Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यसकारण अलोकप्रिय भए बाबुराम

\"baburam-bhattarai\" काठमाडौं । एमाओवादी नेता बाबुराम भट्टराई चर्चा र लोकप्रियताको चुलिमा रहन चाहने नेता हुन् । भट्टराई बृहत शान्ती सम्झौता यता कहिल्यै आलोचित भएनन् र लोकप्रियताको ग्राफमा सधै उचो रहे । उनी लगनशिल र दृढतापूर्वक काममा लागिपर्ने स्वभावका छन् । तर संविधान निर्माणसँगसँगै तिनै भट्टराई सर्वाधिक अलोक बने ।
कुनै समय काम गर्ने नेताको उपमा पाइ राम्रो नेता छविमा ‘देवत्वकरण’ गरिएका बाबुरामलाई भने बाईबाई गरिंदै छ । जनमत निर्माणमा पछिल्लो समय सामाजिक संजालमा देखिएका नेताप्रतिको बुझाईले प्रचण्डलाई हाईहाई र बाबुरामलाई बाईबाई गरेको प्रष्टै देखिन्छ
संविधान निर्माणमा सधै र सबै हिसावमाले लागेर पनि जारी गर्ने अन्तीम प्रक्रियामा उनले खेलेको भुमिका र तराई/मधेशको समस्या हल नगरी संविधान जारी गरे देश टुक्रिन्छ भन्ने अभिव्याक्ति दिएपछि उनी एकाएक अलोकप्रिय र आलोचनाको केन्द्र बने । संविधान निर्माणको लागि संविधानसभाको सबैभन्दा महत्वपूर्ण संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको नेतृत्व गर्न एमाओवादी नेता डा. बाबुराम भट्टराईले इच्छा देखाए । र, दोस्रो संविधानसभा तेस्रो ठूलो दल भएको एमाओवादीका नेता, पूर्व प्रधानमन्त्री भट्टराईले यो पद दिइयो । संविधान निर्माणका सुरुवाती अवस्थामा उनले आफूले पाएको पदको सदुपयोग गर्दै संविधान निर्माणमा भूमिका पनि खेले । तर, जब कांग्रेस एमालेले संविधान निर्माणलाई अघि बढाउने बाटो लिए त्यतिबेलादेखि नै डा. बाबुराम भट्टराईको भूमिका र सक्रियतालाई लिएर शंका गरियो । परिवर्तनकामी संविधान बन्ने अभिलाषामा अध्यक्ष प्रचण्डले पनि बाबुरामको सो भूमिकालाई समर्थन गरे । र, आलोचनात्मक समर्थनका बाबजुद एमाओवादीले १६ बुँदे अगाडि नै सविधान निर्माणलाई अघि बढाउन तयार भएको सन्देश दियो । १२ वैशाखको भूकम्पपछि प्रमुख दलहरुले संविधान निर्माणलाई प्राथमिकतामा राखे । २५ जेठमा १६ बुँदे सहमति भयो र देशले संविधान निर्माणको बाटो लिने भयो । सोही सहमतिपछि २००७ सालदेखिको कार्यभार संविधानसभाबाट संविधान बनाउने बाटो खुल्यो । केही असन्तुष्ट दलको विरोधका बाबजुद व्यवस्थापन परिवर्तनका कैयौं मुद्दालाई सम्बोधन पनि गर्ने गरी संविधान निर्माण अघि बढ्यो । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक प्रतिनिधित्व, समावेशिता, आदिवासी, जनजाति, अल्पसंख्यकको हक र अधिकारलाई सुनिश्चत गर्ने गरी संविधान निर्माण अघि बढ्यो । जुन जनताको परिवर्तनको चाहना पनि थियो । तर, आफैंले उठाएका र युद्ध लडेका विषय संस्थागत हुँदै जाँदै मुद्दा उठानकर्ता दल एमाओवादीका नेता तथा संवाद समितिका सभापति डा. भट्टराई भने बागी देखिए । बल्ल पूरा हुन लागेको संविधान र जनताका अधिकारलाई व्याख्या गर्दै जाने प्रमुख दलको इमान्दार प्रयासलाई पनि नकार्दै भट्टराई फरकमतमा देखिए । उनलाई यसअघि लाग्ने गरेको भारतपरस्तको आरोप यसपाला पनि लाग्यो । भारत र भट्टराई संविधान जसरी पनि रोक्ने पक्षमा हुनु संयोग या के भन्ने विस्तारै खुल्नेछ । यस अघि आफ्नो पदीय मर्यादा विपरीत तराईमधेस विखण्डनको माग गर्दै हिड्ने र अभियान चलाउने केही मधेसी, जनजातिहरुलाई समेत भट्टराईले उचाल्न पुगे । बल्ल बन्न लागेको संविधानमा उनले भाँजो हाल्न लागेको टिप्पणी सर्वत्र हुन लाग्यो । दुई तिहाईभन्दा बढी मतले जन्मिन लागेको संविधानमैं भट्टराईले आपत्ति जनाए । मधेस टुक्रिनेसम्मको अभिव्यक्ति दिएर भट्टराईले आफैंलाई नेपाली जनताको आँखामा बागी बनाए । काम गर्ने र जुझ्ने नेताको रुपमा स्थापित हुँदै आएका उनलाई सोही टिप्पणीले एकाएक तल झारिदिन पुग्यो । [caption id=\"attachment_37947\" align=\"alignleft\" width=\"480\"]\"BRB\" संविधानसभाबाट संविधान जारी हुनुपुर्व भट्टराईले लेखेको स्ट्याटस[/caption] अर्थमन्त्री हुँदा राजस्व संकलन गरेको विषय होस् वा प्रधानमन्त्री हुँदा जकेडिएको र साँघुरा गल्ली र बाटोलाई बढाउने काममा मानिसहरुले इमान्दारीपूर्वक भट्टरालाई सम्झनछन् । तर, यी सबै सकारात्मक कामलाई छायाँमा पार्दै भट्टराई संविधान निर्माणजस्तो एतेहिासिक कार्यभार पूरा भएकोमा खुशी हुन सकेनन् । संविधान पाएकोमा देश दीपावली र स्वागतमा झुमेको बेला भट्टराई भने त्यसको विरुद्धमा लागे, बोले । कुनै समय जनताको पीर, मर्का, दुःख, जिविका बुझ्ने नेताको उपमा पाएका भट्टराई हिरोबाट एकाएक जिरोमा आइपुगे । पार्टी नेतृत्वमा स्थापित हुन अनेक तिकडम गर्ने गरेको आरोप खेपेका उनलाई नयाँ शक्तिको भूतले सताएकोले यो हदसम्म पुगेको टिप्पणी गर्नेहरु पनि प्रशस्तै छन् । एमाओवादीमै अर्का नेता एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको यस अघि विरोध हुन्थ्यो । परिवर्तनका मुद्दा छोडे, अरुसंग सम्झौता गरे, प्रधानमन्त्री हुँदा बढी ‘इमोस्नल’ भए, जातीयताको मुद्दा उठाए भनेर । तर, संविधानसभाबाट संविधान बनाउने दिशामा जब प्रचण्डले चट्टानी अडान लिए, वर्षौको गाँठो फुक्दै संविधान निर्माणले सफलता पाइदियो । ऐतिहासिक संविधान निर्माणमा सम्पूर्ण विश्वले स्वागत गरिरहँदा भारतले उल्टै, नेपालमा नाकाबन्दी (अघोषित रुपमा) लगाइदिंदा प्रचण्ड खरो उत्रिए । चर्चाका लागि होइन व्यवहारिक रुपमै ‘नाकाबन्दी गरेर हिड्छौं, साइकल चढ्छौं तर, भारत विरुद्ध झुक्दैनौं, भारतको ऐसम्यान बन्दैनौं’ भनेपछि उनको हाइहाई भयो । सामाजिक संजालमा उनलाई उछित्तो काट्नेहरु उनका अनुयायी झैं देखिए । निर्णायक अवस्थामा राष्ट्रियता र परितर्वनका लागि प्रचण्डले लिएको अडानले पार्टी भित्र र बाहिर उनको हाइहाई भयो । तर, कुनै समय काम गर्ने नेताको उपमा पाइ राम्रो नेता छविमा ‘देवत्वकरण’ गरिएका बाबुरामलाई भने बाईबाई गरिंदैछ । जनमत निर्माणमा पछिल्लो समय सामाजिक संजालमा देखिएका नेताप्रतिको बुझाईले प्रचण्डलाई हाईहाई र बाबुरामलाई बाईबाई गरेको प्रष्टै देखिन्छ । यस्तो अवस्थामा भट्टराई पार्टीमै नेतृत्वमा पुग्न अगाडि बढ्छन् की चर्चा गर्दै आएको नयाँ शक्ति निर्माणमा लाग्छन् त्यो भविष्यले नै बताउनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies