामान्य किसान परिवारमा जन्मिएकी मुना थापा मगरले गीत गाउन थालेको झन्डै १३ वर्ष भएछ । तनहुँको आँबुखैरेनीस्थित सत्रसय भन्ने ठाँउमा साथीको घाँटीमा समस्या देखिएपछि मञ्चमा पहिलो पटक उक्लिएकी मुनाले कहिल्यै मञ्चबाट झर्नु परेन । यस्ता मञ्चहरु उक्लने क्रममा उनले गायनको त्यो स्थान हासिल गरिन्, जहाँ कुनै समय लोकदोहोरीमा बीमाकुमारी दुरा, विष्णु माझीहरु आसिन थिए । सामान्य मानिसका मसिना कुराहरुलाई आफ्ना गीतमा उनेर मधुर स्वरको लेपन लगाउन सिपालु यी गायिकालाई दर्शकले हेर्ने नजर पनि उस्तै छ । जीवनका दैनन्दिन घटनाहरुलाई गीतिलयमा ढालेर श्रोतामाझ पुर्‍याउने मुनाको हालको जीवन पनि कम संगीतमय छैन । दुःखका दिनहरुमा पनि नआत्तिईकनै गायनक्षेत्रमा निरन्तरता दिइरहेकी मुनाले हालसम्म झन्डै तीन सय गीतमा स्वर भरिसकेकी छन् । मुना जीवनको पहेली छिरिङ लामाछापबाटै मादलको झन्कार र दोहोरीको लय सुन्दै हुर्किएकी मुनालाई अझै पनि ती दिनका संगीतमय सम्झनाहरु स्मरणमा जस्ताको तस्तै छन् । आफ्नी फुपुका साथ डाँडाकाँडा डुल्दै दोहोरी कार्यक्रमहरुमा पुग्ने उनमा त्यसबेला सपना थियो– ‘मैले पनि मज्जाले फुपुकै जसरी गाउँन पाए….!’ कुराकानीको क्रममै मुनाले सम्झिइन् आफ्नी फुपुलाई– ‘मेरी फुपु गीत गाउन निक्कै सिपालु । फुपुको पछि लाग्दालाग्दै मलाई पनि गायनमा रस बस्यो । मैले मेरो गायनयात्राको सुरुआत त फुपुसँगै गरेकी हुँ ।’
‘मलाई पहिलो दिन गीत गाउन मञ्चमा उकाल्ने अनि पछिसम्म सहयोग र साथ दिने मान्छे भेना नै हुन् । उहाँको भूमिका, प्रेरणा र प्रोत्साहन नभइदिएको भए शायद मैले यहाँसम्मको यात्रा गर्न सक्ने थिइँन ।’
गीतहरुसँग खेल्दै, हुर्किंदै र मेलापात गर्दै विभिन्न कार्यक्रममा पुगेर सामान्य सहभागिता जनाउने बेलासम्म त उनमा कुनै ‘विशेष जिम्मेवारी’ थपिइसकेको थिएन । तर, त्यस्ता दिनहरु बित्दै जाँदा एक दिन उनमा त्यो ‘जिम्मेवारी’ समेत थपियो । अथवा, भनौं– उनको ‘सपनाको दिन’ पनि नजिकै आयो– विना कुनै पूर्वसूचना । ‘जीवन भनेकै मानिसहरुको साथ र सहयोगमा जिम्मेवारी लिने र चुनौतीहरुसँग खेल्ने कुरा नै त रहेछ’– मनको भाव खोलिन् उनले । मुख्य श्रेय : करसिंह भेना र फुपुलाई… त्यही आँबुखैरेनीस्थित सत्रसयबाट थालिएको जिम्मेवारीसहितको गायनयात्रामा उनले झन्डै १३ वर्ष बिताइसकिन् । गायनयात्राको अभ्यासमा बिताएका दर्जन वर्षका सुखमय–दुःखमय मोडहरुमा उनलाई साथ दिए अनेकौं मानिसहरुले । तिनै सहयात्रीहरुका छुटाउनै नमिल्ने नामहरुमध्ये एउटा नाम छ– उनले ‘भेना’ उपनामले सम्बोधन गर्ने करसिंह थापा । \"_91A6087-600\"अतीतका दिनहरु सम्झँदै मुना भन्छिन्– ‘मलाई पहिलो दिन गीत गाउन मञ्चमा उकाल्ने अनि पछिसम्म सहयोग र साथ दिने मान्छे भेना नै हुन् । उहाँको भूमिका, प्रेरणा र प्रोत्साहन नभइदिएको भए शायद मैले यहाँसम्मको यात्रा गर्न सक्ने थिइँन ।’ आँबुखैरेनीमा मञ्चमा उकाल्ने मात्र नभई करसिंहले मुनालाई काठमाडौं आउन तथा एल्बम् निकाल्न पनि उत्तिकै प्रेरित, प्रोत्साहित र ‘सपोर्ट’ गरिरहे । आफ्नो प्रेरणामा भविष्यकी एउटी चर्चित गायिकाको जीवन लुकेकोमा विश्वस्त रहेछन् भेना थापा । उनले नै सिकाए मुनालाई काठमाडौं आएर संघर्ष रोज्न ।
‘मैले आज गाउँने गीतहरु मैले मेरै बाल्यकालबाट सापटी ल्याएका खजानाहरु हुन्’, बाल्यकालको गाँउले जीवन सम्झँदै उनी भन्छिन्– ‘किनभने त्यसबेला लोकगीत गाउँपाखामा गाइन्थ्यो । गाउँमा रोधी बस्ने चलन हराउँदै गएको भए तापनि हामी पूजा, ब्रतबन्ध तथा बिहेका अवसरलाई भरपूर सदुपयोग गर्न चुक्दैनथ्यौं ।’
संघर्षका ती दिनका अनेकौं यादहरु संगालेकी छन् उनले । ‘मैले आज गाउँने गीतहरु मैले मेरै बाल्यकालबाट सापटी ल्याएका खजानाहरु हुन्’, बाल्यकालको गाँउले जीवन सम्झँदै उनी भन्छिन्– ‘किनभने त्यसबेला लोकगीत गाउँपाखामा गाइन्थ्यो । गाउँमा रोधी बस्ने चलन हराउँदै गएको भए तापनि हामी पूजा, ब्रतबन्ध तथा बिहेका अवसरलाई भरपूर सदुपयोग गर्न चुक्दैनथ्यौं ।’ तिनताका रंगीन टिभी हेर्न नपाइए पनि सादा (ब्लाक एन्ड ह्वाइट) टिभीमा शिला आले र राजु परियारलगायतका गीतहरु हेरेर–सुनेर आफूले तिनको बारम्बार अभ्यास गर्नेगरेको सुनाउँदै उनले भनिन्– ‘एक दिन उनीहरुकै ठाँउमा पुग्न पाए हुन्थ्यो भन्ने सपना मैले त्यतिबेलै देखेकी थिएँ ।’
शिला आले र राजु परियारलगायतका गीतहरु हेरेर–सुनेर आफूले तिनको बारम्बार अभ्यास गर्नेगरेको सुनाउँदै उनले भनिन्– ‘एक दिन उनीहरुकै ठाँउमा पुग्न पाए हुन्थ्यो भन्ने सपना मैले त्यतिबेलै देखेकी थिएँ ।’
सानो छँदाका ती सपना आज पूरा भए त ? खबरडबलीको जिज्ञासामा मुना बोलिन्– ‘ती सपना आंशिक रुपले पूरा भए नै तर यतिले मात्रै मैले आफ्ना दर्शक र श्रोताप्रतिको कर्तव्य पूरा गर्न सकेकी छु भन्नेचाहिँ लाग्दैन ।’ आखिर कस्तो हुनेरहेछ त दर्शक–श्रोताको भोक ? शायद उनले मनमनै सोच्दै थिइँन्– यो पनि हाम्रो पेटजस्तै न हो ! खाने थाल सापटी, तन्नाबिनै ओछ्यान गाँउबाट राजधानी सहरको यात्रा तय गर्नु उनका लागि सहज थिएन । एउटी गाउँले छोरीमान्छे, त्यो पनि अरु काम गर्न नभई गायिका बन्ने भोकमा राजधानीतर्फ पाइला चाल्दै छे ! तर, के संघर्षविनै मान्छेलाई यो स्थान त्यत्तिकै हासिल हुन्छ र ? मुना भन्छिन्– ‘हामी भनेका मध्यमवर्गीय परिवारका मान्छे हौं । छैन भनौं भने केही त छ तर छ भनौं भने पनि खास केही छैन । यस्तो अवस्थामा भविष्यको रेखा कोर्न आफैं दलिनु, घिस्रिनुको अर्को कुनै विकल्प नै थिएन ।’ \"_91A6096-600\"उनी काठमाडौं छिरेको १० वर्ष लाग्यो । बितेका ९ वर्षका सजिला थिएनन् । सुरुआती दिनहरुमा उनले के नै पो गरिनन् र ! राजधानी छिरेपछिका दुई महिना उनले शकुन्तला थापाको कोठामा ‘रुम पार्टनर’ भएर बिताइन् । शकुन्तलालाई उनी अहिले पनि सम्झिरहन्छिन् र आफ्नै दिदी ठान्छिन् । समयले उनलाई दिदी शकुन्तलासँगबाट अलग्यायो । छुट्टिएर अर्को कोठा त लिइन् तर कोठामा भात खाने थाल समेत नहुँदा सधैं छिमेकी दिदीसँग माग्नुपरेका दिनहरुको सम्झनाले उनलाई अहिले पनि दुःखित तुल्याउँछन् । ती दिनका स्मरणहरु उनलाई आफ्नो उतारचढावमय जीवनको भित्तामा झुन्ड्याइएका तस्बिर झैं लाग्छन् ।
छिमेकी दिदीले त्यसबेला सापटी दिएको थाल पछि आफूले कमाएपछि किनेर फिर्ता दिएको उनले सुनाइन् । त्यसबेला आफूसँग तन्ना किन्ने पैसा नभएकाले लामो समयसम्म डसनामाथि मात्रै सुत्नुपरेको पीडादायी अतीत सुनाउन पनि उनी चुकिनन् ।
छिमेकी दिदीले त्यसबेला सापटी दिएको थाल पछि आफूले कमाएपछि किनेर फिर्ता दिएको उनले सुनाइन् । त्यसबेला आफूसँग तन्ना किन्ने पैसा नभएकाले लामो समयसम्म डसनामाथि मात्रै सुत्नुपरेको पीडादायी अतीत सुनाउन पनि उनी चुकिनन् । ती दिनहरुले आफ्नो जीवनको परीक्षा लिइरहे झैं लाग्थ्यो उनलाई । म उही मुना हुँ, धरातल बिर्सन्नँ जे–जस्ता कठिनाइमा पनि हरेश नखाई निरन्तर गायनयात्राको प्रयासले अन्ततः उनी सफल गायिकाहरुको सूचीमा दरिन सफल भइन् । गायनयात्राको सफलताले उनको आर्थिक अवस्थालाई नयाँ धरातलमा उकास्यो । ‘तर पनि मुनाले आफ्नो धरातल र हैसियत कहिल्यै बिर्सन्न, यो सधैं उही मुना नै हो’– उनी भन्छिन् ।
गायनयात्राको सफलताले उनको आर्थिक अवस्थालाई नयाँ धरातलमा उकास्यो । ‘तर पनि मुनाले आफ्नो धरातल र हैसियत कहिल्यै बिर्सन्न, यो सधैं उही मुना नै हो’– उनी भन्छिन् ।
राजधानीका सुरुआती दिनहरुमा मुनालाई गलाको अभ्यास तथा भौतिक आवश्यकतापूर्तिको जोहो गर्न सहयोगी बने काठमाडौंका दोहोरी साँझहरु । त्यो क्रम अहिले ‘निरन्तर’ नभए पनि ‘जारी’ चाहिँ छ । दोहोरी साँझले उनलाई अभ्यस्त हुन सिकायो । र, उनले जीवनकै पहिलो कमाइ पनि दोहोरी साँझबाटै हात पारिन्– चार हजार रुपियाँ । ‘दोभान दोहोरी साँझ’ जहाँ शिला आले र राजु परियारले पनि गीत गाउँथे, त्यो नै मुनाका लागि सफलताको पहिलो खुड्किलो र संर्घर्षको पहिलो अध्याय सिद्ध भयो । त्यही दोहोरीमा काम गर्दागर्दै आफू गीतको रेकर्डिङमा अभ्यस्त हुँदै जान थालेको उनी बताउँछिन् । मुना भन्छिन्– ‘काठमाडौं आएलगत्तै मलाई ‘दोभान दोहोरी साँझ’ मा गाउने ‘अफर’ आयो तर मैले मानिनँ । तर, पछि त्यही दोहोरीमा काम गरें । अन्ततः त्यही नै मेरो घरजस्तो भयो र त्यसैलै मलाई काठमाडौंमा हुर्किंन सिकायो ।’
शकुन्तला थापाको ‘जँड्याहा पोई’ भन्ने गीतमा आमाको भूमिकामा गाइन्, जसलाई श्रोताले मन पराए । त्यसै क्रममा एक दिन जाउलाखेलमा रामजी खाँड, शिव हमाल, राजु गुरुङसँग भेट भयो । त्यसपछि उनीहरुको ‘देउरालीको भट्टी पसल’ भन्ने एल्बममा मुनाले गाइन् । त्यही एल्बमका गीतले उनलाई चर्चाको शिखरमा पुर्‍यायो ।
त्यसताका उनले दुईटा एल्बम्मा गीत गाइन्– शकुन्तला थापाको ‘जँड्याहा पोई’ भन्ने गीतमा आमाको भूमिकामा गाइन्, जसलाई श्रोताले मन पराए । त्यसै क्रममा एक दिन जाउलाखेलमा रामजी खाँड, शिव हमाल, राजु गुरुङसँग भेट भयो । त्यसपछि उनीहरुको ‘देउरालीको भट्टी पसल’ भन्ने एल्बममा मुनाले गाइन् । त्यही एल्बमका गीतले उनलाई चर्चाको शिखरमा पुर्‍यायो । लोकगीतका पारखीहरुले उनको स्वरलाई चिनिसकेका थिए । उनले गाएका गीतले पनि निरन्तर सफलताको भर्‍याङ चढिरहेका थिए । त्यसपछि उनमा आफ्नै एल्बम निकाल्ने सोच हावी हुन थाल्यो । एल्मब त निकाल्ने तर कसरी ? त्यसका निम्ति पुग्दो आर्थिक स्रोत थिएन उनीसँग । भर्खरै चर्चा कमाउँदैगरेकी गायिकासँग पैसा नहुनु पनि स्वाभाविक नै थियो । दाजुको फोन आयो, मेरा पनि मान्छे रहेछन्… गायनप्रति मुनाको लगनशीलता र उनको स्वरले दूरदेश साउदीमा बस्ने उनका दाइ निकै प्रभावित थिए । एल्बम निकाल्न आफ्नो कमाइबाट २० हजार दिन्छु भन्दै दाजुले फोन गरेको घटना अविष्मरणीय रहेको उनी सम्झिन्छिन् । ‘दाइले त्यसो भन्दै फोन गर्दा मेरो खुशीको सीमै रहेन’, उनले भावुक हुँदै सुनाइन्– ‘मेरो पनि आफ्ना मान्छे रहेछन् भनेर आँखामा आँसु आएको थियो ।’
‘दाइले त्यसो भन्दै फोन गर्दा मेरो खुशीको सीमै रहेन’, उनले भावुक हुँदै सुनाइन्– ‘मेरो पनि आफ्ना मान्छे रहेछन् भनेर आँखामा आँसु आएको थियो ।’
एल्बम निकाल्ने निधो भयो । नाम के राख्ने, निधो हुन सकेको थिएन । त्यसै क्रममा रामजी खाँड र शिव हमालले उनलाई सघाए । एल्बमको नाम ‘छोरी’ राखिने भयो । ‘छोरी’ एल्बममा प्रस्तुत छोरीको बिहेपश्चात माइतीघरलाई सम्झँदै गरिने बिलौना रहेको गीत अत्यन्तै चर्तित भयो– ‘…सिमसिम पानी पछ्यौरी भिजायो फेरि उनकै मायाले बिझायो चिसोचिसो हावा सरर रुमाल फररर…’ त्यसपछि उनले ‘छोरी’ नामकै एल्बमलाई भाग २, ३ गर्दै निकालिन् । सबै एल्बमलाई श्रोताले निकै मन पराए । दर्शकबाट अत्यन्तै मन पराइएपछि अहिले उनलाई विदेश बोलाउनेको पनि घुइँचो छ । यी दस वर्षमा उनले साउदी, कतार, मलेसिया, दुशईसहितका १२ मुलुक घुमेर गीत गाउन भ्याइसकेकी छन् । संघर्षमय दस वर्षमा उनले केही पाएकी छन् त केही गुमाएकी पनि छन् । भन्छिन्– ‘मैले केही नपाएको होइन तर दर्शकहरुको मायालाई पूर्णरुपमा साझा तुल्याउन सकेकी छैन । यसबीच मैले मेरा आफन्तहरुलाई समय दिन पनि सकेकी छैन । के गर्ने ! संघर्षमा होमिएपछि सम्झँदासम्झँदै पनि सबै चिज बिर्सन बाध्य हुनुपर्दो रहेछ ।’ अहिले उनले सामाजिक र आर्थिक रुपमा आफूलाई मजबुत गराइसकेकी छन् । यतिबेला पनि उनले आफ्नो जीवनस्तरलाई भड्किलो, रवाफिलो र उत्ताउलो पारेकी छैनन्, सामान्य जीवनलाई नै निरन्तर जारी राखेकी छन् ।
 ‘म आफूलाई सधैं सामान्य मानिस ठान्छु । त्यसैले सामान्य जीवन जिउँने गर्दछु । एउटा स्कुटी किनेकी छु तर तीन पटक लडिसकेकी हुनाले स्कुटीको सट्टा सार्वजनिक गाडीमै हिँड्ने गरेकी छु ।’ सार्वजनिक सवारी साधनमा मानिसले धेरै पटक सोधिसके– ‘तपाईं त गायिका मुनाबहिनी होइन र ?’
मुना भन्छिन्– ‘म आफूलाई सधैं सामान्य मानिस ठान्छु । त्यसैले सामान्य जीवन जिउँने गर्दछु । एउटा स्कुटी किनेकी छु तर तीन पटक लडिसकेकी हुनाले स्कुटीको सट्टा सार्वजनिक गाडीमै हिँड्ने गरेकी छु ।’ सार्वजनिक सवारी साधनमा मानिसले धेरै पटक सोधिसके– ‘तपाईं त गायिका मुनाबहिनी होइन र ?’                                                                                          000 मुनाको ‘मुनलाइट कथा’ सकेर हिँडें ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies