Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

मोडल

आमाको अन्तिम अवस्था छ । तर, ऊ अत्यन्तै व्यस्त छे । बाबुले फोनमा भनेको छ, ‘आमाले तँलाई सम्झेकी छ, तुरुन्तै आउनू ।’   ‘तुरुन्तै आउनू’, यस्तो आदेश सुन्दा उसलाई झनन्न रिस उठ्छ । ऊ घामको प्रकाश वा बिजुली हो र भन्नासाथ पुगिहाल्ने ? तुरुन्त आउनू त डाइरेक्टरले पनि भनेको छ । यो तुरुन्तमा सम्भावना छ । ट्याक्सीबाट पाँच मिनेटमा पुग्न सकिन्छ । तर, त्यो तुरुन्त कसरी तुरुन्त हुन सक्छ ? काठमाडौँबाट आँबुखैरेनी पुग्नै चार घण्टा लाग्छ । त्यहाँबाट उकालो चढ्दै उसको गाउँ छिम्केश्वरी पुग्न छिटो हिँड्नेलाई छ घण्टा । उसको कुरा अलग छ । पहिले त हिँड्नु उसको बाध्यता थियो । छ घण्टा लाग्ने बाटो चार घण्टामै काटिसक्थी । ऊ काठमाडौँकी सफल मोडल भइसकी । सुपरमोडल बन्ने ताकमा छे । फ्लाटबाट ओर्लनेबित्तिकै ट्याक्सी पाइन्छ । छिम्केश्वरीमा जस्तो मोटर देख्नै छ घण्टा ओर्लनुपर्दैन । पहाडमा घाँसदाउरा गरेर हिँडेको उसलाई अब एकादेशको कथाजस्तै लाग्छ । आमा सिकिस्त छिन् भन्दैमा ऊ कसरी जावस् ! घरसम्म गाडी जाँदैन । प्लेन जाने भए कुरा बेग्लै हुन्थ्यो । सहरमा उसलाई सास फेर्नै फुर्सद हुँदैन । दिनकै कैयन्पल्ट फोटो सेसन गराऊ, विज्ञापन सुटिङमा जाऊ । फेसन सोमा क्याटवाक गर । एमडीसँग नाइट क्लब धाऊ । सफलता पाउनु छ भने यी सब उसले गर्नैपर्छ । नत्र भोलिदेखि नै फेरि सुखा डल्ला फोर्न छिम्केश्वरी फर्के हुन्छ ।   उसले सोची, डाइरेक्टरसँग कुरा मिलाएर एकदुई दिनमा आमालाई भेट्न जानुपर्ला । सोच्दासोच्दै डाइरेक्टरको फोन आयो, ‘तुरुन्तै हिँड्नुप¥यो, म लिन आउँछु !’ तुरुन्तै भन्नासाथ दायाँबायाँ सोध्ने कुरै छैन । तुरुन्तै पुग्नुपर्छ । कम्पिटिसनको जमाना छ । नत्र चानस अर्कैले उडाइदिन सक्छन् ।   ‘सर...... ।’   ‘बी रेडी, आइ विल बी देयर एट नो टाइम, ओके ?’   \"model_sketch\"अब के भनोस् उसले ! ऊ आमाको स्थितिबारे बताउन चाहन्थी । डाइरेक्टर दायाँबायाँ केही सुन्दैन । सफलता पाउनु छ भने यसको पछि लाग्नैपर्छ । कतिसम्म भने यसले चाहँदा सँगै सुतिदिनुपर्छ । यसप्रति ऊ सचेत छे । त्यसैले ब्यागमा कहिल्यै निरोधक प्रोजेस्टिन चक्की छुटाउँदिन । लोग्नेमान्छेको भर हुँदैन । ती ज्यादा हतार गर्छन् । त्यसको प्रतिफल आफूले भोग्नुपर्छ । प्रतिभा र रूप भएका केटी त सहरमा कति छन् कति, ती सबै अवसर पाएपछि देखिने कुरा हुन् । अवसर नगुमाउने हो भने समयअनुसार चल्न जान्नैपर्छ ।   लाइफ गर्ल फेसन सोमा पहिलोपल्ट यही डाइरेक्टरले उसलाई चानस दिएको थियो । भोलिपल्ट उसले हाकाहाकी प्रस्ताव ग¥यो, आजको रात..... । ऊ अकमक्क परी ।   ‘तर सर.....’   ‘तरसर नभन, मेरो भर पर । हिजो तिम्रो सो खुब जम्यो । धेरैले तिम्रो लुक्स र कन्फिडेन्सलाई मार्क गरेका छन् । तिमीलाई सुपरमोडल बन्नु छ कि छैन ?’   ‘छ सर तर ...म यतिसम्म गिर्न सक्दिनँ ।’   ‘केको गिर्ने ? अँ ठीकै छ, गिर्ने कुरा गर्छेऊ भने तिमी नगिरे तिम्रो बाउ गिर्छ त ?’   [caption id=\"attachment_44752\" align=\"alignleft\" width=\"150\"]\"लेखक लेखक[/caption] ऊ आउँछे भन्नेमा विश्वस्त भएर डाइरेक्टरले भेट्ने ठाउँ बतायो । उसलाई झनक्क रिस उठ्यो । त्यही फोनले झटारो हानिदिऊँजस्तो लाग्यो । दिमाग घुम्न थाल्यो । अब ऊ गाउँ फर्केर घाँस, दाउरा, भारी पनि गर्न सक्दिनँ । आफ्नै जातमिल्दो फोहोरी लोग्नेका एक दर्जन बच्चा जन्माएर बस्न पनि सक्दिन । न ऊ घण्टौँ हिँडेर दाउरा, मूला, लप्सी बेच्न खैरेनी बजार आउन सक्छे । अचाक्ली गरिबी, आमाबाबुको किचलो, गाउँले युवकको छेडखानी, एकान्त भेट्नेबित्तिकै छाती दबाउन आउने तिनका व्यवहार सम्झँदा उसलाई कहाली लाग्यो । सहरको जीवन निकै फरक थियो । कति पत्रकार र फोटोग्राफर उसका वरिपरि झुम्मिन थालिसकेका थिए । मनोरञ्जन साप्ताहिकमा उसको मिडपेज ब्लोअप छापिइसकेको थियो । कामना र ठूला दैनिक पत्रिकाले पनि उसको सौन्दर्यबारे चर्चा गर्न थालिसकेका थिए । त्यो सबैको श्रेय यही डाइरेक्टरलाई जान्छ । उसले सोची, केही पाउनु छ भने केही त गुमाउनैपर्छ । (त्यसै दुवै हातमा लड्डु कहाँ हुन्छ मैयासाहेब ?) लोग्नेमान्छेसँग रात बिताउने कल्पनाले उसको मन ढक्क फुल्यो । मन भारी भयो । कताकता काउकुती लागेजस्तो पनि भयो । उसले मुटु दरो पारी । कुनै दिन एउटी साथीले दिएको सल्लाह सम्झी र औषधि पसलबाट निरोधक चक्की किनी । ऊ डाइरेक्टरले भनेको ठाउँमा पुगी । डाइरेक्टर ऊ आउनेमा ढुक्क थियो । कपालमाथि गगल्स भिरेर उसैको बाटो हेरिरहेको थियो । उसले पुरुषलाई राम्ररी स्पर्शसमेत गरेकी थिइन । ऊ थुरथुर काम्न थाली । डाइरेक्टर अनुभवी थियो ।   अन्तिम अवस्थासम्म उसले आफूलाई जोगाउने प्रयास गरी ।   ‘मेरो पहिलोपटक हो, सर, मलाई डर लाग्छ, प्लीज !’   ‘सबै केटीहरू यसै भन्छन् ।’   असह्य पीडा, भय र लाजले ऊ तीन दिनसम्म थला परी । पछि उसलाई बानी प¥योे । अब ऊ नै डाइरेक्टरलाई बोलाउन थालेकी थिई ।   000   ऊ छिटै सफल भई । सफलताका लागि प्रतिभा र रूपमात्र भएर हुँदैन, लगन र समर्पण पनि चाहिन्छ । यो उसले राम्ररी बुझेकी छ । मोडलिङ फिल्डमा धेरै प्रतिस्पर्धा छ । भीजेमध्ये कति अहिलेसम्म पैसा पाउँदैनन् । उसका लागि त्यो स्थिति छैन । ऊ भर्खरै घोषित भएकी छ फिसटेल साबुनको नयाँ ब्रान्ड फेस । उसको विज्ञापन निकै हिट भएको छ । त्यसमा ऊ एउटा पुरुषसँग सहवास गरिरहेकी हुन्छे । उसको क्रन्दन निकै उत्तेजक छ । उनीहरू दुवै सहवासको चरम आनन्द लिन्छन् । अन्त्यमा ऊ फिसटेल साबुनमा परिणत हुन्छे । मिडियामा यसबारे निकै विवाद भएको छ । त्यसले उसलाई झनै हिट बनाएको छ । ऊ खुसी छे । एक नवनायकले त्यो विज्ञापन हेरेर आफू ‘मास्टरबेट’ गर्न बाध्य भएको अन्तर्वार्ता दिएको थियो । यस्ता विवादले उसलाई झन्झन् प्रसिद्ध बनाइरहेका थिए ।   पहिला त उसले कोरियोग्राफर र फोटोग्राफरलाई समेत सन्तुष्टि दिनुपथ्र्यो । तिनले चाहेमा उसको क्यारियर डामाडोल पारिदिन सक्थे । कैयन्पल्ट उसले तिनीहरूसँग पनि रात बिताइदिएकी थिई । अब ती मोराहरूले उसलाई आँखै लगाउन सक्दैनन् । ऊ धेरै माथि पुगिसकी । तिनीहरू उसका गुलाम बन्न तयार छन् । हो, तिनीहरू अरूसँग गफ लडाउँछन्, कति रात मैले त्यसलाई सुताएको छु भनेर । आज उसलाई जानु छ शर्मा टेलरिङको ग्रान्ड सोमा जहाँ मिस इन्डियाको पनि सहभागिता हुनेछ । उसले टपरको भूमिका निर्वाह गर्नु छ । डाइरेक्टरले भनेको थियो, नौ बजे आइपुग्छु, तयार रहनू । दुई घण्टाअघि मात्र बाबुको फोन आएको थियो ।   ‘छोरी, तिमी कहाँ आइपुग्यौ ?’ फेरि बाबुले फोन ग¥यो ।   ‘बा, म आउँदैछु, नौबीसेमा कसले हो बन्द गरेका छन्, ढिलो होलाजस्तो छ,’ उसले सरासर ढाँटी ।   ‘छोरी, छिटै आऊ, आमा तिमीलाई नै पर्खिरहेकी छ’, बाबुचाहिँ फोनमै रुन थाल्यो ।   ‘बा, म आउँदैछु, बेलुकी ढिलो भयो भने भाइलाई लिन पठाउनू,’ फेरि उसले ढाँटी ।   आमालाई सम्झेर एक छिन ऊ भावुक भई । आमा कति माया गर्थिन् उसलाई ! आज तिनै मृत्युशैयामा छिन् र तिनलाई भेट्न जानसमेत फुर्सद छैन उसलाई । आमाले कुनै दिन उसलाई भनेकी थिइन्, मेरी छोरी रानी हुन्छे । अब साच्चिकै ऊ मोडलिङ क्षेत्रकी रानी भइसकी र आमा, बाबु, गाउँ, डाँडापाखा, भाइ, गाउँले सबै उसलाई ‘बेकार’ भइसके ।   उसकी मायालु आमा मृत्युसँग लड्दैछिन् तर ऊ यहाँ मस्तीको जीवन बिताइरहेकी छ । आफूले ठूलै पाप गरेझैँ एक्कासि उसलाई औडाह भयो । आफ्नै जीवन धिक्कार लाग्यो । उडेर आमाकहाँ पुगूँजस्तो लाग्यो । यो कुरा डाइरेक्टरलाई भन्न सक्दिन । अर्कोतिर, अब ऊ यति ठूलो अवसर पनि गुमाउन चाहन्न । हरे, उसकी प्यारी आमा उसैलाई हेर्न अन्तिम सास रोकेर मृत्युलाई धकेलिरहेकी छन् ।   जे त पर्ला, उसले आजको सोबाट भाग्ने निर्णय गरी र गाउँ जाने तयारी गर्न थाली । त्यसका लागि डाइरेक्टर आउनुअघि निस्कनु जरुरी थियो । डाइरेक्टरलाई थाहा दिए उम्किन पाइन्न, पक्का छ । तल गाडीको हर्न बज्यो । एहे, डाइरेक्टर डाँका मुन्टिसकेछ । नौ बजे आउँछु भन्थ्यो, सवा आठै बजे अन्मरिएछ । कसैको नभएको कार ! त्यसका बाउको ठाँडो, कति हर्न बजाएर मरेको ? लौ, सोझै ड्रइङ रूममा छि¥यो ।   उसले जबर्जस्ती आँसु पुछी । हाँसेर डाइरेक्टरलाई स्वागत गरी । डाइरेक्टरले उसलाई अँगालो हाल्यो । चुम्बन ग¥यो । उसले धकेलिदिई ।   ‘छिटो गर, हामी सवा नौ बजे त्यहाँ पुग्नुपर्छ ।’   ‘हजुर नौ बजे आउँछु भनिस्या हैन ?’   ‘कमन डार्लिङ, यो स्लो मेनको जमाना होइन । जमाना रकेट युगमा छ, तिमी रिक्सा युगमै छ्यौ ।’   फेरि उसको मोबाइलको घन्टी बज्यो । भाइ रहेछ । भाइले अशुभ समाचार सुनायो । ऊ फोनमै भक्कानिएर रुन थाली । डाइरेक्टर अवाक् भयो । मोबाइल अन नै थियो ।   ‘के भयो ? किन रुवावासी ?’ डाइरेक्टर क्रूर आवाजमा कड्कियो ।   ‘आमाको.... आमाको डेथ भएछ’, रुँदै उसले भनी ।   ‘ओह्, आई एम एक्सट्रिमली सरी ।.......... भइहाल्यो, ल ढिलो नगर ।’   ‘अब म घर जानुपर्छ ।’   ‘डन्ट बी सिली माई डियर । तिमीले हाम्रो सम्झौतामा साइन गरिसकेकी छ्यौ । हाम्रो स्वीकृतिबिना तिमी कहीँ जान पाउँदिनौ । फेरि आजको यति ठूलो सो, जहाँ तिमी टपर छ्यौ, कसरी छाड्न सक्छ्र्यौ ? तिमी आफ्नै क्यारियर डुबाउन चाहन्नौ होला नि ?’   ‘त्यसो भए आमा मर्दा पनि म घर नजाऊँ ?’   ‘मलाई साँच्चीकै दुःख लागेको छ, यस्तो बेला पनि तिमीलाई मैले नलगी हुँदैन । दसौँ लाखको बिजनेसको सवाल छ । आइ एम सरी फर द्याट । बट राइट नाऊ, यु मस्ट गो टु द सो ।’   डाइरेक्टरको कुरा सुनेर ऊ स्तब्ध भई । कति क्रूर र संवेदनाहीन छ साले धुन्नकारी ! आमाको मृत्यु हुँदा समेत कामुक भद्रभलाद्मीसामु कम्मर भाँच्दै, तिघ्रा झल्काउँदै उसले क्वाटवाक गर्नुपर्ने भयो ।   ऊ फेरि घोप्टो परेर रुन थाली । डाइरेक्टरले उसको पाखुरा समायो । सम्झौताका बुँदाहरू सुनाउन थाल्यो । कुनै दिन उसले नपढी त्यसमा सही गरिदिएकी थिई । त्यसअनुसार साच्चीकै ऊ बन्धित थिई ।   ‘हाम्रो कल्चरमा छोरी नभई आमाको लास उठाउन मिल्दैन’, उसले भनी ।   ‘ड्याम द ब्लडी कल्चर । तिमी हाम्रो कम्पनीलाई यसरी बदनाम गर्न पाउँदिनौ जसले तिमीलाई यहाँसम्म पु¥यायो,’ डाइरेक्टर पनि अलि उत्तेजनामै बोल्यो ।   फेरि भाइले फोन गरेको थियो । भाइसँग एक छिन दगावाद प¥यो । भाइले उसलाई बेस्सरी हका¥यो । उसले पनि हकार्दै भनी, ‘म आउँदैमा मरेकी आमा बाँच्छिन् ? कि बाँच्छिन् ? बाँच्छिन् भने जसरी भए नि आउँला ? नत्र म आएर के हुन्छ ?’   ‘सरी डियर । तिमीलाई चोट परेका बेला उत्तेजनामा केके बोलेँ ! तर, म बाध्य छु । ढिलो नगर ।’   उसले मोबाइलको स्वीच अफ गरिदिई । आँसु पुछी । डाइरेक्टरलाई हेरेर रुन्चे हाँसो हाँसी । डाइरेक्टरले सान्त्वना दिँदै भन्यो, डन्ट वरी ।   ऊ डाइरेक्टरको पछि लागी । रोकिनसक्नु हिक्का छाड्दै कारमा बसिसकेपछि उसले सोची, ‘आमाको मृत्युको वेदना हृदयभरि बोकेर अब कसरी र्याम्पमा क्याटवाक गरूँ ?’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies