Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यस्तो छ चीनसँग जोडिएको तातोपानी नाकाको अवस्था : कस्सिएर लागे ५ दिनमा खुल्छ

\"tatopaniकाठमाडौं । नेपालमा संविधान जारी भएपछि असन्तुष्ट भारतले अघोषित रुपमा नाकाबन्दी लगाएपछि बैकल्पिक व्यावस्थाका बारेमा आम मानिसहरुमा प्रश्न छ । भारतले लगाएको नाकाबन्दीलाई उसले अस्विकार गरेपनि विगत ३ दिन यता भारतसँग जोडिएका नेपालका कुनैपनि नाकाहरुबाट आपूर्ति हुन सकेको छैन । आपूर्ति रोक्नका लागि भारतले विभिन्न बनाइरहेको मात्रै छैन । संविधानमा उसले भनेजस्तो संशोधन नगरिए यसैगरी दुख दिने नियत राखेको प्रष्ट बुझ्न सकिन्छ  । भारतले यदी पूर्णरुपमा नाकाबन्दी गरेको अवस्थामा नेपालमा आपूर्तिको बैकल्पीक व्यावस्था भनेको मित्रराष्ट्र चिनबाट दैनिक उपभोग्य बस्तुको डुवानी वा आपूर्ति एकमात्रै विकल्प हो । तर नेपालको चिनसँग सडकसम्बन्ध जोडिएका रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पको क्षति पश्चात आजसम्म पनि सूरु हुन सकेको छैन । \"tatopaniचिनले भारतको नाकाबन्दीलाई मध्यनजर गर्दै नेपाललाई सहयोग गर्न तयार रहेको धारणा सार्वजनिक गरिरहेको अवस्थामा चिनसँग सडकसम्बन्ध जोडिएका तातोपानि र केरुङ  नाका अवस्था के छ त ? केरुङ नाका जोड्ने सडक मर्मत तथा संचालनका लागि केही समय लाग्ने देखिएपनि सिन्धुपाल्चोकको तातोपानी नाका खोल्न २, ३ दिनमै सकिने अवस्था छ । सिन्धुपाल्चोकको बाह्रविसेसम्म अहिलेपनि सहजरुपमा यात्रुबहाक आवागमन हुन्छ । बाह्रविसेमाथि तातोपानिको लिपिङसम्म २६ किलोमिटरमध्य सडक डिभिजिन र स्थानिय निकाय तथा संघहरुको तदारुकतामा १६ किलोमिटर बाटो खोलीसकिएको सडक ट्रक कन्टेनर व्यावसायि संघका उपाध्यक्ष अर्जुन सापकोटाले बताए  । अहिले सडक डिभिजन कार्यलय ३ र माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाका २ गरेर ५ वटा डोजरहरुले नियमित काम गरिरहेको पनि सापकोटाले बताए । सडक डिभिजन कार्यलय चरिकोटबाट सडक खोल्न अभियानको नेतृत्व गरेका इन्जिनियर राम बहादुर गूरुङ भन्छन्, –‘हामीले भदौ १५ देखि अभियानकै रुपमा काम गरिरहेका छौं । यहि गतिमा काम भए २,३ दिनमै चिनसँगको नाका जोडिने अरनिको हाइवे संचालमा आउँछ’ । इन्जिनियर गूरुङका अनुसार सडक संचालनमा आउन बाँकी रहेको करिब १० किलोमिटर सडकखण्डमा केही स्थानभन्दा बाहेक अरु स्थानहरुमा पहिरोले पुरेको मात्रै छ । खोराङकुना, नयाँपुलको आइतबारे, झ्यालेको भिर, डाक्लाङको ३ किलो, झिर्पुको ८ र १० किलो, घण्टेकुला, लिपिङ बजार लगायतका केही स्थानमा सडक उकास्न पर्ने अवस्था छ । तर त्यसलाई अस्थायी रुपमा बैकल्पिक ट्रयाक खोलेर संचालनमा ल्याउने सकिने समेत  गुरुङले बताए । डाक्लाङमा करिब ४० देखि ५० मिटर सडक भासिएको अवस्था बाहेक अरु स्थानहरुमा सडक पन्छाउने काम मात्रै बाँकी रहेको उनले बताए । तर सडक डिभिजनको नियमित मर्मत बजेट बाहेक अन्य बजेट सरकारले नपठाएका कारण त्याँहा संचालित डोजरहरुमा उदारोमा तेल हाल्नुपरेको उनको गुनासो छ । सरकारले आवश्यक चासो राखेर बजेट र स्रोत साधनको केन्दिकरण गर्ने हो भने ५ दिनमा नेपाललाई आवश्यक पर्ने निर्यात गर्न सकिने गरी सडक संचालनमा ल्याउन सकिने अवस्था रहेको उनले बताए । अहिले उक्त सडक निर्माणमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, ट्रक तथा कन्टेनर व्यावसायि संघ, नेपाल हिमाल सिमापार वाणिज्य संघ र सडक डिभिजन कार्यालय चरिकोटले काम गरिरहेका छन् । ट्रक कन्टेनर संघका उपाध्यक्ष सापकोटाका अनुसार आजसम्म सरकार उदासिन रहेकाले नाका खोल्न नसकिएको बताउँछन् । उनले सरकारले तदारुकता देखाउने हो भने ५ दिनभित्र सडक संचालनाम आउने बताए । यसअघि चिनियाँ सशस्त्र प्रहरीले सिन्धुपाल्चोकको बाह्रविसेसम्म सडक संचालनमा ल्याएको थियो । वर्षामा आएको पहिरोले पून सडक अवरुद्ध भएको हो । नेपाल सरकारलाई सडक संचालनमा ल्याउन आवश्यक सहयोग गर्न तयार रहेको चिन सरकारले बताइसकेको छ । उसो त चिनले भूकम्पबाट क्षतिग्रस्त आफ्नोतिरको सडक नेपालको मितेरी पुलसम्म पुन संचालनमा ल्याइसकेको छ । भारतले नाकाबन्दी गरेको अवस्थामा तातोपानि सडकखण्ड संचालनमा आए नेपाल सरकारसँग झुक्न नपर्ने अवस्था आउने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies